–रामनाथ खनाल
विकास आधुनिक सभ्यताको जग हो । परिवर्तनको स्वभाविक श्रृङ्खला मार्फत गुणात्मक वृद्धि हासिल गर्दै मानिसको जीवनशैलीमा फेरवदल ल्याउनु विकासको स्वभाविक अर्थ हुन सक्दछ । नेपाल यही विकासको चरणबाट गुज्रिएको लामो समय भएको छ । विश्वभुमण्डलमा छाएको तिव्र रुपान्तरणको प्रकृयाबाट विश्वमानचित्रको सुक्ष्म खण्ड नेपाल निरपेक्ष रहन सक्दैन तर अन्य देशको तुलनामा हामी विकासको हिसावले निकै पछाडी पर्न बाध्य छौँ । अन्य देशले राजनीतिक क्रान्तिको चरण पार गरी आर्थिक बृद्धिको दिशामा गुणात्मक फड्को मारिसकेका छन् । हामी विगत सात दशक यता राज्यसत्ता र व्यवस्था परिवर्तनका खातिर परिवर्तन र रुपान्तरणका निमित्त भिमकाय संघर्ष र लडाईको विभिन्न चरण पार गर्दै आईरहेका छौँ । हाम्रै जीवनमा हामीले विभिन्न व्यवस्था व्यहोर्यौँ, राजनीतिक फेरवदल निम्त्यायौँ र हामीले तिव्र राजनीतिक परिवर्तनको श्रृङ्खलालाई हाम्रो जीवनसँग पनि जोड्यौँ तर विभिन्न कालखण्डमा हामीले ल्याएको राजनीतिक फेरवदल र व्यवस्था परिवर्तनलाई संस्थागत गर्नबाट पटक–पटक चुकी नै रह्यौँ ।
व्यवस्थाको फेरवदल पछाडी परिवर्तनलाई संस्थागन गर्ने र त्यही जगमा नागरीकको जीवनशैली परिवर्तन गर्ने र समृद्ध राष्ट्र निर्माण गर्न, आर्थिक, सामाजिक परिवर्तनको दिशामा लाग्नु पर्नेमा राजनीतिक स्थायीत्वका निम्ति नै निरन्तर संघर्ष गर्नुपर्ने बाध्यताबाट अविछिन्न रुपमा गुज्रनु पर्दा अनन्य श्रोत र साधन भएर पनि हामी पछौटेपनबाट बाँच्न विवश वन्नु परेको छ । राजनीतिक अस्थायीत्वले गर्दा राज्यका नियन्त्रणकारी निकायहरु तथा राज्य संयन्त्र कमजोर र फितलो बन्दै गयो परिमाणतः भ्रष्टाचार, अनियमितता र दण्डहिनताले प्रश्रय पाउँदै गयो र तिनमा बेला बखत देखा पर्ने राजनीतिक गन्ध र आरणहरुले नेपाललाई क्रमशः कमजोर बनाउँदै लग्यो । समाजमा वेतिथीका नयाँ रुपहरु देखा पर्न थाले । विकासका स्वभाविक सम्भावनाहरु पाखा लाग्न थाले र नागरीकको समृद्धीको सोचहरु दिवाश्वप्नमा परिणत हुन थाल्यो तथा व्यवस्था परिवर्तनको लक्ष्यका साथ सम्पन्न भएका संघर्ष पश्चात राजनीतिक स्थायीत्व कायम हुन नसक्दा मुलुक रुपान्तरणको नयाँ विहानीमा प्रवेश गर्नै पाएन ।
२००७ साल यताका परिवर्तनका थुप्रै श्रृङ्खलासँग सामाजिक, साँस्कृतिक, आर्थिक परिवर्तनलाई स्वभाविक ढंगले जोड्न नसक्दा नेपाली समाज तिव्र पछौटेपनबाट गुज्रनु पर्यो । विश्व बजारमा हामी बिक्न नसक्ने र अनुत्पादक परिस्थितीबाट बाँच्नु पर्यो । देशमा रोजगारीको शिर्जना हुन नसक्दा स्वदेशमा उत्पादीत ठूलो श्रमशक्ति या त वेरोजगार या त रोजगारको खोजीमा अन्यत्र मुलुक भौँतारीनु पर्ने अवस्था आयो यसले क्रमशः हामीलाई विश्वबजारमा आयातमुखी बनायो । अर्थतन्त्रलाई परनिर्भर बनाँउदै लग्यो । उत्पादनका साधनहरु गतिशील बन्न सकेनन् । राष्ट्रिय स्वाधिनता कमजोर बन्दै गयो । विभिन्न रुपमा बैदशिक हस्तक्षेप तिव्र बन्दै गयो । राष्ट्रिय एकता, हार्दिकता, जातिय सहिष्णुता र सामाजिक सद्भाव कमजोर बन्न थाल्यो । समग्रमा नागीकको जीवनमा समयानुकुल परिवर्तन आउन सकेन ।
विभिन्न वैदेशिक सहायता वा अनुदान मार्फत राष्ट्रिय स्वाधिनतासँग सौदाबाजी गर्दै विदेशपरस्त नीति र योजनासँगै अनेकौँ शक्ति केन्द्रको निर्देशन मुताविक चल्ने कृयाकलापले स्वाधिन राष्ट्र नेपाल अर्धऔपनिवेशको अवस्थाबाट गुज्रनु पर्यो । भौगोलिक जटिलताले समुन्द्र पार व्यापार तथा सामुद्रीक पारवहन सुविधा गुमाउनुले पनि तेश्रो मुलुकसँग व्यापारको हात बढाउन सकेन । निर्यातमूखि अर्थतन्त्रका उदयीमान दुई छिमेकी राष्ट्रसँगै आयातमा निर्भर रहनु पर्ने तथा भारतसँग मात्रै ९५ प्रतिशत व्यापारघाटा व्यहोर्नुले पनि नेपालको आर्थिक विकासको अवको यात्रा पिडादायक छ भन्ने बताउँदछ । स्वदेशमा उत्पादिक श्रम शक्तिको उपयोग गर्ने र उत्पादनका साधनहरुलाई गतिशील नतुल्याउने हो भने आर्थिक बजारको विश्व प्रतिष्पर्धामा हामी धेरै पछाडी पर्ने अवस्था आउँदछ । हाम्रा दुई छिमेकी राष्ट्रले आर्थिक विकासमा धेरै फड्को मारिसकेका छन् । उनीहरुसँग हाम्रो प्रतिष्पर्धा धिमा गतिले सम्भव छैन ।
हरेक पछौटेपनको दोष राजनीतिक अस्थिरतालाई दिएर व्यवस्था परिवर्तनका पक्षमा निरन्तर संघर्षको मार्ग तय गर्ने, राजनीतिक अस्थायीत्व निम्त्याउने, राजनीतिक गोलचक्करको धमिलो आवरणमा निहित स्वार्थ पुरा गर्न प्रयत्नशील रहने, राजनीतिक झिनाझप्टी, खिचातानी सत्ताको लुछाचुँडीमा र दाउपेचमा नै समय खेर फाल्ने हो भने यहाँको राजनीतिक दलहरु अयोग्य सावित हुनेछन् । नेपाल सँधै राजनीतिक गुम्राहमा रहन नसक्ने र कुटिल राजनीतिक भाषा र चालवाजीको पिछलग्गु यहाँका सचेत जनता बन्न सक्दैनन् र बैकल्पिक शक्तिको उदयको जग त्यही फोहोरी राजनीति बन्ने अवस्था आउन सक्छ । अतः अहिले सम्मको प्राप्त उपलव्धिलाई विधिसम्मत रक्षा गर्दै प्रकृयागत हिसावले निश्कर्षमा पुर्याउने, राजनीतिक स्थायीत्व दिने र आर्थिक विकासको मार्ग तय नगर्ने हो भने हामी निरन्तर पछौटेपनबाट अगाडी बढ्न बाध्य हुने अवस्था आउन सक्छ । बेलैमा सचेत बनौँ ।

No comments:
Post a Comment