हल्लाले मेरो प्रेम मर्यो अचेल
नफुलेको फूल त्यसै झर्यो अचेल
प्रकृति पनि विचित्र बन्दछ यहाँ
बादलनै नलागी पानी पर्यो अचेल
पीडाले आक्रान्त भै वितेको छ जीवन
मुहारबाट खुसी आफैँ टर्यो अचेल
घामबाट ज्योती खोसिएछ क्यारे
उर्जाको आकाश अन्तै सर्योे अचेल
हल्लाले मेरो प्रेम मर्यो अचेल
नफुलेको फूल त्यसै झर्यो अचेल
नफुलेको फूल त्यसै झर्यो अचेल
प्रकृति पनि विचित्र बन्दछ यहाँ
बादलनै नलागी पानी पर्यो अचेल
पीडाले आक्रान्त भै वितेको छ जीवन
मुहारबाट खुसी आफैँ टर्यो अचेल
घामबाट ज्योती खोसिएछ क्यारे
उर्जाको आकाश अन्तै सर्योे अचेल
हल्लाले मेरो प्रेम मर्यो अचेल
नफुलेको फूल त्यसै झर्यो अचेल
00
कति बाँच्नु आफैँसँग भागेर जिन्दगी
कति साँच्नु दयाहरु मागेर जिन्दगी
अभावमै रहरहरु त्यसै त्यसै ओइलाउँदा
कति भाँच्नु इच्छाहरु जागेर जिन्दगी
हतारमा चटारोमै यात्राभित्र दगुरेरै
कति हाँस्नु चिम्टीसँग टाँगेर जिन्दगी
कति बाँच्नु आफैँसँग भागेर जिन्दगी
कति साँच्नु दयाहरु मागेर जिन्दगी
00
00
मायाको अर्थ उनले सिकाएर गइन्
बोतलको नशा उनले बिकाएर गइन्
प्यासी नजर मुनी गुलावी त्यो अधर उन्को
अनायसै आँखामा प्यार टिकाएर गइन्
जुनझैँ ज्योती उन्को कोमल त्यो बदनले
सम्झनामा उन्कै तस्विर विझाएर गइन्
मायाको अर्थ उनले सिकाएर गइन्
बोतलको नशा उनले बिकाएर गइन्
©रामनाथ खनाल
No comments:
Post a Comment