कसैको मथिङ्गलमा
तानाशाह को भुत जाग्दा
८० को दशकमा
क्षणमै ठड्एिथ्यो ‘बर्लिन वाल’
मानव संवेदनाहरु
मध्यपूर्वका आकाशमा मडारिएका
रकेट, बम र गोला बारुदले निले झैँ
क्षणमै खरानी भएथे
आगन काटेर जान पनि
खोज्नु परेथ्यो प्रवेशाज्ञा
ठिक त्यसै
आज मेरो देशका शासकहरुमा
अर्को भुत सवार छ
भुरे टाकुरे राज्यका
राष्ट्राधिकारी बन्ने होडमा
च्यात्दैछन् आमाको झुत्रिएको गुन्यो
बावुको मैलो पोतिएका छोटो कछाड
खोतलखातल पार्दैछन्
हजुरआमाको काठे सन्दुक
खोज्न देशको लालपुर्जा
भत्किएका जंगे पिल्लरको पर्वाह नगरी
अनकंटारमा कोर्दैछन्
देश भित्र अनेक देशका नक्सा
मध्य पूर्व र अफ्रिकाको
परिघटना पूनरावृत्ति गर्न
रातारात बर्लिनको पर्खाल ठड्याएर
देशका नागरिकलाई अनागरिक तुल्याउन
देशद्रोही र परिवर्तनविपक्षी करार गर्न
हतार गरिरहेका छन्
रक्त पिपासु/नरभक्षी/जनपीडकहरु
झिनो स्वार्थ र मसिनो आकांक्षामै
विद्रोहको आगो दन्काउनेहरु
उनीहरुसँग देशको अस्मिताको
के साइनो सम्बन्ध र ?
उनीहरु त केवल
अंशवण्डामा राज्य खडा गर्दै
मात्र मुख्यमन्त्री बन्ने लालसा पाल्दै
देशको अस्तित्वसँग सौदावाजी गरिरहेछन्
हिजोदेखी आज सम्म
निरन्तर निरन्तर
तर जनता
एक थान संविधानको आशमा
मुख मासेरै कुत बुझाउँछन्
गाँस काटेरै
सेतो हात्ति झैँ पोसिरहेछन्
तर कतिञ्जेल ?
जव सम्म धैर्यको बाँध फुट्दैन
निमुखाको आश टुट्दैन
त्यसपछि उठ्ने वेनामी सामुद्रिक ज्वारभाटाले
नामेट बनाइदिने छ
रगत चुसाहा शासहरुको सपनाहरु
झण भरमै खण्डोहर हुनेछन् ।
©रामनाथ खनाल
तानाशाह को भुत जाग्दा
८० को दशकमा
क्षणमै ठड्एिथ्यो ‘बर्लिन वाल’
मानव संवेदनाहरु
मध्यपूर्वका आकाशमा मडारिएका
रकेट, बम र गोला बारुदले निले झैँ
क्षणमै खरानी भएथे
आगन काटेर जान पनि
खोज्नु परेथ्यो प्रवेशाज्ञा
ठिक त्यसै
आज मेरो देशका शासकहरुमा
अर्को भुत सवार छ
भुरे टाकुरे राज्यका
राष्ट्राधिकारी बन्ने होडमा
च्यात्दैछन् आमाको झुत्रिएको गुन्यो
बावुको मैलो पोतिएका छोटो कछाड
खोतलखातल पार्दैछन्
हजुरआमाको काठे सन्दुक
खोज्न देशको लालपुर्जा
भत्किएका जंगे पिल्लरको पर्वाह नगरी
अनकंटारमा कोर्दैछन्
देश भित्र अनेक देशका नक्सा
मध्य पूर्व र अफ्रिकाको
परिघटना पूनरावृत्ति गर्न
रातारात बर्लिनको पर्खाल ठड्याएर
देशका नागरिकलाई अनागरिक तुल्याउन
देशद्रोही र परिवर्तनविपक्षी करार गर्न
हतार गरिरहेका छन्
रक्त पिपासु/नरभक्षी/जनपीडकहरु
झिनो स्वार्थ र मसिनो आकांक्षामै
विद्रोहको आगो दन्काउनेहरु
उनीहरुसँग देशको अस्मिताको
के साइनो सम्बन्ध र ?
उनीहरु त केवल
अंशवण्डामा राज्य खडा गर्दै
मात्र मुख्यमन्त्री बन्ने लालसा पाल्दै
देशको अस्तित्वसँग सौदावाजी गरिरहेछन्
हिजोदेखी आज सम्म
निरन्तर निरन्तर
तर जनता
एक थान संविधानको आशमा
मुख मासेरै कुत बुझाउँछन्
गाँस काटेरै
सेतो हात्ति झैँ पोसिरहेछन्
तर कतिञ्जेल ?
जव सम्म धैर्यको बाँध फुट्दैन
निमुखाको आश टुट्दैन
त्यसपछि उठ्ने वेनामी सामुद्रिक ज्वारभाटाले
नामेट बनाइदिने छ
रगत चुसाहा शासहरुको सपनाहरु
झण भरमै खण्डोहर हुनेछन् ।
©रामनाथ खनाल
No comments:
Post a Comment