–रामनाथ खनाल
फागुन ७ गते प्रजातन्त्र प्राप्तिको दिन । नेपाली जनताले अभुतपूर्व आन्दोलन मार्फत शासन सत्ताको बागडोर आफ्नो हातमा ल्याएको दिन । शासन सत्तामा जनताको पहुँच पु¥याउने र आफ्नो निम्ति आफैँले शासन गर्ने अवसर प्राप्त गरेको महत्वपूर्ण दिन यस्तै यस्तै महत्वसँग जोडिएको सन्दर्भ हो फाल्गुण ७ अर्थात प्रजातन्त्र दिवस तर के यो दिवश उल्लासपूर्ण रुपमा मनाईरहँदा आज हामीले साँचो अर्थमा यो महत्वपूर्ण अवसर पाएका छौँ त ? जनताको घर आगँनमा प्रजातन्त्र र यसैसँग मिल्दो जुल्दो उपमा दिएका शासनका प्रारुपहरु पुगेका छन् त । के आजको सन्दर्भमा हामीले आफ्नो निम्ती आफैँ शासन सत्ता सञ्चालन गर्ने र शासन सत्ताको केन्द्रमा जनताको असली पहुँच पु¥याएका छौँ ? सासन सत्ताको बागडोर सम्हालीरहेका हताकर्ता हरुले सहजै उत्तर देलान हामीले तिनै जनताहरु जो प्रजातन्त्र प्राप्तिका निम्ति दशकौँ संघर्ष गरे उनीहरुको असली प्रतिनिधित्व गर्दै शासन सत्तामा जनताको पहुँच पु¥याएका छौँ ।सुनिश्चित गरेका छौँ ।
जनतालाई राज्य सत्ताको मालिक बनाएका छौँ । आज सम्पूर्ण हिसावले जनता राज्यसत्ताको प्रमुख भएका छन् तर यी सवै शासन सत्तामा पुगेका आजका शासकहरुले भन्ने ओठे कुरा हो । जनताको स्तर २००७ साल भन्दा अगाडी प्रजातन्त्र पूर्वको अवस्थाबाट माथी उठ्न सकेको छैन । यदी आजका शासकहरुले भने जस्तो हिजोको प्रजातन्त्र र त्यसको परिस्कृत रुप आजको गणतन्त्र आएको भए नागरिकहरुले तुइकनको सहारामा कर्णाली पार गर्नु पर्ने थिएन ।
सिटामोल किन्न नसकेर गरिव र निमुखा जनताहरुले मृत्युवरण गर्नु पर्ने थिएन । गरिवि र अभावले गर्दा प्रशव पिडाबाट वाहिर नआउँदै कयौँ भाउजु वुहारीहरुले दारुण मृत्यू मर्नु पर्ने थिएन । स्कूल जाने हजारौँ वालवालीका शिक्षाको घामबाट बञ्चित हुनुपर्ने थिएन । पर्याप्त जलपूर्वाधारको देशमा अठार घण्टाको लोडसेडिङ वेहोर्नु पर्ने थिएन । नुन देखि सुनसम्मको मूल्य चरम रुपमा बढि रहेको समयमा मानवताको मुल्य न्यून हुने थिएन । चरम वेरोजगारीले एयरपोर्टबाट देश छोडेर बाहिरीनेहरुको लामो लाईन लाग्ने थिएन । अभावका नुनिला आँशु पिएर आम नागरिकहरुले पीडादायी जीवन बाँच्नु पर्ने थिएन ।
साच्चै आजको दिनसम्म नेपालमा हिजोको प्रजातन्त्र र बदलिएको सन्दर्भमा गणतन्त्र नामको कुनै चिज जनताको घर आँगनमा आएको छैन । आएको छ भने प्रजातन्त्रका नाममा सत्ताको सुख भोग गर्ने र सत्ताको चास्निमा किर्ना झैँ टाँसिएकाहरुको घर आँगनमा र चोटा कोठाहरुमा । अत्यत्र कतै पनि जनताको शासनको कुनै रुप र रङ्ग भेटिँदैन । प्रजातन्त्रको नाममा शासनमा सिण्डिकेट छाएको छ । मनपरितन्त्रको उदय भएको छ ।
२००७ साल यता पालोफेरो सिंह दरवारको भित्तामा दुई दर्जन बढी नयाँ अनुहारका फोटा टाँगिए मन्त्री क्वाटरमा नयाँ नयाँ प्रात्रहरु देखा परे । शासन सत्तामा थुप्रै नव प्रवेशीहरु भए तर जनता जीवन बदलिएन । फाटेका आङ्हरु टालिएनन् । निर्धक्कका साथ जनताको चुल्हो बलेन । गरिवि उस्तै रह्यो । देशको हालत उस्तै भयो । हामीलाई के दियो हाम्रो प्रजातन्त्रले ?
प्रजातन्त्र प्राप्तिको लागि निर्मम संघर्षमा होमिएर जीवन उत्सर्ग गर्ने आधारभुत तप्काका एवम् गरिव र निमुखा जनताको आडमा सत्ता आरोहण गरेका शासकहरुको प्राथमीकतामा किन जनता परेनन् । के जनता शासकहरुका सत्ता प्राप्त गर्ने बलिया हतियार मात्र हुन् ? हैन भने यति विघ्न उपेक्षा किन ? अभाव र गरिवि नेपाली जनताको नियती नै हो ?
विश्व विकासको रफ्तार दिन दुगुना रात चौगुना अगाडी बढिरहेको वेला हामी भने किन पछौटे भएर बाँच्नु प¥यो । के मा कमि थियौँ हामी ? के अपराध थियो नेपाली जनताहरुको ?
प्रजातन्त्र र गणतन्त्रको दुहाई दिएर नथाक्ने र निमुखा जनताका प्रतिनिधित्वको हवाला दिँदै शासन सत्तामा पुगेका दल र तिनको नेतृत्वले साँचो अर्थमा परिवर्तनको आभास दिलाउन सक्नु पर्दछ । । शासकहरु भन्छन् अधिकार प्राप्किो लडाँईको अन्त्य भयो अवसको समय भने सिर्जना र निर्माणको हो र तर अधिकार प्राप्त्तिका लागि अझै निर्मम संघर्षको पङ्तीमा लाम लाग्नेहरुको कमि छैन ।
प्रजातन्त्रको आडमा राज्यसत्तामा हालिमुहाली गर्ने र त्यसमार्फत उत्पन्न भएको विकृतीको रङ्ग र चौतर्फी छाएको बेढङ्गको राजनीतिकरणले अवाक् भएर विकल्पको खोजी गर्न थाल्नेहरुको जमात पनि दिनानु दिन बढ्दै छ । फरक यति हो प्रजातन्त्रपूर्वको अवस्थामा सिमित मान्छेहरुले राज्यसत्ताको सुखभोग जीउनार गरिरहेका थिए भने । आज त्यो संख्यामा बृद्धि भएको छ । हिजोका अनुहारमा फेरबदल आएको छ । पात्रहरु फेरिएका छन् तर प्रवृत्ति उही । फरक– फरक अनुहारहरुले प्रजातन्त्रको आडमा शासन सत्ताको रथारोहण गरिहँदा जनताले सुशासनको प्रत्याभुत गर्न पाएनन् । कुनै पनि शासकहरुले जनजीविकाको सवालमा चुँ गरेनन् ।
प्रजातन्त्र पछिको अवस्थामा चौतर्फी क्षेत्रमा राजनीतिकरण भयो । राजनीतिको आडमा बिकृतिहरु मौलाउन पुगे । शासन देखी प्रशासन सम्म र आधारभुत इकाई देखी राज्यको उपल्लोतह सम्म भ्रष्टाचार, अनियमीतता, खुसखोरी, कमिसनतन्त्रले व्यापक रुपमा प्रशय पाउँदै गयो राज्यविहिनताको अवस्था सिर्जना भयो । आज प्रजातन्त्र या गणतन्त्रका नाममा सिमित बर्गले मोटाउने मौका पाए ।
शासन सत्तामा ठूलो र पहुँचवालाहरुकै प्रतिनिधित्व भयो । के हाम्रो परिकल्पनाको प्रजातन्त्र यही हो र आजको चल्तिको नयाँ नेपाल यही हो ? २००७ साल त्यसपछीका विभिन्न परिघटना हुँदै २०६२/२०६३ साल र त्यस पछिका हरेका अवस्थाहरुमा जनताहरुले तिनै दल र तिनै तिनै नेतृत्वलाई पटक–पटक मौका प्रदान गरेका छन् ।
सहयोग साथ दिएका छन त र राजनीतक दल र तिनका नेतृत्व गणमा कुनै परिवर्तन आएको छैन । सत्ता लिप्सा र सत्ता प्राप्तिलाई राजनीतिको अधिकतम लक्ष्य बनाएर सत्ता प्राप्तिको लागि जुनसुकै कसर बाँकी नराख्ने । मुलुकलाई राजनीति स्थाइत्व नदिने र सत्ता भागबण्डामा अल्झिरहँदा नेपाली जनताले दुर्गती व्यहोर्न बाध्य छन् ।

यो दुर्गती निराकरण गरी साँचो परिवर्तनका लागि र अर्थपूर्ण प्रजातन्त्र प्राप्तिको लागि हामीले कतिञ्जेल लड्नु पर्छ ? क्रान्ति हाम्रो पुख्र्यौली पेशा हो ? प्रजातन्त्रको नाममा पटक–पटक सत्ताको सुख भोग गर्ने हरुले सोच्नु पर्दछ । एउटै मुद्धाको लागि पटक–पटक संघर्ष गर्ने, परिणाम हात पार्ने र प्राप्त सफलतको रक्षाका लागि अर्को आन्दोलन वा क्रान्ति पर्खनु पर्ने नियती किन ? की क्रान्ति नेपाली जनताको मुख्य पेशा नै हो । यदी होईन भने शासकहरुलाई जनतालहरुले, आफुले अभाव झेलेरै भए पनि सत्ता आरोहण गराएकै छन् ।
शासकहरुबाट प्राप्त पटक–पटकको धोकाधडीलाई विश्वासमा नै बदलेर अमूल्य मत प्रदान गरी अवसर दिएकै छन् । अतः जनभावनाको कदर गर्दै झुपडीका अँध्यारा कुना सम्म प्रजातन्त्रमो उज्यालो घाम पु¥याउन र जनचाहना पुरा गर्न तथा जनभावनाको कदर गर्न राजनेताहरु ढिला भैसकेका छ । शासकहरुको घैँटामा घाम लागोस् प्रजातन्त्रको शुभकामना ! http://www.onsnews.com/index.php?pagename=lekh&id=247

रामनाथ
खनाल । शिक्षा ज्ञानको ज्योति हो, आधुनिक युगमा शिक्षा विनाको मानव जीवन
सार्थक बन्न सक्दैन । अर्थपूर्ण ज्ञान नै शिक्षाको आधुनिक रुप हो । शिक्षा
निरन्तरको अध्ययन पश्चात ज्ञान प्राप्त गर्ने अर्थात् विद्योपार्जन अवस्था
हो । शिक्षाले मानिसको रुचि, योग्यता, क्षमता, सामाजिक, साँस्कृतिक,
धार्मिक विवेक तथा मूल्य र मान्यतालाई ध्यानमा राख्दै मानवीय चाहना
अनुरुपको स्वतन्त्रता प्रदान गरी मानवको सर्वपक्षीय विकास गराउन मद्यत
पुर्याउँदछ । शिक्षाले मानवीय कृयाकलाप, सोच्न सक्ने क्षमता सद्बुद्धि र
विवेक प्रदान गर्ने गर्दछ । नेपालको प्राचीन गुरुकुल शिक्षा पद्धतिले
हामीलाई प्राकृतिक वातावरणमा सामाजिकिरणका साथै सबैको सम्पर्कमा बस्न
सहयोग गर्दथ्यो । त्यसै कारणले गर्दा हाम्रो तत्कालीन परिवेश, परिस्थिति,
रहनसहन नेपाली संस्कार, सामाजिक मूल्य मान्यता र संस्कार आदिलाई राम्ररी
अध्ययन गर्ने, बुझ्ने र तदनुरुप व्यहार गर्न सहयोगी भूमिका निर्वाह
गर्दथ्यो ।
तर नेपालको आधुनिक शिक्षा व्यवस्था र प्रणालीले हामीलाई चाहेअनुरुपको सामाजिकिकरणको प्रकृयामा डोहोर्याउन आफुलाई अवश्यक पर्ने पर्याप्त ज्ञान, शिप र धारणको विकास गराउने तथा जीवनमा आफुलाई आईपर्ने अप्ठ्यारा परिस्थितिसँग जुध्न सक्ने जिवनोपयोगी शिपको समय सापेक्ष विकास गराउन सकेको छैन । यो शिक्षाले हामीलाई कसरी धनी बन्न सकिन्छ भन्ने कुराको धारणा विकास गराएको पाईन्छ । तर पनि श्रमको उचित सम्मान र मूल्य भुक्तान गर्न सक्ने बनाएको छैन अर्थात् आधुनिक शिक्षा जीविका चलाउने अथवा जिवीकोपार्जनको निमित्त साधन मात्र बनेको छ ।
आधुनिक शिक्षामा जीवनोपयोगी शिपको व्यवहारीक रुप, उपयुक्त नीति र संस्कार, सामाजिक मूल्य मान्यताको विधि र प्रकृयाको मिश्रण हुनु जरुरी छ । तर आधुनिक शिक्षा प्रणाली यथार्थ र व्यावहारिक ज्ञानबाट दिन प्रतिदिन टाढिंदै गएको छ । शिक्षा दिनानु दिन भुत्त, अव्यवहारी, सामाजिकिरणको प्रकृयाबाट विमुख तथा कसरी धन सम्पत्ति आर्जन गर्ने र समाजमा प्रतिष्ठा कायम गर्ने भन्ने मान्यताबाट जवरजस्त ढंगले अगाडी बढेको पाईन्छ । आधुनिक शिक्षा प्रणालीले मानिसलाई स्वनिर्भर त बनाएको छ तर आफ्ना कृयाकलाप मार्फत प्रकृतिमा पुग्न गएको क्षति, आफ्नो अधिकारको वकालत गर्दै गर्दा या उपयोग गर्दा अर्कालाई पुग्न गएको असहजता, बाधा अड्चन आदिको सामान्य चेतनाबाट विमुख बनाएको छ । आधुनिक शिक्षा आर्जन गरेका व्यक्तिहरुका आँखाहरु सम्वेदना सून्य भएका छन् । आजको आधुनिक शिक्षा ग्रहण गरेका मानिसहरुले न संवेगलाई नियन्त्रण गर्न सकेका छन् न त रोगहरुमाथि सर्वविजय नै प्राप्त गर्न सफल भएका छन् बरु आफुलाई रोगको कारणको रुपमा नै अगाडी बढाएका छन् ।
आजको शिक्षाले मानवीय चरित्रको पनि उपेक्षा गरेको छ । मानवको सर्वोपरि चिज भनेको उसको चरित्र हो । चरित्रवान् मानिसले मात्र समाजमा प्रतिष्ठा आर्जन गर्न सक्छ र उँचो शिर राखेर हिड्न सक्छ । तर आजको शिक्षाले मानवीय चरित्रको पनि उपयुक्त विकास गर्न सकेको छैन । नेपालको शिक्षा विकासको आदिकालमा गुरु, शिष्य अथवा चेला बीचको जुन प्रकारको सम्बन्ध थियो त्यो सम्बन्ध आजको शिक्षक विद्यार्थीमा पाईदैन अथवा शिक्षा उपार्जन गर्न तथा ज्ञानको दायरा फराकिलो पार्न शिक्षक विद्यार्थीबीचको सम्बन्ध कस्तो हुनुपर्दछ भन्ने कुरालाई आजको शिक्षा तथा सिकाईको प्रकृयाले सम्बोधन गर्न सकेको छैन । यस कारणले गर्दा आज शिक्षक विद्यार्थीका नै नकरात्मक कुराहरु बाहिर आएका छन् । नेपाली समाजमा गुरु तथा गुरुआमालाई दोश्रो पिता माता सरह मान्ने प्रचलन भएता पनि आजको शिक्षक विद्यार्थीको सम्बन्ध नेपाली समाजको परम्परागत मूल्य मान्यता अनुरुप रहन सकेको छैन ।
शिक्षकले पढाउने तथा विद्यार्थीले ग्रहण गर्ने आजको शिक्षामा नैतिक विषय कमजोर बन्दै गएपछि यो शिक्षाको व्यवहारिक पक्ष फितलो बन्न गएको हो । समाजमा घट्ने विभिन्न घटनाहरु, महिलामाथि हुने गरेका थिचोमिचो, अन्याय अत्याचार, शोषणका विभिन्न रुपहरु, सामाजिक विभेदहरु, बलत्कार, हत्या हिंसा, भ्रष्टाचार लगायत समाजका अपराधजन्य गतिविधि न्यूनिकरणको लागि शिक्षा नै प्रभावकारी माध्यम हो । तर हाम्रो शिक्षा पद्धतिले यस प्रकारको सामाजिक विकृति विसंगती र अपराध रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।
घर, विद्यार्थीको पहिलो पाठशाला हो । घरायसी वातावरण उपयुक्त भयो भने विद्यार्थीको सिकाई प्रभावकारी बन्दछ । विद्यार्थीको उपयुक्त चरित्र निर्माणका लागि राम्रो पारिवारिक संस्कार हुनु जरुरी छ । तर हाम्रो सामाजिक मान्यतामा धनलाई प्रमुख बिषय ठानेका कारण समाजमा भ्रष्टाचार तथा अनियमितता बढेको तथा त्यसको प्रत्यक्ष प्रभाव अन्यत्र क्षेत्रमा पनि पर्न गएको छ । शिक्षाले समेट्नु पर्ने नैतिकता, आदर्श, कर्तव्यपरायणता आदिबाट सिकारुलाई विमुख बनाउँदै शिक्षा प्राप्तिको अधिकतम लक्ष्य भनेको अर्थोपार्जन नै हो भन्ने धारण विकास गराएको छ । विद्यार्थीहरुको चरित्र निर्माणका लागि शिक्षा सिकाईका अतिरिक्त विभिन्न रचानात्मक र सिर्जनात्मक कुरामा पनि क्रियाशील गराउनु पर्ने हुन्छ तर आजको शिक्षा सिकाईको प्रकृयामा पाठ्यबस्तुलाई जवरजस्त घोकाउने रटाउने तथा पाठ्यक्रममा निर्देशित कुराहरुलाई मात्र समावेश गरेर पढाउने परिपाटीले गर्दा विद्यार्थीको शिर्जनशीलतामा क्रमशः ह्रास आउन थालेको छ । जसका कारणले गर्दा आजको शिक्षा बेरोजगार उत्पादन गर्ने आधुनिक कारकाखाना बन्न गएको छ ।
शिक्षकहरुमा पनि शिक्षा सिकाईको व्यवहारिक ज्ञान र शिपको अभाव हुँदा उनीहरुको सिकाउने तरिका पनि भुत्ते भएको छ । उनीहरुले विद्यार्थीहरुलाई आवश्यक ज्ञान, शिप र धारणाको विकास गराउन पनि सकेका छैनन् । परिमाणत: विद्यार्थीको सर्टिफिकेटमा अपेक्षीत नम्वर त आएको देखिन्छ तर उनीहरुको दैनिक व्यवहारमा आउनुपर्ने परिवर्तन आएको पाईदैन र उनीहरुको सिर्जनशीलतामा पनि कुनै किसिमको विकास भएको देखिँदैन ।
यो शिक्षाले परीक्षामा अपेक्षा अनुसारको सफलता व्यहोर्न नसके आत्महत्या गर्न उन्मुख हुने विद्यार्थीहरुलाई असफल हुँदैमा निरास नहुने कुनै किसिमको पृष्ठपोषण गर्न सकेको पाईंदैन । शिक्षा प्राप्त गरेको व्यक्तिमा हुनुपर्ने नम्रता, शिष्टता, मानवीय मूल्यको जानकारी, समभाव, विवेकशील, आदर्शवान् चरित्रको पर्याप्त विकास गराउन सकेको छैन । महिलालाई सम्मान गर्ने, आमा वुवा, गुरु, मान्यजनको आदर गर्ने, आफु भन्दा सानाहरु, गरिव, रोगी आपत विपतमा परेकामाथि माया, सद्भाव, समभाव दर्शाउने, उनीहरुलाई सहयोग गर्ने आदि शिप र क्षमताको पनि विकास गराउन सकेको छैन ।
आजको शिक्षामा अनुशासन, निष्ठा र इमान्दारिताको खाँचो छ । समुह शिपको अभाव छ । समाज दिन प्रतिदिन एक्लिँदै छ । समाजमा धनको महत्व बढेर गएको छ । मानवीय मूल्य घटेर गएको छ । एक अर्काबीचको आपसी समभाव, समझदारी र सम्मानको खाँचो छ । उपयुक्त चरित्र निर्माणको आवश्यकता छ । आज प्रभावकारी ज्ञान र शिपको खोजी शिक्षामा गरिनु अत्यावश्यक छ । आफ्नो स्वतन्त्रताको उपयोगको नाममा अर्काको अधिकार हनन् गर्ने कुराको अन्त्य हुनु आवश्यक छ । आफ्नो समस्या आफैं समाधान गर्न र संवेगको नियन्त्रण कायम गर्न, जीवनमा आईपर्ने समस्या समाधानको प्रभावकारी शिपको विकास गराउनका लागि उपयुक्त शिक्षा तथा शिक्षण सिकाई क्रियाकलाप हुनु जरुरी छ । तथा शिक्षाको राष्ट्रिय उद्देश्य तय गर्दा निम्न कुरामा ध्यान पुर्याउन जरुरी छ ।
शिक्षा आधुनिक युगमा राज्यको प्राथमिक दायित्व भित्र पर्दछ । नागरिकलाई शिक्षित गराउने नाममा राज्यले शिक्षालयको स्थापना गर्दैमा, शिक्षकहरु नियुक्ति गर्ने र विद्यार्थीलाई पढ्ने वातावरण तय गर्दैमा राज्यको कर्तव्य पुरा हुँदैन । विद्यार्थीले अपेक्षीत नतीजा हासिल गरेर कुनै शैक्षिक तह पार गर्दैमा सिकाईको उपलव्धि मापन गर्न सकिँदैन । शिक्षा सिकाईको उपलव्धि त्यहाँ मापन हुन्छ जहाँ समाज विकासका लागि शिक्षाले प्रभावकारी भूमिका निर्वाह गरेको हुनुपर्दछ । सामाजिक विभेदको अन्त्य भएको हुनुपर्दछ । सामाजिक मूल्य, मान्यता अनुरुपको उपयुक्त संस्कारको निर्माण भएको हुनुपर्दछ । विद्यार्थीहरु स्वरोजगार बनेकोे हुनुपर्दछ । शिपको विकास भएको हुनुपर्छ, श्रमको सम्मान भएको हुनुपर्दछ । सामाजिक विकृति विसंगती तथा अन्याय अत्याचार र भ्रष्टाचारको निर्मुल भएको हुनुपर्दछ । यी आदि कुराका लागि शिक्षाको व्यवहारिक पक्षमा जोड दिनु पर्दछ । अन्यथा शिक्षा सिकाईको औपचारिकता मात्र हुनेछ । समाज जहाँको तहीँ । - See more at: http://www.nepalpati.com/modern-education-should-include#sthash.LVcTiMgj.xw6HxWUJ.dpuf

No comments:
Post a Comment