हेर शिशिर
मुस्कुरायो
क्षितिजमा लाली छायो
हरियाली फाँटहरुमा
सुनका बाला बसायो
बच्चाहरु गाउन थाले दशैँ आयो
शिशिरका धुनसँगै
प्रकृति हाँस्दछे उमंग लिएर
सयपत्री गीत गाउँछे
मखमली मख्ख भै नाच्दछे
हेर मृग शावक झैँ
केटाकेटी रमाए
आपसमा खुसी र हाँसो साट्दै
दशैँ गीत गाए
किसानका
सव थकान हरायो
मुहारमा अतृप्त खुसी छायो
शिशिरले साँच्चै धर्ति जगायो
बटुवाले भन्न थाले दशैँ आयो
©रामनाथ खनाल
मुस्कुरायो
क्षितिजमा लाली छायो
हरियाली फाँटहरुमा
सुनका बाला बसायो
बच्चाहरु गाउन थाले दशैँ आयो
शिशिरका धुनसँगै
प्रकृति हाँस्दछे उमंग लिएर
सयपत्री गीत गाउँछे
मखमली मख्ख भै नाच्दछे
हेर मृग शावक झैँ
केटाकेटी रमाए
आपसमा खुसी र हाँसो साट्दै
दशैँ गीत गाए
किसानका
सव थकान हरायो
मुहारमा अतृप्त खुसी छायो
शिशिरले साँच्चै धर्ति जगायो
बटुवाले भन्न थाले दशैँ आयो
©रामनाथ खनाल
No comments:
Post a Comment