यौन चर्चामा केन्द्रित ‘संसारलाई साढे पाँच फन्को’
२०७१ आश्विन ४ गते , शनिवार ०८:३५:५३ मा प्रकाशित
New
0
0 0 0
0 0 0
पाठकको आँखामा पुस्तक
आँखामा सप्तरंगी सपना सजाएर मानिस बाँच्छ । यदी मानिसले सपना देख्दैनथ्यो भने उसको जीवन कति निरश र निरर्थक हुन्थ्यो होला ? कमैका मात्र सपना पुरा भएका हुन्छन् । धेरै जसोको सपना सफलताको भ्रुण बन्न नपाउँदै गर्भमानै तुहिन पुग्दछन् । र पनि मानिस सपनाको चाङमा सुत्न छोड्दैन । आँखामा छाएका सपनाको फराकिलो विम्वलाई सार्थक बनाउने परिश्रमी र भाग्यमानी मध्येनै पर्दछन् दोलखा मकैबारीका पुष्कर शाह । जो साइकल घिच्याएर विश्व चहार्यो । घुम्यो । अनेकौँ देशको पानिमा चोपलियो । संसारको सवै सागरमा तैरियो । सगरको रंगमा मिसियो ।
स्कूले जीवनमा विद्यार्थीहरुका कानका जरवुटा नउखेल्ने शिक्षक बन्ने सपना साँचेको ‘साइकले पुष्कर’ रन्थनीँदै सहर छिर्यो । कलेजमा पनि पढाइमा खासै जम्न सकेन । उ औसत विद्यार्थीबाट कहिल्यै माथि उठेन । त्यस्तैमा उसलाई माइतीघर नजीकैको भट्टीमा ‘ईँटा थप्ने’ लत बस्यो । उसले ईँटा थप्न जाने भट्टी मालिकले घरको ईँटा थप्न सक्यो कि सकेन तर उसको मथिङ्गलमा साइलक चढेर विश्व सयर गर्ने सपनाले भने मजैले घर गर्यो ।
त्यसपछि उनी शैलुङ्गे लेकलाई साक्षी राखेर आमाको आलिङ्गन बाट फुत्किएर तिनै आमाले दिएको सयको नोट बोकेर विश्व भ्रमणमा मकैबारीबाट ओरालो झरे । विश्वको आँगन चहारे । अनेक सभ्यता र संस्कृतिको मझेरीमा पाइला राखे । विविध धर्म संस्कृति र रितिरिवाजको स्वाद चाखे । जुजुले फेसवुकमा पोष्ट गरेँझैँ मागेरै । नितान्त मागेरै ।
तिनै पुष्कर शाह अहिले कितावमा समेटिएका छन् । पुष्कर शाह ‘संसारलाई साढे पाँच फन्को’ मार्फत । उनले जुन सपनाको भारी साइकल पछाडी राखेर विश्व सयरमा निस्केका थिए । उनको सपना पुरा मात्र भएन सगरमाथाको चुचुरोमा फहरायो पनि । १५० देशका झण्डा आधार शिविरमा फहराएर मुर्तता दिए । तर त्यस्ता किर्तिमानी ‘साइकले’को कृति भने अपेक्षाकृत ओजनदार बन्न सकेको छैन । जस्तो पाठकले आशा गरेका छन् ।
३५८ पृष्ठको आकर्षक आवरणमा सजिएको पुस्तक पढ्दा विश्वको फेहरिस्त भेट्टाउन पाठकलाई मुस्किलनै हुन्छ । पुस्तक पढ्दा यस्तो लाग्छ, पुष्कर शाह विश्वका विभिन्न गोलाद्र्धमा छरिएका मुलुकहरुमा पाइला राखे मात्र घुमेनन् । उनी पुगेका देशहरुको कला, संस्कृति, परम्परा मुल्य मान्यता आदि उनको किताबा छिटपुट बाहेक खासै देख्न र भेट्टाउन सकिँदैन ।
बरु ति देशका सुन्दरी, नगरवधु, र सुराहरुको प्यासी वर्णन गरिएको छ । मानौँ उनी विश्भ्रमण तिनै सुन्दरीहरुको यौनमा लिप्त हुन र मदिरको मातमा लठ्निका लागिनै घर छोडेका थिए ।
सम्भोगका अनेकौँ कथा
विश्वभ्रमणमा निस्किएको मान्छेको आँखा स्वभाविक रुपमा ति देशको शौन्दर्यमा गएर ठोकिनु पर्ने हो । उनले लेखेको डायरीका पानाहरुमा तिनै कुराहरु समेटिनु पर्ने हो । जसका कारण पाठले विभिन्न देशको बारेमा धेरथोर ज्ञान बटुल्न सकुन् । तर उनी विभिन्न देशको सौन्दर्यमा होइन यौन प्यास पुर्तिमै सिमित भएका छन् ।
उनले पुस्तकमा थाइल्याण्डलाई योनि मुस्कानको सहरका रुपमा चित्रण गरेका छन् । थाइल्याण्ड र लाओसको सिमाना भिक्षुसँगको ‘होमो सेक्स’को बखान झिकेका छन् । लाओसमै डायनाको प्रेममा अल्झन्छन्, सावना सम्भोगको स्वाद चाख्छन् । चीनको साम्यवादी सम्भोगको चर्चा गरेका छन् । हङकङमा विवाहको पहिलो प्रस्ताव व्यहोर्छन् । जापानमा नाहोसँगको प्रेम झांगिन्छ । फिलिपिन्समा विवियानको अंगालो पाउँछन् । मनिलामा योनि मुस्कानको दौडमा कुद्छन् । इजरायलमा छरपष्ट सोल्टिनीहरु भेट्छन् । न्युजिल्याण्डमा तारा भन्दा राम्री प्रेमिका पाउँछन् । मेक्सिकोमा हराएको प्रेमिका खोज्छन् ।
क्युवामा उधारो सम्भोग गर्छन् । ट्रिनिडाड एण्ड टोवागोमा सेफ सेक्स र फ्रेन्च गुयानामा फ्रि सेक्सको स्वाद बटुल्छन् । गिनी बिसाउमा आलिङगन, चुम्वन र सम्भोगको रशस्वादनमा पुलकित हुन्छन् । लाइवेरियामा ‘चपचप’ र ‘झिकिझिकी’को घेरामा पर्दछन् । घानामा एक साँझकी पत्नी भेट्टाउँछन् । बेनिनमा डोनेसन सेक्छ मिल्छ । डेगोमा अन्द्रिया प्रेमिका पाउँछन् । जाम्वियामा पचास डलरको चुम्वा खान्छन् । बुरुण्डीमा दोहोरो कण्डमको झन्झट व्यहोर्छन् । ट्यूनिसियामा सातौँ पटक विवाहको प्रस्ताव पाउँछन् ।
यसरी उनले पुस्तकमा यौनको रशिक बयान गरेका छन् । र पाठकलाई विश्वयौनको महासागरमा डुवुल्की मार्न बाध्य बनाएका छन् । विश्वभ्रमणमा निस्किएका पुष्कर सुन्दरीसँगको सम्भोगको अपुष्ट चर्चामै केन्द्रीत देखिएका छन् ।
मदिरा वर्णनको गाथा
पुस्तकमा उनले मदिराका यस्तो बखान गरेका छन्, उनले पार गरेको दुइलाख एक्काइस हजार किलो मिटर दुरी भन्दा बढी त मदिरानै पिए । पुस्तक पढ्दा यस्तो पनि लाग्छ कतै उनी मदिरा पिउनकै लागि विश्व भ्रमणमा निस्किएका थिएनन् । पुस्तकमा त्यस्तो कुनै पाना छैन जहाँ मदिराको बर्णन नगरिएको होस् ।
विश्वभ्रमणको अपुरो व्याख्या
विश्व भ्रमणमा उनले ११ वर्ष विताए । त्यस क्रममा उनी धेरै पटक नेपाल आएका थिए । तर पुस्तक पढ्दा उनी विश्व घुमेर एकै पटक नेपाल फर्किएको भान हुन्छ । भ्रमणको सिलसिला लाई क्रमबद्ध तुल्याउन पनि उनी चुकेका छन् । एउटा देशमा साइलको पाइडल ठेलिरहेका पुष्कर पाना पल्टाउना साथ अर्को देशमा भेटिन्छन् । विश्वभ्रमणमा निस्किएका पुष्करको आँखा विश्वसभ्यता विभिन्न आयाममा पर्न सकेको छैन । र उनले पुस्तकमा ति कुराहरुलाई समेट्न चुकेका छन् । ति बारे जान्नका लागि उनको पुस्तक पढ्नुपर्ने कुनै बाध्यता छैन ।
पुस्तकका सवल पक्षहरु
सञ्चारकर्मी भुपेन्द्र खड्काको सहलेखनमा तयार पारिएका पुस्तकमा समेटिएका स–साना परिच्छेदहरुले कितावलाई रोचक बनाएका छन् । पुस्तक पढिसक्दा समेत पनि आँखालाई अल्छि लाग्दैन । पाठकले मन अन्त डुलाउनु पर्दैन । छोटा हरफ, सरल वाक्यांस, मिठो भाषा र स्पष्ट लेखन शैलिले पुस्तकलाई राम्रो बनाउने प्रयत्न गरेको छ ।
प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारी, प्रथम महिला आरोहीसँग भेटघाट, नेपालीहरुले भ्रमणका क्रममा देखाएको सदसयता, यात्राका क्रममा व्यहोर्नुपरेको अप्ठ्यारो सप्ठ्यारो आदिलाई रोचक र उत्कृष्ट ढंगबाट प्रस्तुत गर्ने जमर्को पुस्तकमा गरिएको छ । साथै यात्राका केही रोचक पक्षलाई सदृष्य वर्णन समेत गरिएको छ ।
अन्तिममा, कालिञ्चोकको पहाडमा ठोक्किएका सपना कहिले मृत सागरमा तैरियो, साहरा मरुभुमिमा झण्डै सुक्यो, मिश्र देशको पिरामिण, पेरिसको आइफल टावर झैँ आकासीयो, नर्वेको सिरागमा झण्डै अड्कियो अन्ततः सगरमाथाको सिरमा आएर फहरायो । सपनाले पूर्णता पायो । यात्राका क्रममा उनले आदमले सोधे जस्तै संसारमा कतै जुनको फरक आकार भेटेनन् । ताराहरुको रंगमा फरक पाएनन् । सूर्य कहिल्यै विपरीत दिशाबाट उदाएन । नत सिद्धार्थ गौतम बुद्धको अर्कै जुन उदाएको भेटे । न अल्लाहको अर्को सूर्य थियो । जिसस्को अर्को आकाश पनि थिएन । हिन्दुहरुको बेग्लै संसार पनि भेटेनन् । सूर्यको आकार प्रकार र रंगमा पनि कुनै भिन्नता थिएन । बास्तवमै थिएन ।

प्रस्तुतीः रामनाथ खनाल

विश्वभ्रमणमा निस्किएको मान्छेको आँखा स्वभाविक रुपमा ति ति देशको शौन्दर्यमा गएर ठोकिनु पर्ने हो । उनले लेखेको डायरीका पानाहरुमा तिनै कुराहरु समेटिनु पर्ने हो । जसका कारण पाठले विभिन्न देशको बारेमा धेरथोर ज्ञान बटुल्न सकुन् । तर उनी विभिन्न देशको सौन्दर्यमा होइन यौन प्यास पुर्तिमै सिमित भएका छन् ।
उनले पुस्तकमा थाइल्याण्डलाई योनि मुस्कानको सहरका रुपमा चित्रण गरेका छन् । थाइल्याण्ड र लाओसको सिमाना भिक्षुसँगको ‘होमो सेक्स’को बखान झिकेका छन् । लाओसमै डायनाको प्रेममा अल्झन्छन्, सावना सम्भोगको स्वाद चाख्छन् । चीनको साम्यवादी सम्भोगको चर्चा गरेका छन् । हङकङमा विवाहको पहिलो प्रस्ताव व्यहोर्छन् । जापानमा नाहोसँगको प्रेम झांगिन्छ । फिलिपिन्समा विवियानको अंगालो पाउँछन् । मनिलामा योनि मुस्कानको दौडमा कुद्छन् । इजरायलमा छरपष्ट सोल्टिनीहरु भेट्छन् । न्युजिल्याण्डमा तारा भन्दा राम्री प्रेमिका पाउँछन् । मेक्सिकोमा हराएको प्रेमिका खोज्छन् ।
क्युवामा उधारो सम्भोग गर्छन् । ट्रिनिडाड एण्ड टोवागोमा सेफ सेक्स र फ्रेन्च गुयानामा फ्रि सेक्सको स्वाद बटुल्छन् । गिनी बिसाउमा आलिङगन, चुम्वन र सम्भोगको रशस्वादनमा पुलकित हुन्छन् । लाइवेरियामा ‘चपचप’ र ‘झिकिझिकी’को घेरामा पर्दछन् । घानामा एक साँझकी पत्नी भेट्टाउँछन् । बेनिनमा डोनेसन सेक्छ मिल्छ । डेगोमा अन्द्रिया प्रेमिका पाउँछन् । जाम्वियामा पचास डलरको चुम्वा खान्छन् । बुरुण्डीमा दोहोरो कण्डमको झन्झट व्यहोर्छन् । ट्यूनिसियामा सातौँ पटक विवाहको प्रस्ताव पाउँछन् ।
यसरी उनले पुस्तकमा यौनको रशिक बयान गरेका छन् । र पाठकलाई विश्वयौनको महासागरमा डुवुल्की मार्न बाध्य बनाएका छन् । विश्वभ्रमणमा निस्किएका पुष्कर सुन्दरीसँगको सम्भोगको अपुष्ट चर्चामै केन्द्रीत देखिएका छन् ।
मदिरा वर्णनको गाथा
पुस्तकमा उनले मदिराका यस्तो बखान गरेका छन्, उनले पार गरेको दुइलाख एक्काइस हजार किलो मिटर दुरी भन्दा बढी त मदिरानै पिए । पुस्तक पढ्दा यस्तो पनि लाग्छ कतै उनी मदिरा पिउनकै लागि विश्व भ्रमणमा निस्किएका थिएनन् । पुस्तकमा त्यस्तो कुनै पाना छैन जहाँ मदिराको बर्णन नगरिएको होस् ।
विश्वभ्रमणको अपुरो व्याख्या
विश्व भ्रमणमा उनले ११ वर्ष विताए । त्यस क्रममा उनी धेरै पटक नेपाल आएका थिए । तर पुस्तक पढ्दा उनी विश्व घुमेर एकै पटक नेपाल फर्किएको भान हुन्छ । भ्रमणको सिलसिला लाई क्रमबद्ध तुल्याउन पनि उनी चुकेका छन् । एउटा देशमा साइलको पाइडल ठेलिरहेका पुष्कर पाना पल्टाउना साथ अर्को देशमा भेटिन्छन् । विश्वभ्रमणमा निस्किएका पुष्करको आँखा विश्वसभ्यता विभिन्न आयाममा पर्न सकेको छैन । र उनले पुस्तकमा ति कुराहरुलाई समेट्न चुकेका छन् । ति बारे जान्नका लागि उनको पुस्तक पढ्नुपर्ने कुनै बाध्यता छैन ।
पुस्तकका सवल पक्षहरु
सञ्चारकर्मी भुपेन्द्र खड्काको सहलेखनमा तयार पारिएका पुस्तकमा समेटिएका स–साना परिच्छेदहरुले कितावलाई रोचक बनाएका छन् । पुस्तक पढिसक्दा समेत पनि आँखालाई अल्छि लाग्दैन । पाठकले मन अन्त डुलाउनु पर्दैन । छोटा हरफ, सरल वाक्यांस, मिठो भाषा र स्पष्ट लेखन शैलिले पुस्तकलाई राम्रो बनाउने प्रयत्न गरेको छ ।
प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारी, प्रथम महिला आरोहीजुनको तावेईसँगको भेटघाट, नेपालीहरुले भ्रमणका क्रममा देखाएको सदसयता, यात्राका क्रममा व्यहोर्नुपरेको अप्ठ्यारो सप्ठ्यारो आदिलाई रोचक र उत्कृष्ट ढंगबाट प्रस्तुत गर्ने जमर्को पुस्तकमा गरिएको छ । साथै यात्राका केही रोचक पक्षलाई सदृष्य वर्णन समेत गरिएको छ ।
अन्तिममा, कालिञ्चोकको पहाडमा ठोक्किएका सपना कहिले मृत सागरमा तैरियो, साहरा मरुभुमिमा झण्डै सुक्यो, मिश्र देशको पिरामिण, पेरिसको आइफल टावर झैँ आकासीयो, नर्वेको सिरागमा झण्डै अड्कियो अन्ततः सगरमाथाको सिरमा आएर फहरायो । सपनाले पूर्णता पायो । यात्राका क्रममा उनले आदमले सोधे जस्तै संसारमा कतै जुनको फरक आकार भेटेनन् । ताराहरुको रंगमा फरक पाएनन् । सूर्य कहिल्यै विपरीत दिशाबाट उदाएन । नत सिद्धार्थ गौतम बुद्धको अर्कै जुन उदाएको भेटे । न अल्लाहको अर्को सूर्य थियो । जिसस्को अर्को आकाश पनि थिएन । हिन्दुहरुको बेग्लै संसार पनि भेटेनन् । सूर्यको आकार प्रकार र रंगमा पनि कुनै भिन्नता थिएन । बास्तवमै थिएन ।
Published on http://www.nepalpationline.com/pushkar-shah-auto-biography
No comments:
Post a Comment