फिक्का हाँसो मुहारमा तिमीले नै छरी दियौ
मर्ने ईच्छा हुँदा हुँदै बाँच्ने रहर भरी दियौ
निष्ठूरी भई संसारमा आफ्नाहरु बिरानिँदा
अन्धकार यात्रामा उज्यालो बनि झरी दियौ
घामपानी जिन्दगीमा कालो बादल छाइदिँदा
एकचिम्टी प्रित बोकी प्रेम सागर तरी दियौ
नदीका दुई किनारा झैँ सुख–दुःख जिन्दगानी
खुसी चिहाउने दृष्टी बनि आँखामा परी दियौ
खुसी नै थेँ दुःखका बीच थोरै सुख फूलिदिँदा
अकारणनै नाता तोड्यौ नचिने झै गरी दियौ
एकान्त यो रातमा जुनले पनि पोल्न थाल्यो
प्रितको नयाँ घर बनाई अन्तै डेरा सरी दियौ
©रामनाथ खनाल
मर्ने ईच्छा हुँदा हुँदै बाँच्ने रहर भरी दियौ
निष्ठूरी भई संसारमा आफ्नाहरु बिरानिँदा
अन्धकार यात्रामा उज्यालो बनि झरी दियौ
घामपानी जिन्दगीमा कालो बादल छाइदिँदा
एकचिम्टी प्रित बोकी प्रेम सागर तरी दियौ
नदीका दुई किनारा झैँ सुख–दुःख जिन्दगानी
खुसी चिहाउने दृष्टी बनि आँखामा परी दियौ
खुसी नै थेँ दुःखका बीच थोरै सुख फूलिदिँदा
अकारणनै नाता तोड्यौ नचिने झै गरी दियौ
एकान्त यो रातमा जुनले पनि पोल्न थाल्यो
प्रितको नयाँ घर बनाई अन्तै डेरा सरी दियौ
©रामनाथ खनाल
No comments:
Post a Comment