Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

अकथाहरू



By  Unknown     12:25 AM    Labels: 
अभिसप्त विहान
सिन्दुरे घामको लालीसँगै
चौतारोमा मुर्झाउँदै गरेका बर पिपल
क्रमशः सुक्दै पारिजातका बुट्यानहरू

भविष्यको सुदूर सपना चढ्न
घिच्चिइरहेका छन्
अठोटको लठ्ठी टेकेर अझैँ
तिलचाम्ले कपालसँगै
जिन्दगी फूलाइरहेका दुःखी जीवनहरू

खण्डहर घरको जग खोतल्दै
पुरिएका निष्प्राण प्राण पन्छाएर
समृद्धिका खातिर
सिर्जना सिञ्चित गर्न तल्लिन बयोबृद्ध ढंगहरू 

उजाडिएको वस्ती
उराठिएको मन
वियोग र विपत्तिबाट बिक्षिप्त तनहरू
फुङ्ङ उडेको यौवनाहरूको सिउँदे सिन्दूर

मातृपितृ वियोगमा
आँखामा आँसु टिल्पिलाएर
बृद्ध काखमा टोहोल्लाइरहेका लालाबाला
र, पाखामा विरह गाउँदै
न्याउलीसँगै रोइरहेका जुनमतीहरू

रोप्न छाडिएका तुलसी
फूल्न बिर्सिएका बेली, चमेली र जाई
चौकोठको कुना मिल्काइएका सालिग्राम सरी
देश भित्र हराएका थुप्रै देशहरू
लेख्न बाँकी छन्, सुकेका लालीगुराँस मुर्झाएर
यी/यस्ता थुप्रै अकथाहरू........

रामनाथ खनाल
गोकर्णेश्वर–१३, काठमाडौँ ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment