Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

आधुनिक शिक्षामा समेटिनु पर्ने कुराहरु:



By  Unknown     7:15 PM    Labels: 
–रामनाथ खनाल

शिक्षा ज्ञानको ज्योति हो आधुनिक युगमा शिक्षा विनाको मानव जीवनको सार्थक बन्न सक्दैन । अर्थपूर्ण ज्ञान नै शिक्षाको आधुनिक रुप हो ।
शिक्षा निरन्तरको अध्ययन पश्चात ज्ञान प्राप्त गर्ने अर्थात् विद्योपार्जन अवस्था हो । शिक्षाले मानिसको रुचि, योग्यता, क्षमता, सामाजिक, साँस्कृतिक, धार्मिक विवेक तथा मूल्य र मान्यतालाई ध्यानमा राख्दै मानवीय चाहना अनरुपको स्वतन्त्रता प्रदान गरी मानवको सर्वपक्षिय  विकास गराउन मद्यत पुर्याउँद छ ।  शिक्षाले मानवीय कृयाकलाप, सोच्न सक्ने क्षमता  सद्बुद्धि र विवेक प्रदान गर्ने गर्दछ ।  नेपालको प्राचीन गुरुकुल शिक्षा पद्धतिले हामीलाई प्राकृतिक वातावरणमा सामाजिकिरण का साथै  सबैको सम्पर्कमा बस्न सहयोग गर्दथ्यो । त्यसै कारणले गर्दा  हाम्रो तत्कालीन परिवेश, परिस्थिति, रहनसहन  नेपाली संस्कार, सामाजिक मूल्य मान्यता र संस्कार आदिलाई  राम्ररी अध्ययन गर्ने, बुझ्ने र तदनुरुप व्यहार गर्न सहयोगी भूमिका निर्वाह गर्दथ्यो तर नेपालको आधुनिक शिक्षा व्यवस्था र  प्रणालीले हामीलाई चाहेअनुरुपको सामाजिकिकरणको प्रकृयामा डोहोर्याउन आफुलाई अवश्यक पर्ने पर्याप्त ज्ञान, शिप र धारणको विकास गराउने तथा जीवनमा आफुलाई आईपर्ने अप्ठ्यारा परिस्थितीसँग जुध्न सक्ने जिवनोपयोगी शिपको समय सापेक्ष विकास गराउन सकेको छैन । यो शिक्षाले हामीलाई कसरी धनि बन्न सकिन्छ भन्ने कुराको धारणा विकास गराएको पाईन्छ तर पनि श्रमको उचित सम्मान र मूल्य भुक्तान गर्न सक्ने बनाएको छैन अर्थात् आधुनिक शिक्षा जीविका चलाउने अथवा जिवीकोपार्जनको निमित्त     साधन मात्र बनेको छ ।

 आधुनिक शिक्षामा जीवनोपयोगी शिपको व्यवहारीक रुप, उपयुक्त नीति र संस्कार मेल, सामाजिक मूल्य मान्यताको विधि र प्रकृयाको मिश्रण हुनु जरुरी  छ  तर आधुनिक शिक्षा प्रणाली यथार्थ र व्यावहारिक ज्ञानबाट दिन प्रतिदिन टाढिंदै गएको छ । शिक्षा दिनानु दिन भुत्त, अव्यवहारी, सामाजिकिरणको प्रकृयाबाट विमुख तथा कसरी धन सम्पत्ति आर्जन गर्ने र समाजमा प्रतिष्ठा कायम गर्ने भन्ने मान्यताबाट जवरजस्त ढंगले अगाडी बढेको पाईन्छ । आधुनिक शिक्षा प्रणालीले मानिसलाई  स्वनिर्भर त बनाएको छ तर आफ्ना कृयाकलाप मार्फत प्रकृतिमा पुग्न गएको क्षती, आफ्नो अधिकारको वकालत गर्दै गर्दा या उपयोग गर्दा अर्कालाई पुग्न गएको असहजता, बाधा अड्चन आदिको सामान्य चेतनाबाट विमुख बनाएको छ । आधुनिक शिक्षा आर्जन गरेका व्यक्तिहरुका आँखाहरु सम्वेदना सून्य भएका छन् । आजको आधुनिक शिक्षा ग्रहण गरेका मानिशहरुले न संवेगलाई नियन्त्रण गर्न सकेका छन् न त  रोगहरु माथि सर्वविजय नै प्राप्त गर्न सफल भएका छन् बरु आफुलाई रोगको कारणको रुपमा नै अगाडी बढाएका छन् ।

आजको शिक्षाले मानवीय चरित्रको पनि उपेक्षा गरेको छ । मानवको सर्वोपरि चिज भनेको उसको चरित्र हो चरित्रवान् मानिसले मात्र समाजमा प्रतिष्ठा आर्जन गर्न सक्छ र उँचो शिर राखेर हिड्न सक्छ तर आजको शिक्षाले मानवीय चरित्रको पनि उपयुक्त विकास गर्न सकेको छैन ।

नेपालको शिक्षा विकासको आदिकालमा  गुरु, शिश्य अथवा चेला बीचको जुन प्रकारको सम्बन्ध थियो त्यो सम्बन्ध आजको शिक्षक विद्यार्थीमा पाईदैन अथवा शिक्षा उपार्जन गर्न तथा ज्ञानको दायरा फराकीलो पार्न शिक्षक विद्यार्थीबीचको सम्बन्ध क कस्तो हुनुपर्दछ भन्ने कुरालाई आजको शिक्षा तथा सिकाईको प्रकृयाले सम्बोधन गर्न सकेको छैन यस कारणले गर्दा आज शिक्षक विद्यार्थीका नै नकरात्मक कुराहरु बाहिर आएका छन् । नेपाली समाजमा गुरु तथा गुरुआमालाई दोश्रो पिता माता सरह मान्ने प्रचलन भएता पनि आजको शिक्षक विद्यार्थीको सम्बन्ध नेपाली समाजको परम्परागत मूल्य मान्यता अनुरुप रहन सकेको छैन ।

शिक्षकले पढाउने तथा विद्यार्थीले ग्रहण गर्ने आजको शिक्षामा नैतिक विषय कमजोर बन्दै गएपछि यो शिक्षाको व्यवहारिक पक्ष फितलो बन्न गएको हो । समाजमा घट्ने विभिन्न घटनाहरु, महिला माथि हुने गरेका थिचोमिचो, अन्याय अत्याचार, शोषणका विभिन्न रुपहरु, सामाजिक विभेदहरु, बलत्कार, हत्या हिंसा, भ्रष्टाचार लगायत समाजका अपराधजन्य गतिविधि न्यूनिकरणको लागि शिक्षा नै प्रभावकारी माध्यम हो तर हाम्रो शिक्षा पद्धतीले यस प्रकारको सामाजिक विकृति विसंगती र अपराध रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।

घर, विद्यार्थीको पहिलो पाठशाला हो । घरायसी वातावरण उपयुक्त भयो भने विद्यार्थीको सिकाई प्रभावकारी बन्दछ । विद्यार्थीको उपयुक्त चरित्र निर्माणका लागि राम्रो पारिवारिक संस्कार हुनु जरुरी छ तर हाम्रो सामाजिक मान्यतामा धनलाई प्रमुख बिषय ठानेका कारण समाजमा भ्रष्टाचार तथा अनियमितता बढेको तथा त्यसको प्रत्यक्ष प्रभाव अन्यत्र क्षेत्रमा पनि पर्न गएको छ । शिक्षाले समेट्नु पर्ने नैतिकता, आदर्श, कर्तव्यपरायणता आदिबाट सिकारुलाई विमुख बनाउँदै शिक्षा प्राप्तिको अधिकतम लक्ष्य भनेको अर्थोपार्जन नै हो भन्ने धारण विकास गराएको  छ । विद्यार्थीहरुको चरित्र निर्माणका लागि शिक्षा सिकाईका अतिरिक्त विभिन्न रचानात्मक र सिर्जनात्मक कुरामा पनि क्रियाशील गराउनु पर्ने हुन्छ तर आजको शिक्षा सिकाईको प्रकृयामा पाठ्यबस्तुलाई जवरजस्त घोकाउने रटाउने तथा पाठ्यक्रममा निर्देशित कुराहरुलाई मात्र समावेश गरेर पढाउने परिपाटी गर्दा विद्यार्थीको शिर्जनशीलतामा क्रमशः ह्रास आउन थालेको छ जसका कारणले गर्दा आजको शिक्षा बेरोजगार उत्पादन गर्ने आधुनिक कारकाखाना बन्न गएको छ ।

शिक्षकहरुमा पनि शिक्षा सिकाईको व्यवहारीक ज्ञान र शिपको अभाव हुँदा उनिहरुको सिकाउने तरिका पनि भुत्ते  भएको छ । उनीहरुले विद्यार्थीहरुलाई आवश्यक ज्ञान, शिप र धारणाको विकास गराउन पनि सकेका छैनन् परिमाणत: विद्यार्थीको सर्टिफिकेटमा अपेक्षीत नम्वर त आएको देखिन्छ तर उनीहरुको दैनिक व्यवहारमा आउनुपर्ने परिवर्तन  आएको पाईदैन र उनीहरुको सिर्जनशीलतामा पनि कुनै किसिमको विकास भएको देखिँदैन ।

यो शिक्षाले परिक्षामा अपेक्षा अनुसारको सफलता व्यहोर्न नसके आत्महत्या गर्न उन्मुख हुने विद्यार्थीहरुलाई असफल हुँदैमा निरास नहुने कुनै  किसिमको पृष्ठपोषण गर्न सकेको पाईंदैन । शिक्षा प्राप्त गरेको व्यक्तिमा हुनुपर्ने नम्रता, शिष्टता, मानवीय मूल्यको जानकारी, समभाव,  विवेकशील, आदर्शवान् चरित्रको पर्याप्त विकास गराउन सकेको छैन । महिलालाई सम्मान गर्ने, आमा वुवा, गुरु, मान्यजनको आदर गर्ने, आफु भन्दा सानाहरु, गरिव, रोगी आपत विपतमा परेकाहरु माथि माया, सद्भाव, समभाव दर्शाउने, उनीहरुलाई सहयोग गर्ने आदि शिप र क्षमताको पनि विकास गराउन सकेको छैन ।

 आजको शिक्षामा अनुशासन,  निष्ठा र इमान्दारिताको खाँचो छ । समुह शिपको अभाव छ । समाज दिन प्रतिदिन एक्लिँदै छ । समाजमा धनको महत्व बढेर गएको छ । मानवीय मूल्य घटेर गएको छ ।  एक अर्काबीचको आपसी समभाव, समझदारी र सम्मानको खाँचो छ । उपयुक्त चरित्र निर्माणको  आवश्यकता छ ।  आज प्रभावकारी ज्ञान र शिपको खोजि शिक्षामा गरिनु अत्यावश्यक छ । आफ्नो स्वतन्त्रताको उपयोगको नाममा अर्काको अधिकार हनन् गर्ने कुराको अन्त्य हुनु आवश्यक छ । , आफ्नो समस्या आफैं समाधान गर्न र संवेगको नियन्त्रण कायम गर्न, जीवनमा आईपर्ने समस्या समाधानको प्रभावकारी शिपको विकास गराउनका लागि उपयुक्त शिक्षा तथा शिक्षण सिकाई क्रियाकलाप हुनु जरुरी छ तथा शिक्षाको राष्ट्रिय उद्देश्य तय गर्दा निम्न कुरामा ध्यान पुर्याउन जरुरी छ ।    

शिक्षा आधुनिक युगमा राज्यको प्राथमिक दायित्व भित्र पर्दछ । नागरीक लाई शिक्षित गराउने नाममा राज्यले शिक्षालयको स्थापना गर्दैमा, शिक्षकहरु नियुक्ति गर्ने र विद्यार्थीलाई पढ्ने वातावरण तय गर्दैमा राज्यको कर्तव्य पुरा हुँदैन । विद्यार्थीले अपेक्षीत नतीजा हासिल गरेर कुनै शैक्षिक तह पार गर्दैमा सिकाईको उपलव्धि मापन गर्न सकिँदैन । शिक्षा सिकाईको उपलव्धि त्यहाँ मापन हुन्छ जहाँ समाज विकासका लागि शिक्षाले प्रभावकारी भूमिका निर्वाह गरेको हुनुपर्दछ । सामाजिक विभेदको अन्त्य भएको हुनुपर्दछ । सामाजिक मूल्य, मान्यता अनुरुपको उपयुक्त संस्कारको निर्माण भएको हुनुपर्दछ । विद्यार्थीहरु स्वरोजगार बनेकोे हुनुपर्दछ । शिपको विकास भएको होस् श्रमको सम्मान भएको हुनुपर्दछ  । सामाजिक विकृति विसंगती तथा अन्याय अत्याचार र भ्रष्टाचारको निर्मुल भएको हुनुपर्दछ । यी आदि कुराका लागि शिक्षाको व्यवहारीक पक्षमा जोड दिनु पर्दछ । अन्यथा शिक्षा सिकाईको औपचारीकता मात्र हुनेछ । समाज जहाँको तहीँ । http://www.nepalpati.com/modern-education-should-include#sthash.LVcTiMgj.LBjkhJYJ.gbpl

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment