Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

तीजको रहर आयो बरी लै (फोटोफिचर)



By  Unknown     1:56 AM    Labels: 
तीज नारीहरुको सांस्कृतिक महत्वको पर्व हो । विशेष गरेर हिन्दु नारीहरुको एकता, सुख, वैभव र सौभाग्य एवम् समृद्धिको प्रतिकका रुपमा रहेको यो चाड बिहीबार मुलुकभर हर्षोल्लासपूर्वक मनाइँदैछ । देशभरका महादेवका मन्दिरहरु, देवालय तथा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा यति वेला ठूलो मेला लागिरहेको छ । ब्रतालू महिलाहरु भ्गवान शिवको आराधनाका लागि मन्दिरहरुमा लाइन लागेका छन् ।

विवाहिता महिलाहरुले निराहार (पानीसमेत नखाई) कठोर रुपमा ब्रत बसी भगवान शिवको पूजा आराधाना गर्ने, पतिको सुख, समृद्धि र दिर्घायूको कामना गर्ने गर्दछन् । त्यसो त अविवाहिता महिलाहरुले पनि राम्रो बर पाउँ भनी ब्रत बस्ने गर्दछन् । हिन्दु संस्कार अनुसार रजस्वला भैसकेकी महिलाले तीजमा ब्रत बसेर महादेवको उपासना तथा व्रत अनुष्ठान गर्ने परम्परा रही आएको छ । परापूर्व कालमा आजकै दिन पार्वतीले भगवान शिव पति पाउँ भनि कठोरपूर्ण व्रत साधना गरेको र सोही ब्रतका प्रभावले पार्वतीेले भगवान शिव पति पाएको भन्ने किंवदन्ती अनुसार तीजमा महादेवको उपासना गर्ने प्रचलन रहेको छ । 

















 तस्विरः अमुल थापा

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment