खोले फाँडो जे पाक्छ त्यही दर खाऊ आमा
फाटेकै छ तिम्रो जीवन थोत्रो चोली लाऊ आमा
माइतमा पहिरो गयो सवै माइती पुरिए होला
आँशुका धारा बगाउँदै मन्दिरमा जाऊ आमा
बाढी आयो इन्द्रावतीमा थुनियो रे सुनकोशी
आँशुको छालभित्र दुखी तीज मनाऊ आमा
परदेश गाको कान्छो भाइ आउँदैन लिन तिमीलाई
फुसको झुपडीमा निरश तीजमै रमाऊ आमा
खोले फाँडो जे पाक्छ त्यही दर खाऊ आमा
फाटेकै छ तिम्रो जीवन थोत्रो चोली लाऊ आमा
©रामनाथ खनाल

No comments:
Post a Comment