Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

छोरी भएर जन्मनु के अपराध हो ?



By  Unknown     1:32 AM    Labels: 
समाज सन्दर्भ
रामनाथ खनाल 

छोरी सृष्टिको प्रारम्भ कर्ता हो । सभ्यताको जग हो । चेतना र विकासको मुहान पनि हो । छोरी समृद्धिको प्रतिक  मात्र होईन असल समाज व्यवस्थाको अभियन्ता  समेत हो । तर त्यही छोरी आज समाजमा दोश्रो दर्जाको नागरिक मात्र होईन विभिन्न घटना र दुव्र्यवहारको एक पछि अर्को सिकार बन्न परिरहेको छ । 

आजको चेतनशील समाजका उन्नत भनिएकाहरुबाट दिनप्रतिदिन छोरीहरु प्रताडित बनिरहनु परेको छ । छोरीहरु सभ्य भनिएकाहरुको निर्मम सिकार बन्नु परिहेको छ ।  आजका छोरीहरु समाजमा तिरस्कृत मात्र होईन आफ्नै बावुबाट समेत असुरक्षीत बन्नु परेको छ । आफ्नै छिमेकी, आफन्तजन्, नातेदारहरु तथा  दाजुभाईहरुबाट मात्र होईन जन्म दिने आफ्नै बावुहरुबाट समेत दुव्र्यवहारको सिकार  तथा बलात्कृत हुने छोरीहरु न्यायको ढोका ढक्ढक्याउन अदालतको ढोका चहार्दै न्यायको भिख माग्नु परिराखेको छ । 

समाज जति जति आधुनिक बन्दैछ त्यती नै जंगली चरित्र धारण गर्दैछ । जति जति सभ्यताका आधुनिक रुप ओगट्दैछ  त्यती नै असभ्य पशुतुल्य बन्दैछ । साँच्चै कता जाँदै छ हाम्रो समाज रु हामी के हुँदैछौँरबन्दैछौँ ?

आदिम कालमा कानून थिएन तर पनि नैतिक पथमा अडिग थियो मान्छे । मान्छेहरु यति साह्रो कर्तव्यबाट विचलित र उत्तरदायित्वबाट विमुख भएका थिएनन् । धर्म र नैतिकता देखि मान्छेहरु डराउँथे । मान्छेहरु अनुशासनको सिमा भित्र नै थिए ।  अहिले नियम छ, कानून छ तथापी सिमाहिन् अत्याचार र बर्बरतातर्फ मान्छे किन उन्मुख छ ? किन मान्छे सामान्य मानविय सचेतनाबाट टाढा हुँदैछ । नैतिकता र ईमान्दारीताको पथबाट क्रमशः किन च्यूत बन्दैछ मान्छे ?

धर्मलाई परिवर्तनको बाधक ठान्नेहरुले भनिदिनु पर्यो हिजो समाजमा अन्याय थियो अत्याचार थियो समाज चरम जंगली थियो । विकासले सुसज्जित मात्र हात्र होईन चेतनाले समेत आजको जस्तो परिस्कृत थिएन तर हामीले पढेनौँ कुनै बावुले आफैँले जन्माएको छोरीलाई बलत्कार गर्यो । आफ्नै सहोदर दाजुभाईहरुबाट चेलीहरु असुरक्षीत हुनुपर्यो । साँझ विहान तथा एकान्त हिँड्न छोरीहरुलाई गाह्रो थियो । छोरी जन्मँदा समाजमा पश्चाताप हुन्थ्यो । आमावुवालाई पीडाबोध हुन्थ्यो   तर आजको परिस्किृत समाजमा हामी आधुनिक भनिएकाहरुले धर्मलाई परिवर्तन विरोधी चेतनाको रुपमा बुझ्यौँ । पुराना संस्कारहरुलाई आधुनिक विकासको बाधक ठान्यौँ कारण हामीलाई नांगै हिँड्न हतार थियो र आजको कानूनी राज्य प्रणालीमा हामी निबस्त्र मात्र होईन आधुनिकताका नाममा चरम जंगली हुन ढिला भैसकेको थियो । 

आज अरुका दुःखमा सहानुभुती खर्चने शव्दहरुको अभाव छ हामीसँग  । पीडामा मल्हम लगाउने होईन रमाउने अस्त्रहरुले सजिएका छौँ हामी । विवेकलाई झ्यालखानामा बन्धक बनाएकाछौँ  र हरेक घटनालाई सामान्यीकरण गर्दै सरलतामा ढालिदिन्छौँ र नजर अन्दाज गछौँ । साँच्चै आज हाम्रो सम्वेदना साँघुरिएको छ ।

छोरीलाई समाजमा जन्मन निषेध गरेका छौँ । छोरी गर्भमा आएको चाल पाउने वित्तिकै आधुनिक भनिएका हामीहरुले भित्रै हत्या गरिदिन्छौँ । हुर्केकी छोरीचेली घरबाहिर बाहिर निस्कन सधैँ डराउँनु पर्छ । घरमा बस्दा आफन्तबाटै जोगिन गाह्रो पर्छ  । साँच्चै नै छोरीहरुको अवस्था दिनप्रतिदिन दयनीय र जर्जर बन्दैछ हाम्रो समाजमा । 

छोरीहरुले बोलेको मात्र होईन लगाएको र खाएको समेत चर्चा हुन्छ । टिकाटिप्पणी हुन्छ ।  कामबाट फर्कँदा ढिला भयो घरभित्र अनेक प्रश्नको सामना गर्नुपर्छ । समाजमा जान्न बुझ्ने भयो भने तथा निर्धक्क कुरा राख्यो भने पोथी बासेको उपमा भिर्नु पर्छ । सधैँ भरि पिल्सिएर गुम्सिएर तथा अत्याचारले थिचिएर  र पीडा पैतालाले कुल्चिएर बस्नु पर्छ छोरीहरुले । 

आधुनिक समाजमा छोरी विभेदको श्रृङ्खला घरबाट नै सुरु हुन्छ । पितृसतात्मक जाँतोमा छोरीहरु मात्र होईनन् आमा, भाउजुरवुहारी तथा सम्पूर्ण नारी जाती उत्तिकै प्रताडीत छन् हाम्रो समाजमा । 

हिजो सतिका नाममा जिँउदै जलाईएका नारीहरु आज पनि स्वतन्त्र र उन्मुक्त  छैनन् । आज पनि बोक्सिका नाममा जिउँदै जल्न विवस छन् । मलमुत्र खुवाईएका छन् । चरम यातन दिएर अंग भंग बनाईएका छन् अत्यन्तै पीडादायी जीवन जीउन बाध्य छन् सृष्टिका पर्याय नारी जातीले । 

उमेरमा नै श्रीमान्को मृत्यु भयो भने जीवनभर विधवा बन्न बाध्य छन् । अझै चुल्हो, चौको नाघेर बलेसीको घेरा नाघेर बाहिर आउन सकेका छैनन् । घर समाजबाट अपहेलीत भएर दिनरात पीडाका नुनीला आँशु पिएर बाँच्न विवस छन्  । कहिले पितृसतात्मक सोँचको साँघुरो घेराबाट मुक्त हुन्छन् हाम्रा दिदीवहिनी, आमा अनि भाउजु वुहारीहरु ?

पुरुष शिक्षीत भयो भने उ आफैँ मात्र शिक्षीत हुन्छ । नारी शिक्षीत भई भने उसले परिवारलाई नै दिक्षीत बनाउँछे  तर आज हाम्रो समाजमा छोरा निजी विद्यालय भर्ना गर्दा छोरीलाई सामूदायीक विद्यालयमा थन्क्याउने र शैक्षिक हिसावले पनि विभेद गर्ने र व्यहोर्नुपर्ने प्रचलन घटेर होईन झनै बढेर गएको छ । 

अनेक हिंसा, यातना र पीडादायक जीवन सहन नसकेर घरबाट लखेटिने समाजबाट दपेटिने मात्र होईन त्यही कारणबाट आत्महत्या गर्न बाध्य हुने महिलाहरुको सख्या दिन प्रतिदिन बढ्दै छ समाजमा । 

समाज हिंस्रक बन्दैछ । मान्छे पशुतुल्य हुँदैछ । यौन आशक्तिले मान्छे अन्धो भएको छ । विवेक विहिनताको पराकाष्टा नाघेर आफ्नो छोरी छुट्याउने चेतना समेत गुमाई सकेको छ आजको परिस्कृत मान्छेले  । 

संसारमा पुरुषले गर्न सकेका कामहरु महिलाले पनि गरेका छन् । राज्यको उपल्लो निकायमा पुगेका छन् । शासन सत्तामा आफ्नो पहुँच सुनिश्चित गरेका छन् । नेपालमा पनि महिलाले पुरुषले सरह नै राजनीतिक व्यवस्था र समाज सुधारको आन्दोलनमा श्रम खर्चेका छन् । शासन देखि प्रशासन सम्म महिलाले योग्य नेतृत्व गर्न सक्ने अवस्था छ । शैक्षिक चेतनाको हिसावले उन्नत हुँदा हुँदै पनि अनेकन अन्याय अत्याचार र दुराचारको सिकार बन्नु परिराखेको छ । 

कुल जनसंख्याको आधा हिस्सेदार मात्र होईन बर्तमान विकासका साँझेदार तथा चेतनाको सम्वाहक नारी जातीको सम्मान गर्ने एवम् समाजका हरेक क्षेत्र, तह र तप्कामा महिलाको उपस्थिती सुनिश्चितताको लागि रचनात्मक भूमिकाको जरुरी छ । 

समाजका हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट नारीलाई सम्मान गर्ने र स्वतन्त्रतापूर्वक जन्मन र जीउन पाउने अवस्था सुरक्षित गरिदिने हो भने समुन्नत समाज निर्माण हुन समय लाग्ने थिएन ।

अतः छोरीलाई हेलाँहासो होईन उचित मायाँ र सद्भाव दिऔँ समाजलाई वास्तवमा नै  उन्नत बनाऔँ ।  
Published On http://www.nepalpationline.com/nepalese-women?pseudo_name=nepalese-women

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment