Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

मदिरा र यौनमा रमाउँदै युवायुवती



By  Unknown     3:26 AM    Labels: 
-रामनाथ खनाल


झमक्क साँझ परिसकेको छ । रत्नपार्कको हरियो माईक्रो लाग्ने  ठाउँमा स्कूल/कलेज पढ्ने उमेरमा ५ जना युवती भेटिन्छन् । ढल्कँदो दिन र अगाडि खस्दै गरेको अध्यारो प्रति वेखवर उनीहरुलाई गन्तव्यमा पुग्न कुनै हतारो छैन । कलेज ड्रेसमै थोरै मदिरापान गर्न भ्याएका उनीहरुको वोल्ड सम्वाद र भड्किलो लवाई हेर्दा उनीहरु पश्चिमा संस्कृतिलाई समेत उछिनेर धेरै अगाडि बढिसकेको अनुमान गर्न गाह्रो पर्दैन ।

एघार/बाह्र पढ्दै गरेका तन्नेरी पुस्ताको ध्याउन्न आजभोली पढाईमा छैन । होस् पनि कसरी आधुनिकताले गाँजेको आजको परिवेशमा कितावमा कहाँ मोज मस्ति मिल्छ र ! मध्यपान, धुम्रपान एवम् त्यो भन्दा उन्नत चिजले दिने नशा कहाँ कितावमा पाईन्छ ? साथीसंगीसँग गफमा हराएर अर्कै दुनियाँमा पुग्नुको आनन्द कुन कितावमा भेटिन्छ र ! त्यसैले आजको पुस्तासँग कितावको ट्रयाजेडी परेको छ । बरु उनीहरुको माया फेसबुक ट्विटरसँग गाँसीएको छ । घण्टौँ च्याटमा भुल्दै साथीहरुसँग नानाभाँती कुरा गर्नु होस् या मन परेको स्टाटस राखेर लाइक कमेन्ट बटुल्नुको असली मजा कितावमा पाउने कुरै भएन । 

त्यसैले आजको पुस्ताको जीवन मोजमस्ती तर्फ बढी ढल्किएको छ । उनीहरु स्वच्छन्द तवरले हिँड्छन्, भड्कीलो खर्च गर्छन् र आफ्नै तालमा रमाउँछन् । उनीहरुले खर्च कहाँबाट जुटाउलान् त, ग्याजेट्मा झुम्न, मदिरामा मस्त हुन र चाहेको कुरामा मनग्य खर्च गर्न ? त्यस्ता युवायुवती निर्धक्क बताउँछन् । कोहीले आमवुवालाई मुर्गा बनाउँछन्  । प्रायः युवतीहरुले मुर्गा व्वोयफ्रेण्ड भेट्टाउँछन् त कतिपय युवतीहरु भड्किलो खर्च धान्न अधबैँसे या गाँठवालासँग यौन सम्बन्ध समेत गाँस्न पुग्छन् । त्यस्तै कतिपय युवकहरु बैदेशिक रोजगारमा गएका श्रीमतीहरुसँग सम्बन्ध विस्तार गर्न पुगेका छन् र आफ्नो खर्च धानेका छन् ।

पैसाको लागि किन त यस्तो क्रियाकलाप ? उनीहरुको सोझो जवाफ हुन्छ, ‘जमाना मोर्डनाइज भैसक्यो’ । यो पोष्टमोर्डन सोसाईटीले भन्छ बाँचुन्जेल जे  जसो गरेर भए पनि मोज गर । यो ट्रेण्डबाट हुर्किएका युवायुवतीको ध्यान अव कसरी कितावमा पुग्छ त ?

प्रत्येक हप्ता गोदावरी र सुन्दरीजलको वुटा चहार्ने, पार्क, क्लवमा, स्विमिङपुलमा रमाउने, फुङ्ङ चुरोटको धुवा उडाउने तथा मदिराको चुस्किमा हराउन पल्किएका आधुनिक युवापुस्ताको मन कसरी कितावमा अडिन्छ ? बसमा हिँड्दा होस् या पार्कमा बस्दा कानमा एअरफोन लगाएर अंग्रेजी गीतमा झुम्ने वा सामाजिक सञ्जालमा साथीसंगीले गरेको कमेन्टमा मख्ख पर्न आजका पुस्ता अभ्यस्त भैसकेको छन् ।

उनीहरुलाई घर–परिवारको डर छैन  न त भविष्य प्रतिको कुनै जिम्वेवारी बोध नै छ । न त समाजले देख्ला र कुरा काट्ला भन्ने कुनै चिन्ता छ । यसरी घर परिवार र समाजको चिन्ता नहुनेमा देशप्रतिको पीडाबोध त हुने कुरै भएन । आफ्नै भविष्यको चिन्ता समेतबाट बेखवर युवायुवतीहरु आज भोली प्रशस्त भेटिन्छन् । उनीहरुलाई त्यती मतलव छ, गोजीमा धेरथो गाँठ होस्, भनेजस्तो गर्लफेण्ड वा व्वोयफ्रेण्ड होस्, बाइक/स्कूटी होस् खल्तीमा भने जस्तो मोवाइल फोन होस् र भनेको बेलामा नशामा झुम्न र मदिरामा रम्न पाइयोस् बस ! यति ।

उनीहरुको अन्य अवाश्यकताको फेहरीस्त त कति छन् कति तर यी सामान्य आवश्यकता हुन् । सुन्दा अट्टाहस गर्न मन लाग्छ  ।

स्कूल स्तरको पढाइ पुरा नहुँदै ४/५ वटा गर्लफ्रेण्ड/व्वोयफ्रेण्ड  फेर्ने नौलो कुरा हुन छाडिसकेको छ । कलेज शुरु हुँदा नहुँदै यौनको स्वाद चाखिसक्नेहरुको पनि कमि छैन आजभोली । त्यसैले उत्तरआधुनिकताको आवरणले यतिवेला नेपाली युवायुवतीहरुलाई पूर्णरुपमा छोपि सकेको छ भन्दा अन्यथा हुँदैन ।

अर्का तर्फ स्मार्ट र सरिफ भनिएका युवतीहरु पनि पाखुरावाल तथा कानमा मुन्द्रा लगाएका युवकहरुलाई व्वोयफ्रेण्ड बनाउन माहिर भइसकेका छन् । किन हुन्छन् ‘सरिप’ केटिका ‘हरिप’ व्वोयफ्रेण्ड ? युवतीहरुको जवाफमा त्यस्ता ‘डन’ व्वोयफ्रेण्ड लिएर हिँडेपछि अरु केटाहरुले आँखा लगाउन हिम्मतै गर्दैनन् । त्यस माथि ग्रुपमा धाक लगाउनु मजानै मेग्लै हुन्छ ।

‘आजको जमानामा पनि सोझो भयो भने त जसले पनि मुखमा घोचो हालिहाल्छन् नी’ उनीहरु अरुलाई आफूजस्तै बन्न अर्ति समेत दिन्छन् । 

स्कूल/कलेजबाट बंक हानेर पार्क घुम्न निस्कँदा सरको लठ्ठि खाएको तितो अनुभव भए पनि सरलाई विभिन्न बाहनामा ‘मुर्गा हान्दा’ भने निकै मजा आउने उनीहरु बताउँछन् । काठमाडौँको आकासिँदो महंगी र व्वोयफ्रेण्डको बाइकमा समेत आफैँले पेट्रोलको जोहो गरिदिनुपर्दा कोही त दोहोरो मारमा पनि परेका छन् जे होस् मजा लुट्न अभ्यस्त छन् आजका आधुनिक पुस्ता ।

४५ मिनेटको कक्षा उनीहरुलाई जेल जस्तो लाग्छ रे । टिचरले पढाउँदा बुढो कहिले निस्केला जस्तो लाग्ने उनीहरुलाई क्लास सकिनाँसाथ भने निकै आनन्द लाग्छ । क्याण्टिनमा बसेर गफिँदै होस् या फेसबुकमा केटाहरुलाई ‘मुर्गा’ हान्दै उनीहरु सवै तिरबाट उतिकै आनन्द लिन खप्पिस भैसकेका छन् ।

टिनएजमा लभ त्यति सक्सेस नहुनेमा उनीहरु ढुक्क छन् । त्यसैले स्कूल कलेज पढ्दा जतिसक्दो मस्ती गर्नुपर्ने उनीहरुको तर्क छ । भड्किलो  जीवनशैली, बढ्दो रहर र चाहना पुरा गर्न बाबुआमाले दिएको पकेटमनीले धान्ने कुरै भएन त्यसैले उनीहरु विभिन्न बाटो हिँड्न बाध्य छन् । केहीले यौनपेसा अंगालेका छन् भने कतिपयले घरमा चोरी समेत गर्ने गरेका छन् । त्यस्तो कार्य गर्ने कतिपय युवायुवतीहरुको गतिविधिहरु साथीभाइले समेत चाल पाएका छन् । तर साथीभाईले थाहा पाएता पनि उनीहरुलाई केही फरक पर्दैन ।

हिजो पनि कुनै युवक वा युवतीहरुबीच प्रेम सम्वन्ध हुन्थ्यो/रहन्थ्यो समाजमा । तर आजको जस्तो खुलम्खुल्ला होइन । प्रेम त सर्मपण हो र एक अर्काप्रतिको विस्वास पनि हो । प्रेम हुँदैनथ्यो भने सायद संसार चल्नलाई पनि मुस्किल हुन्थ्यो होला । तर प्रेम शव्दको अवमूल्यन गर्दै आजका पुस्ताले तीन शव्दमा सिमित गरिदिएका छन् । यसैको बहानामा युवायुवतीहरु क्रमशः नकरात्मक दिशा तर्फ उन्मुख भैरहेका छन् । प्रेमलाई दिगो बनाउने बहानामा यौनसम्बन्ध स्थापित गर्ने होस् या तयसपछि उत्पन्न हुने अन्यौलताका कारण पेशा नै त्यही बनाउन बाध्य हुनेहरुको कमि छैन समाजमा ।

बढ्दो इन्टरनेट को प्रयोग र सामाजिक सञ्जालको उपयोगका कारण यौनप्रति खुला बन्दैछन् उनीहरु  । इन्टरननेट मार्फत पोर्न फिल्म हेर्ने होस् या त्यसबाट अप्राकृतिक मैथुनको लतबसाएकाहरुले समाजमा गम्भीर घटना घटाउन सक्ने खतरा पनि उत्तिकै छ भने अर्को तर्फ मनोबैज्ञानिक हिसावले पनि उनीहरु बिकृति तर्फ उन्मुख हुन सक्छन् ।

अधिकांश युवायुवतीहरु मोवाईलमा अश्लिल कुराहरु राख्ने वा हेर्ने गर्दछन् । त्यसबाट उनीहरु छिट्टै यौन तर्फ आकर्षित हुने हुँदा समाजमा बलत्कार दुव्र्यवहार, समलिंगी यौन व्यवहार बढेको विज्ञहरु  बताउँछन् । 

अतः त्यसतर्फ सचेत हुँदै आफ्ना बालबच्चाहरु प्रति सचेत हुँदै उनीहरुलाई सम्पूर्ण हिसावले नियन्त्रण गर्ने भन्दा पनि निगरानीमा राख्न अभिभावक ढिला भैसकेका हुन् कि यसमा सवै सचेत हुनुपर्ने भएको छ  ।
http://www.nepalpationline.com/teen-love-sex 

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment