–रामनाथ खनाल
छाडेर काम सारा एक काम रोजि रहेछु
यो देशमा म यौटा मानिस खोजी रहेछु ।
शिशिर योगीको आवाजमा सजिएको बर्षौ अघि देखि रेडियोमा गुञ्जने यी कालजयी रचना र अवाजले देश निर्माणका लागि योग्य सपुत खोजेझैँ साँच्चै देश बनाउनका लागि आफु भित्रै सच्चा सपुतको खोजि गर्ने बेला भएको छ । सञ्चारका विभिन्न माध्यमहरुबाट देश किन बनेन भनेर एक आपसमा हिलो छ्प्यापेर आफु सुकिलो बन्ने होड बाजि तथा अर्कालाई दोषको भारी बोकाएर आफु दोषमुक्त बन्ने प्रतिष्पर्धा र होडबाजी चलिरहँदा सबैले आफ्ना दुर्गुणहरु पन्छाएर सच्चा कर्तव्यबोध गर्न पर्ने भएको छ ।
आफ्नो कर्तव्य बुझेर सवैले उत्तरदायित्व निभाएको भए यो देश बन्न आईतवार पर्खनु थिएन । आफुलाई केन्द्रमा नराखेर देश विकासका लागि चिन्तित भैदिएको भए आज यो दुर्गती देख्नुु पर्ने थिएन । किन बनेन देशको वाक्यांस भित्र हिजोका आफ्ना भूमिका नियाल्ने र खोज्ने हो भने प्रशस्त उत्तर भेटिन सक्छ । यसकारण देश बनेन किन की गर्नुपर्नेहरुले केही गरेनौं । अधिकार प्राप्तिका पिछलग्गु हामी कर्तव्य पथमा सामान्य विवेकबाट समेत पटक–पटक विचलित भयौँ । यात्रामा बाटाहरु फे¥यौँ । नहिड्नु पर्ने बाटाहरुमा घुम्ती हँदै मोड छिचोल्यौँ तर ति सवै कार्यमा देश चिन्ताको कुनै विम्व भेटिएन अनि कहाँबाट बन्थ्यो देश ? बन्दै बनेन ।
सवैले आफ्नो दायित्वको हिस्सा पुरा गरिदिएको भए आज बेतुकको बहसमा समय बर्वाद पार्नु पर्ने थिएन । एक अर्काको थाप्लो दोष थोपरेर आफु सुकिलो भएको दृष्टान्त देखाउनु पर्ने थिएन । आफ्नो अधिकारको वकालत गर्दै गर्दा अर्काको अधिकार कुण्ठित गर्दै निमुखामाथी कत्लेआम गर्ने र शासन सत्ताकोे बागडोर सम्हाल्न राज्यसत्ताको रथारोहण गर्नेहरुसँग नै देश किन बनेनको उत्तर होला र हुनुपर्ने हो तर हामीलाई यति मात्रै ज्ञाँत छ देश बनाएको पक्कै हो ।
केही बर्ष अगाडीको बहसमा एक नेताले आक्रोस पोखेछन् । यो देशमा छातिमा रौँ भएका नेता भएनन् । ती महोदयले अर्काको छातिमा रौँ नभएको प्रति अथवा आफ्नो छातिमा रौँ नउम्रिएको र देश निर्माणमा साँझेदार बन्न नसकेको प्रति कुण्ठा पोखेका हुन् वा अरुले नगरिदिएको प्रति आक्रोस, पंतिकारलाई राम्रो ज्ञान भएन तर तिनले अर्काको छातिमा रौँ नउम्रिएको कटाक्ष गर्दै गर्दा आफ्नो छाति खुईलिएको प्रति बढ्ता चिन्तित हुनुपर्ने हो ।
घगडान अन्धकार छिचोल्न जुनकिरीको पिँधको उज्यालो पर्याप्त भएझैँ यो देशमा हाई हाई कमाउन के नै गर्नु पर्दो रहेछ । जनताले तिरेको करबाट तलव भत्ता खाएका बर्दिधारी प्रहरीले चोरको कठालो समातिदिए पुग्दो रहेछ । बिजुलीको रकम समयमा नै भुक्तानी गर्नेहरुको लाईन काटिदिँदा मन्त्री सेलीबे्रटी बन्दारहेछन् । आखिर जनताको मन जित्न के नै गर्नु पर्दो रहेछ । बर्षौ शासन गरेका शासकहरुको मति नफिरे र नै रहेछ देश नबनेको अरु केही भएर होईन रहेछ । जनताले शुल्क तिरेर नै बस्तु तथा सेवाको प्रभोग गर्छु भन्दा राज्यले उपलव्ध गराउन नसक्नु कहाँ सम्मको निरिहता हो ?
आज सवै दल आ–आफ्नै घरझगडामा व्यस्त छन् । जनतालाई तिनको घरझगडासँग के लेना देना ? जनतालाई चाहिएको सुशासन हो । नेताको आङ् कन्याएर उडेको छारोमा जनता किन प्रदुषीत बन्न ? एक बर्षमा संबिधान बनाउने ओठे नारा बोकेर गाउँ पसेको र त्यसैको आडमा बिजयीको माला पहिरिएका सहर छिरेको छ महिना बिन्त लाग्यो । नेताहरु यता मन्त्रालयको कलहमा अल्झिएर समय गुजार्दैछन् जुन जुन पात्रहरुले मन्त्रालय ओगटेपनी, जो मन्त्री भएपनि जनतालाई चाहिएको शान्ति, सुरक्षा र अनम चयन न हो । भित्र भित्र सहमतीको राग अलाप्ने बाहिर आएर विमतीको अत्तो थाप्ने, अनि कहाँबाट बन्छ देश ? यसकारण बनेन देश ।
एक पटक आउँछ मौका । एक चोटी पाईन्छ अवसर । पटक–पटकको अवसर गुमाएर अर्को मौकाको खोजि गर्नु मुर्खता हो । शासन सत्ताको चावि आफ्नो हातमा लिएर बिकासको ढोका बन्द गर्नेहरुले बुझ्नु पर्दछ । सत्ताको उचित उपयोग गर्न नसक्दा तथा बाटो आफु ओगट्ने र अरुलाई ठाउँ छोड्न आग्रह गर्नाले बनेन देश, शासकहरुले बुझ्नु पर्दछ ।
नेताहरुको कमजोरीको शिकार किन निमुखा जनता हुनुपर्ने ? नेताहरुको गल्तिको भागिदार किन निर्दोश जनताहरु हुनुपर्ने ? यसकारण आफ्नो कमजोरी ढाकछोप गर्ने र अर्काको कमजोरी उतारेर मात्र हुँदैन सवैले आफ्नो कर्तव्यबोध गरेको भए आज बेकारको बहसमा समय कटाउनु पर्ने थिएन ।
सामान्य विवेकको कठघरामा आफुलाई उभ्याएर गम्भिरतापूर्वक आत्मसमिक्षा गर्नु पर्दछ । आफुले पाएको जिम्वेवारीमा ईमान्दारीता नदेखाउन नसक्दा नै नबनेको हो देश । आफ्नो कर्तव्य लत्याएर फगत हक अधिकारको वकालत गरिरहँदा नै नवनेको हो देश ।
उज्याले रहँदा सम्म गलफतीमा आङ् सेकाएर नथाक्ने दिन ढल्किएपछी आगँनमा विस्कुन फिँजाउने हिजोका हर्कतहरुले गर्दा नै आज देश बनेन । आफ्नो घर झगडा साम्य पार्न नसक्नेहरुले देश विकासको रट लगाउँदा कहाँबाट बन्छ देश ? संविधान निर्माणमा दौडनुपर्ने समयमा मन्त्रालय विवादमा ओच्छ्यान लगाएर सुत्नहरुले बनाउलान् यो देश ? त्यसैले किन बनेन, यो देश कसरी बन्छ यो देश ? को अनुत्पादक बहसमा समय बर्वाद पार्नु भन्दा सवैले आफ्नो कर्तव्य बुझेर दायित्व पुरा गर्न आजैबाट कम्मर कस्ने हो भने यथार्थमा देश बन्दछ । अन्यथा अर्काको टाउकोमा दोष थोपरे पानी माथीको ओभानो बन्ने भगिरथ प्रयन्त गर्ने पात्र र प्रवृत्तिको पिछलग्गु बन्ने हो भने किमार्थ पनि यो देश बन्दैन । अतः अरुको अनुहारमा देश निर्माणको भरोषा देख्नु भन्दा आफैँ भित्र देश निर्माण गर्ने व्यक्तित्व र ईच्छा शक्तिको खोजि गरौँ । आजैबाट देश बन्न सुरु हुन्छ । अहिले बाट नै सुरु गर्ने की ?

No comments:
Post a Comment