–रामनाथ खनाल
दिनहुँजसो पत्रिकामा छापिने विभिन्न व्यापारिक अथवा व्यवसायिक विज्ञापनको श्रृङ्खला आजभोलि अलि धेरै हुन थालेको छ । त्यसो त बोल्नेको पिठो बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने र प्रचारबाजी कै भरमा बजारमा टिक्नु पर्ने जमानामा विज्ञापनको महत्व त हुन्छ नै तर जुनसुकै सेवा प्रदायक एवम् व्यवसायीक संघ÷संस्थाहरुले अन्धाधुन्ध तथा अतिरञ्जित तवरबाट दैनिक पत्र–पत्रिका अथवा सञ्चारका बिभिन्न माध्यमहरुबाट आफ्नो सेवा विस्तारलाई बढावा दिन गर्ने विज्ञापनका कारण उपभोक्ता एवम् सेवाग्राही अन्यौलमा परेको अवस्था छ ।
दैनिक पत्रिकाको पृष्ठ ढाक्ने गरी अनावस्यक फूल बुट्ट भरेर गरिएको प्रचारवाजी होस् या बर्गीकृत विज्ञापनमा, काम नगरे पैसा फिर्ता, यहाँ तुरुन्त जागिर लगाईन्छ, असी बर्ष सम्म सेक्स, तपाईको समस्याको अचूक समाधान, अंग्रेजी भाषा पन्ध्र दिनमा नै खरर, सय कर्मचारी आवश्यकता, एक हप्तामा उचाई बढ्ने ग्यारेण्टी.... आदि उल्लेख गरिएको विज्ञापनको विश्वसनियता कति छ भन्ने कुरा स्वयम् विज्ञापनमा प्रयोग गरिएका भाषाशैली आदिले प्रष्ट पार्दछ । विज्ञापन आधुनिक युगको प्रभावकारी सञ्चारको माध्यम हो तर विज्ञापनमा के कुरा उल्लेख गर्ने तथा के कुरा उल्लेख नगर्ने, विज्ञापनमा प्रयोग गरिने भाषा कस्तो हुने भन्ने बिषयमा सरोकारवाला निकायले त्यती ध्यान, चासो दिएको पाईदैन । लोकप्रिय तथा प्रतिष्ठित व्यवसायिक सञ्चारका विभिन्न माध्यम मार्फत प्रचार भईराखेका विज्ञापनका ती सामाग्रीहरुले बजारमा के– कस्तो असर पुर्याएको छ र बजारीकरणको तिव्र होडबाजीमा कति अस्वस्थता उत्पन्न गराएको छ भन्ने कुरा सम्बन्धित निकायले नजर अन्दाज नगर्नुपर्ने हो । सम्बन्धित निकायको फितलो अनुगमन प्रणाली, अव्यवस्थित संयन्त्र र खुलापन तथा सञ्चारगृहको लापरवाहीका कारण त्यस्ता व्यवसायिक संघ/संस्था एवम् सेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवा विस्तारको बहानामा उपभोक्ताहरुलाई दिग्भ्रमीत पार्दै अनर्गल प्रचार मार्फत खुलेआम लुटिरहेका छन् ।
सञ्चार माध्यमको प्रमुख आर्थीक स्रोत भनेको विज्ञापन नै हो अझ हाम्रो देशमा सञ्चार माध्यमको विकास र विस्तारका लागि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्था र सञ्चार माध्यमहरु चरम आर्थीक संकटको अवस्थाबाट बाँच्न परेको तथा सञ्चार गृहमा आश्रीत एवम् कार्यरत कर्मचारीहरु भोको पेटमा नै काम गर्नु पर्ने बाध्यतापूर्ण अवस्थामा छ यद्यपी सञ्चार गृह सञ्चालन गर्ने र टिकाउने नाममा सम्पर्कमा आएका जस्तोसुकै व्यापारिक प्रयोजनका विज्ञापनहरु हु–बहु रुपमा भाषिक सम्पादन नै नगरी समाजमा अफवाह फैलाउने, गलत खालको सूचना प्रवाह गर्ने प्रकृतिका विज्ञापन प्रकाशन तथा प्रशारण गर्ने प्रचलन बढेका कारण जनमानसमा गम्भिर समस्या निम्त्याउने खतरा बढेको छ साथै सम्बन्धित निकायमा दर्ता नभएका, सामान्य स्विकृति बाहेक सेवा सञ्चालनको पूर्ण अनुमती नलिएका तथा अवैध रुपमा सञ्चालनमा आएका कतिपय संघ÷संस्थाले जथाभावी विज्ञापन गरी उपभोक्ताहरुको चरम शोषण गरिरहेका छन् ।
भाषा प्रशिक्षण सेवा उपलव्ध गराउने संस्थाले सामान्य लेखपढ गर्न नजान्ने व्यक्तिलाई कसरी पन्ध्र दिनमा नै अंग्रेजी भाषामा दक्ष (खरर) पार्न सक्छ ? कुन जादुको छडीले कुनै पनि किसिमको रोग अथवा शारिरिक एवम् मानसिक दुर्वलता सात दिनमा नै निमूर्ल पार्न सक्छ ? कुलतमा फसेको कुनै पनि व्यक्तिले हप्ता दिनको अवधिमा दुव्र्यसनीबाट कसरी छुटकारा पाउँछ ? त्यस्ता विज्ञापनको सान्दर्भीकता र विश्वसनियताको आधार के ? ती संघ/संस्थाहरुले त्यस्तो प्रचारबाजी गर्ने र जनमानसमा भ्रम फैलाउने अधिकार कहाँबाट पाए ? कसले दियो ? त्यस्ता प्रकृतिका विज्ञापन सिधा प्रकाशन गर्ने वा प्रचार गर्ने अनुमती सञ्चारमाध्यमहरुसँग छ की छैन ? यस तर्फ सम्बन्धित निकाय गम्भिर बन्नै पर्दछ ।
उपभोक्ता संरक्षण ऐन २०५४ को दफा १० को खण्ड (ग र घ ) मा कुनै पनि निम्नस्तरको उपभोग्य वस्तु वा सेवालाई उच्चस्तरको उपभोग्य वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री वितरण गर्न नपाईने व्यवस्था गरेको छ साथै कुनै उपभोग्य वस्तु वा सेवाको झुट्टा वा भ्रामात्मक प्रचार प्रसार वा विज्ञापन गर्ने किसिमले अनुचित व्यापारिक क्रियाकलाप गर्न पनि नपाईने भनेको छ तथा दफा १० को खण्ड (ग) र (घ) विपरीत काम कारबाही गर्ने गराउनेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्थाको स्पष्ट रुपमा व्याख्या गरेको छ तर नियम कानूनको यसप्रकारको व्यवस्थाको खिल्लि उडाँउदै जनमानसको प्रत्यक्ष जीवनसँग जोडिएका कतिपय बिषयहरुलाई जोडेर अतिरञ्जित तवरबाट विज्ञापन गर्ने झन् बढेको अवस्था छ ।
जनमानसको स्वास्थ्यसँग जोडिएका कतिपय रोगहरुको निदान गर्ने अचूक उपचार पद्धती भएको बताउने ती संस्थाले सम्बन्धित निकायबाट सेवा सञ्चालनको अनुमती पाएका छन् ? तिनका सेवाको प्रभाकारीताको भरपर्दो अनुगमन सम्बन्धित निकायले गरेको छ ? यी आदि कुरामा उपभोक्ता सचेत बन्नै पर्दछ । रोजगार प्रदान गर्ने भनी पत्रिकामा विज्ञापन छाप्ने अमुक संस्थाहरुले आधारभुत शैक्षिक योग्यता नभएका वेरोजगार युवायुवतीहरुलाई कसरी मासिक रुपमा दश देखि पन्ध्र हजारको जागिर दिलाउन सक्छन् ? यस्ता यावत हिसावले अनर्गल र अवाञ्छित प्रचारशैली मार्फत आकर्षण र रङ्गिचङ्गि विज्ञापनको बलमा सोझा सादा जनतालाई छक्याउने, झुक्याउने र चरम आर्थीक शोषण गर्ने तथा वेरोजगार युवयुवतीलाई आवेदन फारम भराई जागिर लगाईदिने भन्दै दिनहुँ दैनिक पत्रिकामा विज्ञापन गर्नेहरुलाई कसले कारवाही गर्ने ? अवैध रुपमा सञ्चालनमा आएका तथा अतिरञ्जित विज्ञापनको आडमा मोटो रकम अशुल्ने र जनमानसको समस्यालाई ‘क्यास’ गर्न पल्किएकाहरुको नियन्त्रण र कानूनको प्रभावकारी परिपालनका लागि सरकारी उदासिनताको अन्त्य हुन जरुरी छ ।
तोकिएको दरभाउ भुक्तानी गर्दैमा जस्तोसुकै विज्ञापन प्रकाशन तथा प्रशारण गर्ने र मानिसको जीवनस्वाथ्यसँग खेलवाड गर्ने, जागिर लगाईने वहानामा वेरोजगार युवायुवतीलाई प्रलोभमा पार्ने, अंग्रेजी भाषामा पोख्त पारिदिने नाममा अनर्गल प्रचार गर्दै रकम कुम्ल्याउन पल्किएका ‘गिरोह’को गतिविधिलाई मिडिया प्रचारबाजी मार्फत वैधता दिनुहुँदैन । सत्य, तथ्य र प्रभावकारी सेवा विस्तारको लागि तथा व्यवसायीक गतिविधिको विकासका लागि प्रभावकारी सूचना सम्प्रेषण गर्ने आधुनिक माध्यम विज्ञापनलाई बनाउनु पर्दछ । उपभोक्ता पनि रङ्गिचङ्गि विज्ञापनको पछाडी नकुदि कुनै पनि सेवाको स्तरीय तथा प्रभावकारी सेवा प्रभोग गर्ने र सेवाग्राही चनाखो हुनुपर्ने वेला आएको छ । अत: सदैव सचेत बनौँ । झिलिमिली विज्ञापनका पछाडी नकुदौँ ।

No comments:
Post a Comment