आङ् फाटेका
मेरा देशका झुत्री आमाहरु
अझै आँसुका धारा पिएर
जीइरहेछन् /बाँचिरहेछन्
एक चिम्टी उज्यालोको पर्खाईमा
बर्षौ गुजारेका उनीहरुलाई
खै कहिले छोयो
मुलुकको बदलीएको व्यवस्थाले ?
अझ पनि शहरबाट परै पर्छ गाऊँ
रुकुम रोल्पा र जाजरकोट
झन् विरानीँदैछन् छन् ति ठाउँ
तुइन चुडिँएर कर्णालीमा बग्न विवश
निमुखाहरुको आँसु
अभावले भक्कानीका छातिका व्यथाहरु
बग्दै राजधानी आइपुग्दैनन्
हिमाल पारी मनाङ र मुस्ताङका
पीडाका चिसा बतासले
निष्ठुरी राजधानीलाई छुँदैन
नुन नपाएर अलिनै खाने जुम्लावासी
गलाभरी सुन नपाएर छटपटिने
शहरबासी बिचको साइनो मिल्दैन
त्यसैले कसैले भन्ला
यो देशमा गणतन्त्र आयो
व्यवस्था बदलीई सक्यो
पत्याएर कसैले नियाल्यो
र देख्यो एअरपोर्टबाट
विदेशीँदै गरेकाहरुको लामो लाइन
धिक्कार्यो आफैँलाई
हो,
उस्तै टप्किएका छन्
आमाहरुका आँखामा आँसु
प्रशव व्यथाको छटपटाहटबाट
बाहिर ननिस्कँदै
प्राण पखेरु उड्दै छ
मेरो देशका भाउजु वुहारीहरुको
दुई रुपैयाँको औषधिमूलो नपाएर
मृत्युवरण गरेको खवरबाट
आज पनि म अछुतो छैन
गरिवीले निर्मम चिथोरेर
आमाछोरी सँगै नदीमा फाल हालेको
मलाई कथा जस्तो लाग्दैन
बाऊबाटै छोरीको अस्मिता लुटिएको
आफ्नै छानामुनी छोरीहरु असुरक्षित बनेको
खवर पढ्दा पढ्दै अझै आँखाहरु थाकेका छैनन्
कसैले सोध्ला
यो देशमा अझै राज्य छ ?
पक्कै छ,
नपत्याएर उ पर हेर त
ऊ संविधान निर्माणको कुम्भ निद्रामा लिन भैरहेको छ
त्यसैले नविउँझाउ उसलाई
फेरी तिमी
परिवर्तन विरोधिको
फन्दामा पारिन सक्छौँ
कारण देशमा लोकतन्त्र आएको वर्षौँ भैसक्यो ।अस्तु ।
©रामनाथ खनाल
मेरा देशका झुत्री आमाहरु
अझै आँसुका धारा पिएर
जीइरहेछन् /बाँचिरहेछन्
एक चिम्टी उज्यालोको पर्खाईमा
बर्षौ गुजारेका उनीहरुलाई
खै कहिले छोयो
मुलुकको बदलीएको व्यवस्थाले ?
अझ पनि शहरबाट परै पर्छ गाऊँ
रुकुम रोल्पा र जाजरकोट
झन् विरानीँदैछन् छन् ति ठाउँ
तुइन चुडिँएर कर्णालीमा बग्न विवश
निमुखाहरुको आँसु
अभावले भक्कानीका छातिका व्यथाहरु
बग्दै राजधानी आइपुग्दैनन्
हिमाल पारी मनाङ र मुस्ताङका
पीडाका चिसा बतासले
निष्ठुरी राजधानीलाई छुँदैन
नुन नपाएर अलिनै खाने जुम्लावासी
गलाभरी सुन नपाएर छटपटिने
शहरबासी बिचको साइनो मिल्दैन
त्यसैले कसैले भन्ला
यो देशमा गणतन्त्र आयो
व्यवस्था बदलीई सक्यो
पत्याएर कसैले नियाल्यो
र देख्यो एअरपोर्टबाट
विदेशीँदै गरेकाहरुको लामो लाइन
धिक्कार्यो आफैँलाई
हो,
उस्तै टप्किएका छन्
आमाहरुका आँखामा आँसु
प्रशव व्यथाको छटपटाहटबाट
बाहिर ननिस्कँदै
प्राण पखेरु उड्दै छ
मेरो देशका भाउजु वुहारीहरुको
दुई रुपैयाँको औषधिमूलो नपाएर
मृत्युवरण गरेको खवरबाट
आज पनि म अछुतो छैन
गरिवीले निर्मम चिथोरेर
आमाछोरी सँगै नदीमा फाल हालेको
मलाई कथा जस्तो लाग्दैन
बाऊबाटै छोरीको अस्मिता लुटिएको
आफ्नै छानामुनी छोरीहरु असुरक्षित बनेको
खवर पढ्दा पढ्दै अझै आँखाहरु थाकेका छैनन्
कसैले सोध्ला
यो देशमा अझै राज्य छ ?
पक्कै छ,
नपत्याएर उ पर हेर त
ऊ संविधान निर्माणको कुम्भ निद्रामा लिन भैरहेको छ
त्यसैले नविउँझाउ उसलाई
फेरी तिमी
परिवर्तन विरोधिको
फन्दामा पारिन सक्छौँ
कारण देशमा लोकतन्त्र आएको वर्षौँ भैसक्यो ।अस्तु ।
©रामनाथ खनाल
No comments:
Post a Comment