-रामनाथ खनाल
तपाइले ‘साटोप्रथा’ को बारेमा सुन्नु भएको छ ? सुन्नु भएको छैन, अनभिज्ञ हुनुहुन्छ या दन्त्य कथा झैँ तपाईका बुवा हजुरबुवाले यस प्रथाको बारेमा तपाईलाई सुनाउनु भएको थियो भने तपाइको हजुरबुवाको समयको बिहावारी गर्ने लोक प्रचलनको अव तपाईको समयमा त भन्न सकिँदैन तर नाति पुस्तामा पुग्दा नपुग्दै पुनरावृत्ति हुने भएको छ । नेपालको ग्रामीण भेगमा आज भन्दा करिव ७०–८० बर्ष अगाडी ‘साटोप्रथा’ प्रचलनमा थियो । समाजमा छोरीहरुको सङ्ख्या न्यून भएर छोराको विहावारी चलाउन समस्या भए पछि आफ्नो छोराको विहे गर्दा साटो रुवरुप केटी पक्षलाई केटा पक्षबाट साटो दिनु पर्ने र उक्त साटो स्विकृत भए पछाडी मात्र विहेवारी हुने तथा आफ्नो तर्फबाट ‘छोरीचेली’ साटो दिन नसक्ने भएमा छोराको विहावारी नै नहुने अवस्था नेपाली समाजबाट हटेको धेरै समय भएको छैन ।
लिङ्ग पहिचान गरी आमाको गर्भमा छोरी देखिएपछी ‘भ्रुणहत्या’ (एर्भोसन) गर्ने प्रचलन नेपाली समाजमा आक्रामक ढङ्गले देखिए पछि आगामी दिनमा नेपाली समाजमा छोरीको अभाव खड्कीएर विहावारी गर्न समेत असहज हुने र पुरातन ‘साटोप्रथा’ को पुनरागमन हुन सक्छ ।
विश्वव्यापीरुपमा नै केटाको तुलनामा केटीको जन्मने सङ्ख्या दर अली बढी हुन्छ । नेपालको कुल जनसंख्या मध्ये केही बढि प्रतिशत संख्या महिलाको नै रहेको छ भने हालका दिनमा पनि छोरी जन्मनेको संख्या नै बढि रहेको पाईन्छ । नेपाली समाजमा छोरीलाई विहावारी गरेर अर्काको घरमा पठाउनु पर्ने तथा छोराले घर व्यवहार सम्हाल्ने, कुल धान्ने र परपम्परा जोगाउने मान्यता, संस्कारका रुपमा विकसित भएको र घरायसी जिम्वेवारीमा पनि लोग्नेमान्छे कै भूमिका महत्वपूर्ण ठानिने हुँदा ‘छोरा नै जन्मियोस्’ भन्ने चाहना अत्यधिक रहेको पाईन्छ ।
पुरातन समयमा छोरा र छोरीलाई जन्मिए पछाडी गर्ने व्यवहारमा नै भिन्नता हुने कारण तथा नवजात शिशु हेरचाहमा छोरालाई विशेष महत्व दिने र छोरीलाई कम महत्व दिने गर्दा शिशु मृत्युदर मध्ये छोरीको मृत्यु हुने सङ्ख्या अधिक रहने गर्दथ्यो जसका कारणले गर्दा छोराको सङ्ख्या बढ्न गएको थियो । हाल आएर सन्तान जन्माउने दम्पतिमा जवरजस्त रुपमा छोराको चाहना अधिक रहने कारण गर्भाधारण गरेको केहि हप्तामा ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्स रे) मार्फत छोरा या छोरीको लिङ्ग पहिचान गर्ने र गर्भमा छोरी भएको पाएमा तुरुन्त ‘भ्रुणहत्या’ (एभोर्सन) गर्ने प्रवृत्ति बढेका कारण शहरी क्षेत्रमा छोरी जन्मने संख्या पछिल्लो केही बर्ष यता अत्यन्त न्यून रहेको पाईएको छ ।
उच्चतम प्रविधिको विकाससँगै स्वाथ्य क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि र प्रविकिो नविनतम उपयोग मार्फत आजभाली मानिशहरु आफुलाई सामान्य विवेकबाट समेत च्यूत गराउँन थालेका छन् । विवाहिता दम्पतिको सन्तान चाहना प्राकृतिक कुरा हो । जैविक प्रकृया मार्फत सन्तान उत्पादन हुनेहुँदा गर्भमा रहेको भ्रुण सकुशल जन्मन पाउनु प्राकृतिक अधिकार भित्र नै पदर्छ । अवाञ्छित रुपमा करकापमा परेर, करणी वा जवरजस्त बलत्कारमा परी गर्भरहन गएमा, भ्रुण विकलाङ् भएको पाइएमा र असामान्य अवस्था भएमा तथा उक्त भ्रुणबाट आमाको स्वास्थ्यमा प्रतिकुल अवस्था पर्न जाने भएमा चिकित्सकको सल्लाह अथवा सिफारिसमा १२ हप्ता सम्मको भ्रुण तुहाउन अथवा गर्भपतन गर्न सकिने कानूनी प्रावधान छ तर बग्रेल्ती खुलेका, कतिपय अवस्थामा सामान्य दर्ता बाहेक अन्य सुरक्षित गर्भपतन सम्बन्धि सामान्य प्रकृया समेत पुरा नगरेका संस्था एवम् स्वास्थ्य विभागले जथाभावी रुपमा गर्भपतन गर्ने अनुमती प्रदान गर्दा अधिकाङ्श मानिशहरुले लिङ्ग पहिचान गरी ‘भ्रुणहत्या’ गर्ने तथा परिवार नियोजनको उपयोगी साधनको रुपमा नै ‘गर्भपतन’लाई लिने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
नेपालमा ‘गर्भपतन’, भ्रुणहत्या लाई कानुनले पनि बर्जित गरेको तथा समाजिक रुपमा गम्भिर अपराधको रुपमा हेरीने भएता पनि यो भयावह र डरलाग्दो हिसावले नै अगाडी आएको छ जसका कारणबाट छोरीले प्राकृतिक रुपमा जन्मन नपाउने एवम् छोरी भएकै कारणल गर्दा धर्तिमा पाईला टेक्नबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ ।
सामान्य विवेकको दायरामा आफुलाई सन्तुलित गराउने हो भने छोरा जन्माउन पनि महिलाको नै आवश्यकता पर्दछ तथा त्यही छोरी पछि महिला बन्दछीन् र सृष्टि प्रकृयाले निरन्तरता पाउँछ यसरी सृष्टि, सभ्यता र संस्कारसँग जोडिएको नारीशक्तिलाई हेयभावले हेर्नु कदापि न्यायोचित हुन सक्दैन । छोरीको सकुशल र सुरक्षित हिसावले जन्मन पाउने नैसर्गिक अधिकारलाई कुण्ठित तुल्याउने र लिङ्ग पहिचानका आधारमा करकाप र बलमिच्याँईले आमालाई मञ्जुर गराई छोरीको ‘भ्रुणहत्या’ गराउन जो कसैलाई छुट छैन । यस्तो कानूनी तथा गम्भिर सामाजिक अपराध रोक्न र उक्त अपराध गर्नेहरुलाई कानूनी कठघरामा उभ्याई कडा भन्दा कडा सजाय दिलाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । गैरकानूनी ढङ्ले सञ्चालनमा आएका तथा सेवा सञ्चालनको न्यूनतम मापदण्ड पुरा नगरेका एवम् कानुनको बरखिलाप र मातृस्वास्थ्यको प्रतिकुल हुने गरी गर्भपतन जस्तो गम्भिर प्रकृतिको विषयलाई गर्भ नियन्त्रणको साधनको रुपमा अवलम्वन गर्ने कुराको अन्त्यका लागि सरोकारवालाहरुले बेलैमा ध्यान पुर्याउनु पर्ने भएको छ ।
आफ्नो गर्भमा आएको सन्तानलाई सुरिक्षत हिसावले जन्म दिन पाउनु आमाको प्राकृतिक अधिकारको बिषय हो । समाजमा छोराको कर्तव्य बढि महसुस गर्ने तथा आवश्यकता बोध गर्ने र छोरीलाई कम महत्व प्रदान गर्नु हुँदैन । आजको बदलिएको दुनियाँ र बदलिँदो परिवेशमा छोरा सरहन नै छोरीको भूमिका देख्नुपर्दछ भने प्राकृतिक हिसावले, सृष्टि सञ्चालनको निरन्तरताको लागि छोरीको जन्म अपरिहार्य छ । यो प्राकृतिक तथ्यलाई मध्यनजर गर्दै हामी आधुनिक युगका विकसित मानिश भन्न रुचाउनेहरुले बेलैमा बुद्धि पुर्याउनु पर्ने भएको छ । समाजमा छोराले गर्न नसकेका कार्यहरु छोरीले पुरा गरेका कयौँ दृष्टान्त छन् । सवै छोराले बाबुआमाप्रतिको कर्तव्य तथा दायित्वबोध गर्ने भए बृद्धाश्रममा कयौँ आमाबुवा नुनीलो आशुँ पिएर दिनरात काट्नु पर्ने थिएन । छोराले घरबाट लखेटेका आमाबाबुलाई छोरीले स्नेहपूर्वक स्याहार सम्हार गरेको र सम्हालेको घटना हाम्रो समाजमा प्रशस्त भेटिन्छ ।
हामीलाई समाज सञ्चालनका लागि श्रीमती चाहिने, स्नेह लालित्यका लागि आमा चाहिने, भाउजु, बुहारीको आवश्यकता महसुस हुने तर छोरी जन्मँदा किन नाक खुम्च्याउनु पर्ने ? ती सवै सामाजिक नाता सम्बन्धको जग त्यही ‘छोरी’ होईन र ? अतः आफ्नो विवेकलाई बन्धक नबनाऔँ । योग्य तथा उत्कृष्ट समाज निर्माणका लागि छोरा सरह नै छोरीको जन्मन पाउने प्राकृतिक अधिकार सुरक्षित गरौँ । छोरी बिनाको यो समाज रहन किमार्थ सम्भव छैन । सवै चेतनशील छौँ, छोरीलाई जन्मन दिऔँ ।http://www.onlinekhabar.com/2014/01/153691/?fb_action_ids=712899678729646&fb_action_types=og.likes&fb_source=other_multiline&action_object_map=[479760865463612]&action_type_map=[%22og.likes%22]&action_ref_map

No comments:
Post a Comment