–रामनाथ खनाल
नागरिक राष्ट्रिय दैनिकको मुखपृष्ठमा प्रकाशीत “दिलशोभा श्रेष्ठ यौन दुराचारी” बोल्ड शिर्षकको समाचारले आज सञ्चारका विभिन्न माध्यमहरुमा टिकाटिप्पणी र बहसले प्रश्रय पाएको छ । सामाजिक सञ्जालहरुमा पक्ष र विपक्षमा मत वाँडिएका छन् । कसैले दिलशोभासँगै आफुलाई आशुँमा बगाएका छन् त कसैले बिपक्षमा उभ्याएका छन् । दिलशोभाले आफुलाई नियोजित हिसावले फसाईएको तथ्य त्यस्तो नभएको र समाचारमा कुनै सत्यता नरहेको तथा आफुले आवस्श्यक प्रकृया पुरा नगरी बच्चा राखेको तर ‘आमाघर’मा आरक्षितहरुलाई यौनजन्य गतिविधिमा सरिक नगराएको एवम् आफुलाई यौन दुराचारीको अर्थ समेत थाहा नभएको सार्वजनीक साविति पनि दिईन ।
नागरिक राष्ट्रिय दैनिकको मुखपृष्ठमा प्रकाशीत “दिलशोभा श्रेष्ठ यौन दुराचारी” बोल्ड शिर्षकको समाचारले आज सञ्चारका विभिन्न माध्यमहरुमा टिकाटिप्पणी र बहसले प्रश्रय पाएको छ । सामाजिक सञ्जालहरुमा पक्ष र विपक्षमा मत वाँडिएका छन् । कसैले दिलशोभासँगै आफुलाई आशुँमा बगाएका छन् त कसैले बिपक्षमा उभ्याएका छन् । दिलशोभाले आफुलाई नियोजित हिसावले फसाईएको तथ्य त्यस्तो नभएको र समाचारमा कुनै सत्यता नरहेको तथा आफुले आवस्श्यक प्रकृया पुरा नगरी बच्चा राखेको तर ‘आमाघर’मा आरक्षितहरुलाई यौनजन्य गतिविधिमा सरिक नगराएको एवम् आफुलाई यौन दुराचारीको अर्थ समेत थाहा नभएको सार्वजनीक साविति पनि दिईन ।
दिलशोभा श्रेष्ठको ‘आमाघर’का बालबालीकाहरुलाई यौन शोषण गर्ने गरेको, धर्म पुत्रपुत्रीको नाममा बच्चा विदेश निर्यात गर्ने गरेको तथा असाहय अनाथ आश्रमको नाममा गलत व्यवसाय सञ्चालन गरेको पत्रकारीता आरोप (स्वतन्त्र पुष्टि हुन बाँकी) का आधारमा उनको आश्रममा संरक्षित बालबालीकाहरु उद्धार गरी अन्यत्र सारिएको छ । आखिर के भएको थियो त्यहाँ ? यो घटना तथा उनीमाथी लगाईएको संगिन आरोपको आवरण भित्र रहस्य के लुकेको छ ? त्यो त ढिलाचाँडो बाहिर आउला नै तर जे होस् यो प्रकरणसँगै यसप्रकारको संवेदनशील विषयमा राज्यको धेरथोर ध्यानाकर्षण भएको छ ।
राज्यको प्रणाली कमजोर भएपछी अव्यवस्था मौलाउँदो रहेछ । राजनीति धुमिल भएर वातावरणमा अन्धता छाएको वेला चतुर्याई र झुट्याँई फस्टाउँदो रहेछ । पछिल्लो केही वर्ष यता गैह्रसरकारी संघ/संस्थाहरुको गतिविधि यस्तै देखिन थालेको थियो । मानौँ राज्य गैह्र सरकारी संस्थाहरु, एनजीओ र आइएनजीओहरुले निस्फिक्रि सञ्चालन गरिरहेका छन् । सम्बन्धित निकायबाट अनुमतीको सामान्य प्रकृया पुरा गरेको आडमा बैधानिक रुपमा नै राज्य लुटको धन्दा सञ्चालन गरेका छन् । संघ/संस्थाको कभरमा हुर्कन थालेको विभिन्न गतिविधिहरुबाट सरकार, सरोकारवाला वा सम्बधित निकाय बेखवरहुनुको सामान्य दृष्टान्त मात्र हो यो । केलाउँदै जाने र खोजी तथा अनुसन्धान गर्ने हो भने यस्ता संस्थाहरुभित्र भएका र हुने गरेका अझै धेरै कुराहरु बहिर आउन बाँकी नै छ ।
असहाय तथा अनाथ आश्रम, बालगृह सञ्चालन गर्ने, गरिव र निमुखा बालबच्चाको कलिलो अनुहार देखाएर त्यसैको आडमा व्यवसाय सञ्चालन गर्ने र आकर्षक प्रस्तावनाको मोटा पुस्तक बनाएर परियोजना सञ्चालन गर्न पल्किएका त्यस्ता थुप्रै संघ÷संस्था छन् जसले खुलेआम यस्ता धन्दा सञ्चालन गरिरहेका छन् त्यसको छानवीन कसले गर्ने ? त्यसतर्फ सरोकारवालाहरुको ध्यान कहिले जाने ? के ‘गेरुवस्त्र’ पहिरिँदै मा चोर साधु बन्छ ? अनाथ आश्रम वा बालगृह सञ्चालन गर्दैमा वा संघ/संस्थाको आडमा सामाजिक गतिविधि सञ्चालन गर्दैमा उसका गतिविधिमा प्रश्न उठाउनै नमिल्ने हुन्छ ? उ दुध ले नुहाएझै पवित्र ठहरिन्छ ? प्रश्न यहाँनेर हो । भलै आज चौतर्फि निशानाको केन्द्र दिलशोभा परिन् यसकारण उनी अवला थिईन् उनका पक्षमा बोलिदिने केही सिमित मान्छेहरु छन् । ठूला–ठूला अन्तराष्ट्रिय संघ/संस्थाको आडमा वा रानीतिक दलको आवरणमा हुर्किएका थुप्रै संघ/संस्थाहरु जसले दिलशोभाको आमघर कै प्रकृतिका कार्यहरु गर्दै आएका छन् त्यसको स्वतन्त्र र निष्पक्ष छानविन हुनु पर्छ की पर्दैन ? गलत गलत नै हो आग्रह पुर्वाग्रह भावनामा बग्ने कुराले तथा मनमा कालो राखेर गरिएको वकालत र टिकाटिप्पणीको मुर्त अर्थ रहँदैन । हो, समाजमा यस्ता घटनन भएकै छन् खुलेआम, त्यसको छानवीन हुनुपदर्छ र तत्काल कारवाहीको दायरामा ल्याईनु पर्दछ । दिलशोभाले गरिकी गरिनन् त्यो पनि छानवीनको विषय हो अनावस्यक गलफती र आग्रह पुर्वाग्रहको बिषवमन किन ?
मुठी सहयोगमा सञ्चालीत भनिएका संघ÷संस्थाका मठाधिसहरु कसरी मर्सिडिज कार चढेर कसरी सयर गर्न सक्छन् ? सस्तो शुल्कमा पढाईने भनिएका विद्यालयका मालीकहरु कसरी राजकिय सुखभोग गर्छन ? आकर्षक गाडीमा सजिएर मोजमस्तीमा रमाउन सक्दछन् ? नेपाल सरकारलाई कर भुक्तान गर्नुपर्दछ भनेर विभिन्न दातृ निकायबाट संस्थागत सहयोग नलिने तर व्यक्तिगत सहयोग संकलन गर्नेहरुको आम्दानी खर्चको पारदर्षीता कसरी खोजवीन गर्ने ? दिलशोभामाथी लागेका आरोपहरु प्रमाणीत नहुन सक्दछ । उनका गतिविधि निरपराध हुन सक्छन् तर त्यस्तै अरु संस्थालाई व्यवसाय बनाएर आफ्नो कुत्सित चाहना पुरागर्ने र मोटो रकम कमाउन पल्किएका तथा असाहय, गरिव, बृद्ध र अपाङ्गतालाई सहयोग पुर्याएको बहानामा अन्य गतिविधि गर्ने एवम् समाजसेवाको नाममा अवाञ्छित गतिविधि गर्नेहरुको अनुसन्धान गरिनुपर्दछ । राज्यको उदाशीनता र फितलो अनुगमन प्रणालीको फाईदा उठाएर संघ/संस्था दर्ता गरी अवाञ्छित
गतिविधिलाई बैधता तुल्याउन र अविश्वसनिय तवरबाट धनआर्जन गर्ने धन्दा चलाउने तथा असाहय, अनाथ निमुखाहरुलाई मोहरा बनाएर “गेरु बस्त्र भित्र गोलीगट्ठा व्यापार गर्ने” प्रकृतिका अपराधीहरु कहिले कारवाहीको दायरामा आउछन् ? तिनलाई कसले कठघरामा उभ्याउँछ ? नियतीले ठगिएका गरिवहरु, भाग्य खोसिएका बालबालीकाहरु दुराचारीको शिकार बन्न सक्ने र अनाथ टुहुराहरु बेचिन सक्ने अवस्थाबाट कसले रोकिदिने ? अतः सरकारले अवला आईमाईले सञ्चालन गरेको आश्रम बाट जसरी बच्चाहरु उद्धार गर्ने हिम्मत राख्यो र दिलशोभा प्रकरणलाई स्वतन्त्र छानविन गर्ने दृष्टता देखायो त्यसरी नै अरु संघ/संस्था तथा न्यून शुल्कमा पढाईहुने भनिएका शिक्षण संस्थाको पनि अनुगमन तिनको आयव्यवको वस्तु स्थिती पत्ता लगााउन तगारुकता देखाउने की ? अनि पत्रकारीताको आडमा पितपत्रकारीता गर्ने र कलम चलाउन जानेकै आधारमा सत्य भन्दा बाहिर गएर र तथ्यलाई मोडेर लेख्ने र बोल्न जानेकै आधारमा मन पर्नेको बखान गाउने र पन नपर्नेको उछित्तो काढ्ने चल्तिको पत्रकारीता बन्द गर्ने की ? हामी सवै तत् तत् ठाउँमा सुध्रिनुपर्ने भएको छ ।
No comments:
Post a Comment