Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

जेष्ठ नागरीकहरुको सम्मान गरौँ ।



By  Unknown     7:07 PM    Labels: 
–रामनाथ खनाल

समाजका दर्पण, जिँउदो इतिहास जेष्ठ नागरिकहरु आज उपेक्षाको पात्र बन्न थालेका छन् । उनीहरुको अवस्था दिन प्रतिदिन बिग्रीएको छ । जेष्ठ नागरिकहरु  परिवारको हेलाँ हाँसोको पात्र बन्ने गरेका छन् । “मान्छे बुढो भए पछी निहुँ खोज्छ” भन्ने आहान जोड्दै अधिकाङ्श बलियावाङ्गा र तन्नेर /तन्नेरीहरुबाट सामाजिकरुपमा नै बृद्धबृद्धाहरु दपेटिएका छन् । शारिरिक अवस्था कमजोर भएपछि मानशिक हिसावले पनि मान्छे अशक्त बन्दछ । बृद्धअवस्थामा उनीहरुलाई उपयुक्त आहार तथा पर्याप्त स्याहार सुसार र उचित भरथेगको जरुरत पर्दछ । उनीहरुको पोषण, खानपान तथा आहार व्याहारमा परिवारका सदस्यहरुले बिशेष ध्यान पु¥याउनु पर्दछ  तर आजको जस्तो व्यस्त परिवेश र क्रमशः एक्लिँदै गएको समाजमा  उमेरले साठी÷सत्तरी कटेका बृद्धबृद्धाहरुको स्याहार सुसार झन्झटीलो तथा टाउको दुखाईको बिषय बन्न थालेको छ ।

हिजोको जस्तो समाज र पारिवारीक संरचना छैन आज । श्रीमान्हरु बाहिरको कामकाज हेर्ने । कमाउने । श्रीमतीहरुले घरको रेखदेख गर्ने । बालबच्चाको, बृद्धबृद्धाहरुको स्याहार सुसार गर्ने । त्यस्तो परम्परामा मात्र आजको समाज अडिएको छैन । छोराछोरीलाई बोर्डस गर्ने या ‘केयरसेन्टर’ मा पठाउने र श्रीमान् श्रीमती दुवै कामकाजमा खटिने अवस्था छ जसबाट ती परिवारका बृद्धबृद्धाहरु एक्लो हुने गरेका छन् । यसले गर्दा बृद्धबृद्धाहरु मानसिक हिसावले  विक्षिप्त बन्ने गर्दछन् । कोही दिन कटाउन मठ मन्दिरमा हरेराम गाउँन पुग्छन् त कति नजिकका चियापसल तथा चौतारीमा गफिन जान्छन् । मन मिल्ने भेटिए भने न हो भालाकुसारी गर्ने नत्र कसले सुनिदिन्छ र तिनिहरुको व्यथा । अधबैँशेले पाए भने हँस्सिमजाकको पात्र बनाउँछन् । निकै पीडादायी र कष्टकर बन्दैछ समाजमा बृद्धबृदाहरुको जीवन ।

जीवनको उत्तराद्र्धमा परिवारबाट लखेटिएर कतिपय बृद्धबृद्धाहरु बृद्धाश्रमको कुनामा थन्किन पुगेको छन्, कति सहरको चिसा छिँडीमा ओत  लागिरहेका छन्, कति मन्दिरको पेटीमा नै रात कटाउन बाध्य छन् त कति गल्लि चहार्दै बाँकी जीवन फटाउँदै छन् । आफ्नो भरिलो बैँस खर्चिएर ठूला बनाएकाहरु तथा आफ्नो लाम्टो चुसाएर एवम् दशधारा दुध खुवाएर ‘खुट्टा लगाएका’ आफ्ना सन्ततीहरुबाट नै अपहेलीत भएर बाँच्नुपर्दा, आफैँले बनाएको घर बिरानो ठानेर पोका पन्तुरा बोकेर निस्कनु पर्दा र बृद्धाश्रम, सडक पेटी, मन्दिर छेउछाऊमा शरण तथा आश्रय लिनुपर्दा ती बृद्ध आमाबावुको मन कति कुँडिदो हो । तर आमाबावुका आँखाबाट चुहिएका आशुँ बागमतीमा बगेको पानी बराबर छ तीनका सन्ततीहरुलाई । ‘कुमालेको चक्रसरी’ घुम्छ परिवेश, ‘कहिले सासुको पालो कहिले बुहारीको पालो’ समय सवैको आउँछ एकदिन घुमेर ।

आफ्ना बावुआमालाई बृद्धाश्रममा थन्क्याउनेहरुलाई भोली तिनका छोरानातीले ‘सिङ्हासन’मा बसाउँदैनन् पक्कै । असल संस्कार सिकाउनुपर्ने बावुआमाबाट बृद्धबृद्धाहरुप्रति गरिएको त्यस्तो व्यवहार नियालेका र नजिकबाट सिकेका छोराछोरीले भविष्यमा आफुलाई के गर्लान्  भन्ने चिन्ता हुनुपर्ने हो तर तरिभर पनि सुर्ता देखिँदैन तीनका अनुहारहरुमा ।

समय सदैव एकनास हुँदैन । रहँदैन । समय क्रमसँगै सवै मान्छे एक दिन बृद्ध हुन्छ । बुढो हुन्छ । यो प्राकृतिक सत्य कुरा हो ।  हाम्रो सामाजिक परिवेशमा बृद्धअवस्था भएपछी सन्तान सुखको चाहना सवैमा हुन्छ । भविष्यमा आफुलाई पाल्लान्, स्याहार÷सुसार गर्लान, बुढेशकालमा लेक्ने लठ्ठि र समाउने हाँगो तथा ओत लाग्ने छहारी बन्लान् भनेर सबै आमाबावुले छोराछोरीको निम्ति मरिमेट्ने गर्दछन्  तर कतिपय छोराछोरीले आमाबुवाको मर्म नबुझिदिँदा र आफ्नो कर्तव्यबोध नगरिदिँदा  समाजमा यस्ता घटनाहरु दिन प्रतिदिन बढ्न थालेको हामीले पाउँछौँ ।

राज्यले पनि बृद्धबृद्धाहरुको उचित सम्मान, पालन तथा भरणपोषणको व्यवस्था मिलाउन सकेको छैन । जेष्ठ नागरीकहरुको सेवा सुविधाका लागि राज्यको पर्याप्त दृष्टि पुगेको देखिँदैन । सामाजिक सुरक्षाका नाममा बृद्धबृद्धाहरुलाई मासिक पाँच सय थमाएर मात्र राज्यको कर्तव्य पुरा भएको ठहरिँदैन । बृद्धभत्ताको नाममा छुट्टिएको त्यो रकम पनि सवै बृद्धबृद्धाहरुले सहज तरिकाले पाउन सकेका छैनन् । सबै जेष्ठ नागरिकहरुको पहुँच गा.वि.स÷वडासम्म नहुन सक्छ, त्यसमाथि विभिन्न उल्झन र बाधाव्यवधानहरु खडा गरेर बृद्धबृद्धाहरुलाई उक्त रकम लिन पनि अप्ठ्यारो भैराखेको अवस्था छ । बृद्धभत्ता स्वरुप प्रदान गरिँदै आएको त्यो रकम पनि पर्याप्त छैन । यसमा समयसापेक्ष बृद्धि गरि स्थानिय तहमा बृद्धबृद्धाहरुको घरमा सम्म नै  पु¥याउने व्यवस्था हुनु जरुरी छ ।

बृद्धबृद्धाहरुले पाउनुपर्ने रकम पनि परिवारका सदस्यहरुले आफुखुसी खर्च गरिदिने गरेको पाईएको छ । कयौँ गा.वि.मा सचिवहरुले बृद्धभत्ता रुवरुप केन्द्रबाट विनियोजन भएको रकम हिनामिना गरेको, मृत्यु भईसकेका बृद्धबृद्धाहरुको नाममा जम्मा हुने रकम रोक्का नगरेको निकाशा भएको रकम पनि सचिवहरुले दुरुपयोग गर्ने गरेको कुराहरु बाहिर आईरहेका छन् । त्यसैले बृद्धबृद्धाहरुको मृत्युदर्ता अद्यावधिक गर्ने गराउने र उनीहरुले पाउने रकम समयमा नै सहज तरिकाले  उपलव्ध हुनु जरुरी छ ।

बृद्धबृद्धाहरुको हेरचाह, स्याहार÷सुसार छोराछोरीको पहिलो कर्तव्य हो त्यसैले सवैले आफ्नो समाजिक उत्तरदायित्वको पालना गर्नुपर्दछ । छोराछोरीहुनुको कर्तव्य पुरा गरौँ । बृद्धाबृद्धा हुनु अपराध होईन यो एक प्राकृतिक तथा नियमित अवस्था हो । बृद्धबृद्धाहरुको स्वास्थ्य, खानपान तथा भरण पोषणमा विशेष ध्यान पु¥याउने, उनिहरुलाई एक्लो महसुस हुन नदिने, उनिहरुको सल्लाह, सुझाव ग्रहण गर्ने, बृद्धबृद्धबाट परामर्श लिने संस्कारको निरन्तरता दिनु आजको सन्दर्भमा उपयुक्त हुन्छ । राज्यले पनि बृद्धाश्रममा थन्किएका, सडक किनारमा आश्रय लिएका दुःखी जीवन बाँचेकाहरुलाई उद्धार गर्ने तथा स्याहार/सुुसारमा विशेष ध्यान पु¥याउनु पर्दछ तथा बृद्धबृद्धाहरुको अपमानलाई सामाजिक अपराध ठहर गर्दै कानुनी कारवाहीको विषय बनाउने र प्रभावकारी कार्यान्वयन गर्दै उपयुक्त समाज व्यवस्था निर्माण तथा समाजिक सुरक्षामा विशेष निगरानी गर्नु पर्ने बेला आएको छ  अन्यथा समाजमा बृद्धबृद्धाहरुले अझै नारकीय जीवन विताउन बाध्य हुनुपर्ने छ र बृद्धबृद्धाहरुको आशुँले देशलाई पिरोल्ने छ ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment