अक्षर काका
मेरो शिरमाथि
मेरो शिरमाथि
एउटा अनिदो घाम छ
हरदिन उसले मलाई पछ्याइरहन्छ
जब म उसलाई हेर्छु
उसले फ्याँक्छ एक चिसो मुस्कान
हरदिन उसले मलाई पछ्याइरहन्छ
जब म उसलाई हेर्छु
उसले फ्याँक्छ एक चिसो मुस्कान
यो घाम त्यतिबेला पनि मेरो शिरमाथि नै थियो
जतिबेला उनी थिइन् मेरो आलिङ्गनमा
सालका पात छिचोल्दै आइपुगेका
केही किरणहरूले
हामीलाई जिस्क्याउँथे उन्मुक्त
र, मेरो गालामा लत्पतिएका
अधरका लाली बोकी
गायव हुन्थे सुटुक्क
बिदाइको अन्तिम पल
बिम्बमा देखिएथ्यो उही घाम
उनले कसिलो गरि समाएको हत्केलामा आइपुगेथ्यो त्यो राप
गाला, निधार र हातमा टाँसिएका हाम्रा ओठ सापटी मागेथ्यो
एकछिनमा बादलको घेराभित्र हरायो घाम
यता बिदाइको पल
गोधुलीको धुमिलताभित्र
अवरुद्ध कण्ठबाट उनले भनिन्,
"आइ लव यू"
बिम्बमा फेरि चहकियो दिनको अन्तिम घाम !
केही बेरमा उनले पोखिन्
छुट्टिनुको असीमित पीडा आँखाबाट
बन्द ओठबाट
निस्फिक्री चुम्बन र कसिलो अंगालोसँगै
लत्पतिएका गाजल र
असरेल्ल ओठको नील आकृति बोकेर एकसाथ छुट्टिएथ्यौं
घाम, उनी र म
No comments:
Post a Comment