Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

रामनाथका गजलहरु



By  Unknown     2:34 AM    Labels: 
टुट्दै अनि जुट्दै यहाँ चलेकै छ जिन्दगी
वर्तन सिध्धिएपनि आफैँ बलेकै छ जिन्दगी

तिमी आउँदिनौ भन्ने अवगतै छ मलाई
थोपा खसेपनि पहाड गलेकै छ जिन्दगी

उसले हेर्दै गिज्याउँछे मलाई, छ्या! तिमी
पुरानीए पनि झुम्रो आफैँ जलेकै छ जिन्दगी

गुनासो छैन पथसँग यात्रा आफ्नै हुन्छ
नदी किनार छुट्टिएर ढलेकै छ जिन्दगी

              00

कति लिन्छस् परीक्षा ले ए ! जिन्दगी ?
कति दिन्छस् धोका दे ए ! जिन्दगी ?

पछ्याईरहन्छु सधैँभरी अविचलित भई
कति छल्छस् भाग्य छल ए ! जिन्दगी ?

आश छन्जेल श्वासको त्यान्द्रो तानिरहन्छु
कति चुहिन्छस् थोपा चुही ए ! जिन्दगी ?

कति लिन्छस् परीक्षा ले ए ! जिन्दगी ?
कति दिन्छस् धोका दे ए ! जिन्दगी ?

                        00

रंगिएका सपनाहरु उसै ओइली झर्लान् फेरि
झांगिएका रहरहरु अन्तै तिर सर्लान् हेर

विछ्याई हाल मायाजाल बैँस छँदा खेरी
टांगिएका मनका ईच्छा त्यसै मर्लान् फेरि

यौवन फूल्छ बसन्तमै अरु याममा होइन
तरंगिएका प्रित अरुकै भागमा पर्लान् फेरि

रंगिएका सपनाहरु उसै ओइली झर्लान् फेरि
झांगिएका रहरहरु अन्तै तिर सर्लान् हेर

                     00

रूप बैँस रित्तिएपछि तिम्रो सहर आउँदिन म
मुजा परेको मनले तिम्रो दिलमा छाउँदिन म

उजाड मेरो जिन्दगानी के सुनाउँ यो कहानी ?
मुटु खाने पिरती अव तिमीसँग लाउँदिन म

अदृष्य संसारलाई बुझ्नै आखिर को नै छ र ?
जती रूनु रोईसकेँ विरहका गीत गाउँदिन म

रूप बैँस रित्तिएपछि तिम्रो सहर आउँदिन म
मुजा परेको मनले तिम्रो दिलमा छाउँदिन म

©रामनाथ खनाल





About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment