Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

नारी



By  Unknown     1:05 AM    Labels: 
तिमी
खुल्ला किताव हौ
जहाँ पढ्न सकिन्छ
जीवनका वर्षौँ पुराना कथाहरु
तिमी
इतिहासको खुल्ला संग्रहालय हौ
जहाँ देख्न सकिन्छ जीवनका
मुहुर्त
श्वाम/स्वेत चित्रहरु
तिमी
लाखौँ पैतालाका डोव कुँदिएको अनन्त बाटो पो हौ
हिमालय पर्वतबाट झरेकी
कञ्चन गंगा हौ
पवन मुहान हौ
सृष्टी, सभ्यता र सिर्जनाको

तिमी
फगत नारी मात्र कहाँ हौ ?
तिमी त मन्दराचल हौ
पकृतिको अनन्य आँचल पनि हौ
तिम्रो स्वप्नबाट फुल्दछ संसार
तिम्रै आगमनले छाएको छ बहार
र बनेको छ धर्ती बास्नादार
तिम्रै
पैतालाका पदचाप मुनी
कुदिँएका अस्तित्वका आलोकमा
सजिएरहेछ संसार
खुला र उन्मुक्त पवनमा
निश्वास फिँजिएको छ र
मानिसहरुले जिन्दगीमा जीवन पाएका छन् ।
नारी/©रामनाथ खनाल

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment