सम्झनाको तरेलीमा अल्झिइन् उनी
पुरानो घाउझैँ मुटुमा बल्झिइन् उनी
अदृष्य भएथ्यो उनको याद आँखाबाट
अनायसै दुई नयनमा झल्किइन् उनी
उनको वियोगमा म समुद्रझै स्थिर थिएँ
प्रेमागो बनि मेरो दिलमा सल्किइन् उनी
सम्झनाको तरेलीमा अल्झिइन् उनी
पुरानो घाउझैँ मुटुमा बल्झिइन् उनी
00
तिमीलाई पनि मलाई जस्तै हुन्छ हुन्न भनिदेऊन
यादका भेलहरुले मन भित्र छुन्छ छुन्न भनिदेऊन
खहरेको बाढी जस्तै सम्झनाहरु दिलभित्र मडारिँदा
अविरल बग्ने आशुँले दिल धुन्छ धुन्न भनिदेऊन
इन्द्रावतीको भेल जस्तै मनमा पीडाहरु उर्लिदिँदा
मेरो दुःख पीडासँगै तिम्रो मन रुन्छ रुन्न भनिदेऊन

© रामनाथ खनाल

No comments:
Post a Comment