Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me
Showing posts with label राजनीति. Show all posts
Showing posts with label राजनीति. Show all posts

काठमाडौं । सिमसिम पानी । सन्नाटायुक्त मौसम । २५ वर्षअघिको जेठ ३ गते पनि यस्तै मौसम थियो— रुझेको ।

जेठ ३ गते आउनासाथ धेरैजसो एमाले कार्यकर्ताको अनुहारमा विस्मय मडारिन्छ । पोखराको भेलालाई सम्बोधन गरेर चितवनको कार्यक्रममा हिँडेका एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दासढुंगामा रहस्यमय दुर्घटनामा पर्‍यो । नेताद्वय दिवंगत भए । त्यही स्मृति दिवस बिहीबार एकाएक हर्ष र उमंगमा बदलियो ।

असोज १७ गते एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल र एकताको सरप्राइज दिएका थिए । त्यसको नौ महिनापछि दुई पार्टी एकअर्कामा विलय भएको र नेकपा पुनगर्ठन गरेको अर्को सन्देश दिए ।


बिहीबार नेपालको राजनीतिक वृत्त तरंगित भइरह्यो ।

बिहीबारका मुख्य घटनाक्रम यस्ता छन्——

विष्णु पौडेलले नारायणकाजी नदेखेपछि
एमाले—माओवादी केन्द्रको एकताका लागि प्रमुख भूमिका निर्वाह गरेका एमालेका तत्कालिन उपमहासचिव विष्णु पौडेललाई नै बढी फलिफाप देखियो । एकताको सूत्राधारसमेत भनिएका पौडेलले एकीकृत पार्टीको सचिवालयको महाचिवको कार्यभारसमेत सम्हाले । निरन्तर एकता प्रक्रियामा खटेको र सरकारमासमेत सहभागी नभएको फाइदा उनैले उठाए ।

तिनै पौडेलले २५ औँ मदन—आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा मञ्चको कुनामा बसेका नारायणकाजी श्रेष्ठलाई नदेखेपछि कोट्याएरै अतिथि आसन ग्रहण गराउन भन्नुपर्‍यो ।

ओझेल परेका आश्रित
मदनसँगै आश्रित पनि दिवंगत भएका हुन् । एमाले यो काण्डलाई हत्या भन्दै आएको छ । २५ वर्ष यता एमाले पटकपटक सत्तामा पुग्यो । मदनपत्नी विद्या भण्डारीले दुई कार्यकाल राष्टपतिको जिम्मेवारी सम्हाल्दैछिन्, तर हत्याकाण्डबारे छानवीन गर्नुपर्छ भनेर पार्टीका मञ्चमा बाहेक अन्यत्र भनेको सुनिँदैन ।

बरु दिवंगत दुई नेतामध्ये मदनकोमात्रै अधिक चर्चा हुने गरेको छ । जनताको बहुदलीय जनवादका प्रणेता तथा  तत्कालीन महासचिवको हैसियतमा उनको चर्चा चुलिनु स्वभाविकै हो । तर, एमालेको सिंगो संगठनको विभागीय नेतृत्व गरेका र संगठन निर्माण र परिचालनमा सारा ऊर्जा खर्चिएका नेता आश्रित ओझेल पारिनुहुँदैनथ्यो भन्ने टिकाटिप्पणी एमालेभित्रै हुने गरेको छ ।

बिहीबार पनि त्यस्तै देखियो । मदनपत्नी विद्या राष्ट्रपति छिन्, पार्टीले आयोजना गरेको कार्यक्रममा उनी चाहेर पनि उपस्थित हुन सक्दिनन् ।

आश्रितपत्नी माया ज्ञवालीलाई मञ्चमा राख्नसमेत आवश्यक ठानेन एमालेले । उनी कार्यक्रममा थिइन् कि थिइनन्, दिवंगत आफ्ना पतिको फोटोमा पुष्पगुच्छा चढाउन पाइन् कि पाइनन्, कसैले ख्यालै गरेको देखिएन ।

एमाले माओवादी केन्द्रको मिलन

बिहीबार दिनभरिजसो कौतूकमय घटना घट्यो । नेपाली राजनीतिको ऐतिहासिक नै क्षण हो त्यो । २००६ सालमा कम्युनिस्ट पार्टी गठन भयो तर २०१९ सालदेखि विधिवत् विभाजन शुरू भयो । ०१७ सालको महेन्द्रको कुलाई समर्थन र विरोध गर्ने नाममा कम्युनिस्ट आन्दोलनमा भूक्षय जाने क्रम बढ्यो ।

त्यसो त कम्युनिस्ट आन्दोलनको इतिहास विभाजन र फुटकोमात्रै शृंखला होइन । एकताको आयाम पनि हो । २०४७ सालमा माले—माक्र्सवादी एकीकरणपछि एमालेको स्थापना, अन्य वामपन्थी घटक जोडिएर एकता केन्द्र मसालको स्थापना । त्यसयता पनि विभिन्न समयमा विभिन्न कम्युनिस्ट झुन्डबीच एकता विभाजनको प्रक्रिया नचलेको होइन ।

तर, दुई ठूला पार्टी एकीकृत भएर झन्डै संसद्मा दुईतिहाईको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी बनेको बिहीबार हो । त्यसैको उत्साहले होला एमाले र माओवादी केन्द्रका केन्द्रीय नेताहरूको मिलन गजब देखिन्थ्यो बालुवाटारमा ।

तीमध्ये धेरै केन्द्रीय सदस्यहरूलाई पनि यतिचाँडै पार्टी एकता भइहाल्ला भन्ने लागेको रहेनछ । दुई पार्टी अध्यक्षको बुधबार बिहानको वार्ताले सबै कुरा टुंग्याएपछि एमाले माओवादी केन्द्रका नेता कार्यकर्ता, समर्थक शुभेच्छुकको अनुहारमा एकीकरणको उज्यालो छायो ।

त्यसमा पनि एमालेका कार्यकर्ताहरू ज्यादा उत्फुल्ल देखिन्थे । बिहानबाटै बालुवाटारमा कार्यकर्ताको घुइँचो बढेको थियो । अझ रोचक दृष्य त माओवादी केन्द्रका नेताहरूको आगमनको थियो ।

पार्टी एकता संयोजन समितिको बैठक टुंग्याएर केन्द्रीय सचिवालयको बैठक बस्न खुमलटार पुगेका माओवादी केन्द्रका नेताहरू दुई घन्टा नबित्दै क्याराभान शैलीमा बालुवाटार फर्किएका थिए । र, एकीकृत नेकपाको पहिलो बैठकमा सहभागी भए ।

त्यसभन्दा अघि झन्डै आधा घन्टा एमाले—माओवादी केन्द्रका उपल्ला तहका नेता र केन्द्रीय सदस्यबीच अंकमाल खुसी साटासाट् चल्यो । “सायद पार्टी एकता भनेको यही होला,”कार्यकर्ताहरू खासखुस गर्दै थिए ।

पहिलो बैठक अध्यक्ष केपी ओली

नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्षले पार्टीको एकीकृत पार्टीको नेतृत्व सम्हाल्नेगरी पार्टी एक भएको हो । पार्टी र सरकार दुवैको नेतृत्व आलोपालो गर्ने सहमति दुवैदलबीच भएको कुरा बाहिर आएको छ । बिहीबारको पहिलो बैठकको अध्यक्षता चाहिँ केपी ओलीले गरेका थिए । त्यस्तै पहिलो बैठकले ६ वटा विषयमा निर्णय गरेको थियो । र, ती निर्णयहरू पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पढेर सुनाएका थिए ।

यस्ता थिए निर्णय 
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा

१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक  राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा  (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई  विधिवत् एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरेका छौं । यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं ।  यो सुखद् ऐतिहासिक क्षणमा आइपुग्न सर्वप्रथम २०७४ साल असोज १७ गते ६–बुँदे सहमति गर्दै नेपालको संविधान अन्तर्गत पहिलो पटक हुने प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा साझा घोषणपत्र र उम्मेदवारहरुका साथ हामी अघि बढेका थियौं । सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनका साथै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोष सहित हामीले गरेका निर्णयहरु जनता तथा पार्टी कार्यकर्ताहरुबाट निर्वाचनमा अनुमोदित भएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पटक हामीले संघीय संसदमा दुई तिहाई बहुमतको निकट रहँदै सरकार गठन गर्नुका साथै सात प्रदेशहरु मध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकार गठन गर्ने अत्यन्त महत्वपूर्ण सफलता हासिल भएका छन्ं । निर्वाचनको मोर्चामा दृढताका साथ अग्रसर हुन दुई पार्टीको तर्फबाट जारी विशेष निर्देशनलाई पार्टी पंक्तिको दृढ अनुशरणको प्रतिफल यी उपलब्धि प्राप्त भएका छन् । यो अभूतपूर्व उपलब्धिलाई समृद्ध र सुसंंस्कृत नेपाल निर्माण गरेर  हामीले दिगो र युगिन महत्वको बनाउने छौं ।

२) पार्टी एकीकरणको गहनतम् कार्यलाई अघि बढाउनको लागि यस बीचमा बनेका विभिन्न कार्यदलहरु र दुबै पार्टीका  नेताहरु सम्मिलित आठ सदस्यीय पार्टी एकता संयोजन समितिले साझा घोषणा, सरकारका सुशासन र विकासका प्राथमिकतासम्बन्धी प्रतिवेदन,  राजनीतिक प्रतिवेदन र अन्तरीम विधान तयार गर्ने जिम्मेवारी पूरा गरेका छन् । दुवै पार्टीको शीर्ष नेतृत्वले सक्रियता र दृढताका साथ पार्टी एकीकरणका जटिल पक्षहरुलाई समेत सहज तुल्याउँदै आजको अवस्थासम्म आइपुग्न नेतृत्व प्रदान गर्‍यो । यसरी सहमतिका साथ एकताका सैद्धान्तिक, कार्यक्रमिक, नीतिगत र संगठनात्मक आधार तयार गर्दै आजै नेकपा (एमाले) र नेकपा  (माओवादी केन्द्र) को विधिवत् एकीकरण भई निर्वाचन आयोगमा एकतावद्ध  नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेका छौं । युगिन महत्वको यस घोषणाले राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समय देखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ ।

३) पार्टी एकीकरणको कार्य अगाडि बढाइ रहँदा हामीले यस अघि जारी सहमति पत्र, एकताका आधारहरु तथा राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणा एवं मान्यता स्पष्ट गरिसकेका छौ । नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौं शताब्दीमा जनबादसम्बन्धी सैद्धान्तिक एवं राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडी बढाइने छ । यिनै वैचारिक मान्यताहरु अनुरुप प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक, आर्थिक रुपान्तरण मार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहने  छौं । साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा देखिको समाजवाद स्थापनाको महान लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरु दृढरुपले प्रतिवद्ध रहने छाैँ ।
उपर्युक्त वैचारिक र सैद्धान्तिक मान्यताको आलोकमा नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ । त्यस्तै  संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति तथा राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धनमा पार्टी कटिबद्ध छ । यो पार्टी पारस्परिक समानाता, सम्मान र हितको आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकी लगायत विश्वका सबै देशहरुसंग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा अटल छ । 

४) हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ । जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तका र सामुहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टीको निर्माण र संचालन हुनेछ । यो पार्टी जनाधारित कार्यकता पार्टी हुनेछ । यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ । अन्तरीम विधानमा व्यवस्थित संगठनात्मक प्रणालीको अनुशरण गर्दै हामी एकता महाधिवेशन सम्पन्न गर्ने छौं । पार्टी कमिटी र सबै जनसंगठनहरु सोही अनुरुप परिचालित र क्रियाशील  हुनेछन् । यो पार्टी सबै प्रकारका प्रतिकृयावाद, अवसरवाद र संकीर्णताका बिरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ ।  उपलब्ध साधन र श्रोतहरुको अधिकतम् उपयोग, राष्ट्रिय पूँजीको निर्माण र परिचालन तथा “समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना  हुनेछ । यस अनुरुप सरकारको प्रभावकारी संचालन गरिने छ । यही लक्ष्य, उद्देश्य र मान्यता अनुरुप पार्टी पंक्ति एकताबद्ध, संगठित र परिचालित हुनेछ ।

५) हाम्रा दुई पार्टीको यो एकीकरणबाट विभाजन र मतभेदको अवस्था झेल्दै आएको नेपाली कम्युनिष्ट आन्दोलन मूलतः एकतावद्ध भएको छ । नेपाल र नेपाली जनताको सर्वाेपरी हितमा केन्द्रित यो एकीकरणको मर्म अनुरुप आवश्यक छलफल एवं वहसको प्रक्रियामा संलग्न हुँदै देशका अन्य कम्युनिष्ट तथा श्रमिक पार्टी वा समूहरुलाई पनि एकताको यस् महान प्रक्रियामा सामेल हुन हार्दिक आव्हान गर्दछौं ।

६) हाम्रो कष्टसाध्य प्रयत्नबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई तीनै तहका निर्वाचन गरी देशले आर्थिक क्रान्ति र समृद्धिको चरणमा प्रवेश गरेको समयमा हाम्रो एकीकरणले राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र समृद्धि चाहने सबैमा खुशी र उत्साहको लहर सिर्जना गर्नेमा हामी विश्वस्त छौं । राष्ट्रिय हित र समाजवाद निर्माणमा दीर्घकालीन महत्व राख्ने यस एकीकरणलाई पार्टी कमिटी र जनसंगठन तथा पार्टी समर्थक सम्पूर्ण पंक्तिमा कुशलताका साथ आत्मसाथ र रुपान्तरण गर्न एकताबद्ध भई सक्रिय रहन हामी सबै पार्टी सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं । हाम्रो एकीकरणका लागि विभिन्न किसिमले योगदान पु¥याउनु हुने सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । पार्टी एकीकरणको निर्णय र मर्म अनुरुप आगामी दिनहरुमा अझ सशक्त पार्टी निर्माण र यसको वकासमा योगदान पुर्‍याउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछौं ।

  के.पी. शर्मा ओली                              पुष्प कमल दाहाल ‘प्रचण्ड’
 अध्यक्ष, केन्द्रीय कमिटी                             अध्यक्ष, केन्द्रीय समिति
नेपाल कम्युनिष्ट पार्टी                            नेपाल कम्युनिष्ट पार्टी
मितिः २०७५।२।३।५


बालुवाटारमा सत्ता—दोहन

जो प्रधानमन्त्री भए पनि बालुवाटारमा भोजभतेर नौलो कुरा भएन । तर, बिहीबार अलि बढी नै देखियो । सत्ता—साझेदार दुई कम्युनिस्ट घटक एक भए । तर, भार राज्यले नै बेहोर्नुपर्‍यो ।
बालुवाटारमा बुधबार बेलुका एमाले स्थायी कमिटीको बैठक बस्यो । बिहीबारका तीन बैठक पनि बालुवाटारमै भए ।  बिहान पार्टी एकता संयोजन समितिको बैठक, त्यसपछि एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक र लगतै एकीकृत पार्टीको पहिलो बैठक बालुवाटारकै प्रधानमन्त्रीको निजी सचिवालय भवनको हलमा बस्यो ।

एकता संयोजन समितिको बैठक लगत्तै एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले खानपानसहितको बैठक गोकर्ण रिसोर्टमा बस्ने जानकारी दिएका थिए । तर पहिलो बैठकसँगै भोजको तयारी बालुवाटारमै भयो । त्रिपाल टाँग्ने । पार्टी कक्षको स्थापना गर्ने काममा नेपाली सेना जुट्यो ।


पार्टी विशेषले आयोजना गरेको भोजमा राज्यस्रोतकै दोहन हुनु वाञ्छनीय नभएको गाइँगुइँ पत्रकारवृत्तमा चले पनि त्यसबारे खासै चर्चा भएन । तर, दुईतिहाई बहुमतप्राप्त दलका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारले पाँच वर्षसम्म त्यस्ता कतिवटा बैठक, भेला र भोज झेल्नुपर्ने हो यकिन छैन । यसअघि पनि नझेलेको होइन । सामाजिक सञ्जालमा त्यसको पनि विरोध देखियो । नेकपाका नेताहरुले शपथ ग्रहण गर्दा अब राज्यको साधन स्रोत दोहन गर्दिन भनेर पनि खानुपर्ने भन्दै कतिले सुझाव पनि दिए ।


राष्ट्रिय सभागृहमा प्रचण्डको गला अवरुद्ध

प्रचण्ड समकालीन नेतामा वाकपटु हुन् । त्यसो त भाषणबाजसमेत भनिन्छ उनलाई । बिहीबारको भाषणमा उनले क्रमभंगकर्ताका रूपमा पनि चित्रित गरे । ०५२ सालका सशस्त्र संघर्षको नेतृत्वकर्ता ०६३ सालमा वृहत् शान्ति–सम्झौताको हस्ताक्षरकर्ता, ०६५ सालमा ठूलो पार्टीको अध्यक्ष र सरकारको नेतृत्वकर्ता, ०७० सालमा खुम्चिएर तेस्रो दल, ०७४ सालमा एमालेसँग चुनावी तालमेल र ०७५ सालमा एमालेसँग एकता अनेक अनुभव सँगालेका छन् उनले ।

यी सबै घटनाक्रममा सूत्राधार भएकाले उनी बिहीबार केहीबेर भावुक भए । भाषण गर्न शब्द नपाएको भन्दै उनले एमाले—माओवादी केन्द्रबीचको सम्बन्ध निषेधको निषेध, संघर्ष र रूपान्तरण हुँदै एकताका बदलिएको सामान्यिकरण गर्दै मञ्चबाट बिदा भएका थिए ।

प्रचण्डको मदनमोह

प्रचण्डले बेलाबखत भन्दै आएका थिए—मदन दिंगत हुनुअगावै मसँग पार्टी एकताको कुरा चलेको थियो । एकदिन खानासहितको मिटिङ गर्ने भनेर योजना बनाउँदा बनाउँदै मदनको हत्या भयो । बिहीबार बिहानको सम्बोधनमा पनि उनले मदन स्मृति दिवसकै दिन पार्टी एकता गर्नुपर्छ भनेर आफैँले प्रस्ताव गरेको भन्दै एमाले कार्यकर्ताको मन जिते ।

सो कुरा उनले दिउँसोको सम्बोधनमा पनि जोड दिएका थिए । राष्ट्रियसभा गृहको प्रेक्षालयमा नअटेर चौर र प्रदर्शनीमार्गमासमेत छरिएका एकीकृत पार्टीका कार्यकर्ता प्रचण्डको मदनमोहले चकित बने ।

विसं २०१५ साल फागुनमा प्रतिनिधिसभाका १०९ सिटका लागि भएकोे निर्वाचनमा नेपाली कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्‍यो । दुई तिहाइ स्थान पायो कांग्रेसले ।  तर, तत्कालीन राजा महेन्द्रले निर्वाचनको परिणाम घोषणा भएको दुई महिना बित्दा पनि मन्त्रिपरिषद् गठनका लागि आह्वान गरेनन् ।

निर्वाचन परिणाम घोषणा भएको दुई महिना हुँदा पनि निर्वाचित मन्त्रिपरिषद् गठन नभएपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गर्‍यो र संसदीय दलको नेतामा विश्वेश्वरप्रसाद कोइरालालाई सर्वसम्मत चयन गर्‍यो । त्यसपछि राजाले बीपीलाई सरकार गठनका लागि आह्वान गरे ।

विसं.२०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो ।
बीपीको नेतृत्वमा सरकार बनेदेखि नै राजा महेन्द्र उपयुक्त अवसरको खोजीमा थिए – कसरी बीपी कोइरालालाई अपदस्थ गर्ने र कांग्रेसको नामोनिसान मेट्ने !

फागुनदेखि वैशाखसम्म निर्वाचन भएको थियो । निर्वाचन सम्पन्न भएदेखि नै बजारमा हल्ला चल्न थालिसकेको थियो – राजाले सरकार गठन गर्न देलान् र ? महेन्द्रको मथिङ्गलमा प्रजातन्त्रलाई कसरी समाप्त पार्ने र कांग्रेसलाई बडार्ने भन्नेमात्रै थियो । र, त्यसको सुइँको सबैले पाइसकेका थिए ।
त्यसको ठीक विपरीत भर्खर ल्याएको शिशु प्रजातन्त्रलाई सुदृढ तुल्याउन सकिन्छ र राम्रो व्यवस्था निर्माण गर्न सकिन्छ भन्नेमा बीपी दत्तचित्त देखिन्थे । केही राम्रा कामको थालनीसमेत बीपीले गरिसकेका थिए ।

राजा, संसद् र माथिल्लो सदनको भूमिका के हुन्छ भन्ने प्रष्ट्याउँदै जनप्रिय बजेट निर्माण गरेका थिए, विकासको केही सुरुआत भएको थियो । ०१६ सालको अन्तिम र १७ सालको सुरूमै बजार हल्ला चल्न थालिसकेको थियो – राजाले कुनै पनि बेला सत्ता हत्याउँछन् र प्रजातन्त्र खतरामा पर्छ !
त्यसको कारण थियो – राजाले नेपालगञ्जमा गएर भाषणै गरे कि यो सरकार ठीक ढंगबाट सञ्चालन भइरहेको छैन, जनता सरकारबाट सन्तुष्ट हुन सकेनन् ।

गल्लीगल्लीमा पुष एक गतेको चर्चा हुन थालिसकेको थियो । राजा महेन्द्रले शासकीय बागडोर आफ्नो हातमा लिँदैछन् भन्ने हल्ला नपुगेको ठाउँ थिएन ।

नेताहरूले पुस १ गतेलाई कसरी हेरिरहेका थिए त्यो मलाई थाहा छैन तर कोही नेता त्यसबाट अनभिज्ञ थिएनन् । बेलायतकी महारानीलाई नेपालमा आमन्त्रण गरिएको थियो । उनी आएर नजाउञ्जेलसम्म राजाले सत्ता हत्याउँदैनन् भन्नेमा सुवर्णसमशेर ढुक्कजस्तै थिए । उनी ठाउँठाउँमा भन्दै हिँड्थे– बेलायतकी महारानीको भ्रमणसम्म राजाले कुनै स्टेप चाल्दैनन्, ढुक्क भए हुन्छ ! तर, अरू मानिसहरूचाहिँ पुस १ गते नै राजाले ‘कु’ गर्छन् भन्नेमा त्रस्त थिए ।

२०१७ पुस १ गते थापाथलीमा  नेपाल तरुण दलको अधिवेशन आह्वान गरिएको थियो । म केन्द्रीय सदस्य भएकाले मञ्च अगाडिको अगिल्लो पंक्तिमै थिएँ । देशभरका तरुणमात्र नभई देशका अधिकांश ठाउँका कांग्रेस नेता–कार्यकर्ता कार्यक्रममा सहभागी हुनआएका थिए । बीपी कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई मञ्चमै थिए ।

बिहानदेखि नै नेता कार्यकर्ताको जमघट हुनथाले पनि कार्यक्रम सुरु हुँदा दसएघार बजिसकेको थियो । कार्यक्रम चलिरहँदा एकजना बडी गार्डले आएर बीपीको कानमा खासखुस गर्‍यो । कानेखुसीपछि बीपी बेलाबखत मञ्चको दायाँबायाँ हेर्थे । ‘कु’को हल्ला भएपनि हामीले केही छनक पाएका थिएनौँ । त्यसैले म अचम्म पनि भएको थिएँ – किन त्यसरी हेरेका होलान् बीपीले !

बीपीले बोलिसकेका थिए । उनले भाषणमा पनि देश विकास, पार्टी गतिविधि, तरुणको दायित्वको बारेमा मात्रै कुरा राखेका थिए । राजाले चाल्नसक्ने सम्भावित कदमको बारेमा केही उच्चारण गरेका थिएनन् ।

मञ्चमा कांग्रेस महामन्त्री श्रीभद्र शर्मा बोल्दै थिए । दुई तीन जना जर्नेल र केही सैनिक अधिकृतहरू मञ्चमा देखा परे र केही भन्दै नभनी सरासर मञ्चमा पो चढे ! सुरुमा बीपीलाई सलाम गरे । र, खल्तीबाट कागजको चिर्कटो निकालेर थमाए । पुर्जी पाएपछि बीपीसँगै कृष्णप्रसाद र सूर्यप्रसाद पनि निस्किए ।  गणेशमान सिंह चाहिँ मञ्चमै आनाकानी गरिहेका थिए । जर्नेलले औँला देखाएरै इसारा गरे – तपाईं उठ्नुहोस् भनेको सुन्नु भएन !

मञ्चमा भाषण गरिरहेका श्री भद्र शर्मालाई चाहिँ  जर्नेलले ‘तपाईं आफ्नो काम गर्नुहोस्’ भनेर केही पनि गरेनन् ।

के भयो, कसो भयो भनेर हल्ला खल्ला हुन थाल्यो । बीपी, गणेशमानलगायत नेतालाई सेनाको टुकडीले लिएर गएपछि मात्रै थाहा भयो – उहाँहरू गिरफ्तार पो परिसक्नुभएछ ! जीपको पछाडि बीपीहरू र अगाडि सेनाका जर्नेलहरू बसेका थिए ।

लौ बीपी गिरफ्तारमा पर्नुभयो भन्दै अधिवेशनमा सहभागिहरू भागभाग गर्न थाले । सञ्चालकले अधिवेशन स्थगित भएको जनाउ दिए ! अधिवेशन स्थललाई सेनाको ठूलो समूहले घेराबन्दी गरेको रहेछ । सीआईडी डीएसपीभित्रै रहेछ । त्यसले अधिवेशन स्थलभित्रैबाट एकजनालाई पक्राउसमेत गर्‍यो ।

नेता कार्यकर्तामाथि पनि धरपकड हुन थालेपछि हामी पनि लाखापाखा लाग्यौँ । हामीलाई थाहा थिएन बीपी, गणेशमानलगायतलाई कहाँ राखिएको थियो ?

श्रीभद्र शर्मा पनि पक्राउ पर्थे तर मञ्चमा भाषण गरिरहेका उनलाई जर्नेलले चिन्दै चिनेन् । उनको घर भने सेनाले त्यसअघि नै घेराबन्दी गरिसकेको रहेछ !

कार्यक्रम स्थलमा अरू मन्त्री पनि थिए । तर, मञ्चमा बसेका शीर्षस्थ नेताहरूमात्रै पक्राउ परे । हामी किंकर्तव्यविमूढ भएका थियौँ । पक्राउ परेकाहरूलाई कहाँ राखिएको थियो केही थाहा थिएन । पछि बुझ्दा उहाँहरूलाई सिंहदरबारभित्र बरफबागमा राखिएको रहेछ !  र पनि उहाँहरूको के अवस्था छ बुझ्नै सकिएन ।

पक्राउ नपरेका मन्त्रीहरू किन भागेनन् ?
मलाई अहिलेसम्म अचम्म लागिरहेको छ, चार नेता पक्राउ पर्नासाथ उनीहरू मञ्चबाटै किन भागेनन् ? या दुई तीन दिनभित्रै उनीहरू अलप हुनसक्थे, त्यसमा पनि उनीहरूको बुद्धिमत्ता देखिएन !

मुक्ति सेनाका धेरैजसोलाई प्रहरीमा समायोजन गरिएको थियो । उनीहरूले असहयोग गर्लान् भन्ने ठानेर त्यही राति नै सेनाले शपथ गराएछ । ‘हामी जुनै अवस्थामा राजाको कदमलाई सहयोग गर्छौं’ भन्ने वचन पाएपछि मात्रै सेना ढुक्क देखियो । त्यसपछि सेना र पुलिसको डफ्फाले धरपकड सुरु गर्‍यो । अनिमात्र सबैजसो मन्त्री र केही नेता कार्यकर्ता पक्राउ परे ।

१९ गतेको दिन बिहानै मकहाँ सरोज कोइराला दुई जना तरुणका साथीलाई लिएर आएका थिए । पक्राउ परिने भयले मेरो कोठामा आएका थिए, सायद !

म त्यतिबेला असनबहालको भित्रपट्टि बस्थेँ । कोइरालाले रेडियो पनि साथमै बोकेका थिए । भन्न थाले– कयौं दिनदेखि सुत्न पाएको छैन । एकछिन सुत्छु, तीनबजेतिर उठाइदिनु ।

दिउँसो तीन बजे राजाले मन्त्रिपरिषद् गठन गरेको समाचार रेडियो नेपालले फुक्यो । गृहमन्त्रीमा विश्ववन्धु थापा नियुक्त भए । कोइराला र थापा अत्यन्तै मिल्ने साथी थिए । गृहमन्त्री बनेनन् भने बुझाउनु पर्ला भनेर उनले १३ पृष्ठ लामो चिठी लेखेका रहेछन् । रेडियोले गृहमन्त्रीमा थापाको नाम फुकेपछि उनले त्यो चिठी त्यहीँ च्यातचुत पारे ।

अब यहाँ बस्नुहुँदैन भन्दै कोइराला त्यसको भोलिपल्ट बाहिर गए । सुवर्ण शमशेर त भारतमै थिए । चारजना पक्राउ पर्नेबित्तिकै अरु मन्त्रीहरू भागेको भए परिस्थिति अर्कै हुन्थ्यो । राजालाई त्यति आँट आउने थिएन । किन निरीह बने मन्त्रीहरू ?

राजाको ‘कु’ त्यति लामो होला भन्ने कांग्रेसका नेतालाई लागेको थिएन तत्कालीन राजा महेन्द्रको मनोविज्ञान बुझ्न नसक्नु, षड्यन्त्रको तानाबुनालाई नजरअन्दाज गर्नु नै कांग्रेसको मुख्य कमजोरी बन्यो ।

त्यस्तै कांग्रेसको मुख्य नेतामा राजनीतिक सुझबुझको पनि कमी देखियो । कांग्रेस कोटरीमै हुर्किएका तुलसी गिरी र विश्ववन्धु थापाको प्रवृत्तिबारे कांग्रेस किन बेलैमा जानकार हुन सकेन ? मलाई आजपर्यन्त खट्किरहेको विषय हो यो । विश्वबन्धु त कोइराला परिवारकै छत्रछायामा हुर्किएका हुन् । विश्वबन्धु ‘चिफ ह्विप’ (मुख्य सचेतक) थिए कांग्रेसका ।

विश्वबन्धुसँगको खटपट
बीपीकै घरमा हुर्किएका हुन् विश्वबन्धु । बीपीका अत्यन्त विश्वासपात्र समेत थिए । सातसालको क्रान्तिपछि कांग्रेस प्रवेश गरेकालाई उनी नेता मान्दैनथे ! विश्वबन्धुको झगडा खासगरी सूर्यप्रसाद उपाध्यायहरूसँग थियो । तीन ठाउँबाट हारेका उपाध्यायलाई गृहमन्त्री दिनुहुँदैन भनेर थापाले बीपीसँग झगडै गरेका थिए । वास्तवमा थापा आफैं गृहमन्त्री हुनुपर्छ भन्ने लबिङमा लागेका थिए । त्यहाँ असफल भएपछि उनी राजालाई सघाउन गएका हुन् । यही कुरा गर्थे सरोज कोइराला ।

यसरी असफल पार्न सकिन्थ्यो पुस १
पुस एक गते हठात् भएको घटना होइन । त्यसका लागि राजाले लामो पृष्ठभूमि तयार पारेका थिए । कतिसम्म भने राजाले ज्योतिषी हेराएर ‘कु’ गरेका हुन् भन्ने कांग्रेस वृत्तमा चर्चा हुने गरेको छ । राजा ‘कु’को तयारीमा छन् भन्ने स्वयम् बीपीलाई पनि थाहा थियो ।

बीपीले आफ्ना सहयोगी, आफन्त र नजिकका मानिसलाई किन त्यसको छनक दिएनन् । राजाले ‘कु’ को तयारी गरिरहेका छन् भन्ने थाहा पाउँदा पनि किन दुई तिहाइभन्दा बढी स्थान ल्याएर विजयी हासिल गरेको मात्रै होइन मुक्ति सेनामार्फत देशै कब्जा गर्न संक्ने कांग्रेस खुम्चिनु पर्‍यो ?
त्यस प्रश्नमा कांग्रेसका केही नेताहरूलाई लागेको रहेछ – राजाले लामोसमय ‘कु’ गर्नै सक्दैनन् !

सुवर्ण शमशेरजीलाई भारत जानुभन्दा अघि नै त्यो कुरा थाहा थियो । त्यही भएर क्याबिनेटका सदस्यहरू पुस २ गतेबाट गाउँगाउँमा जाने तयारीसमेत गरेका थिए ।

राजा महेन्द्रले शासन सत्ता हत्याएको दिन बिहीबार परेको थियो । हाम्रो इलाममा ठूलो हाट बजार लाग्थ्यो त्यो दिन । गाउँगाउँबाट मानिसहरू आएका थिए । संयोगले नेपाली कांग्रेस इलामको मिटिङसमेत त्यही दिन थियो । राजाले ‘कु’ गरेकाले धेरै नेता कार्यकर्ता भेलासमेत भएका थिए ।

त्यहाँ भूतपूर्व सैनिकहरू पनि थिए । केबी भट्टराई इलामका सांसद् थिए । उनलाई त्यहाँ जम्मा भएकाले भन्न थालेछन् – तपाईं एक्सन लिनुहोस्, नेतृत्व लिनुहोस्, इलाम अहिल्यै कब्जा गरौँ । कतिसम्म भने त्यहाँका बडाहाकिम स्वयम्ले खबर पठाएर मलाई पक्राउ गर चाबी लेऊ, कब्जा भइहाल्छ समेत भनेका थिए रे ! भट्टराईले तत्कालै एक्सन लिन सकेनन् । भोलिपल्ट बडाहाकिमको चाबी सरकारले लिइहाल्यो ।

त्यस्तै कुरा विराटनगरमा पनि भयो । कोशु (केशव) कोइराला (बीपीका माइला भाइ)लाई पनि नेताकार्यकर्ताले लौ एक्सन लिऔँ भने । उनले पनि त्यो निर्णय दिन सकेनन् । बेलैमा त्यो निर्णय लिन सकेको भए विराटनगर तुरुन्तै क्याप्चरमा लिन सकिन्थ्यो । स्थायी हुने थिएन होला, हवाई ग्राउन्ड भएकाले केन्द्रबाट तत्कालै फोर्स पुग्न सक्थ्यो र पनि राजाको मनोबल त खस्कन्थ्यो नि !

इलाममा त निकै सजिलो थियो । कब्जा गरेर हेडक्वाटर पुशपति नगरमा लगेको भए सेना प्रहरी तत्काल पुग्न सक्दैनथ्यो । पाँचथर, ताप्लेजुङलगायतका पहाडि खण्ड कब्जा गर्नसमेत सजिलो हुन्थ्यो ।

तर, ‘कु’ बारेमा सुरुमै चनाखो नबन्दा मुलुकले ३० वर्षे पञ्चायतको कालो युग बेहोर्नुपर्‍यो । त्यही दिनदेखि प्रतिरोध थालिएको भए महेन्द्रको शासन सात दिनमै खत्तम हुन्थ्यो ।

पञ्चायत सुरु हुने बेलासम्म पनि बडाहाकिमहरूसमेत पञ्चायतमा जान मञ्जुर थिएनन् । पञ्चायतमा मेरा नाम नलेख्नुहोस् भन्दै उनीहरू पन्छिरहेका थिए ।

सुवर्णले दिल्लीमै बसेर पूर्वाञ्चल, पश्चिमाञ्चल, चितवनलगायतका भू–भागमा सशस्त्र आन्दोलन (आर्मड रिभोल्युसन) सुरु गरे । त्यो पुस एक गतेबाटै थालिएको भए परिस्थिति अर्कै हुन्थ्यो ।

विराटनगरमा त ‘गुरिल्ला वार’ नै भयो । ब्यारेकका सैनिक हतियार छोडेर भाग्ने स्थिति बन्यो । पाँचथरमा पनि विद्रोह भयो । चितवनमा पहलमान राइले बैंक नै लुटे । राजामा एक किसिमको त्रास बढिसकेको थियो ।

ठाउँठाउँमा छापामार शैलीको आक्रमण सुरु भएपछि सेनाले पनि यी गुरिल्लासँग सकिँदैन भन्ने अवस्थामा पुगिसकेको थियो । त्यही बेलामा तुलसी गिरी र विश्वबन्धुलाई बोलाएर अब के गर्ने ? भन्दा दस बाह्र दिन बाटो हेरौँ त्यसपछि निर्णय गरौँ भनेका थिए रे महेन्द्रले ।

त्यही बीचमै चिन–भारतबीच तनावको स्थिति बन्यो । त्यही अवधिमै राजाले कदम फिर्ता लिन्छन् रे हल्ला पनि आयो । जेलमै रहेका बीपीलाई पनि थाहा भयो– राजा सम्झौताको पक्षमा छन्, लचिलो बन्न सक्छन् ।

बीपीले सुवर्ण शमशेरलाई खबरसमेत पठाएका थिए– ‘आर्मड रिभोल्युसन’ फिर्ता नलिनु होला, राजा सम्झौता गर्ने पक्षमा छन्, हाम्रो राम्रो हुँदैछ । तर, त्यतिबेलै सुवर्ण शमशेरले सशस्त्र विद्रोह फिर्ता लिए ।

त्यो किन फिर्ता लिनुभयो ? मैले आजसम्म बुझ्न सकिनँ । कतिपयले भारतको आग्रहमा सुवर्ण शमशेरले ‘विथ ड्र’ गरेका हुन् भन्छन् ।

पछि सुवर्ण शमशेरलाई बीपीले तपाईंले आर्मड रिभोल्युसन किन फिर्ता लिनु भयो भनेर सोध्दा उनले ‘गाउन नहुने गीत मलाई नसोध्नुहोस्’ भने रे !  धेरै पछिसम्म प्रचलित भयो त्यो उक्ति !

अराजकताको जड नै १७ साल
मुलुक लामो समय संक्रमणकालको गोलचक्करमा फस्यो, कहिल्यै राजनीतिक स्थिरता भएन । देशमा अराजकता मच्चियो । पार्टी–पार्टीबीच वैमनस्य बढेर गयो । पार्टीभित्र गुटउपगुट जन्मिए । यो सबैको जड भनेको ०१७ साल पुस १ गते नै हो ।

सत्र सालपछि पार्टीहरू सिद्धान्तविहीन बने, सत्तामा पुग्न राजनीतिक विचार बोक्नै परेन ! म ठोकुवाका साथ भन्छु अहिले नेपालमा कुनै पनि पार्टी आफ्नो सिद्धान्तमा हिँडेका छैनन् । उनीहरू सिद्धान्तच्युत भएको उहिल्यै हो ।  यसको कारक भनेको पनि ०१७ साल नै हो ।

१७ सालपछि पठनपाठनतिर
बीपीसँग आठ वर्षपछि मात्रै भेट हुनसक्यो । सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनी भारत निर्वासित भएका थिए । त्यही बेला उनीसँग दार्जिलिङमा भेट गर्ने मौका मिल्यो ।

मैले त्यति बेला बीपीलाई भनेको थिएँ– अब के गर्ने ? बीपीले सशस्त्र आन्दोलनकै कुरा गरेका थिए । भनेका थिए– आउनुहोस् बसेर कुरा गरौँला ।
त्यो समयमा म राजनीतिमा ओझेल परेजस्तै भएँ । इलाम हाइस्कुलमा पढाउन थालेको थिएँ ।

सशस्त्र आन्दोलनको विकल्प नरहेको भन्दै बीपीको आह्वानमा कांग्रेसका धेरै नेता कार्यकर्ता भारत गए र आन्दोलनको तयारी थाले । त्यही बेला मेरो भाइ गम्भीर बिरामी परेकाले म सिलगुढी जानुपर्ने भयो । यता प्रशासनले पनि मलाई पक्राउको तयारी गरिराखेको सुइँको पाएँ । भाइको उपचारको लागि सिलगुढी गएको बखतै तीन पटक पक्राउ गर्न प्रहरीहरू मेरो घर पुगेछन् !

भाइलाई उपचार गराएर झापा आइपुगेको थिएँ, बहिनी रातभरको बाटो हिँडेर झापा आइपुगिछन् र भन्न थालिन्– तपाईं घर नजानुहोस् प्रहरीले व्यापक खोजी गरिराखेको छ ।  ०१८ सालदेखि ०२९ सालसम्म मैले इलाम हाइस्कुलमा पढाएँ । पढाउनेक्रममा पनि सबैले मलाई कांग्रेस नै भन्थे । प्रशासनको आँखामा किरकिर भएर बसिरहेको थिएँ । मलाई पक्राउ गर्दा स्कुलमा विद्रोह हुन्छ भन्ने भयले होला सरकारले सजिलै पक्राउ गर्नसमेत सकेको थिएन । ०२९ पछि पढाउन छाडेर बाहिरको बाहिरै भएँ ।
० ० ०
०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिए र स्वदेश फर्किएर शान्तिपूर्ण आन्दोलनमार्फत राजालाई घुँडा टेकाउने नीति अख्तियार गरे । मेलमिलापको पक्षमा सुरुदेखि नै उभिएको थिएँ म । ओखलढुंगाको विद्रोह समाप्त भइसकेको थियो । कात्तिक २५ गते मलगायत दुई जना स्वदेश फर्कियौँ भने बीपी पुस १६ गते काठमाडौँ ओर्लिएका हुन् । बीपी, गणेशमान, शैलजा आचार्य, खुमबहादुर खड्कासँगै फर्किएका हुन् ।

तर, राजासँगको द्वन्द्व समाप्त भएको थिएन । बीपीलाई विमानस्थलबाटै पक्राउ गरी पुनः सुन्दरीजल वन्दीगृह पुर्‍याइयो । स्वदेश फर्किएका हामीलाई पनि प्रहरीले गिरफ्तार गर्‍यो र २५ दिन काठमाडौँमै राख्यो ।  पछि धर्म गौतम र मलाई झापा जेल चलान गर्‍यो । र, जनमत संग्रहताका जेलमुक्त भएँ ।

नारायणहिटी बेच्ने महेन्द्र के को राष्ट्रवादी ?  
अहिले राजा महेन्द्रलाई ठूलो राष्ट्रवादीको संज्ञा दिइन्छ । इतिहास पढेर थाहा पाइँदैन कतिपय विषय, व्यक्ति स्वयम्ले भोग्नुपर्छ ! बीपीले हुर्काएको प्रजातन्त्रको बिरुवाको मुन्टै निमोठ्ने महेन्द्र कसरी राष्ट्रवादी ?

राजा वीरेन्द्र, गणेशमान सिंह र मरिचमान सिंह सँगै बसेका बेला मरिचमानले हामीले के बिगा¥यौँ, विकासका धेरै काम भए यो अवधिमा भनेर निकै चर्का कुरा गरेछन् ! त्यही बेला गणेशमान सिंहले भनेका थिए रे – गुहे कीरोले शौचालयबाट निस्केर बाहिर हिँड्ने क्रममा कहिलेकाँही ‘क’को आकृति बन्न सक्छ, त्यस्तो अक्षर देखियो भन्दैमा गुहे कीरालाई विद्वान् भन्न मिल्छ ?

निःशब्द बनाए रे मरिचमानलाई !

३० वर्षको अवधीमा दुई चारवटा बाटो बन्यो भन्दैमा विकासको युग भन्न मिल्छ ? राजा महेन्द्र राष्ट्रवादी र विकासवादी भइदिएको भए जनता अँध्यारोमा किन बस्नुपथ्र्यो ? जनताप्रेमी हुन् भने जनताको अधिकारको घाँटी किन निमोठे ?

राणाको बन्धनबाट मुक्त गराएर देशको राजा कांग्रेसले बनाएको होइन ? किन दस वर्ष नबित्दै त्यो गुन बिर्सिएर राणाजस्तै तानाशाही बन्ने महत्वाकांक्षा पाले ?

अर्को, आफू पुस्तौँपुस्तादेखि बस्दै आएको नारायणहिटी राजदरबार पञ्चायत सुरु भएपछि राजा महेन्द्रले सरकारलाई बेचे । सरकारलाई बेचेर आफू अन्तै सरेको भए त हुन्थ्यो नि फेरि त्यहीँ बसे । आफ्नो दरबारकोसमेत संरक्षण नगरेर सरकारलाई बेच्ने महेन्द्रलाई सबैले राष्ट्रवादी भनेको देख्दा कहिलेकाहीँ अट्टहास गर्न मन लाग्छ ! ज्योतिषीले नै त्यो गर्न सल्लाह दिएका थिए रे ! ज्यतिषीहरूले किन भनिदिएनछन् ? – दरबार राज्यलाई बेच्दा कुनै दिन तिम्रो सत्ता ढल्न सक्छ नि !

सुगौली सन्धि पछाडि राष्ट्रवादी जन्मिएनन्
अहिले राष्ट्रवादका चर्का कुरा कसैले नगरे हुन्छ । तिनको विगत हेर्दा सबै कुरा छर्लङ्ग हुन्छ । म त भन्छु, सुगौली सन्धिपछि हाम्रो राष्ट्रवाद मरिसक्यो !

सुगौली सन्धि अघि जसरी पुर्खाहरू देश बचाउन लागेका थिए, त्यो अवस्था छैन । त्यसभन्दा गएगुज्रेको अवस्था छ अहिले !

देश जेसुकै होस् पार्टी बचाउनुपर्छ भन्ने मान्यता व्याप्त भयो । जसरी हुन्छ सरकारमा जाने होडबाजी चलेको छ । नौ महिनाकै लागि किन नहोस् सरकारमा जानै परेको छ, मन्त्री खानै परेको छ । प्रचण्ड ल्याप्चे हानेरै नौ महिनाका लागि सरकारमा गएका होइनन् ?

त्यहाँ गएर के गर्ने ? त्यो स्पष्टै छ सबैलाई । यसर्थ यो अन्धकार, अराजकता र यो अस्तव्यस्त बनाउने इतिहासको खलपात्र राजा महेन्द्र हुन् । तर, कसैलाई यो कुराको हेक्का छैन । हुन त सबैले देशै बिर्सिसके, १७ साल के सम्झनु ?

प्रस्तुति : अक्षर काका

चन्द्रदेव जोशी
 बिद्रोह गरेर हलो जोतेँ
वि.सं. १९९५ सालमा दार्चुलाको शंकरपुरमा असार ९ गते मेरो जन्म भएको हो । हाम्रो परिवार ज्योतिष हो । त्यसो त हाम्रो पुर्ख्यौली पेसा नै ज्योतिषी हो । कहिलेदेखि हामीले यो पेसा सुरु गर्यौँ, त्यसको कुनै लिखित इतिहास छैन । मैले थाहा पाउँदा हजुरबुबा, बुबा त्यही काम गर्नुहुन्थ्यो । हामीले धुलेटोमा कखरा सिक्न थालेदेखि नै ज्योतिष विद्या सिकेका हौँ । हामी पञ्चाङ्गमात्र हेर्थ्यौँ । फलित ज्योतिष हाम्रो कर्मभित्र पर्दैनथ्यो । चिना, टिपनहरू बनाउने, ग्रह दोष हेरिदिने हाम्रो दैनिकी हुन्थ्यो । चिना, टिपन बनाएबापत खासै आम्दानी पनि हुँदैनथ्यो । त्यतिबेला ग्रह दोष हेराएर पैसा दिने चलन थिएन । गावैँका मानिसहरूको त्यही पेसा हुनाले त्यसैबाट जीवन धान्न मुस्किल नै थियो भन्दा हुन्छ ।

हाम्रो खेतबारी पनि थियो । तर, उब्जनी खासै नहुने । त्यसैले हाम्रो बाल्यकाल निकै दुःखमा बित्यो । बाँझो जमिन खनजोत गर्न सधैँ अप्ठ्यारो हुने । हाम्रो ज्योतिष परिवारमा के मान्यता थियो भने, ज्योतिषहरूले हलो जोत्न हुँदैन । भनेको बेलामा हलो जोत्ने मानिसहरू पनि पाइँदैनथे । हली राख्ने सामथ्र्य थिएन । यसले हामी आजित थियौँ ।

बाँझो जग्गाहरू कोदालो–कोदालीले खनेर पार लगाउन पनि सकिँदैनथ्यो । त्यसैले मेरो मनमा आयो, आ.. जेसुकै होस् गोरु जोत्छु ।

त्यति बेला भर्खर १२ वर्षको थिएँ । अहिले सोच्दा लाग्छ, त्यस बेला मेरो दिमाखमा कसरी आयो होला यस्तो विचार ! वास्तवमा त्यो एक किसिमको विद्रोह नै थियो ।

मैले खेतमा गोरु नारेपछि अरूले जिब्रो काढ्न थाले । घरपरिवार पनि सुरुमा मञ्जुर भएन । मैले गोरु जोतिसकेको थिएँ, पछि आफैंँ ‘कन्भिन्स’ भए ।

शिक्षादीक्षा महाकालीपारि
घरमा ज्योतिष विद्याबाहेक अरु कुरा पढ्ने वातावरण थिएन । पञ्चाङ्ग मिलाउन र ग्रह दशा हेर्न गणित त सिक्नु पर्थ्यो । संस्कृतका श्लोक बाचन, धार्मिक ग्रन्थहरू अध्ययन गर्ने अवसर त थियो तर अरु कसरी पढ्नु ? परिवारले चासो देखायो, जेठा छोरोलाई जसरी पनि पढाउनुपर्छ ।

त्यतिबेला महाकालीपारिबाट भारतीयहरू आएर हामीलाई शिक्षादीक्षा दिन्थे । रुखको फेदमुनि, घरको आँगन पिँढी नै शिक्षा आर्जनको थलो थियो । महाकालीपारिबाट आएका भारतीय शिक्षकहरूले हिँउदे कक्षा पढाउँथे ।

यसलाई हिउँथे कक्षा किन भनिएको भने उनीहरूले दसैँ–तिहारपछिदेखि चैतसम्म पढाउँथे र चैत लागेपछि घरको काम गर्न गाउँ फर्कन्थे । म सानैदेखि पढाइमा तीक्ष्ण थिएँ । एक–दुई वर्ष त्यहीँ पढेँ र महाकालीपारि भारतमा गएर एकै पटक कक्षा पाँचमा भर्ना भएँ । छोराले पढोस् भन्ने परिवारको ठूलो इच्छा थियो । तर, आर्थिक अवस्थाले भारतमा बसेर नियमित शिक्षा आर्जन गर्न दिएन ।

काका पर्ने काशीराम पन्त त्यतिबेला तहविलदार हुनुहुन्थ्यो । उहाँका सन्तान थिएनन् । खै के लहड चलेर हो, उहाँको दिमागमा विद्यालय खोल्ने सोच आएछ । दुई–चार जना भद्रभलाद्मी जम्मा गरेर उहाँले विद्यालय खोल्नुभयो । 

यो सात/आठ सालतिरको कुरा हुनुपर्छ । गाउँमा विद्यालयको स्थापना भयो । विद्यालय त खोलियो तर पढ्ने विद्यार्थी नै भएनन् । आर्थिक अवस्था बलियो भएकाहरू महाकालीपारि पुग्थे, नभएकाहरू पढ्न आउने कुरै भएन । त्यसपछि हामीले घर–घरमा पहेँलो झन्डा (विद्याको रंग, सरस्वतीको प्रतीक) गाड्यौँ र एउटा बच्चा विद्यालयलाई देऊ भनेर पठन संस्कृति सुरू गर्यौँ । सुदूरपश्चिमको त्यो शैक्षिक आन्दोलन पनि थियो । त्यसपछि केही वर्ष त्यही विद्यालयमा पनि पढेँ । आठ कक्षा (त्यसबेला भारतमा जुनियर हाइस्कुल लेबल भनिन्थ्यो) पूरा गरेँ । आर्थिक अवस्था उस्तै भएकाले त्यसैगरी माध्यामिक तह पनि पूरा गरेँ ।

कति दिन त किताब–कापी किन्न पैसा नहुँदा भारतमा ज्यामी र कुल्ली काम पनि गरेको छु । मनमा पढाइप्रतिको उत्कट चाहना तर गोजी रित्तो ! कुल्ली काम नै विकल्प थियो र पढ्ने चाहना पूरा गरेँ ।

भारतीय नागरिक नलेख्दा छात्रवृत्ति पाइन
प्रथम श्रेणीमा मैले माध्यामिक तह सकाएको हुँ । प्रवेशिका परीक्षामा त्यत्रो अंक ल्याएपछि भारतीय विद्यालयले छात्रवृत्ति प्रदान गर्थ्यो । भारतीय नागरिकका लागिमात्र त्यो सुविधा थियो । मलाई थाहा भएसम्म दार्चुला, बैतडीतिरका प्रायः मानिसहरूले त्यतिबेला भारतीय नागरिक लेखेरै त्यो सुविधाको उपभोग गर्थे ।

मलाई पढाउने भारतीय शिक्षक थिए । उनले पनि सुझाए– कलेजको छात्रवृत्ति फारममा भारतीय नागरिक लेख् र निःशुल्क पढ् । तेरो बाउले भिक्षा मागेर तँलाइ क्याम्पस कसरी पढाउन सक्छ ?

तर, मैले ज्यान गए पनि मानिनँ । देशको नाम बदलेर पढ्नुभन्दा बरु अज्ञानी बन्नु बेस ! मेरो मनमा त्यही आयो र बडो मुस्किलले आईएससी सकाएँ । सानैदेखि विद्रोही स्वभावको भएकाले होला, यस्तो बानीले मलाई धेरै ठाउँमा अप्ठ्यारो बनाएको छ । गरिबीभन्दा इमान–जमान ठूलो भन्ने लागिरहन्थ्यो । गरिबी त एकदिन आफैँ दूर होला तर बेचिएको इमान फर्कंदैन भन्ने विचारले घर गरिरहन्थ्यो ।

कांग्रेससँग झुकाव
घरपरिवार ज्योतिष, पढेलेखेको पनि । २०१५ सालको सुरुवाततिर हुनुपर्छ, विश्वेश्वरप्रसाद कोइराला सुदूरपश्चिम पुगेका थिए । उनले दार्चुलाको पनि भ्रमण गरे । त्यतिबेलाको माहोलै अर्को थियो, लगत्तै भएको आम निर्वाचनमा हाम्रो क्षेत्रबाट पनि कांग्रेसले नै विजय हात पार्यो । किसनलाल लेखकले चुनाव जितेका हुन् । उनी बैतडीका थिए ।
गाउँका जिम्मावाल मुखिया, तालुकदार सबै कांग्रेस भएकाले कांग्रेसले सोलोडोलो जित्यो ।

तर, २०१७ साल पुस एक गते राजा महेन्द्रले ‘कु’ गरेर सत्ता हत्याएपछि माहोलै अर्को भयो । गावैँ कांग्रेस भएकाले त्यहाँ पञ्चायत पस्न सकेन । २०१८ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनाव हाम्रो गाउँमा हुनै सकेन । दुई पटकको प्रयास विफल भएपछि तत्कालीन बैतडी जिल्लाका बडा हाकिम झा थरकाले सेना लगाएर निर्वाचन गरे । तर, कोही मत हाल्न गएनन्, के–के गरेर चुनावको नाटक मञ्चन गरे ।

२०१८ सालमा सुवर्ण शमशेरले सशस्त्र विद्रोहको अगुवाइ गरे । त्यस बेला बझाङका राजा ओमजङ्ग थिए । भारततिरै सल्लाह गरेछन् र सेवानिवृत्त सेना प्रहरीका मानिस भेला पारेर १५–१६ जनाको टुकडी तयार पारेछन् अनि सशस्त्र विद्रोहको तानाबाना बुनेछन् । बझाङ आफ्नै जिल्ला भएकाले उनले निधो गरेछन्, पहिला बझाङ कब्जा गर्ने र त्यसपछि सुदूरपश्चिम पूरै नियन्त्रणमा लिने ।

त्यही सल्लाह गरेर उनीहरू हाम्रो गाउँमा आए । शंकरपुर कांग्रेसको उर्वर भूमि थियो । पञ्चायतले त्यतिबेला हाम्रो गाउँलाई अराष्ट्रिय तत्वको गाउँ भनेर घोषणा गरेको थियो । उनीहरू राति गाउँमा आएछन् र बास बसेछन् ।

गाउँलेहरूले उनीहरूको भव्य स्वागत गरे । त्यतिबेला म विद्यालयमा पढाउथेँ । मेरो आईएससीमात्रको पढाइ भएकाले प्रधानाध्यापक भारतीयलाई राखिएको थियो । तर, प्रशासनिक कामदेखि पठनपाठनसम्मको सबै काम म नै हेर्थेँ । हतियारसहित उनीहरू विद्यालयमा आएर ठूला विद्यार्थी पनि विद्रोहमा सरिक गराउने भन्न थालेँ तर मैले दिइनँ । गाउँका दुई–चार जनालाई टुकडीमा समावेश गरेर उनीहरू बझाङ आक्रमणका लागि हानिए ।

तर, सुराकीले बीचमा नै प्रशासनलाई सुइँको दियो र उनीहरू बैतडी नपुग्दै घेराबन्दीमा परे । सेनाले भीषण गोलाबारी गर्यो । क्याप्टेन ओमजङ्ग त्यहीँ मारिए । अरु थुप्रैको हताहती भयो । सो आक्रमणका कति मारिए भन्ने आजसम्म कसैलाई पत्तो छैन । कति युद्धस्थलमै मारिए । नियन्त्रणमा लिएका कतिलाई सेनाले खाल्डोमा हालेर जिउँदै पुर्यो । नियन्त्रणमा लिएपछि सेनाले पहिला खाल्डो खन्न लगाएर पछि त्यहीँ हालेर अमानवीय यातना दिएर मार्यो भन्ने हामीले सुनेका हौँ । इतिहासको चर्चित ‘बझाङ काण्ड’ आजसम्म गुमनाम बनाइयो । न कांग्रेसले खोजी गर्यो, न कसैले त्यो घटनाको उत्खनन् नै गर्नुपर्छ भन्ने ठान्यो ।

घटनापछि कैयौँले गाउँ छोडे । युद्धकै बखत् महाकालीमा फाल हाल्दा कति नदीमा बगे, कति भारत प्रवासित भए, त्यसको यकिन छैन । महाकाली नदी पार गरेर बाँचेका रामचन्द्र हमाल थिए, पछि तिनलाई काठमाडौँको सेन्ट्रल जेलमा सेनाले क्रुर यातना दिएर मार्यो ।

हाम्रो परिवारमा पनि काका जेल पर्नुभयो । विद्यालयका संस्थापक काशीनाथ पन्त हिरासतमा पुगे । हजुरआमालाई सेनाले नांगेझार बनाएर कुट्यो । प्रहरीहरूले गोप्य रूपमा मलाई पनि भने, अब तँ यहाँबाट भाग् । नत्र तँलाई जिउँदै खाल्डामा पुर्छन् ।

अभिभावकहरू बोलाएर विद्यालय अर्कैलाई जिम्मा लगाएर म त्यहाँबाट विस्थापित भएर काठमाडौँ आए । प्रअलाई पनि अनेक मानसिक तनाव दिएपछि उनले पनि विद्यालय छाडे । संस्थापक नै जेल परेपछि विद्यालय तहसनहस हुने नै भयो ।

र, बनेँ साझाको कन्डक्टर
गाउँबाट विस्थापित भएर पिथौरागढ आएँ । त्यहाँ दुर्गादत्त जोशी र द्ववारिकादेवी ठकुरानीले कांग्रेसको कार्यालय खोलेर बसेका थिए । जोशी र ठकुरानी (०१५ सालको वीपी मन्त्रिमण्डलमा मन्त्री थिए) सँग म झोक्किएँ– यस्तो असफल विद्रोह गर्ने ? सबै मारिए । मर्न बाँकी सबैलाई सेनाले भटाभट मार्दैछ । म त बालबाल बचेर आएँ, अब के गर्छौ ?

उनीहरूले जवाफ दिए– उनीहरूलाई सघाउन अर्को टोली ‘मुभ’ भइसकेको थियो । तर, उनीहरू पहिल्यै घेराबन्दीमा परे । हाम्रो कमजोरी भएकै हो ।

उनीहरूको कुरा नसुनी म काठमाडौँ हिडेँ । काठमाडौँको दुःखको वर्णन गरेर साध्यै छैन । आईएससी त पढेको थिएँ । सर्टिफिकेट हातमा भए पनि मलाई कसैले काम दिएन । काम दिन्छु त भन्थे तर पृष्ठभूमि खोतल्दै जाँदा म अराष्ट्रिय तत्व भएको उनीहरूले पाउँथे र पन्छिन्थे ।

त्यही बेला मैले डा. के आई सिंहलाई पुतलीसडकमा भेटेँ । त्यहाँ उनको कार्यालय थियो । मैले के आई सिंहलाई पनि बेलिस्तिार लगाएँ । उनले जुँगामा ताउ लगाउँदै भने, “मेरो जुँगाले गर्छ क्रान्ति, ती नामर्दहरूले गरिखाँदैनन् ।
शिवराज श्रेष्ठ साझाका जीएम थिए ।

 यस्तो पढेको मान्छे कन्डक्टर बन्न आयो भन्लान् भनेर म आईएससीको सर्टिफिकेट लुकाएर जागिर खान पुगेको थिएँ । श्रेष्ठलाई सबै दुःख कहेपछि उनी मलाई कन्डक्टरमा राख्न राजी भए ।

कन्डक्टर बन्न पनि सजिलो थिएन । तीन महिना तालिम नै लिनुपर्थ्यो । कसरी टिकट् काट्ने, कहाँ घण्टी बजाउने आदि सिकेपछि म कन्डक्टर भएँ । साझामा साढे तीन वर्ष व्यतीत गरेँ ।

साझामा कन्डक्टर थिएँ तर मैले अन्यत्र पनि जागिरका लागि भौँतारिन छाडेको थिइनँ । जहाँ पनि शून्यबाहेक केही हात लागेको थिएन । महिनामा चार–पाँच ठाउँमा आवेदन दिन्थेँ । नाम पनि निस्किन्थ्यो तर नियुक्ति गर्ने बेलामा पञ्चायतसँग सम्बद्ध संघ÷संगठन, भ्रातृ संस्थाहरूको सदस्य नभएकाले फालिन्थेँ । साझाको तलब ८० रुपैयाँ थियो, त्यसले के पुग्नु ?

एक जना सुपकै साथी थिए, मेरो दुर्दशा देखेर उनले युवक संगठनबाट एउटा सिफारिस ल्याइदिएका थिए– निज व्यक्ति राष्ट्रिय युवक संगठनको गाउँस्तरको कार्यकर्ता हो भन्ने बेहोराको ।

त्यतिबेला नवराज सुवेदी युवक संगठनको अध्यक्ष थिए । उनी गाउँ पञ्चायतका हर्ताकर्ता पनि थिए र झगडीया भएकाले मुद्दामामिला मिलाउन काठमाडौं ओहोरदोहोर गरिरहन्थे । तर, आफ्नै हठ र स्वाभिमान दाउमा राख्न नचाहने स्वभावका कारण त्यो सिफारिस पनि मैले कतै पेस गरिनँ ।

यस्तै हठ मैले भारतमा पनि देखाएको थिएँ । भारतीय नागरिक नलेखेकै कारण भारतीय सेनाको सेकेण्ड लेफ्टिनेन्टमा निस्किसकेको नाम पनि काटिएको थियो । त्यतिबेला गुरुङ थरका आफन्त पर्नेले नै मलाई हप्काउनुभएको थियो– यस्तो हठले तिमीले नपाउनु पर्ने दुःख पनि पाउँछौ, बुझ्यौ !

पाइलट बन्ने भूत सवार
साझाको कन्डक्टर थिएँ । त्यतिबेला छड्के झोला भिरेर अस्कल क्याम्पसको बाटो हिँड्थे । सोही समय पाइलटको जाँच दिएँ । हाकिमलाई गएर पढ्ने व्यवस्था मिलाइदिन अनुनय विनय गर्थेँ । तर हाकिम सोध्थे– ह्वाट इज द डिफरेन्ट बिटविन हेलिकोप्टर एन्ड जेट ?

उसको त्यो मलाई अल्झाउने नियतमात्रै थियो । त्यसैले मैले जवाफ दिएँ– सर ! म सुदूरपश्चिममा जन्मिएको मान्छे, मलाई यति धेरै थाहा छैन, गाडी त तराई झरेपछि मात्रै देखेको हुँ । पढ्ने मौका दिनुभयो भने फरक भनेर होइन, उडाएरै देखाइदिउँला नि ! नाम त निकालिदिए तर आँखा कमजोर छ भनेर अन्तिममा फालिदिए ।

तुलसी गिरीलाई पत्र
केही सीप नचलेपछि एकदिन सिंहदरबार पुगेको थिएँ, त्यहाँ सिकायत पुस्तिका देखेँ । त्यहाँ आफ्ना सबै दुःखको फेहरिस्त उतारेँ । के हेर्लान् र भन्ठानेको थिएँ, होइन रहेछ । केही दिनपछि शिक्षा मन्त्रालयमा जानू भनेर पत्र पो आयो । त्यतिबेला मन्त्रिपरिषद्को अध्यक्ष तुलसी गिरी थिए । उनले आफैँ सिकायत पुस्तिका हेर्दा रहेछन् ।

त्यसपछि म शिक्षा मन्त्रालयमा गएँ । त्यसभन्दा अघि नै बर्मामा इन्जिनियरिङ पढ्न जाने मौका मिलिसकेको थियो । तर, त्यहाँको सरकार परिवर्तन भएकाले छनोटमा परिसकेको नाम पनि बोलाएको थिएन ।

शिक्षा मन्त्रालयले नाम आएर पनि बर्मामा जान नपाएकालाई रुस पठाउन लागेको रहेछ । त्यसमा मेरो नाम पनि समावेश भयो ।

रुस जानुपर्छ भनेर रोएँ 
सरकारले रुस त पठाउने भयो तर मलाई किन–किन रुस मन नै पर्दैनथ्यो । कांग्रेस पृष्ठभूमि भएकाले होला, कम्युनिष्टहरू देख्दै रिस उठ्थ्यो । घरमा आएर रोएँ– म मान्छे हुँ, मलाई सरकारले रुस पढ्न पठाउने भयो । म कम्युनिष्टको देश जान्न । तर, साथीभाईले सम्झाएपछि म रुस जान तयार भएँ ।

रुसको रमाइलो प्रसंग छ । हामी लेफ्ट ड्राइभ गर्छौँ तर त्यहाँ राइट ड्राइभ गर्दा रहेछन् । विमानस्थलबाट बाहिरिने बित्तिकै गाडी चढेको त ड्राइभरले दायाँ साइडबाट गाडी हाँक्यो । म त गाडीभित्रबाटै चिच्याउन पुगेंछु– ए ! रङ साइड । त्यहाँ पनि साथीहरूले सम्झाए– यहाँ दायाँ साइडबाटै गाडी चलाइन्छ ।
रुसबाट झण्डै फर्काइएन

पिपल्स फ्रेन्ड्ली युनिभर्सिटीमा अध्ययनको लागि रुस त पुगेको थिएँ । तर, त्यहाँका सरकारी अधिकारीहरूलाई कसले लाइदिएछ– यो त सन्दिग्ध हो, यहाँको सरकारको जासुसी गरिरहेको छ ।

त्यसपछि मलाई अनेक बहाना गरेर रुसबाट नेपालै फर्काउन आँटियो । निहुँ बनाइएको थियो– मलाई टीबी भएको छ । यस्तो बिरामीले पढ्न सक्दैन । काठमाडौँको अनेक संघर्ष र दुःखले मेरो हालत पनि जीर्ण भइसकेको थियो । खोक्दाखोक्दै मुखबाट रगत आउँथ्यो । असह्य पीडा हुन्थ्यो । त्यसपछि मेरो मनमा आयो– अब म बाँचेर काम छैन । मरे हुन्छ म । प्राण त्याग्ने इच्छा पनि नजागेको होइन । साथीहरूले सम्झाउने अनेक प्रयत्न गरे ।

त्यत्तिकैमा कमर शाह भेट भए । उनी नेकपा रायमाझी समूहका पोलिटब्यूरो सदस्य थिए । माक्र्सवादी अध्ययनका लागि उनी रुस पुगेका रहेछन् । मेरो दुःख देखेपछि शाहले त्यहाँको सरकारका प्रतिनिधिसँग कुरा गरे र उपचारको प्रबन्ध मिलाइदिए ।

म विश्वविद्यालयको पोलिक्लिनिकमा पुर्याइएँ । त्यहाँ पुर्याएको चौथो दिनमा एकजना बूढा चिकित्सक आएर सबै चेकजाँच गरे र निष्कर्ष निकाले– तिमीलाई टीबी भएको छैन, तिमीलाई पर्याप्त खाना र आरामको जरुरत छ ।

टर्निङ प्वाइन्ट
कम्युनिष्टको देश जानुपर्यो भनेर आँसु चुहाउने म अन्तिममा आफैँ कम्युनिष्ट बनेँ । वास्तवमा रुस पुगेपछि कम्युनिष्टप्रतिको मेरो धारणा बदलियो । सडकमा राखेका माक्र्स, एंगेल्सका सालिक र तिनलाई देवता मानेको देख्दा उनीहरूको सिद्धान्तप्रति एकाएक कौतुहलता जाग्यो ।

अस्पतालमा बस्दा नर्सहरूको व्यवहार, बिरामीप्रतिको उत्तरदायित्व र लगनशीलता देख्दा मलाई कम्युनिष्टप्रति एकाएक मोह जागृत भयो । बिरामी निको भइसकेपछि कमर शाह र मेरो भेटघाट झनै बाक्लियो । चार–पाँच जना भेला भएर ‘जिन्दगीमा केही नयाँ गर्नुपर्छ’ भनेर माइन्युट नै गर्यौँ । यसको अर्थ हामीले कम्युनिस्ट पार्टीको काम गरिरहेका छौँ भन्ने कसैलाई थाहा नहोस् भन्ने थियो । यसकारण कि हामीसँग अध्ययनका लागि जाने पञ्चायत कांग्रेसमा आबद्ध पनि थिए ।

मैले विश्वविद्यालयमा पढ्दा थुप्रैलाई कम्युनिष्ट बनाएँ । भारत, पाकिस्तान, श्रीलंकालगायत मुलुकका विद्यार्थीहरूलाई कम्युनिष्ट पार्टीको सदस्य बनाएँ । म स्वयंले पनि रसियामा नै कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ ।

नेपाल फर्किएपछि पूर्णकालीन राजनीति
एमई पूरा गरेर म ०२७ सालमा नेपाल फर्किएँ र कम्युनिष्ट पार्टीको विस्तारमा लागेँ । विद्रोही चेत मेरो नेपालमै थियो, रुस पुगेपछि मेरो चक्षु अझै उघारियो । ०२३ सालमा घर बिदामा आएको बेलामै मैले सुदूरपश्चिमा कम्युनिष्टको बिजारोपण गरिसकेको थिएँ । सुदूरपश्चिममा कम्युनिष्ट भित्र्याउने पहिलो व्यक्ति मै हुँ । नेपाल फर्किएपछि मैले पार्टी स्कुल विभाग चलाएँ र सुदूरपश्चिमका जिल्लाहरूमा अभियान चलाएँ । पछि कमर शाह पार्टीको फस्र्टम्यान र म सेकेन्डम्यान भयौँ । २०४८ सालमा कृष्णराज बर्मा, तुलसीलाल अमात्य र विष्णुबहादुर मानन्धरले नेतृत्व गरेको कम्युनिष्ट पार्टीबीच एकता गर्यौँ र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) गठन गर्यौँ । ०६३ सालदेखि ०७२ सालसम्म म त्यसको अध्यक्ष भएँ ।

अन्तिममा मन्त्री बनेँ
पहिलो संविधानसभाको निर्वाचनमा हाम्रो पाँच सिट थियो । पार्टीको अध्यक्ष भएकाले दलको नेता पनि मै थिएँ । त्यो बेला पनि सरकारमा सहभागी हुन प्रस्ताव नआएको होइन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी हुन आएका अनुरोधलाई नकार्दै आएको थिएँ । नेकपा संयुक्त सरकारमा सहभागी नभएको भने होइन, प्रचण्डको पालामा गणेश शाह, माधव नेपालको पालामा ठाकुर शर्मा, झलनाथ खनालको पालामा सुनिल मानन्धर सरकारमा गएका थिए ।

बाबुराम भट्टराईको पालामा भने म आफैँ सरकारमा सहभागी भएँ र भूमिसुधार मन्त्री बनेँ । त्यति बेला संविधान निर्माणको कुरा थियो । वास्तवमा भन्नुपर्दा संविधानमा दस्तखत गर्न म सरकारमा गएको थिएँ, त्यो पनि अन्तिम समयमा । बिडम्बना ! संविधान नबनी संविधानसभा नै विघटन हुने अवस्था सिर्जना भयो ।

१ सय २० दिन मन्त्री भएँ । सरकारको नेतृत्व गरिरहेको पार्टी, तिनका कार्यकर्ताहरूको अनेकन दबाबहरू नआएका होइनन् । तर पनि देश र जनताको पक्षमा केही गरौँ भन्ने थियो र त्यसमा नै केन्द्रित भएँ । नढाँटी भन्नुपर्दा मलाई मन्त्री बन्दा कुनै गौरवबोध भएन । बरु, कहिले त्यहाँबाट हटौँ भन्ने छटपटाहटमात्रै भयो ।

अब राजनीतिमा त्यति सक्रिय हुन्नँ । पत्रपत्रिकामा आफ्नो विचार अभिव्यक्त गर्ने र अध्ययनलाई नै अघि बढाइरहेको छु । यसका अलावा मभित्र साहित्यक कुण्ठा छ । उहिल्यै त्यसलाई कविताको माध्यमबाट अभिव्यक्त गरेको थिएँ, अहिले त्यसलाई किताबाकारमा ल्याउने कोसिसमा लागिरहेको छु ।

रामनाथ खनाल


दुई हप्ता अघि राजधानीको बसन्तपुरमा प्रवेशिका परीक्षाको तयारी गरिरहेका दुई किशोरीमाथि अपरिचत समूहले तेजाव आक्रमण गर्यो । त्यही दिन काभ्रेमा पाँच बर्षिया बालिका बलात्कृत भइन् । त्यसको दुई दिन वित्न नपाउँदै बारामा पाँच बर्षिया बालिका बलात्कृत भइन् र उनको मृत्यु भयो ।
 
तेजाव आक्रमणमा परि गम्भीर घाइते किशोरीहरू अस्पतालमा जीवन र मरणको दोसाँधमा छन् भने तेजाव आक्रमणका दोषीहरू  अझै प्रहरी फन्दामा पर्न सकेका छैनन् । प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमले घाइतेहरूले नसघाएको कारण प्रहरीले दोषी पक्राउ गर्न नसकेको गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।
 
समाजको आँखा अघिल्तिर दिन प्रतिदिन यस्ता विभत्स र हृदयविदारक घटना घटिरहँदा सरोकारवालाको ध्यानाकृष्ट हुन सकेको छैन । न समाजका सचेत भनिएका तह र तप्काका नागरिकहरूले यसबारेमा आवाज नै बुलन्द पारेको देखिन्छ ।
 
यसैको सेरोफेरोमा आइतबार (आजै) एक सय पाँचौं अन्तर्राष्ट्रिय महिला दिवश विश्वभर मनाइँदैछ । ‘लैङ्गिक मैत्री संविधान, महिला हिंसाको निदान’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । तर, यो दिवश मनाइहँदा मुलुकमा उल्लेखित र केही ज्वलन्त सवालहरू देखा परेका छन् । प्रशासनको उपल्लो तह देखि राज्य सत्ताको केन्द्र भाग सम्म महिलाको उपस्थिति उल्लेखनीय छ भनिरहँदा समाजमा भने उनीहरूको स्तर अझै अधोगती  तर्फ उन्मुख मात्रै भइरहेको छैनन् उत्तिकै असुरक्षित पनि भइरहेका छन् । 
 
राज्यसत्ताको बागडोर सम्हाल्ने तहमा महिलाहरू पुगे भनिरहँदा आज महिलाहरू घर भित्रै सुरक्षित छैनन् । जतिसुकै महिला अधिकारका कुरा गरेपनि आधारभुत तहका महिलाहरूले आफ्नो अधिकार उपयोग गर्न पाएका छैनन् । छन् भने केही सिमित तह र तप्काका पहुँचवाला महिलाहरूले मात्र ।

अघिल्ला वर्षहरूको तुलनामा यसवर्ष महिला हिंसाका घटनामा झनै बढोत्तरी आइरहेको छ । चार वर्षे बालिका देखि ७० वर्षिया बयोबृद्धाहरू समेत बलात्कृत हुनु पर्ने भयावह अवस्था बढ्दो छ । हाडनाता करणीको डर लाग्दो घटनाहरूबाटै राज्यले महिलाहरूलाई जोगाउन सकेको छैन । यस्तै पछिल्लो समय मध्ययुगिन समयमाझैँ विभिन्न प्रलोभन देखाएर होस् या रोजगारीको बहानामा महिलाहरूलाई चीन, भारत लगायतका  विभिन्न तेश्रो मुलुकमा खुलेआम विक्रि गर्ने अवस्था पनि उत्तिकै मात्रामा बढिरहेको छ ।
 
खाडी लगायतका मुलुकमा रोजगारीमा पुगेका महिलाहरूको अवस्था झनै दयनीय बन्दैछ ।  पचास वर्ष अघि देखि समाजमा व्याप्त महिला वेचविखनको समस्या कम हुनु त कता हो कता झन् बढ्न थालेका छन् । दहैजका प्रथाका कारण जिउँदै जलाईने, बोक्सीका नाममा मानव मलमुत्र कोच्याइने, अंगभंग बनाइने, विभिन्न दुव्र्यवहार गर्ने मात्र होइन अकारणै मारिनु पर्ने दर्दनाक अवस्थामा कमी ल्याउन राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।
 
कार्यालय, सार्वजनिक स्थान, सार्वजनिक यातायातका साधनमा  दुव्र्यवहार भोग्नु पर्ने मात्र होइन बाटोघाटो र बजारहरू पनि महिलाहरू असुरक्षित बन्दै गएका छन् । प्रेम प्रस्ताव अस्वीकार गरेको बाहनामा होस् या माया नै नगरेको झोँकमा वर्वरतापूर्वक तेजावबाट डढ्नु पर्ने,  निर्ममतापूर्वक मारिनु पर्ने श्रृङ्खलाबद्ध घटनाबाट राज्यले महिलाहरूलाई जोगाउन सकेको छैन ।
 
समाजमा यी र यस्ता घटनाका पीडकहरू कारवाहीको दायरामा आउन नसक्दा महिलाहरूले राज्यविहीनताको अनुभव गरेका छन् । कारवाहीको दायरामा आएका अपराधीहरूले यो वा त्यो वाहनामा उन्मुक्ति पाउँछन् । तर पीडितहरू भने पलपल मरेर बाँचिरहेका छन् । जीवनभर अंगभंग भएर नारकीय जीवन व्यतित गरिरहेका छन् । अर्कोतर्फ बलात्कारका घटनामा पीडित महिलाले दसी प्रमाण जुटाउन आफैँ संघर्ष गर्नुपर्ने अवस्थाका कारण कतिपय अपराधी कानूनी कठघरामा उभ्याइन सकेका छैनन् ।

समाजमा बलात्कारीहरू मर्द बनेर छाती फुलाएर हिडिरहँदा बलात्कृतहरु बेश्याका उपमा भिरेर सडक, गल्ली र चौबाटोमा न्यायको भिख माग्दै भौँतारिन बाध्य पारिएका छन् ।  दाइजो प्रथालाई सामाजिक अपराध घोषणा गरिएपनि दाइजो नल्याएको र भनेजती नदिएको निहुँमा मारिनु पर्ने र जल्नुपर्ने हृदयविदारक अवस्थामा कुनै कमी आएको छैन । त्यसकारण आज पनि राज्य महिला मैत्री छैन भन्दा अतिउक्ति नहोला  ।
 
महिला अधिकारका लागि स्थापित र गठित निकाय एवम् संघ/संस्थाको भूमिका पनि प्रभावकारी हुन नसक्दा पीडित महिलाहरुले सन्तोषको सास फेर्न सकेका छैनन् । ति संस्थाहरूले न महिला अधिकारको पैरवी गर्न सकेको छन्, न समाजलाई सचेत बनाउन सकेका छन् न राज्यलाई खवरदारी नै गर्न सकेका छन् । उनीहरू केवल कागजी प्रतिवेदन र अपराधका खेस्रा तयार पारेर राज्यलाई प्रतिवेदन थमाउन र चर्का भाषणबाहेक अरू कार्यमा गौण भूमिकामा देखिएका छन् ।
 
जव पीडकलाई कडा भन्दा कडा सजायँ र पीडितलाई क्षतीपूर्ति सहितको कानूनी उपचारको व्यवस्था राज्यले गर्न सक्दैन तसर्थ हाम्रो देश महिला मैत्रि हुनै सक्दैन । यस्तै बलात्कारजन्य घटनाका दोषीलाई फासी र पीडितलाई जीवनभर भरण पोषणको व्यवस्था हुँदैन तबसम्म समाजमा दिनप्रतिदिन यस्ता बलात्कारका श्रृङ्खलामा झनै बृद्धि हुँदै जाने निश्चित छ । त्यस्तै दहैज, बोक्सी, छुवाछुत र घरेलू हिंसा लगायतका गम्भीर प्रकृतिका घटनालाई सामाजिक अपराध किटान गरी दोषीलाई कडा कानूनी कारवाहीको प्रवन्ध गरिँदैन तवसम्म यस्ता अपराध समाजमा बढी नै रहन्छन् ।
 
अर्को कुरा महिलाको बृद्धि विकासमा सघाऊ पुर्याउने भनेको आर्थिक सशक्तिकरण पनि महत्वपूर्ण पाटो हो । आज थुप्रै महिलाहरू श्रीमान्को कमाईमा निर्भर हुनु परेको छ । पितृसतात्मक सोच र संकृर्णताले गर्दा उनीहरू अझै चुलो, चौको र मझेरी काटेर समाजसम्म आइपुग्न सकेका छैनन् । सीप र दक्षताको अभावले आफ्नो खुट्टामा आफैँ उभिन सकेका छैनन् । स–साना कुरामा पनि श्रीमान् कै मुख ताक्नु पर्ने अथवा निर्णय प्रकृयामा पनि आफूलाई सहभागि गराउन नसकेका कारणले उनीहरूको जीवन स्तर उकास्नका लागि आर्थिक सशक्तिकरणमा ध्यान पुर्याउनु पर्ने देखिन्छ । त्यसका लागि राज्यले महिला मैत्री नीति निर्माणमा जोड दिनु पर्दछ । देशको बजेटमा पनि त्यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्दछ ।
 
त्यस्तै अर्को महत्वूर्ण सवाल भनेको लिङ्ग पहिचान गरी स्त्री भु्रण हत्या गर्ने कार्य पनि हो । प्रविधिगत कारणले यो कार्य आज सहरी क्षेत्रमा भयावह रुपमा बढीरहेको छ ।
 
कानूनी हिसावले बैधानीक बाटो अपनाएर आमाको अनुमतीले नै गर्भमा रहेको स्त्रीभ्रुण हत्या गर्ने प्रचलन बढेको छ । जसका कारण समाजमा महिला जन्मनै नपाउने अवस्था सिर्जना भइरहेको छ । यो मानवता बिरोधी अपराध हो । त्यसैले समाजमा लिङ्ग पहिचान गरी भ्रुणहत्या गर्ने कानूनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अतिआवश्यक छ ।  कानूनले तोकेको अवस्थामा बाहेक लिङ्ग पहिचान गरी भ्रुण हत्या गराउने अस्पताल, स्वास्थ्य संघ/संस्थाहरूलाई पनि कारवाहीको दायरामा ल्याउन ढिला भइसकेको छ ।
 
अतः आज अन्तर्राष्ट्रिय महिला दिवश मनाइरहँदा देशको आधा जनसंख्या ओगट्ने, सृष्टि र सभ्यताको जननी आम महिलाहरूका यस्ता गम्भीर समस्या जसले हाम्रो मुलुकको लोकतन्त्र, शासन व्यवस्था र परिवर्तनको धज्जी उडाइरहेको छ त्यस्ता समस्याहरूको निराकरणका लागि सरोकारवालाको ध्यान जानु अत्यावश्यक छ । मुलुक संविधान निर्माण प्रकृयामा छ । अव बन्ने संविधानलाई महिला मैत्री संविधान बनाउनका लागि समाजका सचेत तप्काको खबरदारी अत्यावश्यक छ । हरेक क्षेत्रमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि राज्यले महिला सशक्तिकरणमा जोड दिनु पर्दछ । आरक्षण मात्रै भन्दा पनि उनीहरूको सवलिकरणमा पनि समय सापेक्ष ध्यान पुर्याउनु पर्दछ । न की यस्तै दिवशका सन्दर्भमा केही औपचारिक कार्यक्रम गर्ने र ध्यान पुगेजस्तो देखाउने मात्रै । सरोकोरवालाको ध्यान जाओस् ।
–रामनाथ खनाल



देश कसले चलाएको होला ? स्वभाविक रुपमा प्रधानमन्त्री, मन्त्रीहरु र सभासद्हरुले चलाई रहेका छन् । देशमा नियमकानून छ नियमनकारी निकाय छ त्यसले नै देश चलाउँछ । सरकारका अंगहरु छन् त्यसले पनि देश सञ्चालनका लागि मार्ग प्रसस्त गर्दछ । सेना छन्, प्रहरीहरु छन् । न्यायालय छ, सवै छ त्यसकारण देश यिनीहरुको सहायतामा  चलेको होला  । यसो भनेर आफूलाई ढुक्क बनाउने हो भने हामी गम्भीर भ्रममा पर्छौँ ?


सरकार सञ्चालनबाट अवाक भएर सत्ता रुढ नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकार कसले चलाएको छ ? भन्दै व्यवस्थापिका संसद्मै गम्भीर प्रश्न गरिन् । त्यती मात्र नभई उनले सरकार सेनाले चलाएको छ, या पुलिसले चलाएको छ भनेर प्रतिप्रश्न समेत गरिन् ।




सरकारले जनताको होइन आफ्नै गुनासो नसुनेको रोष थियो उनको यद्यपी उनको प्रश्नले सरकार सञ्चालको सुस्तता र जभावना अनुरुप चल्न नसेको तिव्र आक्रोस थियो त्यो ।

उनको प्रश्नलाई मलजल गर्न शुक्रबारको तिन कुनेको दुष्य पर्याप्त थियो । वास्तबमा देश, कार्टेलिङ र सिन्डिकेटमा चलेको छ  । देशको शिर देखि पाउ सम्म सिन्डिकेट  छ र ठेकेदारी प्रथामा फस्टाएको छ । अझ प्रष्ट भाषामा भन्दा ठेकेदारहरुले चलाएका छन् देश । 



राजधानी काठमाडौँको व्यस्त सडकमा ट्रिपर व्यवासायीहरुले ट्रिपरहरु तेर्स्याएर सरकारको विरोध गर्दै निर्माण सामाग्री निर्वाध रुपमा ओासर पसार गर्न पाउनु पर्ने माग गरे । निर्माण सामाग्री ढुवानी सहज नभएको भन्दै आक्रोस स्वरुप खुल्ला बाटोमा ट्रिपर तेर्स्याउनु परेको उनीहरुको भनाई रहेता पनि उनीहरुले सिर्जना गरेको राज्य आतंकको पराकाष्टा थियो त्यो । तर सरकार रमिते बन्यो र जेनतेन बल प्रयोग गरेर सडक अबरुद्ध भएको पौने पाँच घण्टा पछि आवागमन सुचारु गर्यो । त्यतीञ्जेल नागरिकहरुले पाउनु सम्म दुःख पाइसकेका थिए । 

 व्यस्त सडकमा गाडी तेर्स्याएर बाटो अवरुद्ध गर्ने र आवागमन अस्तव्यस्त बनाउने दुस्साहस उनीहरुले कसरी गरे ? उनीहरुको गम्भीर हर्कतका विरुद्ध किन राज्य सुरुमै आक्रामक बन्न सकेन ? कारण राज्य यसैगरी चलेको हिजो देखि आज सम्म ।

जनताले दुःख शुक्रबार मात्र पाएका होइनन् । त्यसो त नेपाली जनताको नियती नै हो भन्दा हुन्छ दुःख पीडा पाइरहने । यहाँ अनेक बहानामा उनीहरुलाई दुःख दिनेहरुको कमी छैन । अस्पताल जाउँ डाक्टर मसाल बोकेर आन्दोलनमा होमीएका छन् । शिक्षालय जाउँ शिक्षाधिकारीहरु अनियमिततामा आरोपामा अड्डा अदालत धाउँदैछन् । कर्मचारी घुस र कमिसन विना पाइला अगाडि बढाउँदैनन् । 



चाडपर्वले छपक्क छोपेको छ ।  यही मौकामा मिसावट र कालो बजारी गर्नेहरु सलहझै अगाडि बढेका छन् । जताततै मंहगी, अभाव र अनिकालले जनता दोहोरो तेहेरो मारमा परेका छन् तर धिमा गतिको सरकारलाई कुनै मतलव छैन । बाढी पहिरोले जनताको उठिबास लाग्दा समेत राहतको यथोचित व्यवस्थापन गर्न सकेको छैन । राहतका लागि राज्य आफैँ सक्षम हुनुपर्नेमा उठेको राहत रकमको वितरण गर्न पनि सुशील सरकारले अत्यन्तै सुस्तता देखाइरहेको छ । सरकारका मन्त्रीहरु आफ्नै क्याविनेटको विषबमन गर्नै व्यस्त छन् । सरकार साँझेदार दलहरुलाई सत्तारुढ दलको उछित्तो काढ्न नै भ्याई नभ्याइछ । प्रमुख प्रतिपक्षी लगायत विपक्षीदलहरुलाई सदन अवरुद्ध पार्न र विरोधको आवाज घन्काउन मात्रै समय छ । कसले बोलिदिन्छ जनभावना ? कसले सुनिदिन्छ जनताको दुःख र कष्ट । दिनप्रदिन खेप्नु परेको सास्तीले कसलाई मलाई छोएको छ ? 



त्यसकारण देश कसैले चलाएको छैन । छ भने तिनै ठेकेदारहरुले । जताततै ब्रम्ह्लुट मच्चाउन पल्किएका अनियमितताका मतियारहरुले नै देश चलाएको हुनु पर्दछ । राज्य हुन्थ्यो भने । जुरे पहिरोका नागरीकहरु पानि चुहिने पाल  मुनी भोकभोकै रात कटाउनु पर्दैनथ्यो । बगेका सुर्खेतबासीहरु पीडाका नुनीला आँशु पिएर बाँच्नु पर्दैनथ्यो । दङ्गालीहरु अभावमा छाती पिटी पिटी रुनुपर्दैनथ्यो त्यसकारण सरकार छ भनेर आशाबादी हुनु बेकार छ । 




कहिले लाग्छ शासकहरुको घैँटामा घाम ? कतिञ्जेल राखिरहन्छन् आफ्नो विवेकलाई बन्धक ? अनेक कुकृत्य गरिरहँदा पनि कतिञ्जेल जनताले यिनीहरुलाई माफि गरिरहन्छन् ? के राज्यसत्ता यिनीहरुको बाऊको बपौती हो ? निर्दोश नागरिकहरु अनेकन दुःख कष्टको शिकार भैरहँदा, आँखाबाट अविरल अँश्रुधारा बगाइरहँदा यिनीहरुको ओठमा मुस्कानको वर्षा किन ?



एउटा अवोध चेली बाउ बाटै लुटिँए भने राज्यसँग गुहार मागिरहँदा राज्य किन बोल्दैन ? के यो राज्य आमा दिदी बहिनीहरुको होइन । आमाको काखबाट थुतेर इज्जत लुट्ने पापिष्ट बाउहरुलाई फाँसीको तख्तामा राख्न कुन मानव अधिकारले रोक्छ । बलात्कृत भएर पल पल चेलीहरु मरिरहँदा, दिनदहाडै अस्मिता लुटिँदा र राज्यसँग हारगुहार गरिरहँदा राज्य मौन ब्रत बसिरहेको छ । नाथे, फटाहा, जालीझेली जे सुकै गरेर मारिएको होस् तर त्यसको बिरुद्धमा सदनमा हंगामा मच्चिन्छ, डलरको खेतीमा अनुहार चम्काएका र जिउ डाल सपारेका हरु सञ्चार माध्ययम धाउन सक्छन् तर यहाँका निर्दोश चेलीहरु घरभित्रै असुरक्षित बनिरहँदा, उसले कहीँ कतैबाट न्याय पाउँदिन र बन्न सक्दैन यो राज्य उसको अस्मिताको पहरेदार भने कुर्चीमा टाँसिरहन सरकारका प्रधानमन्त्री, मन्त्रीहरुलाई कुन नैतिकताले दिन्छ ?



गुण्डागर्दीको शैलीमा यातायातमा सिन्डिकेट गरेर जनतालाई तेव्वर बढी भाडा तिर्न बाध्य पार्ने, खाद्य सामाग्रीमा मिसावट गरेर जनतालाई मन्द विष खुवाउने, मोटो रकममा शैक्षिक प्रमाणपत्र वेच्न पल्किएका शिक्षालयका शिक्षाधिकारीहरुलाई के गर्ने ? के तिनीहरुको चंगुलमा परिरहुन् निमुखा जनताहरु ?

जनताको सोझोपनको फाइदा उठाएर अनेक बहानामा लुट्न पल्किएका शासक देखि प्रशासक सम्म, यातायात देखि शिक्षालय सम्मको बर्बरता अन्त्यका लागि जनता आफैँ पनि जाग्नु पर्ने भएको छ , अन्यथा समस्या देखि पन्छिएर भाग्ने हो समस्या अझै झांगिँदै जाने र अपराधीहरुको मनोवल झनै उच्च हुँदै जाने निश्चित छ अतः उठौँ, जागरुक बनौँ र अन्याय अत्याचार गर्नेहरुका विरुद्ध निर्ममता पूर्वक जाइलागौँ ।


-रामनाथ खनाल

केही महिना अघि राजधानीको एउटा प्रतिष्ठित शिक्षण संस्था त्रिचन्द्र कलेजको वीपी पुस्तकालयमा आगो लगाईयो र क्षणभरमा नै खरानीमा परिणत गरियो । आगो कसले किन र के उद्देश्यका लागि लगाएको थियो भन्ने विषयमा धेरैलाई टाउको दुखाईको विषय नबने पनि नाफा नोक्सानबाट हेरिने हाम्रो उच्च राजनीतिक संस्कारमा यसले कुन पक्षलाई कति फाइदा पुग्यो त्यो उनीहरुले मुल्यांकन गरे होलान् । तर शिक्षण संस्था जस्तो पवित्र स्थलको प्राङ्गणमा रहेको विद्यार्थीहरुको ज्ञान आर्जन गर्ने महत्वपूर्ण ठाउँ पुस्तकालयमा आगो झोसेर फैलाएको विद्रुप धुँवाको मुस्लोले हाम्रा युवा विद्यार्थीहरुको सिर्जनशील मस्तिष्कलाई पक्कै दिशाहिन् तुल्याएको हुनुपर्दछ ।

अर्को कुरा पुस्तकालयलार्ई आगोको राफमा सेकाइनु केही वेर अघि त्यही प्राङ्गण अर्को दुखद घटना घटेको थियो । त्यही क्याम्पसमा अध्ययनरत विद्यार्थीले सोही क्याम्पसमा अध्ययन गर्ने अर्का विद्यार्थीलाई खुकुरी हानेर रक्ताम्य बनाइदिएका थिए । नेवि संघको आवरणमा हुर्किएको अपराधतन्त्र एवम् कुकृत्यको पराकाष्टा थियो त्यो । सँगै त्यसैको आवेगमा अनेरास्ववियुका प्रगतिशील पंक्तिले पुस्तकालयमा झोसेको परिवर्तनकारी आगोको लप्काले क्षणभरमानै पुस्तकालय खरानी बनेको थियो ।

यि दुई विद्यार्थी संगठनबीच त्रिचन्द्र क्याम्पसमा घट्ने श्रृङ्खलाबद्ध तथा अन्त्यहिन् लडाइँ झगडाले इतिहासको फोहरको कन्टेनरमा फालिएको दशकौँ अघिको राष्ट्रबादी विद्यार्थी मण्डलको आवरण हुर्किको उच्छृङ्खलता र उद्दण्डतालाई विर्साइदिएको छ  । र विद्यार्थी आन्दोलनको ओझपूर्ण पृष्ठभूमिमा कालो पोतिदिएको छ ।
उसो त अहिलेको विद्यार्थी आन्दोलन बदनामीको बाटो भएर अघि बढिरहेको छ भन्दा अतिउक्ती हुँदैन । विरासतपूर्ण विद्यार्थी आन्दोलनमा विकृति पोतिएको छ । जयतु संस्कृतम आन्दोलन देखि आज सम्म आइपुग्दा विद्यार्थी आन्दोलनले ६ दशक भन्दा लामो समय गुजारिसकेको छ । तर विद्यार्थी आन्दोलनमा तोडफोड, आगजनी, बन्दहड्ताल र विध्वंसपूर्ण गतिविधिहरु फेरिन सकेका छैनन् । न शिक्षण संस्थाहरुनै फेरिएका छन्, न शिक्षाको विकासले उपयुक्त गति नै लिन सकेको छ ।  बरु शिक्षण संस्था भ्रष्टाचार, अनियमितताको दलदलमा फसेका छन् र विद्यार्थी संगठनहरु रमिते बनेका छन् ।

विद्यार्थी राजनीतिको आवरण हुर्किएको वयस्क एवम् गैह्र विद्यार्थी राजनीतिको चपेटा विद्यार्थीसंगठनहरु परेका छन् । र क्रमशः विद्यार्थी आन्दोलनबाट उनीहरु स्खलित बन्न पुगेका छन् । उनीहरुसँग न ६० वर्षे आन्दोलनको समिक्षा छ, न बर्तमानका लागि शैक्षिक आन्दोलनको प्रष्ट खाका नै ।  न त उनीहरुसँग भविष्यका लागि फराकिलो योजना छ । उनीहरुसँग छ त केवल हिंसा भरिएको दिमाख, विनास निम्त्याउन अग्रसर मुठ्ठिहरु र फेरिन नसकेको आन्दोलनको मार्गचित्र । यो प्रकृतिको आन्दोलनको बाटोबाट आजको नेपालको शैक्षिक उन्नती, प्राज्ञिक उन्नयन र बहुपक्षीय शैक्षिक विकास केवल कोरा कल्पना मात्र हो भन्दा फरक पर्दैन ।

विद्यार्थी संगठनहरुले शिक्षण संस्थाको गेट र भित्ताहरुमा सजाएका आकर्षक नाराहरु केवल नारामा सिमित भएका छन् । त्यसमा परिवर्तनको कुनै छनक भेटिँदैन । हिजोको पुस्ताले  निर्माण गरेको परिवर्तनको मार्गलाई लत्याएर विद्यार्थी आन्दोलनलाई विकृत नबनाएको भए मात्रै पनि विद्यार्थी आन्दोलन बदनामपूर्ण बन्दैनथ्यो । तर विद्यार्थी आन्दोलनको नाममा शिक्षण संस्थाको गेट कुर्ने र शिक्षण संस्थाहरु बन्द हड्ताल गर्ने, क्याम्पसका गेट अगाडि धर्ना, नाराजुलुस, आगजनी, तोडफोड गर्ने संस्कारबाट माथि उठाएर सिर्जनात्मक रुपान्तरणको दिशाबोध गर्न नसक्दा इतिहासमै विद्यार्थी आन्दोलन कलंकित बन्न पुगेको छ ।

देशका शैक्षिक केन्द्रहरु एकपछि अर्को बदनामीको सिकार भएका छन् । अनियमितताका अखडा बनेका छन् । पुर्वाञ्चल विश्वविद्यालय जीवन र मरणको दोसाँधमा छ,  थपिएका अन्य विश्वविद्यालय भ्रष्टाचार र कमाइखाने उत्कृष्ट स्थानमा परिणत भएका छन् । देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको हालत दिनानु दिन जिर्ण बन्दैछ भने आज विद्यार्थी आन्दोलनको के उपादेयता ?

दिन प्रतिदिन महंगिँदै गएको शिक्षा नागरिकहरुका लागि महंगो बाध्यता बनिरहँदा स्थापनाकाल देखि नै विद्यार्थी संगठनहरुले उठाउँदै आएको सर्वसुलभ शिक्षा ग्रहण गर्न अझ कति दशक पर्खनु पर्दछ ? शिक्षा अनुत्पादक अस्त्र भएर लाखौँ युवाहरु बेरोजगारको पंक्तिमा लामबद्ध बन्दै गर्दा उत्पादनमूलक शिक्षा ग्रहण गर्न पाउने अवस्था निर्माणका लागि अझ कति मसाल सल्काउन बाँकी छ ? देशमा रोजगारीको सम्भावना नहुँदा विश्वविद्यालयले दिएको शैक्षिक योग्यताको प्रमाणपत्र दराजमा थन्क्याएर खाडिमा पस्न बाध्य युवाहरुलाई मुलुकमै रोक्नका लागि रोजगारमूलक शिक्षा दिने व्यवस्था निर्माणको दायित्व विद्यार्थी संगठनको काँधमा पर्छ कि पर्दैन ? तर यसको बारेमा विद्यार्थी संगठनहरु मौन छन् ।

दिनानु दिन त्रिविबाट विद्यार्थीहरु अन्यत्र बसाइँ सर्न थालेका छन् । वर्षेनी त्रिविको विद्यार्थी भर्नादर घट्दो छ । यसको फाइदा उठाउँदै प्राइभेट कलेजहरुले फस्टाउने अवसर पाएका छन् । सिटिइभिटी लगायतका प्रािवधिक शिक्षण संस्थाहरुमा मोटो रकम चलखेल हुने गर्दछ । तर विद्यार्थी संगठनहरु विद्यार्थी हक अधिकारको वकालत गरेर नथाक्ने तर परिवर्तनको सिन्को पनि नभाँच्ने हो भने विद्यार्थीको वास्तविक अधिकारको पैरवी कसले गरिदिने ? त्यतीवेला विद्यार्थी संगठनको के औचित्य रहन्छ ? त्यसकारण विद्यार्थी संगठन भित्र अहिले हुर्कँदै गरेको प्रवृत्तिबारे विद्यार्थी संगठन स्वयम्ले निर्मम समिक्षा गर्नु पर्दछ  । 

समय र परिस्थितिलाई ठिक ढंगले बुझेर अगाडिको यात्रा तय गर्ने हो भने विद्यार्थी आन्दोलनले सहि दिशा ग्रहण गर्न सक्छ ।  तर विद्यार्थी संगठनको नाममा अराजकतन्त्रलाई नेतृत्वका पगरी गुथाउने र सामान्य आवेगमा शिक्षण संस्था भित्र     खुकुरी निकाल्ने, पेस्तोल पड्काउने र लाइवे्ररीमा आगो सल्काउने हो भने शिक्षण संस्थाहरु विद्यार्थी संगठन निषेधित क्षेत्र बन्न सक्छन् । किन भने आफ्नो अधिकार प्राप्तिको लागि अरुको अधिकार हनन् गर्ने छुट कोही कसैलाई हुँदैन र छैन । विद्यार्थी आन्दोलनको नयाँ दिशाबारे अहिले नै सोच्ने कि ?
http://nepalpationline.com/ramnath-khanal-article 

-रामनाथ खनाल
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदमा गरेको मोहक सम्बोधनको विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको छ । भारतको गुजरात प्रान्तको तीन पटक मुख्यमन्त्री बनिसकेका मोदी सवा सय करोड जनसंख्या भएको तथा उदयीमान देश भारतका शक्तिशाली प्रधानमन्त्री छन् । निश्चय पनि उनको जादुमयी वाक पटुता मृदुभाषी व्यवहारले सवासय करोड भारतीय जनताको मात्र होइन नेपाली जनताको मन पनि जितेका छन् । त्यसैले चियापसल देखी उपल्लो तह सम्म उनकै विषयमा बहसहरु भैरहेका छन् । त्यसो त, राजनीति पटक्कै मन नपराउने र नेपालका राजनेताबाट अवाक भएका युवाहरु पनि उनको खुलेरै प्रशंसा गर्न थालेका छन् । कति त बाटोमा उनलाई भेटेर हात मिलाउन लालायित पनि भए ।

संसदलाई सम्बोधन गर्नेक्रममा नेपाली भाषाबाट शुरु गरेका उनले शुरुवातमै सवैको मत जित्न सफल भैसकेका थिए । वाक्य नटुङ्गिँदै बज्ने तालीका फोहरा र निदाएर बस्ने सभासद्हरुलाई समेत मन्त्रमुव्ध बनाउँदै गरेको सम्मोहन पूर्ण सम्बोधनका कारण राजनेता देखी सर्वसाधारणले सम्म खुलेर प्रशंसा गर्न थालेका छन् । भारतका कुनै पनि व्यक्ति नेपालमा आउन लाग्ने वित्तिकै अनिष्ठ नै हुने ठान्ने र सदैव विरोध गर्नेहरु पनि उनको प्रशंसक बन्नु निश्चय पनि आश्चर्यजनक कुरा हो ।

उनले मन्तव्यको सुरुवातमै बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिएर भारतले बुद्ध भारतमा जन्मिएका हुन् भन्ने अनर्गल प्रचार गरिरहेको छ भन्दै ‘बुद्ध वाज बर्न अन नेपाल’को टिसर्ट र नारा लगाएर हिँड्नेहरुको मुख बन्द गरिदिएका छन् । त्यस्तै ‘नेपाल अझैँ अर्धऔपनिवेशीक देश हो’ भन्नेहरुलाई ‘नेपाल सार्वभौम देश हो’ भन्दै गतिलो झापड दिएका छन् । त्यस माथी पनि सपथ समेत हिन्दीमा खाने हाम्रा उच्च राष्ट्राधिकारीहरुलाई नेपालीमै सम्बोधन शुरु गरिदिएर नराम्ररी  लज्जित बनाइदिइएका छन् ।

हत्या हिँसाको पृष्ठभूमिबाट राजनीतिमा आरोहण गरेकाहरुलाई बुद्धको मार्गमा हिँडेको भन्दै उनले तपाइँहरुले हिँडेकाबाटोले हत्याहिँसामा विश्वास गर्नेहरुले सोच्न बाध्य भएको र यो नै उन्नत बाटो भएको बताएर एमाओदाीलाई हौस्याईदिए । समावेसीता र संघियताको प्रशंसा गरेर उनले हिन्दु राज्य फर्काइदिने र धर्म निरपेक्षता उल्ट्याइदिने दिवाश्वप्नमा हराईरहेकाहरुलाई गतिलो जवाफ दिएका छन् । 

‘ऋषीमुनीहरुले वेदका ऋचाहरु तयार पारे तपाइँहरु संविधान लेख्नु हुँदैछ’ भन्दै उनले संविधान भनेको
शास्त्रका श्लोक झैँ युगौँ युग सम्मका लागि हितकारी हुनु पर्नेमा जोड दिए । उनले संविधानमा आज राखिएको कमा र फुलस्टप सयवर्ष पछाडि विष बन्न सक्ने र राष्ट्रलाई अहित पुर्याउन सक्ने भन्दै सुक्ष्म कुरामा पनि ख्याल गर्न सुझाए । त्यती मात्र होइन संविधान बनाउन ऋषी मन चाहिन्छ भन्दै स–साना कुरामा पनि किचलो झिक्ने नेपाली राजनेताहरुलाई पाठ सिकाएका छन् । । शस्त्र छोडेर शास्त्रको बाटोमा हिँडेकोमा उनले एमाओवादीको प्रशंसा समेत गरे ।

संविधानले सर्वजन हितायः र सर्वजन सुखायः को भावलाई अंगिकार गर्नुपर्ने अघि सार्दै संविधानको अन्तरवस्तुको बारेमा सभासदहरुलाई ध्यानाकर्षण समेत गराए । 


संबोधनको अधिकांश समय नेपाल–भारतको द्विपक्षीय सम्बन्धका चर्चा गर्न खर्चेका उनले ‘नेपालले रगत नबगाई भारतले कुनै पनि युद्धा नजितेको’ उल्लेख गर्दै नेपालले भारतलाई पुर्याएको सहयोगको मुक्त कण्ठले प्रशंसा गरे । त्यस्तै उनले नेपाली नौ जवान युवाहरुले भारतीय सेना प्रहरीमा रहेर विरासतपूर्ण योगदान दिएको प्रशंग कोट्याउँदै ‘कोही सेनाका जवानहरुले मर्न डराउँदिन भन्यो भने कि उसले झुट बोलेको हुनुपर्दछ कि त्यो गोर्खाली हुनुपर्दछ ’ भन्दै गोर्खाली सेनाको उच्च प्रशंसा गरे ।

नेपाल र भारतको सम्बन्ध हिमालय पर्वत र गंगा नदी झैँ पवित्र भएको चर्चा गर्दै घुमाउरो हिसावले उनले नेपालको जलस्रोतको द्विपक्षीय उपयोगमा जोड दिए । त्यसो त उनले ‘पानी र जवानी पहाडमा काम लाग्दैन’ भनेर तपाइँहरुको खेर गएको पानी हामीलाई दिनुहोस् हामी सित्तैँमा होइन पैसा नै तिरेर खरिद गछौँ भन्न भ्याए ।

उनले आफ्नो देशमा रहेका चार करोड खान नपाउने जनताहरुलाई विर्सिएर नेपालीहरु भोका रहँदा भारत कसरी खुसी हुन सक्छ ? भन्दै नेपालीको मन जित्ने अस्त्र प्रयोग गरे । त्यस्तै बाण लागि लक्ष्मण मुर्छित हुँदा हनुमानले हिमालय पर्वतबाट सञ्जिवनी बुटील्याएको प्रशंग उप्काउँदै नेपालको हिमाली क्षेत्रमा भएको जडिबुट्टिको पनि द्विपक्षीय उपयोगमा जोडदिने र भारतले त्यसमा सहयोग गर्ने बताए ।

नेपाल र भारत सांस्कृति विविधतामा धनी भएको चर्चा गर्दै अर्थतन्त्रको आधार भनेको सांस्कृति पर्यटनको
पूर्वाधार भएको चर्चा गरे । उनले गौतम बुद्धको जन्मस्थल र हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर समेत रहेको हुनाले नेपालमा धार्मीक पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।

उनले नेपाल सरकारको अनुरोध विनै दश हजार करोड (एक खर्व) बराबरको ऋण सहुलीयत उपलव्ध गराउने घोषणा गरे । नेपाली विद्यार्थीहरुको लागी छात्रबृत्तिको कोटा थपिदिने पेट्रोलियम पाइपलाईन निर्माणमा सहयोग पुर्याउने लगायतका कुराहरु उठाएर नेपालसँग मित्रताको हात अझै फैलाउने प्रयत्न गरेका छन् ।

निश्चय पनि त्यही बाकपटुता र मोहक बोलीका कारण उनी भारतको शक्तिशाली प्रधानमन्त्री बनेका हुन् । त्यसैले उनले सदनमा बोलेका कुराहरु भन्दा महत्वपूर्ण कुरा भनेको त्यसको कार्यान्वयन नै हो । जसरी उनले नेपालको बर्तमान राजनीतिको विकसित घटनाहरुलाई कम चासो दिएका छन् र कुनै हस्तक्षेप नगर्ने शैलीमा ‘नेपालको राजनीति नेपालीहरुले नै गर्ने हो’ भन्ने अभिव्यक्ति दिएका छन् । यो नै नेपालीहरुले अपेक्षा गरेको मुख्य विषय हो । भोको त नेपालको जनसंख्या भन्दा बढी भारतका नागरिकहरु छन् । 



-रामनाथ खनाल
सरकार मोदीको आगमनको स्वागतार्थ व्यस्त  छ । राजधानीमा अघोषित कफ्र्यू लगाइए जस्तै  सुनसान पारिएको छ, मानौ मोदीको आगमनले मुलुकको कायपलट हुँदै छ । त्यसैको तामझाममा सरकार व्यस्त भैरहँदा राजधानीको डाँडा पल्ला पटि रहेको सिन्धुपाल्चोक जिल्ला राम्चे–५ स्थित जुरेमा पहिरो गएर सुनकोशी नदी छेकिएको छ । सयौँ नागरिकको सपना सुनकोशीमा थुनिएका छन् ।  स्थानीयबासीहरु जीवन र मरणको दोसाँधमा छन् । मानिसहरु आफ्नो सम्पतिको परवाह नगरी पोको पन्तुरो बोकेर डाँडा चढिरहेका छन् । त्यो दर्दनाक र कारुणिक दृष्यले मुलुकको सरकारलाई छुन सकेको छैन ।


के त्यहाँको नागरिक नियती यस्तै हो ? राम्चे–५ का निमुखा जनतामा परेको विपत्तिले सरकारलाई दुख्दैन ।  वास्तवमै प्राकृतिक विपत्ति बाजा बजाउएर त आउँदैन । र यसले पूर्व संकेत पनि दिँदैन । तर विपत्ति आइ परेपछि त्यहाँका जनतालाई जोखिबाट बाहिर ल्याउने र थप जनधनको क्षती हुन नदिन तर्फ सरकारले विशेष ध्यान दिनु पर्छ कि पर्दैन ? राज्य संयन्त्र सम्पूर्ण रुपमा सिन्धुपाल्चोकमा पुग्नु पर्छ कि पर्दैन ?

राम्चे–५ को पुरै वडा पहिरोसँगै बगेर सुनकोशीमा थुप्रिएको छ । पहिरोमा दर्जन बढीले ज्यान गुमाएसकेका छन् भने दर्जनौँ पुरिएको आशंका छ । त्यस्तै पहिरोसँगै नदी थुनिएर ताल बन्दा भण्डै ४ किलोमिटर क्षेत्र जलाशयमा परिणत भएको छ । सानिमा हाइड्रो पूरै डुवानमा परेको छ । यत्रो महाविपत्ति आइलाग्दा समेत सरकार प्रमुखहरुको ध्यान पूर्ण रुपमा त्यहाँ जान सकेको छैन ।

मोदीको आगमनले राजधानीलाई ठप्प बनाएर सर्वसाधारणलाई अनावश्यक दुःख थोपर्न सक्ने सरकारले राजधानीसँगै नजिकै जोडिएको सिन्धुापाल्चोकका जनताको विपत्तिको पीडालाई देख्न सकेको छैन । सामान्य औपचारिक  उद्धारका लागि सेना र प्रहरीको टोली पुग्ने र रमिते बन्ने बाहेक त्यहाँ सरकारको कुनै उपस्थिति छैन । घटना घटेको १० घण्टा वित्न लागि सक्दा समेत सरकारले कुनै नदी खोल्ने उपाय पत्ता लगाउन सकेको छैन ।

पहिरोबाट ४०–५० घर बगेर सुनकोशी नदीमा थुप्रिएका छन् भने १५००–२०० मानिस बेपत्ता भएका छन् । खोजिका क्रममा १३ जनाको मात्र शव प्राप्त भएको छ । अन्य को शव भेट्टाउने अवस्था पनि छैन । पहिरोका कारण एक सय पचास मिटर चौडा नदी थुनिएको छ । यदी समयमै पहिरो पन्छाउन नसकिने हो भने अवको तीन घण्टामा यो भन्दा ठूलो विपत्तिको सामाना गर्नुपर्ने हुन्छ । 

कथमं कदाचित ताल बनेको नदी खोलिएमा हिमताल फुटे भन्दा खतरनाक हुने विज्ञहरुले यस अघि नै
बताइसकेका छन् । किनकी  सुनकोशी नदी उच्च बहाव भएको नदी हो ।  थुनिएर ताल बन्न गएको नदी खोलिँदा खाडिचौर, सुकुटे, दोलालघाट देखि सिन्धुली जिल्ला सम्मका नदी आसपासका दर्जन बढी बजारहरु उच्च जोखिममा पर्ने देखिन्छ । यसकारण यो भएको र हुनसक्ने प्राकृतिक विपत्तिबाट जोखिममा परेका नागरिकहरुको उद्धार तथा घाइतेहरुको उपचारका लागि राज्यको उपस्थिति त्यहाँको जनताले महसुस गर्न नसक्नु निकै दुःखद कुरा हो ।

प्राकृतिक विपत्तिले कुनै जानकारी त दिँदैन यद्यपी त्यो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको क्षेत्र हो । यसअघि पनि त्यस जुरे क्षेत्रमा पटक–पटक पहिरो जाने गर्दथ्यो । गतवर्ष पनि पहिरो गएको थियो । त्यसकारण पहिरोबाट हुन सक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेरे जोखिम क्षेत्रका नागरिकहरुलाई अन्यत्र सारिएको भए  यो अवस्थाको मानवीय क्षती कम हुन सक्थ्यो ।

तर सुनकोशी आसपासमा जान सक्ने पहिरो र त्यसले निम्त्याउन सक्ने परिणामका बारेमा सरोकारवालाहरु सचेत हुन सकेको देखिएन ।

यसकारण चाँडो भन्दा चाँडो राज्य संयन्त्रको प्रयोग गरेर पहिरो र नदी डुवानमा परेका नागरिकहरुको उद्धारका लागि सरकारले तदारुकता देखाउनु पर्दछ । अन्यथा यो भन्दा ठूलो भौतिक एवम् मानविय क्षतीको लागि तयार रहँदा हुन्छ ।

-रामनाथ खनाल
 संविधानसभाको दोश्रो निर्वाचनपूर्व प्रमुख राजनीतिक दलहरुको चुनावी घोषणापत्रमा संविधानसभाको निर्वाचन भएको एकवर्ष भित्र संविधान जारी गर्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको थियो । संविधानसभाको निर्वाचन भएको दुई महिना ४ दिन पछि बसेको संविधानसभाको पहिलो बैठकलाई संवोधन गर्दै प्रायः सबै दलका शीर्ष नेताहरुले  एक वर्षभित्र संविधान जारी गर्ने र त्यसका लागि ६ महिना भित्र संविधानको मस्यौदा तयार पार्ने प्रतिबद्धता दोहोर्याएका थिए । तर ६ महिना वितिसक्दा समेत संविधानको मस्यौदा तयार पार्न त परै जाओस सरकारले २६ जना सभासद्को मनोनयन गर्न नसक्दा आम नागरिकमा चिन्ता र आशंका बढ्न थालेको छ । दलहरुको जनाएको प्रतिबद्धताको समय घर्किए पनि  संविधानसभाको कार्यतालिका अनुसार भाद्र मसान्त भित्रमा संविधानको मस्यौदा तयार पारि सक्ने र निर्धारित मितिमै संविधान जारी हुने सभासद्हरुको विश्वास र अठोट छ ।

अहिलेसम्म संविधानसभा र संविधानसभा अन्तर्गतका समितिमा भएका प्रगति र काम कारबाहीले पनि आउँदो माघ ८ गते संविधान जारी हुनेमा उनीहरुको विश्वास छ । संविधानसभाले विगतमा भएका सहमतिका विषयहरु मस्यौदा समतिमा र सहमति जुट्न नसकेका विषयहरु संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समतिमा पठाएको बताउँछन् – विवाद समाधान तथा निक्र्यौल समितिका सदस्य अनन्त पौडेल ।  उनका अनुसार संविधानसभाले संविधान निर्माणका लागि उपयुक्त गति लिइरहेको छ ।

‘माघ ८ गते नै संविधान जारी गर्नका लागि संविधानसभा तयार छ’ उनले भने ‘यसका लागि प्रमुख दलका शीर्ष नेताहरु अझै इमान्दार र प्रतिवद्ध हुनुपर्दछ ।’ उनका अनुसार संविधानसभामा रिक्त रहेको २६ सदस्य मनोनित नहुुनु दुखद पक्ष भएता पनि त्यसैका कारण संविधानसभाको कामकारवाही प्रभावित भएको छैन ।

कार्यतालिका अनुरुपनै संविधानसभा भित्रका समितिहरुले काम गरिरहेकाले अहिले नै माघ ८ गते संविधान जारी हुनेमा शंका गरिहाल्नु नपर्ने उनको तर्क छ । विघटित संविधानसभामा र अहिलेको संविधानसभामा दलहरुको उपस्थितिमा फेरबदल आएकाले पनि निर्धारित मितिमै संविधान जारी हुने उनको धारणा छ । ‘सवै दलहरुको सहमतिमा नै संविधान निर्माण गर्नु पर्दछ’ उनले भने ‘यदि त्यसो हुन नसके विधि र प्रकृयामा गएर भए पनि समयमै संविधान जारी गर्नुपर्छ ।’

त्यस्तै कांग्रेस सभासद् एवम्  निक्र्यौल समितिका अर्का सदस्य नविन्द्रराज जोशीको पनि पौडेलकै धारणसँग मेला खान्छ । उनका अनुसार निक्र्यौल समितिले कार्यतालिका अनुरुप नै आफ्नो कार्य सकि विगतमा सहमति भएका र हुन नसकेका विषयहरु सम्बन्धित समितिमा पठाई सकिएको छ । सवै दल गम्भीर हुने र प्रतिद्धता अनुरुप कार्य गर्ने हो भने निर्धारित समयमै संविधान जारी गर्न सकिन्छ ।

‘जनताको विश्वासको कदर गर्दै सवै दल इमान्दार हुनु पर्दछ’ उनले भने ‘त्यसो भए तोकिएकै समयमा संविधान जारी हुन्छ ।’ उनका अनुसार प्रमुख दलहरुकै कारण संविधानसभामा २६ सदस्यको मनोनित हुन सकेको छैन । उनले अव छिट्टै २६ सभाषद् मनोनित हुने विश्वास पनि व्यक्त गरे ।

यता संविधान मस्यौदा समतिका सदस्य एवम् सभासद्  हितराज पाण्डे पनि माघ ८ गते संविधान जारी हुनेमा शंका गर्न नहुने बताउँछन् । ‘मस्यौदा समितिले पाँच वटा उपसमिति निर्माण गरी काम गरिरहेको छ उनले भने ‘यहि गतिका साथ अघि बढ्ने हो भने तोकिएकै समयमा संविधान जारी हुन्छ ।’

संविधानसभामा रिक्त २६ सदस्य मनोनित नहुनु राम्रो कुरा नभए पनि त्यसैका कारण काम गर्न बाधा व्यवधान नपुगेको भन्दै उनले सवै दलको शीर्ष नेताहरु इमान्दार हुनु पर्ने कुरा दोहोर्याए । संविधानसभामा विवादित विषयहरु निरुपण हुँदै गएको बताउँदै उनले यसबीचमा राजनीतिक विवाद समाधान समितिले पनि संविधानसभा बाहिरह रहेका दलहरुसँग छलफल थालेका कारण पनि संविधान निर्माण प्रकृया सहज बन्दै गएको धारणा राखे ।

संविधानसभा अन्तर्गतका अधिकांस समितिहरुले आफ्नो सक्रियता देखाए पनि राजनीतिक दलका शीर्षस्थ नेताहरु सम्मिलित संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति आवश्यक जती सक्रिय हुन सकेको छैन । संवधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यस समितिले राज्य पुर्नसंरचनाका केही विवादित विषयमा सहमति जुटाएको भएपनि दलहरुबीच अन्य विषयमा सहमतिको प्रयास भएको देखिँदैन् । यसर्थ दलहरु संविधान निर्माणमा गम्भीर रुपमा लाग्नु पर्ने जुरुरी छ ।
http://www.nepalpationline.com/ca-process 
–रामनाथ खनाल
टन्टलापुर घामले वातावरण उसै तातो थियो । राजनीतिक सचेतना त्यती साह्रो फक्रिइसकेको थिएन तर पनि मनमा समृद्धिको एकोहोरो सपना थियो साथमा सुन्दर भविष्यको मार्गचित्र । जीतलाई उन्नती पथमा लम्काउने स्वर्णीम विहानी प्राप्तिको उत्कट अभिलाषा ।

आन्दोलनको याम थियो । जिन्दावाद, मुर्दावादका गगनेभदी नारा र कसीलो मुठीसँगै वेगवान आन्दोलनमा सरिक हुनु ठूलो भाग्य पनि थियो । हावाको वेगझैँ बढेको र आगोको लप्काझैँ फैलिएको आन्दोलनले राजधानीको मुख्य चोक मात्र होईन देशको कुना कन्दरा पनि अछुतो थिएन । रुपान्तरण एक सपना बोकेर भिमकाय संघर्षको हिस्सेदारका रुपमा आफूलाई उभ्याउँदै र मुत्यु शिरमा बोकेर आन्दोलनमा होमिएका थियौँ ।

क्षणभरमा नै अँश्रु ग्यास र पानीका फोहरा बर्षन्थे , लाठी र बुठका सामुद्रीक ज्वारभाटा उर्लन्थे । कतिखेर मृत्यु अगाडी ठिंग उभिने हो, गोलीले शरिर छेडेर निर्जीव तुल्याई दिने हो यकिन थिएन तै पनि मृत्युरुपी आन्दोलनको राफबाट परिवर्तनलाई आफ्नो बसमा पार्नु त्यती सहज त कहाँ हुन्थ्यो र !

चित्कार, क्रन्दन र आक्रोसकाबीच कतिका शरि गोलीले छिद्र बनाउँथ्यो, अँश्रु ग्यासले कतिलाई हायलकायल बनाएर सडकमा गर्ल्याम्म पछारेर मुर्दातुल्य बनाउँथ्यो, बन्दुकका कुन्दाले कतिलाई रक्ताम्य बनाउँथ्यो सँगै हिँडेका साथीहरु ङिच्च दाँत देखाएर सडकमा ढल्थे क्षणभरमा नै मृत्यु व्यहोर्थे तर पनि विचलीत नभई शोकमा अञ्जुलीभरी श्रद्धाञ्जली अर्पण गर्दै परिवर्तनको यात्रामा अझै शक्ति बटुल्नु पथ्र्यो ।

आन्दोलनमा जाँदा लावा लस्कर हुन्थे क्षणभरमा नै सहयात्रीहरु तितर वितर हुन्थे । फर्कदा भयानक मृत्युले लखेट्थ्यो । सग्लो फर्किएको दिन पश्चाताप हुन्थ्यो । फाटेका कुर्कुचा रक्तमिश्रीत भएनन् भने आफैँलाई पोल्थ्यो । साँच्चै भन्दा आजको यो शरिर चौवाटोमा सालिक बन्नबाट जोगिएको हो । पुरापुर नाफाको शिरमा कफन बाँध्दै मृत्यु हत्केलामा बोकेर आन्दोलनमा होमिएका थियौँ उतिवेला हामी ।

सिंगो आकास र पुराधर्तीले आन्दोलनमा साथ दिएँ झैँ लाग्थ्यो । अगाडी मृत्यु बनेर उभिएका बर्दिधारी जल्लादहरुबाट मृत्यु जोगाए र आन्दोलनमा उभार ल्याउनु हाम्रो कर्तव्य थियो सँगै आन्दोलनका सारथी बचाउनु पनि । ट्रेन्च कसेर बसेका आदेशधारीहरुसँग मुकाविला गर्दै बन्दुकका गोली र टियरग्याँसका सेलहरुसँग लुकामारी खेलेर सत्तापलटको सपना मलजल गर्नु चानचुने कुरा थिएन ।

आन्दोलनमा हामी जस्ता अल्लारे ठिटा मात्र होईन उमेरले सात थान हिँउद खाएकी छायाँदेवी पराजुलीहरु प्नि थिए । कवी, गायक, देखि डाक्टरसम्म सडकमा पोखिएका थिए । दमनको श्रृङ्खला जारी थियो । आकाशमा हेलीकप्टर उड्थे । जमिनमा दमकल र बंकरहरु तैनाथ थिए । पानीका फोहरा बर्षाइन्थ्यो । गोलीको बर्षा हुन्थ्यो । भिडमा थुप्रै अनुहारहरुले अनायसै मृत्यु पुरस्कार पाउँथे । अंगभंग र घाईतेहुनेहरुको संख्या गन्तिसाध्य थिएन । परिवर्तनलाई आफ्नो पञ्जामा कैद गरेर हामीलाईै मृत्यु थमौन हिँडेकाहरु हेलिकप्टरमा सयर गर्दै माथीबाटै फरमान जारी गर्थे । तोक आदेश दिन्थे । तिनका आदेश उपर गर्दै बर्दिधारीहरु गोली बर्षाउँथे ।

दमन जति बढ्थ्यो उती आन्दोलनमा उभार आउँथ्यो । जति जति मृत्युवरण गर्नेहरुको संख्या बढ्थ्यो उती नै आन्दोलनले नयाँ नयाँ सारथी जन्माउने गथ्र्यो । जति नै बर्बर दमन र अत्याचार गरेता पनि  आन्दोलनको भेल रोक्न र परिवर्तनको बाढी रोक्न सकेनन् । अन्त्यमा जनताको नासो जनताको हातमा थमाउन बाध्य भए ।

सडकमा सिन्दुर जात्रा भए । प्रत्येक नागरिकका आँखा हश्राँशु छचल्कियो । देशले व्यवस्था परिवर्तनको काँचुली फे्रयो । सोच्यौँ अव दुःखका दिन सकिएलान् । देश विकासको गतिले फड्को मार्ला । वेरोजगार, अभावका नुनीला आँशु पिएर हुर्केका हामी गरिवहरुको दिन फर्किएला । अनाहकमा हत्या, आतंक र अन्याय अत्याचारमा पिल्सिएका आम नागरिकले सन्तोषको श्वास फेर्न पाउलान् । मुलुक समृद्धिको मार्ग भएर अगाडी बढ्ला । बर्षौ देखि पछौटे बन्न विवस मुलुकले विकासको गति लेला ।

लमोसमय देखि युद्धरत र तत्कालिन आन्दोलनरत पक्षबीच युद्धविराम भयो । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो । संविधानसभाको निर्वाचन भयो । मुलुकका नदीनाला, खहरे खोल्साहरुमा धेरै पानी बग्यो । तर मुलुकको अवस्था फेरीएन । शासन सत्ताको बागडोर सम्हालेका हिजो आन्दोलनमा हामीसँगै चप्पल फटाएकाहरुले पटक–पटक शासन सत्ताको भर्याङ चढे ।

अहँ ! मुलुक फेरिएन । राज्यको ठूलो धनराषी खर्चिएर संविधान सभाको निर्वाचन भयो । संविधान नवनाउँदै बीचमा नै हत्या गराईयो । हिजो राजतन्त्र थियो । आज गणतन्त्र छ भनिएको छ । तर यो कुन रुपको छ यसको गन्ध कस्तो हुन्छ निमुखा जनताले आजका मिति सम्म देख्न पाएका छैनन् । छुन र अनुभव गर्न त परै जावोस् ।

शासन सत्तामा पुगेकाहरुले ठोकुवा गरे अव अधिकार प्राप्तीको लडाईँ सकियो । देशबाट सामन्तवाद पनि निर्मुल भैसक्यो । हो, शासन सत्तामा बसेकाहरुलाई लाज लाग्यो होला आफुले आफैँलाई सामन्तको उपमा भिराउन तर मुलुकमा एउटा सामन्त त ढल्यो यसबीचमा थुप्रै नवसामन्तहरुको जन्म भैसकेको छ । पार्टीका नेता भेट्न कार्यलय नै धाउनु पर्ने । केन्द्र नै पुग्नु पर्ने । सामान्य चाकरी र चाप्लुसी विना कुनै काम नहुने । ठेक्का, कमिसनखोर र दलाल मार्फत हरेक क्षेत्रमा काम गर्नु पर्ने । कुनै अमुक नेता÷मन्त्रीलाई हजुरी चढाएन भने रोईलो गर्ने के यी सामन्तवादका उत्कृष्ट नमूना होईनन् । कसरी अन्त्य भयो सामन्तवाद महोदय !

प्रशासककहाँ नधाई विकास हुँदैन । भनसुन नगरी जागीरे भईँदैन । शासक देखि प्रशासक सम्म । टुप्पि देखि पैताला सम्म कहाँ सग्लो छ अनि सकियो सामन्तवाद । सामन्त छैनन् होला मानेँ मैले तर त्यही किसिमका प्रवृत्ति जिवीत् छन् र प्रताडित बनाइरहेका छन् हामीहरुलाई ।

परिवर्तनको सपना सजाएर आन्दोलनमा होमिएका लाखौँ युवा मरुभूमिमा लखेटिएका छन् । महंगी, भ्रष्टाचार र अनियमितताले आम नागरिक दपेटिएका छन् । शुसासनको कुनै प्रत्याभुत छैन । आन्दोलन बन्द, हड्ताल र आगजनी विना कुनै नागरिकको गुनासो सुन्ने फुर्सद छैन । कसरी अन्त्य भो सामन्तवाद ? कसरी लाग्यो नागरिकको आङमा गणतन्त्रको उज्यालो घाम ?  दस्तावेजमा सामन्तवाद सकिएर भएन महासय जनताको जीवनमा जोडिनु पर्यो ।

जेष्ठ नागरिक सडमा सुतेको महिनौँ भयो । अस्थाई शिक्षक नारावाजी गर्न सदन छिुर्न पर्यो । भने अनुसार काम गर्न नसक्दा कहाँ सरुवा हुनुपर्ने हो कर्मचारीहरुको टुंगो छैन । डन र धन भएकाहरुको पार्टीमा हालीमुहाली छ । शासन देखि प्रशासन सवैतिर भ्रष्टहरुको विगविगी छ । देशका प्रशासनिक मुख्यालयहरु भ्रष्टाचारका अखडा बनेका छन् । आम नागरिक अभाव र पीडाका आँशु पिएर बाँच्न विवस छन् ।

देश बालबच्चा र बृद्धबृद्धाहरुको देश भैसक्यो । अर्थतन्त्र साउदी र कतारबाट मृत्युसँग साटेर ल्याएका आम युवाहरुको पैसामा अडिएको छ । दैनिक १२०० सयको संख्यामा युवाहरु विदेशिन बाध्य छन् । सुत्केरी हुँदा २०० रुपैँयाको औषधी किन्न नसके र भाउजु वुहारीहरु मृत्युवरण गर्न बाध्य छन् । अनि कसरी देश पुँजीवादमा गयो महोदय !

विदेशमा रगत पसिना गरेर ल्याएको पैसाको सुरक्षा राज्यले गर्न सक्दैन । लगानीमैत्री वातावरण राज्य निर्माण गर्न सकेको छैन । हत्या हिंसा, बलत्कारबाट आम नागरिकलाई राज्यले जोगाउन सकेको छैन । के हाम्रो परिकल्पनाको नयाँ नेपाल यही हो ? देश यस्तै बनाउन हामीले राजतन्त्रसँग सिँगौरी खेलेका थियौँ ? मृत्युको फेटा शिरमा उनेर कमल थापाहरुको मृत्युको तोक आदेशका बावजुद सडमा उत्रेका हामी युवाले के पायौँ ?

आज सदनमा कमल थापाहरुको हुँकार ठूलो छ । लोकतन्त्रका मसिहा ठान्ने ठूला दलहरु पञ्चायतका डिजायनर सूर्यबहादु थापा जस्ता नामुद पञ्चहरुबाट दिक्षीत भएर जनबफादारिताको कसम खान्छन् । विस्तारै कमल थापा एण्ड कम्पनीहरुको पोल्टामा जनमत जाँदैछ । हिजो नागरिकहरुलाई मृत्यु पुरस्कार बाँड्दै हिँड्ने कमल थापाहरु आज जनसेवक बन्लान् ?

परिवर्तनका लागि जनताले बगाएको रगतको यत्रो अवमूल्यन किन ? फाटेका आङ् र कुर्कुचाहरुले गणतन्त्रको विहानीमा पाइला टेक्न अझ कतिञ्जेल पर्खनु पर्छ कि दुःख, अभाव र पीडा हाम्रो नियती नै हो यसको जवाफ छ कसैसँग ?