Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

तीज



By  Unknown     6:17 PM    Labels: 

रामनाथ खनाल

भदौरे झरी
मन भित्र अभावको खडेरी
वेतमास चल्ने चिसो सिरेटो
व्यथाका गल्छी अनी कुइनेटो
तर्नु पर्ने चाहनाका विसाल जङ्घारहरु
पुग्नु पर्ने आकाङ्छ्याका सुदुर गन्तव्य

शित बटुलेर घैला भर्दै
चड्दै जिवनमा आशाका उकालीहरु
भञ्ज्याङमा थकाई मार्दै बिसौनीमा सुस्ताँउदा
कष्ट छिचोल्दै
जिन्दगीले चढेछ अनेर्कौँ पहाड

तल बगेको कोसी, रोसी र तमोरमा
पानी व्यथा बनेर वग्दा
खै कति दुख्यो ढुङ्गाहरुलाई
तर मन दुखेछ घाउ बनेछ

तारे, माझी र ठाडो बिसोनी भिरको फेद मुनि
थाप्लो खियाएर सिउरिएका गुहेलीहरु
सुनाखरीकोसँगै फक्रिएका यौवनभित्र
खै कति सजियो सिँउदोमा सिन्दुरे रङ्ग

लालावालाका चाहनाले
चिथोरेको र कोपरेको जिन्दगी
निर्ममता भित्र कैद र
भुक्तान भैरहेको जिवनयात्रा
बाँच्न बाँकी आधा जीवन
पोल्टामा बाँधिएका सपनाहरु
खुला आकाशमा बन्धक बन्दै
गुराँसका फेद मुनि झाङ्गिएका मेरा रहरहरु

तर पनि
निर्मम बाँच्नु छ अझै जीवन
पीडा साँचेर घिसार्नु छ अझै जिन्दगी
एक झुम्रो साडीमा मनाउनु छ थुप्रै तिज
अनेकौँ हिँउद बर्षा ओतेका र फाटेका आङ्
एक सप्को साडीको फेरले ढाक्नुछ
अझै छोप्नुछ

लेक बेसीको यात्रामा फाटेका पैताला
घिसार्दै, उचाल्दै र फट्कार्दै नाँच्नुछ
अभावले खिईएका बारुले कम्मर
हल्लाउँदै र मर्काउदै मनाउनु छ यो तीज
अपुरो ईच्छामा भए पनि
उधारै खुसीमा भए पनि ।
....................
सम्पूर्ण दिदी बहिनीहरुमा तीजको हार्दिक मंगलमय शुभकामना !

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment