Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

तीजले ततायो महिलालाई



By  Unknown     6:01 AM    Labels: 
-रामनाथ खनाल

दश वर्ष अघिसम्म हातमा मेहन्दी लगाएर जिन्स पाइन्टमा हरिया चुरा बजाउँदै हिड्नेको संख्या विरलै भेटिन्थ्यो बजारमा । त्यसो त तीज पनि दर खाएको भोलिपल्ट मात्र मनाइने गरिन्थ्यो । पुरातन संस्कृति र मान्यताहरुले नेपाली समाजलाई उँभो लाग्न नदिएको तर्क गर्नेहरुको पनि कमि थिएन समाजमा  । तर आज परिस्थितिमा बदलाव आएको छ । तीज आउन महिना दिन बाँकि रहँदा बजारमा तीजको रौनक सुरु भैसकेको छ । 

बजारका गल्ली नै पिच्छे बग्रेल्ती खुलेको मार्ट तथा सपिङ मल एवम् सेन्टरहरुमा यतिवेला तीजको  मेला लागेको छ । र महिलाहरुलाई बेफुर्सदीलो बनाइदिएको छ । यतिवेला महिलाहरुलाई तीजका लागि गरगहना छान्ने चटारो मात्र छैन, दरखान बोलाउने साथीसंगीको निम्तालू पनि बन्नैपर्ने बाध्यता ठिंग अघिल्तिर उभिएको छ  । 

गाउँका महिलाहरु  बारीमा कोदो रोप्नका लागि रछ्यानमा र रोपो गोड्न   हिलाम्य खेतमा व्यस्त भइरहेको समयमा सहरीया महिलालाई भने महिना दिन हघि देखि तीजले नराम्ररी गाँजेको छ । र बजार तीजमय भएको छ । तीजको यो महामेलामा के वालक के बृद्धा सवै उमेरसमूहका महिला उत्तिकै सक्रिय छन् । 

पद्मकन्या कलेजमा स्नातक तहमा पढ्ने राधिका श्रेष्ठलाई पनि तीज लागिसकेको छ । यसो त उनी साउने सोमबारको ब्रत पनि बसेकी छिन् । ‘यो लाउँलाउँ खाउँखाउँको उमेरमा ब्रतधर्म पट्टि किन नि ?’ कहाँको धर्म कमाउन ब्रत बसेकी हुँ र ?– यो त ‘डाइटिङ’ पो हो त स्लिम बन्नका लागि ।उनको जवाफ सुनेर आश्चर्य नमान्दा पनि हुन्छ आजकाल । परापूर्वकालमा जस्तो महादेव जस्तै पति पाउनका लागि भगवान् भक्ति गर्दै ब्रत बस्नेहरु मात्र भेटिँदैनन् । बरु ब्रतको बहानामा स्लिम बन्न होडबाजी गर्नेहरुकै संख्या अधिक बन्दै गएको बजारमा । 

यस्तै तर्क छ, के एण्ड के कलेजमा विएस डव्ल्यूमा अध्ययनरत ऋचाको । उनी पनि परिवारसँगका धर्मकर्मको नौटंकी गरेर ब्रत बसेर जिरो फिगर अर्थात स्लिम बन्ने ध्याउन्नमा छिन् । 

सँगै उनीसँगै उभिएकी राधिका भने टाइट जिन्स पाइन्टमा हातमा हरिया चुरा बजाउँदै थिइन् । हातमा हरिया चुरा किन लगाउनु भएको त ? उनको जवाफ चाँही यस्तो थियो । ‘यो पहिला देखि चलिआएको चलन हो  ।’ संस्कृति जोगाउन पनि त चुरा लगाउनै पर्यो नी ? फेरी चुरा त महिलाको गहना पनि त हो नी हैन ? उनले प्रतिप्रश्न गरिन् । 

त्यसो भए आजका महिलाले संस्कृति जोगाउनका लागि नै यो तामझाम गरिरहेका हुन् त ? निश्चय पनि यो तामझामसँग नेपाली संस्कृतिको कुनै लेनादेना छैन । यो कुनै पनि कोणबाट नेपाली परम्परागत एवम् मौलिक संस्कृतिसँग मेल खाँदैन बरु यसबाट चाडबाड पर्वहरु भड्किलो बन्न थालेको र नेपाली समाज खर्चीलो बन्दै गएको भान हुन्छ ।

। आजभोली तीजपर्व ज्यादै नै भड्किलो बन्न थालेको छ । साथीभाई जम्मा भएर रमाइलो गर्ने, दर खाने क्रम
यति धेरै बढ्न थालेको छ कि त्यसलाई नियन्त्रण गर्न प्रहरी नै सक्रिय हुनु परेको छ  ।

तर यो भड्किलो तीज पर्व  छाडी विकृतिको पर्दा मात्रै लागेको छ भन्न मिल्दैन । कुनै समय हिन्दु नारीहरुको मात्रै पर्वका रुपमा मात्र सिमित यस चाड अहिले जाती धर्म र सम्प्रदाय अथवा लिंग समेतबाट नै माथि उठिसकेको छ । र अहिले तीज सवैले मान्ने सर्वग्राह्य चाडका रुपमा नेपाली समाजमा स्थापित भएको छ । त्यसैले के राई, के लिम्वु, के मगर के अन्य जाती जनजाती यो सबै धर्म र सम्प्रदायको महत्पूर्ण चाड बन्न पुगेको छ । 

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment