Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

कलेजमा ‘डीआइ’ को हृयाङ कहिलेसम्म ?



By  Unknown     9:13 PM    Labels: 
–रामनाथ खनाल

राजधानीको जेभियर्स एकेडेमी लाजिम्पाटमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले डीआईको यातनाका कारण आत्महत्या गरे । चुरोट पिएको विषयमा डीआईले गेरैलाई कलेजबाट निकालिदिने धम्की दिएर अभिभाभक बोलाउन भनेपछि तनावमा उनले आत्महत्या गरेको सहपाठीको भनाइ छ । कलेजबाट घर गएका उनी राति झुण्डिएरको अवस्थामा फेला परेका थिए ।

वर्तमान शिक्षा विकासमा निजी शिक्षण संस्थाको भूमिका प्रति नजरअन्दाज गर्नु न्यायसङ्गत हुँदैन । नेपालको शिक्षा स्तर उन्नतीको सन्दर्भमा निजी शिक्षण संस्थाको योगदान अतुलनीय नै छ तर आफ्नो शिक्षण संस्थामा विद्यार्थी आकर्षण गर्ने नाममा निजी शिक्षालयले जुन रवैया अपनाईरहेका छन् यसले निजी शिक्षण संस्थाहरु विद्यार्थीको शैक्षिक भविष्य प्रति इमान्दार र बफादार छन् भन्न नसकिने अवस्था आएको छ । यसको ज्वलन्त उदाहरण हो निजी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुमा देखा पर्न थालेका विभिन्न नकारात्मक चालचलन र आनिवानीहरु ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु तह लगाउन चुल्ठे मुन्द्रे, टोले दादा र रेष्टुरेन्टका बाउन्सरहरुको सहारा लिनुपर्ने र तिनीहरुलाई डी. आइ (डिसिप्लिन् इन्चार्ज ) र सी. आइ (काउन्सेलिङ इन्चार्ज) को रुपमा भर्ती गर्नुपर्ने भएपछि विद्यालयमा अध्यापनरत शिक्षकहरुको भूमिकामाथि गम्भिर प्रश्नचिन्ह खडा भएको छ भने निजी शिक्षण संस्थाको शिक्षाको व्यवहारिक पक्षमाथि संसय उत्पन्न गराएको छ । आज देशका ठूला भनिएका तथा महङ्गा निजी शिक्षालयहरुका ढोकामा वाहुवली टोले दादा, मुन्द्रे, चुल्ठे र विभिन्न रेष्टुरेन्टका बाउन्सरहरु डी. आई र सी.आइका नाममा तैनाथ गरिएको छ । तिनका काम भनेको खराब आचरण र नियत भएका विद्यार्थीलाई तह लगाउने काम भएको स्वयम् शिक्षालय सञ्चालक बताउने गर्दछन् । शिक्षालयमा अध्यनार्थ आउने विद्यार्थीलाई आवश्यक ज्ञान र सीपको विकास गराउनु तथा सकरात्मक सोच, नैतिकवान् र आदर्शवान् बनाउने दायित्व पनि त्यहाँ अध्यापनरत अध्यापक एवम् शिक्षकहरुको नै हो । नकि पाठ्यपुस्तकको एकोहोरा रटान् मार्फत निर्देशित र अपेक्षित प्राप्ताङ्क हासिल गर्नु मात्र ।

विद्यार्थीहरुले उल्लेख्य प्राप्ताङ्क हासिल गरि कुनै शैक्षिक तह पार गर्नुसँग मात्र उसको उपलव्धिलाई जोडिँदा आगामी दिनमा यस्ता थुप्रै घटनाको पुनरावृत्ति हुनेछ । शिक्षणसंस्था विद्यार्थीको आचरण सुधार्ने थलो पनि हो । विद्यार्थीको आचरण सुधार्न चुल्ठे मुन्द्रेको सहारा लिने र त्यस मार्फत विद्यार्थीलाई आचरण र नैतिकवान् तुल्याउने दुस्साहस गर्नु निजी शिक्षण संस्थाको गम्भिर लापरवाहीको बिषय हो ।

निजी शिक्षालयभित्रको बोझिलो शिक्षाको विकृतिका विभिन्न रुपहरु श्रृङ्खलात्मक रुपमा विस्तारै बाहिर आउन थालेका छन् । हाम्रो देशको कमजोर राज्य प्रणालीको फाइदा उठाउँदै पछिल्लो अवधिमा निकै फस्टाएको शिक्षा व्यापारको आधुनिक सुपरमार्केटहरुमा बेच्न राखिएका आधुनिक र महङ्गो शिक्षा तथा उत्कृष्ट भनिएको शिक्षण शैली एवम् सिकाईका रुपियाँवान् तरिकाले समाजमा विभिन्न विकृति मात्र भिर्‍याइएको छैन, विद्यार्थीहरुलाई नैतिकता, आचरण र विवेकबाट च्यूत बनाउँदै लगेको छ । दिनानुदिन जीर्ण बन्दै गएका सरकारी शिक्षालयहरु र भुत्ते सिकाईमार्फत उपयुक्त नतिजा हात नलागेर आहत भएका अभिभावकहरुको जवरजस्त रोजाई यतिवेला निजी शिक्षण संस्था बन्न पुगेको छ । यसैको फाईदा उठाउँदो निजी शिक्षण संस्था महंगिँदै गएका छन् ।

निजी शिक्षण संस्थाको ढोकामा डी.आइका नाममा वाहुवल भएका शिक्षण संस्था छिर्न न्युनतम् योग्यता पुरा नगरेका चुल्ठेमुन्द्रे राख्ने हो भने त्यस शिक्षण संस्थामा अध्ययन गर्न आउने विद्यार्थीको मनोविज्ञानमा के-कस्तो असर पर्दछ । त्यस शिक्षण संस्थाबाट कस्ता विद्यार्थी उत्पादन हुन्छन् भन्ने कुरामा सरोकारवालाहरु गम्भिर बन्नु पर्ने वेला भएको छ । विद्यार्थी आकर्षणका नाममा भिलिमिली विज्ञापन, डी. आइ (डिसिप्लिन् इन्चार्ज ) र सी. आइ (काउन्सिलिङ इन्चार्ज) को हाउगुजी देखाएर विद्यार्थीलाई शिक्षित, योग्य, नैतिक र आदर्शवान् तुल्याउन किमार्थ सम्भव छैन । शिक्षण सिकाईका व्यवहारिक प्रयोगहरु र आधुनिक शैली मार्फत नै सो कुरा पूरा गर्नुपर्दछ ।

निजी शिक्षण संस्थाभित्र भएका र हुने गरेका अव्यवहारिक गतिविधि तथा शिकाइका विकृत प्रयोग न्युनीकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ । अन्यथा शिकाइको आकर्षण आवरणमा धमिरा पस्ने र निजीको महंगो शिक्षा समाजका लागि प्रत्युत्पादक बन्ने खतरा शक्तिशाली बन्न सक्दछ । सरोकारवालाको बेलैमा ध्यान पुगोस् ।

(यसअघि जेभियर्स एकेडेमी हुनुपर्नेमा भुलबस जेभियर्स ईर्न्टरनेशल कलेज भएकाले सच्याइएको छ । -सम्पादक) http://www.onlinekhabar.com/2013/12/144837/

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment