Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

गजल



By  Unknown     6:58 PM    Labels: 
तिम्रो यादहरुमा आफैँलाई भुल्दै छु म अचेल
शरदका सयपत्री सरी प्रित फुल्दै छु म अचेल

मायाको मौसम हो यो चारैतिर वास्ना छायो
नपत्याए हेर तिम्रै नयनमा डुल्दै छु म अचेल

आँखामा तिमी सप्तरंगी फूल बनि फूलिदिँदा
तिम्रै केशको शितलतामा झुल्दै छु म अचेल

तिम्रो यादहरुमा आफैँलाई भुल्दै छु म अचेल
शरदका सयपत्री सरी प्रित फुल्दै छु म अचेल

                       000

दुई नयनको बन्धनमा परेको छु आज
तिम्रो मनको मझेरीमा झरेको छु आज

निरश यात्रा बिचमा अचानक तिमी भेटेँ
झुपडीबाट मायाको घर सरेको छु आज

सवैतिर शरदको उमंग र खुसियाली छायो
सगरको जुनसँगै प्रेमसागर तरेको छु आज

अधरको लालीसँगै मन्द मुस्कानमा हराउँदा
तिम्रै यादहरुमा आफू आफैँ मरेको छु आज

दुई नयनको बन्धनमा परेको छु आज
तिम्रो मनको मझेरीमा झरेको छु आज

                         000

समस्याका पहाडलाई झुकाउन सके पो जिन्दगी
आखाँमा छाउने आँशु लुकाउन सके पो जिन्दगी

उर्लन्छ दुःखका खहरे सँगै जिन्दगीका यात्राहरुमा
मरुभूमी भै सारा व्यथा सुकाउन सके पो जिन्दगी

चल्दै छ जीवन सधै शिरपाउ झुकाएर आफैँसँग
दयाको दिल सवैसँग फुकाउन सके पो जिन्दगी

मौकामा सधैँ हार चखाउँछ बेइमानी बनि समयले
अवसरमा हिरा आफैँतिर चुकाउन सके पो जिन्दगी

समस्याका पहाडलाई झुकाउन सके पो जिन्दगी
आखाँमा छाउने आँशु लुकाउन सके पो जिन्दगी
© रामनाथ खनाल

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment