Showing posts with label शिक्षा. Show all posts
Showing posts with label शिक्षा. Show all posts
–रामनाथ खनाल
हिजो नेपाली समाजमा शिक्षामा चल्तीको कथन थियो, ‘छोरा बिग्रे कमर्श, छोरी बिग्रे नर्श’ व्यवसायीकताका विकास नभइसकेको र स्वास्थ्य क्षेत्रमा फड्को मार्न चिकित्सकीय क्षेत्रमा पनि उल्लेख्य प्रगती हुन नसकेको तत्कालिन समयमा कमर्श पढेका छोराहरु बेरोजगार हुनुपर्ने अवस्था थियो भने नर्श अर्थात परिचारिका पढेका र त्यो सम्बन्धि दक्षता हासिल गरेका छोरीहरु पनि बेरोजगारै बस्नु पर्ने थियो । त्यसै अवस्थाको कारणबाट पनि जनमानसमा त्यो धारणा बनेको हुनुपर्दछ । उतिबेला मानविकी र शिक्षा शास्त्र पढेकाहरुले हातहातै जागिर पाउने र कमर्श पढेकाहरु तत्कालै व्यापार व्यवसायमा फर्किहाल्ने अवस्था थिएन । तर आज परिस्थितिमा व्यापक फेरवदल आएको छ, मानविकी र शिक्षा शास्त्र पढेकाहरु र हिजोकै व्यवस्थापन विषय पढेकाहरु आज वेरोजगारको पंक्तिमा लामबद्ध बन्न पुगेका छन् ।
बर्तमान सन्दर्भमा मानविकी, शिक्षा शास्त्र र व्यवस्थापनका पुराना र संशोधन भएका पाठ्यवस्तुहरुले पनि विद्यार्थीलाई उत्पादनशील बनाउन सकेको छैन । यो शिक्षा ग्रहण गरेका विद्यार्थीहरु आज दराजमा सर्टिफिकेट थन्क्याएर खाडिमा तथा मरुभूमिको चर्को घाममा पसिना बगाउन बाध्य भएका छन् । न उनीहरुमा सिर्जनशीलता विकास भएको छ, न उनीहरु उत्पादनशील नै भएका छन् त्यसकारण विद्यार्थीहरु क्रमश, प्राविधिक तथा व्यवसायीक शिक्षा तर्फ आकर्षित हुन थालेका छन् ।
समय क्रमसँगै हिजो आज नेपालमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिमको महत्व पनि बढ्न थालेको छ । प्राबिधिक शिक्षाले विद्यार्थीको क्षमता अभिबृद्धि मात्र गरेको छैन यसले रोजगारीको अवसरहरु समेत सिर्जना गरिदिएको छ । साथै सीप सिकेका मानिसहरुलाई सिर्जनशील बन्न समेत उत्तिकै मद्दत पु¥याइरहेको छ ।
यसकारण आज प्राविधिक शिक्षा दिनका लागि निकै शिक्षालयहरुको पनि स्थापन भैसकेको छ । यिनीहरुले पनि यसको उपादेयता मात्र बढाएका छैनन्, देश, काल र परिस्थिति अनुरुप र विद्यार्थीको सर्वपक्षीय विकासका लागि महत्वपूर्ण भूमिका पनि निर्वाह गरिरहेका छन् ।
मुलुकमा बढ्दो बेरोजगारीका कारण विद्यार्थीहरुकोे आकर्षण पनि प्राबिधिक तथा ब्यावसायिक शिक्षा तर्फ नै बढेको छ । शिक्षामा लगानी गर्न सक्ने सामथ्र्य भएका मध्यम बर्गीय परिवारका विद्यार्थीहरुको आकर्षण प्राबिधिक शिक्षा तर्फ बढीरहँदा राज्यले प्राविधिक शिक्षाको लागि अझै एकीकृत योजना तर्जुमा गर्न सकेको छैन ।
प्राविधिक शिक्षाको बढ्दो मागलाई दृष्टिगत गरि ठूल्ठूला प्राविधिक शिक्षालयको स्थापन गर्ने तर्फ राज्यले योजना बनाउनु पर्दछ । स्वभाविक हिसावले शिक्षा विकासको पहिलो खुड्किलो समेत भएकाले यसको समयसापेक्ष विकासविना राज्यको सर्वाङ्गिण विकास असम्भव छ । आजका उत्पादनशील जनशक्तिहरु श्रमबजारमा प्रवेश गर्न नसक्दा उनीहरु दैनिक १४ सयको संख्यामा मुलुक छोडेर रोजगारको खोजीमा अन्यत्र भौँतारिन विवस छन् । श्रम लगानी गर्न सक्ने १८–३५ बर्ष युवा समूहलाई विदेशमा लखेटेर तिनीहरुले पठाएको विप्रेषणको भरमा मात्र नेपालको कायाकल्प हुन सक्तैन ।
उनीहरुको श्रम, दक्षता र सीपलाई स्वदेशमै उपयोग गर्न नसक्ने हो भने मुलुकको विकास पनि असम्भव छ । त्यसकारण मुलुकमा उत्पादनशील जनशक्ति निर्माण गर्ने हो भने प्राविधिक शिक्षामा राज्य आफैँले लगानी गर्ने र ठूला प्राविधिक शिक्षालय स्थापना गर्ने तथा शिकाईमा विविधिकरण गर्न ढिला भैसकेको छ ।
सिकेको सीपलाई ब्यावहारिक ज्ञानको रुपमा जीवनपर्यन्त आफ्नो पेशा र रोजगारीको सिलसिलामा प्रयोग गर्न तथा प्राबिधिक र ब्यावसायिक शिक्षाको माध्यमबाट मुलुकममा सम्भावनाको ढोका खोल्नका लागि हामी ढिला भैसकेका छौँ ।
प्राबिधिक शिक्षाको व्यापकतालाई अझ बृद्धि गरी प्रयोगात्मक, गुणस्तरीय र रोजगार उन्मुख बनाउँदै लैजानुपर्ने आवश्यकता झनै टड्कारो हुन थालेको छ । दैनिक सरदर १५ सयदेखि २ हजारको हारहारीमा वैदेशिक रोजगारीको निम्ति मुलुकबाट बाहिरिने युवा जनशक्तिलाई मध्यनजर गर्दा पनि त्यो झन् जरुरी देखिन्छ । खासगरी खाडीका देशहरुमा जाने युवाहरु प्राविधिक ज्ञानको अभावमा निम्नस्तरीय र जोखिमयुक्त काम गर्न बाध्य छन् । जोसँग प्राविधिक सीप छ उनीहरु खाडीमा मात्र होइन पश्चिमा देशहरुमा समेत सहज कामको अवसर पाएको र राम्रो आम्दानी गर्ने गरेको पाइन्छ । तर खाडीमा जाने युवाहरु त्यहाँ पनि राम्रो काम पाउन नसकेर अत्यन्त जोखिम युक्त काम गर्न बाध्य छन् । त्यसैका कारण दैनिक सरदर ५–७ जनाको मृत शरिर नेपाल आइरहेको छ । यो डरलाग्दो दृष्यले पनि हामीलाई प्राविधिक शिक्षाको अपरिहार्यताको संकेत गरिरहेको छ ।
त्यसकारण प्राविधिक विश्वविद्यालयको स्थापना गर्ने र ७५ वटै जिल्लामा प्राबिधिक शिक्षा केन्द्रको विकास गर्नु पर्दछ । प्राबिधिक र ब्यावसायिक सिप लिएका युवाहरुले आफै रोजगारी सिर्जना गर्न सक्ने, अन्य रोजगारदाताकोमा काम गर्दा पनि राम्रो बेतन/तलव पाउने, सिर्जनशील र मिहीनेती हुने भएकाले पनि यो शिक्षाको महत्व आफैँमा बृहत छ ।
यो आवश्यकता सँगै आज प्राविधिक शिक्षा अत्यन्त महंगो हुँदै गएको छ । अव्यवस्थित हिसावले खुलेका प्राविधिक शिक्षालय आज सर्वसाधारणका लागि ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएको छ । शिक्षामा फस्टाएको उदार पुँजीवादीकरणको नराम्रो प्रभाव प्राविधिक शिक्षामा झनै देखा परेको छ । शिक्षा नागरिकहरुका लागि महंगो बाध्यता बन्दै गइरहेको बर्तमान अवस्थामा प्राविधिक शिक्षा त झन् कमाइखाने भाँडो र अनियमितताको अखडा बन्न थालेका छन् र सर्वसाधारणका लागि पस्नै गाह्रो भैरहेको छ । यसलाई बेलैमा नियन्त्रण र प्रभावकारी कानूनको माध्ययमबाट नियमन गर्न नसक्ने हो भने यो उपयोगी होइन प्रत्युत्पादक बन्न सक्छ ।
त्यसकारण यो क्षेत्रमा पनि सरकारको नियन्त्रण तथा सशक्त उपस्थिति अनिवार्य भैसकेको छ । नेपालको परिप्रेक्षमा निम्नवर्ग, मध्यमवर्ग मात्र नभई सबै वर्गका लागी प्राबिधिक तालिम प्राप्त गर्ने अवसर प्रदान गर्नेतर्फ सरोकारवाला निकाय सबैको ध्यान पुग्न जरुरी छ । माध्यामिक, प्रवेशिक अनुत्तिर्ण तथा प्रवेशिका उत्तीर्ण गरेपछि आर्थिक स्थिति कमजोर भएका युवाहरुको प्राबिधिक र ब्यावसायिक शिक्षा प्रति आकर्षण बढ्दो छ । त्यसैले प्राबिधिक र ब्यावसायिक शिक्षाको विकासका लागि रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । प्राबिधिक शिक्षामा सबै वर्ग र भुगोलका मानिसको पहुँच पुर्याउन सक्नु अहिलेको टडकारो खाँचो हो । विशेष गरी यसमा ग्रामिण क्षेत्रका बासिन्दाको पहुँच पुर्याउन सके ग्रामिण विकासमा समेत ठुलो भुमिका खेल्न सक्ने देखिन्छ । मानिसहरु आफ्नै क्षेत्रमा सिर्जनशील काममा क्रियाशील हुने हुँदा त्यसले पक्कै पनि त्यो क्षेत्रको सामाजिक, आर्थिक र भौगोलिक विकासमा टेवा दिन्छ । स्वरोजगारीको अवसर सृजना हुने देखि ग्रामिण पर्यटन विकासलाई समेत यसले होस्टेमा हैँसे गर्न सक्छ । त्यसैले शैक्षिक रुपमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर वर्गका निम्ति प्राबिधिक शिक्षामा सहज पहुँचका लागी यसको महत्व एव उपयोगिता बारे ब्यापक रुपमा सचेतना कार्यक्रम सञ्चालन गर्न जरुरी देखिन्छ । त्यसको निम्ति ग्रामिण क्षेत्रका मानिसहरुमा समेत महत्वको बोध गराउनु पर्ने देखिन्छ ।
पछिल्लो समय नेपालमा एशियाली विकास बैकले रोजगारीका लागी सीप परियोजना मार्फत कुल ६०,२९२ (५३.५ प्रतिशत महिला, २५ प्रतिशत दलित) बेरोजगार, विपन्न, महिला, दलित र सुविधावाट वञ्चित वर्गहरुलाई सीपमुलक तालीम प्रदान गरेकोमा ७८ प्रतिशतले सीप परीक्षण परीक्षा उत्तीर्ण गरेका थिए भने उत्तीर्ण मध्ये ६० प्रतिशत भन्दा बढीले स्वरोजगार एवम् रोजगार भएका छन् ।
त्यसकारण यसका लागि सरकारले दातृ निकायको मुख ताक्ने मात्र भन्दा पनि प्राविधिक शिक्षालयको स्थापना गरेर युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनु पर्ने आवश्यक छ ।
–रामनाथ खनाल
राजधानीको जेभियर्स एकेडेमी लाजिम्पाटमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले डीआईको यातनाका कारण आत्महत्या गरे । चुरोट पिएको विषयमा डीआईले गेरैलाई कलेजबाट निकालिदिने धम्की दिएर अभिभाभक बोलाउन भनेपछि तनावमा उनले आत्महत्या गरेको सहपाठीको भनाइ छ । कलेजबाट घर गएका उनी राति झुण्डिएरको अवस्थामा फेला परेका थिए ।

वर्तमान शिक्षा विकासमा निजी शिक्षण
संस्थाको भूमिका प्रति नजरअन्दाज गर्नु न्यायसङ्गत हुँदैन । नेपालको शिक्षा
स्तर उन्नतीको सन्दर्भमा निजी शिक्षण संस्थाको योगदान अतुलनीय नै छ तर
आफ्नो शिक्षण संस्थामा विद्यार्थी आकर्षण गर्ने नाममा निजी शिक्षालयले जुन
रवैया अपनाईरहेका छन् यसले निजी शिक्षण संस्थाहरु विद्यार्थीको शैक्षिक
भविष्य प्रति इमान्दार र बफादार छन् भन्न नसकिने अवस्था आएको छ । यसको
ज्वलन्त उदाहरण हो निजी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुमा देखा पर्न
थालेका विभिन्न नकारात्मक चालचलन र आनिवानीहरु ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरु तह
लगाउन चुल्ठे मुन्द्रे, टोले दादा र रेष्टुरेन्टका बाउन्सरहरुको सहारा
लिनुपर्ने र तिनीहरुलाई डी. आइ (डिसिप्लिन् इन्चार्ज ) र सी. आइ
(काउन्सेलिङ इन्चार्ज) को रुपमा भर्ती गर्नुपर्ने भएपछि विद्यालयमा
अध्यापनरत शिक्षकहरुको भूमिकामाथि गम्भिर प्रश्नचिन्ह खडा भएको छ भने निजी
शिक्षण संस्थाको शिक्षाको व्यवहारिक पक्षमाथि संसय उत्पन्न गराएको छ । आज
देशका ठूला भनिएका तथा महङ्गा निजी शिक्षालयहरुका ढोकामा वाहुवली टोले
दादा, मुन्द्रे, चुल्ठे र विभिन्न रेष्टुरेन्टका बाउन्सरहरु डी. आई र
सी.आइका नाममा तैनाथ गरिएको छ । तिनका काम भनेको खराब आचरण र नियत भएका
विद्यार्थीलाई तह लगाउने काम भएको स्वयम् शिक्षालय सञ्चालक बताउने गर्दछन् ।
शिक्षालयमा अध्यनार्थ आउने विद्यार्थीलाई आवश्यक ज्ञान र सीपको विकास
गराउनु तथा सकरात्मक सोच, नैतिकवान् र आदर्शवान् बनाउने दायित्व पनि त्यहाँ
अध्यापनरत अध्यापक एवम् शिक्षकहरुको नै हो । नकि पाठ्यपुस्तकको एकोहोरा
रटान् मार्फत निर्देशित र अपेक्षित प्राप्ताङ्क हासिल गर्नु मात्र ।
विद्यार्थीहरुले उल्लेख्य प्राप्ताङ्क
हासिल गरि कुनै शैक्षिक तह पार गर्नुसँग मात्र उसको उपलव्धिलाई जोडिँदा
आगामी दिनमा यस्ता थुप्रै घटनाको पुनरावृत्ति हुनेछ । शिक्षणसंस्था
विद्यार्थीको आचरण सुधार्ने थलो पनि हो । विद्यार्थीको आचरण सुधार्न चुल्ठे
मुन्द्रेको सहारा लिने र त्यस मार्फत विद्यार्थीलाई आचरण र नैतिकवान्
तुल्याउने दुस्साहस गर्नु निजी शिक्षण संस्थाको गम्भिर लापरवाहीको बिषय हो ।
निजी शिक्षालयभित्रको बोझिलो शिक्षाको
विकृतिका विभिन्न रुपहरु श्रृङ्खलात्मक रुपमा विस्तारै बाहिर आउन थालेका
छन् । हाम्रो देशको कमजोर राज्य प्रणालीको फाइदा उठाउँदै पछिल्लो अवधिमा
निकै फस्टाएको शिक्षा व्यापारको आधुनिक सुपरमार्केटहरुमा बेच्न राखिएका
आधुनिक र महङ्गो शिक्षा तथा उत्कृष्ट भनिएको शिक्षण शैली एवम् सिकाईका
रुपियाँवान् तरिकाले समाजमा विभिन्न विकृति मात्र भिर्याइएको छैन,
विद्यार्थीहरुलाई नैतिकता, आचरण र विवेकबाट च्यूत बनाउँदै लगेको छ ।
दिनानुदिन जीर्ण बन्दै गएका सरकारी शिक्षालयहरु र भुत्ते सिकाईमार्फत
उपयुक्त नतिजा हात नलागेर आहत भएका अभिभावकहरुको जवरजस्त रोजाई यतिवेला
निजी शिक्षण संस्था बन्न पुगेको छ । यसैको फाईदा उठाउँदो निजी शिक्षण
संस्था महंगिँदै गएका छन् ।
निजी शिक्षण संस्थाको ढोकामा डी.आइका
नाममा वाहुवल भएका शिक्षण संस्था छिर्न न्युनतम् योग्यता पुरा नगरेका
चुल्ठेमुन्द्रे राख्ने हो भने त्यस शिक्षण संस्थामा अध्ययन गर्न आउने
विद्यार्थीको मनोविज्ञानमा के-कस्तो असर पर्दछ । त्यस शिक्षण संस्थाबाट
कस्ता विद्यार्थी उत्पादन हुन्छन् भन्ने कुरामा सरोकारवालाहरु गम्भिर बन्नु
पर्ने वेला भएको छ । विद्यार्थी आकर्षणका नाममा भिलिमिली विज्ञापन, डी. आइ
(डिसिप्लिन् इन्चार्ज ) र सी. आइ (काउन्सिलिङ इन्चार्ज) को हाउगुजी देखाएर
विद्यार्थीलाई शिक्षित, योग्य, नैतिक र आदर्शवान् तुल्याउन किमार्थ सम्भव
छैन । शिक्षण सिकाईका व्यवहारिक प्रयोगहरु र आधुनिक शैली मार्फत नै सो कुरा
पूरा गर्नुपर्दछ ।
निजी शिक्षण संस्थाभित्र भएका र हुने
गरेका अव्यवहारिक गतिविधि तथा शिकाइका विकृत प्रयोग न्युनीकरणका लागि
सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ । अन्यथा शिकाइको आकर्षण आवरणमा
धमिरा पस्ने र निजीको महंगो शिक्षा समाजका लागि प्रत्युत्पादक बन्ने खतरा
शक्तिशाली बन्न सक्दछ । सरोकारवालाको बेलैमा ध्यान पुगोस् ।
(यसअघि जेभियर्स एकेडेमी हुनुपर्नेमा भुलबस जेभियर्स ईर्न्टरनेशल कलेज भएकाले सच्याइएको छ । -सम्पादक) http://www.onlinekhabar.com/2013/12/144837/
–रामनाथ खनाल
शिक्षा ज्ञानको ज्योति हो आधुनिक युगमा शिक्षा विनाको मानव जीवनको सार्थक बन्न सक्दैन । अर्थपूर्ण ज्ञान नै शिक्षाको आधुनिक रुप हो ।
शिक्षा निरन्तरको अध्ययन पश्चात ज्ञान प्राप्त गर्ने अर्थात् विद्योपार्जन अवस्था हो । शिक्षाले मानिसको रुचि, योग्यता, क्षमता, सामाजिक, साँस्कृतिक, धार्मिक विवेक तथा मूल्य र मान्यतालाई ध्यानमा राख्दै मानवीय चाहना अनरुपको स्वतन्त्रता प्रदान गरी मानवको सर्वपक्षिय विकास गराउन मद्यत पुर्याउँद छ । शिक्षाले मानवीय कृयाकलाप, सोच्न सक्ने क्षमता सद्बुद्धि र विवेक प्रदान गर्ने गर्दछ । नेपालको प्राचीन गुरुकुल शिक्षा पद्धतिले हामीलाई प्राकृतिक वातावरणमा सामाजिकिरण का साथै सबैको सम्पर्कमा बस्न सहयोग गर्दथ्यो । त्यसै कारणले गर्दा हाम्रो तत्कालीन परिवेश, परिस्थिति, रहनसहन नेपाली संस्कार, सामाजिक मूल्य मान्यता र संस्कार आदिलाई राम्ररी अध्ययन गर्ने, बुझ्ने र तदनुरुप व्यहार गर्न सहयोगी भूमिका निर्वाह गर्दथ्यो तर नेपालको आधुनिक शिक्षा व्यवस्था र प्रणालीले हामीलाई चाहेअनुरुपको सामाजिकिकरणको प्रकृयामा डोहोर्याउन आफुलाई अवश्यक पर्ने पर्याप्त ज्ञान, शिप र धारणको विकास गराउने तथा जीवनमा आफुलाई आईपर्ने अप्ठ्यारा परिस्थितीसँग जुध्न सक्ने जिवनोपयोगी शिपको समय सापेक्ष विकास गराउन सकेको छैन । यो शिक्षाले हामीलाई कसरी धनि बन्न सकिन्छ भन्ने कुराको धारणा विकास गराएको पाईन्छ तर पनि श्रमको उचित सम्मान र मूल्य भुक्तान गर्न सक्ने बनाएको छैन अर्थात् आधुनिक शिक्षा जीविका चलाउने अथवा जिवीकोपार्जनको निमित्त साधन मात्र बनेको छ ।
आधुनिक शिक्षामा जीवनोपयोगी शिपको व्यवहारीक रुप, उपयुक्त नीति र संस्कार मेल, सामाजिक मूल्य मान्यताको विधि र प्रकृयाको मिश्रण हुनु जरुरी छ तर आधुनिक शिक्षा प्रणाली यथार्थ र व्यावहारिक ज्ञानबाट दिन प्रतिदिन टाढिंदै गएको छ । शिक्षा दिनानु दिन भुत्त, अव्यवहारी, सामाजिकिरणको प्रकृयाबाट विमुख तथा कसरी धन सम्पत्ति आर्जन गर्ने र समाजमा प्रतिष्ठा कायम गर्ने भन्ने मान्यताबाट जवरजस्त ढंगले अगाडी बढेको पाईन्छ । आधुनिक शिक्षा प्रणालीले मानिसलाई स्वनिर्भर त बनाएको छ तर आफ्ना कृयाकलाप मार्फत प्रकृतिमा पुग्न गएको क्षती, आफ्नो अधिकारको वकालत गर्दै गर्दा या उपयोग गर्दा अर्कालाई पुग्न गएको असहजता, बाधा अड्चन आदिको सामान्य चेतनाबाट विमुख बनाएको छ । आधुनिक शिक्षा आर्जन गरेका व्यक्तिहरुका आँखाहरु सम्वेदना सून्य भएका छन् । आजको आधुनिक शिक्षा ग्रहण गरेका मानिशहरुले न संवेगलाई नियन्त्रण गर्न सकेका छन् न त रोगहरु माथि सर्वविजय नै प्राप्त गर्न सफल भएका छन् बरु आफुलाई रोगको कारणको रुपमा नै अगाडी बढाएका छन् ।
आजको शिक्षाले मानवीय चरित्रको पनि उपेक्षा गरेको छ । मानवको सर्वोपरि चिज भनेको उसको चरित्र हो चरित्रवान् मानिसले मात्र समाजमा प्रतिष्ठा आर्जन गर्न सक्छ र उँचो शिर राखेर हिड्न सक्छ तर आजको शिक्षाले मानवीय चरित्रको पनि उपयुक्त विकास गर्न सकेको छैन ।
नेपालको शिक्षा विकासको आदिकालमा गुरु, शिश्य अथवा चेला बीचको जुन प्रकारको सम्बन्ध थियो त्यो सम्बन्ध आजको शिक्षक विद्यार्थीमा पाईदैन अथवा शिक्षा उपार्जन गर्न तथा ज्ञानको दायरा फराकीलो पार्न शिक्षक विद्यार्थीबीचको सम्बन्ध क कस्तो हुनुपर्दछ भन्ने कुरालाई आजको शिक्षा तथा सिकाईको प्रकृयाले सम्बोधन गर्न सकेको छैन यस कारणले गर्दा आज शिक्षक विद्यार्थीका नै नकरात्मक कुराहरु बाहिर आएका छन् । नेपाली समाजमा गुरु तथा गुरुआमालाई दोश्रो पिता माता सरह मान्ने प्रचलन भएता पनि आजको शिक्षक विद्यार्थीको सम्बन्ध नेपाली समाजको परम्परागत मूल्य मान्यता अनुरुप रहन सकेको छैन ।
शिक्षकले पढाउने तथा विद्यार्थीले ग्रहण गर्ने आजको शिक्षामा नैतिक विषय कमजोर बन्दै गएपछि यो शिक्षाको व्यवहारिक पक्ष फितलो बन्न गएको हो । समाजमा घट्ने विभिन्न घटनाहरु, महिला माथि हुने गरेका थिचोमिचो, अन्याय अत्याचार, शोषणका विभिन्न रुपहरु, सामाजिक विभेदहरु, बलत्कार, हत्या हिंसा, भ्रष्टाचार लगायत समाजका अपराधजन्य गतिविधि न्यूनिकरणको लागि शिक्षा नै प्रभावकारी माध्यम हो तर हाम्रो शिक्षा पद्धतीले यस प्रकारको सामाजिक विकृति विसंगती र अपराध रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।
घर, विद्यार्थीको पहिलो पाठशाला हो । घरायसी वातावरण उपयुक्त भयो भने विद्यार्थीको सिकाई प्रभावकारी बन्दछ । विद्यार्थीको उपयुक्त चरित्र निर्माणका लागि राम्रो पारिवारिक संस्कार हुनु जरुरी छ तर हाम्रो सामाजिक मान्यतामा धनलाई प्रमुख बिषय ठानेका कारण समाजमा भ्रष्टाचार तथा अनियमितता बढेको तथा त्यसको प्रत्यक्ष प्रभाव अन्यत्र क्षेत्रमा पनि पर्न गएको छ । शिक्षाले समेट्नु पर्ने नैतिकता, आदर्श, कर्तव्यपरायणता आदिबाट सिकारुलाई विमुख बनाउँदै शिक्षा प्राप्तिको अधिकतम लक्ष्य भनेको अर्थोपार्जन नै हो भन्ने धारण विकास गराएको छ । विद्यार्थीहरुको चरित्र निर्माणका लागि शिक्षा सिकाईका अतिरिक्त विभिन्न रचानात्मक र सिर्जनात्मक कुरामा पनि क्रियाशील गराउनु पर्ने हुन्छ तर आजको शिक्षा सिकाईको प्रकृयामा पाठ्यबस्तुलाई जवरजस्त घोकाउने रटाउने तथा पाठ्यक्रममा निर्देशित कुराहरुलाई मात्र समावेश गरेर पढाउने परिपाटी
गर्दा विद्यार्थीको शिर्जनशीलतामा क्रमशः ह्रास आउन थालेको छ जसका कारणले गर्दा आजको शिक्षा बेरोजगार उत्पादन गर्ने आधुनिक कारकाखाना बन्न गएको छ ।
शिक्षकहरुमा पनि शिक्षा सिकाईको व्यवहारीक ज्ञान र शिपको अभाव हुँदा उनिहरुको सिकाउने तरिका पनि भुत्ते भएको छ । उनीहरुले विद्यार्थीहरुलाई आवश्यक ज्ञान, शिप र धारणाको विकास गराउन पनि सकेका छैनन् परिमाणत: विद्यार्थीको सर्टिफिकेटमा अपेक्षीत नम्वर त आएको देखिन्छ तर उनीहरुको दैनिक व्यवहारमा आउनुपर्ने परिवर्तन आएको पाईदैन र उनीहरुको सिर्जनशीलतामा पनि कुनै किसिमको विकास भएको देखिँदैन ।
यो शिक्षाले परिक्षामा अपेक्षा अनुसारको सफलता व्यहोर्न नसके आत्महत्या गर्न उन्मुख हुने विद्यार्थीहरुलाई असफल हुँदैमा निरास नहुने कुनै किसिमको पृष्ठपोषण गर्न सकेको पाईंदैन । शिक्षा प्राप्त गरेको व्यक्तिमा हुनुपर्ने नम्रता, शिष्टता, मानवीय मूल्यको जानकारी, समभाव, विवेकशील, आदर्शवान् चरित्रको पर्याप्त विकास गराउन सकेको छैन । महिलालाई सम्मान गर्ने, आमा वुवा, गुरु, मान्यजनको आदर गर्ने, आफु भन्दा सानाहरु, गरिव, रोगी आपत विपतमा परेकाहरु माथि माया, सद्भाव, समभाव दर्शाउने, उनीहरुलाई सहयोग गर्ने आदि शिप र क्षमताको पनि विकास गराउन सकेको छैन ।
आजको शिक्षामा अनुशासन, निष्ठा र इमान्दारिताको खाँचो छ । समुह शिपको अभाव छ । समाज दिन प्रतिदिन एक्लिँदै छ । समाजमा धनको महत्व बढेर गएको छ । मानवीय मूल्य घटेर गएको छ । एक अर्काबीचको आपसी समभाव, समझदारी र सम्मानको खाँचो छ । उपयुक्त चरित्र निर्माणको आवश्यकता छ । आज प्रभावकारी ज्ञान र शिपको खोजि शिक्षामा गरिनु अत्यावश्यक छ । आफ्नो स्वतन्त्रताको उपयोगको नाममा अर्काको अधिकार हनन् गर्ने कुराको अन्त्य हुनु आवश्यक छ । , आफ्नो समस्या आफैं समाधान गर्न र संवेगको नियन्त्रण कायम गर्न, जीवनमा आईपर्ने समस्या समाधानको प्रभावकारी शिपको विकास गराउनका लागि उपयुक्त शिक्षा तथा शिक्षण सिकाई क्रियाकलाप हुनु जरुरी छ तथा शिक्षाको राष्ट्रिय उद्देश्य तय गर्दा निम्न कुरामा ध्यान पुर्याउन जरुरी छ ।
शिक्षा आधुनिक युगमा राज्यको प्राथमिक दायित्व भित्र पर्दछ । नागरीक लाई शिक्षित गराउने नाममा राज्यले शिक्षालयको स्थापना गर्दैमा, शिक्षकहरु नियुक्ति गर्ने र विद्यार्थीलाई पढ्ने वातावरण तय गर्दैमा राज्यको कर्तव्य पुरा हुँदैन । विद्यार्थीले अपेक्षीत नतीजा हासिल गरेर कुनै शैक्षिक तह पार गर्दैमा सिकाईको उपलव्धि मापन गर्न सकिँदैन । शिक्षा सिकाईको उपलव्धि त्यहाँ मापन हुन्छ जहाँ समाज विकासका लागि शिक्षाले प्रभावकारी भूमिका निर्वाह गरेको हुनुपर्दछ । सामाजिक विभेदको अन्त्य भएको हुनुपर्दछ । सामाजिक मूल्य, मान्यता अनुरुपको उपयुक्त संस्कारको निर्माण भएको हुनुपर्दछ । विद्यार्थीहरु स्वरोजगार बनेकोे हुनुपर्दछ । शिपको विकास भएको होस् श्रमको सम्मान भएको हुनुपर्दछ । सामाजिक विकृति विसंगती तथा अन्याय अत्याचार र भ्रष्टाचारको निर्मुल भएको हुनुपर्दछ । यी आदि कुराका लागि शिक्षाको व्यवहारीक पक्षमा जोड दिनु पर्दछ । अन्यथा शिक्षा सिकाईको औपचारीकता मात्र हुनेछ । समाज जहाँको तहीँ । http://www.nepalpati.com/modern-education-should-include#sthash.LVcTiMgj.LBjkhJYJ.gbpl