मुटु खाने माया प्रेम नलाएकै जाती हुन्थ्यो
आँखामा उनको तस्विर नआएकै जाति हुन्थ्यो
विश्वासधाती मायाजालले मनभरी चोटदियो
मायारुपी विषको प्याला नखाएकै जाती हुन्थ्यो
बन्दाबन्दै मायाको भग्नावशेष बन्यो आज
मन मोडेर जाने यहाँ नआएकै जाती हुन्थ्यो
मनमा बसी कलेजोमै छुरा धस्नेले मार्यो आज
बाचा तोडेर जानेको साथ नपाएकै जाति हुन्थ्यो
मायाकोतार छिनिदिँदा जिन्दगी बेशुर भो
निरश प्रितको धुन नगाएके जाती हुन्थ्यो
मुटु खाने माया प्रेम नलाएकै जाती हुन्थ्यो
धोका दिनेको आँखाभरी नछाएकै जाति हुन्थ्यो
000
घाम ढल्दा उनी आँउछिन् कि आश लाग्छ
ताराका बिचमा जव जुन देख्छु खास लाग्छ
फैलिएको झितिज हेर्दे ताराको भिडमा हराउँदा
पवनको भोँक्काहरु पनि उनकै निश्वास लाग्छ
वेइमानी बनि यादहरु सधैँ उनी तिरै झांगिदिँदा
मरुभूमीमा पानीको झैँ प्रितको प्यास जाग्छ
घाम ढल्दा उनी आँउछिन् कि आश लाग्छ
ताराका बिचमा जव जुन देख्छु खास लाग्छ
000
हाँस्छु भन्छु दिल किन रोइदिन्छ अनायसै ?
मुहार आफैँ पीडा किन फोइदिन्छ अनायसै ?
सहनु नै अभिसाप भो पीडकहरु झन् थपिए यहाँ
फूलले पनि चस्स मुटु किन छोइदिन्छ अनायसै ?
बिर्सिएर मनका व्यथाहरु अन्त कतै हराउँभन्दा
आँशुले मुहार आफैँ किन धोइदिन्छ अनायसै ?
हाँस्छु भन्छु दिल किन रोइदिन्छ अनायसै ?
मुहार आफैँ पीडा किन फोइदिन्छ अनायसै ?
©रामनाथ खनाल

No comments:
Post a Comment