-रामनाथ खनाल
गत बिहीबार नेपाली चलचित्र उद्योगका चर्चित व्यक्तित्व, कुशल म्यूजिक भिडियो तथा फिल्म निर्देशक आलोक नेम्वाङले आफ्नै अपार्टमेन्टमा आत्महत्या गरे । उनको शव बेलुकी ८ बजे आफ्नै अपार्टमेन्टको तल्लो तलाको भर्याङमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पार्यो ।
आफ्नै अपार्टमेण्टमा झुण्डिएको अवस्थामा मृत भेटिएका नेम्वाङको साथबाट प्रहरीले सुसाइड नोट पनि फेला पार्यो । सुसाईड नोट सार्वजनिक नगरिएपनि उनको सुसाईड नोटमा उनले परिवार र आफन्तलाई खुसी दिन नसकेको भन्दै जीवनप्रति चरम निराशाको भाव अभिव्यक्त गरेका छन् ।
सानो चिटमा भेटिएको उनको नोटमा जीवनका बारेमा कसैलाई दोष नदिएपनि ‘हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छु’ उल्लेख गरेका छन् । कला क्षेत्रका यि हस्तीले चरम निराशा पोख्दै आखिर मृत्युको बाटो किन रोजे ? यो प्रश्न उनको जीवनको उज्यालो बत्ति निभेसँगै अनुत्तरित नै छ ।
यो त एउटा नेपाली समाजमा भयावह रुपमा बढ्दै गएको आत्महत्याको प्रतिनिधिमूलक घटनामात्र हो । हिजोआजका पत्रपत्रिका एवम् सञ्चारमाध्यमहरुमा दिनहुँजसो आत्महत्याको घटनाहरु सुन्न, देख्न र पढ्न पाइन्छ ।
जिन्दगीबाट हत्तोत्साही भएर तथा विचलित भएर आफैँले आफैँलाई मृत्युको मुखमा पुर्याउने र जीवनको इहलिला समाप्त पारिदिनेहरुको जमात बढीरहेको छ । कार्य असफलता मात्र होइन सोचेजस्तो प्रतिफल हात नलागेर तथा सामान्य समस्याबाट नै अत्ताल्लिँदै विवेक गुमाएर आत्महत्याको बाटो समात्नेहरुको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ ।
स्वभाविक रुपमा मान्छे सम्वेदनाले भरिएको हुन्छ । सम्वेदनाले सजिएर जीवनमा आईपर्ने अनेकौँ उतारचढाव, आरोहअवरोह, सुखदुःख आशुँहाँसो सहँदै अनेकौँ हण्डर ठक्कर व्यहोरेर जीवनलाई अगाडि बढाउनु पर्ने र बाँच्नु पर्ने उसको बाध्यता हुन्छ । तर जीवनमा आईपर्ने अनेक समस्या समाधानमा उपयुक्त जीवनसीप र आफुलाई स्वविवेकको माध्यबाट सन्तुलीत बनाउन सक्ने उययुक्त क्षमता एवम् दक्षताको अभावका कारण शिक्षित, अशिक्षित, धनि, गरिव महिला या पुरुष जो सुकै व्यक्ति पनि आत्महत्या जस्तो जघन्य अपराधको बाटो रोज्न पुग्ने गरेको पाइन्छ ।
किन रोज्दछ त मानिसले आत्महत्याको बाटो ?
सामान्यतयाः कुनै कारणबाट उत्पन्न मानसिक पीडा या यातनाबाट उन्मुक्तिका लागि मानिसले देखेको उपयुक्त निकासको बाटो हो आत्महत्या । नेपालमा विभिन्न कारणबाट आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको छ । नेपालमा सामान्यतया घरेलू हिंसा प्रेम सम्बन्ध, बलात्कार अनिच्छित गर्भधारण, पारिवारीक बेमेल, पती या पत्नीको दोश्रो विवाह, पर्याप्त दाईजो नल्याएको या नदिएको निहुँमा पाउने मानसिक यातना, प्रताडना, पढाईमा असफलता अत्यधिक ऋणभार, मानसिक विचलन नै आत्महत्याको प्रमुख कारण बनेका छन् ।
मनोविश्लेषक रमा कार्कीका अनुसार आत्महत्याको प्रमुख कारण भनेको मानसिक समस्या नै हो । आजको हाम्रो परिवेश मानसिक स्वास्थ्य प्रति त्यती सम्वेदनशिल छैन । समान्य उदाहरणका लागि “टाउको दुख्यो भने चिकित्सककहाँ गइन्छ, मन दुख्यो या तनाव भयो भने कहाँ उपचार गर्न जाने ? यस्तो द्विविधामा मानिसहरु छन् ।
कार्कीका अनुसार ग्रामीण भेगमा यो समस्या अझै विकराल रुपमा अगाडि आइरहेको छ । नेपालमा मनोचिकित्साको क्षेत्रमा पि।एच। डी गर्नेहरुको संख्या जम्मा जम्मी ६ जना मात्रै छ । अहिलेको तथ्यांक अनुसार त्रिभुवन विश्वविद्यालयलये १ बर्षमा ४ जना मात्र मनोचिकित्सक उत्पादन गर्ने गर्दछ । विस्तारै मनोपरामर्श दाताहरुको संख्या त बढ्दै छ तर यो संख्या पनि पर्याप्त छैन ।
हामीकहाँ शारीरिक समस्यालाई नै प्रमुख समस्याको रुपमा लिने गरिन्छ । मानसिक स्वास्थ्य प्रति गम्भीर नबन्दा आत्महत्यामा बढोत्तरी आइरहेको कार्कीको विश्लेषण छ ।
‘आत्महत्या तत्कालीन कारणको उपज मात्र हुन सक्दैन जव मानिसले आफ्ना समस्याहरु गुम्स्याएर राख्न थाल्छ या त्यो समस्याबाट आफू कमजोर भएको महसुस गर्न थाल्दछ र तत्कालिन रुपमा समस्याको निकास भेट्दैन उसले रोज्ने भनेको आत्महत्या नै हो’ कार्कीको तर्क छ ।
आत्महत्या कुनै खास उमेर समूहका मानिसले मात्र गर्दछन् भन्ने छैन । अहिले आएर बालबालीकाहरुमा समेत यो समस्या भयावह रुपमा देखा पर्न थालेको छ । हामीकहाँ बालमनोचिकित्सकको सख्या पनि ज्यादै न्यून छ । न्यून मनोचिकित्सक र आवश्यक मनोपरामर्श दाताहरुको अभावका कारण मानसिक परामर्श सेवा उपलव्ध गराउने व्यक्तिहरु नहुँदा आत्महत्यामा कमी ल्याउन सकिने अवस्था छैन ।
तनाव, डिप्रेसन जस्ता मानसिक विकारहरु नै आत्महत्याका सहयोगी बन्ने गर्दछन् । जसले गर्दा एउटा चरणबाट अर्को चरणमा गुज्रिसक्दा पनि उनीहरुलाई मनोपरामर्श सेवा उपलव्ध गराउन सकिँदैन । हाम्रो जस्तो सामाजिक संरचनामा मानिसहरु मानसिक स्वास्थ्य प्रति सचेत नहुँदा आत्महत्या बढदै गएको छ । र यो समस्या महिलाहरुमा झनै डरलाग्दो रुपमा देखिएको छ ।
प्रहरी कार्यालयको जानकारी अनुसार पछिल्लो केही बर्ष यता नेपालमा दैनिक औषत ११ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । पछिल्लो ७ बर्ष यता २१ हजार २ सय २७ जनाले आत्महत्या गरिसकेका छन् । सन् २००६ देखि २०१३ सम्मको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेको संख्या डरलाग्दो छ । कतिपय सामाजिक प्रतिष्ठा कानुनी झन्झट आदीले गर्दा प्रहरीकहाँ यस्ता घटना नआइपुग्ने हुनाले यो तथ्यांक अझै स्पष्ट छैन ।
प्रहरीको तथ्यांकमा आत्महत्या गर्ने प्रति सय जनामा ७० जना झुण्डिएर, १८ जना बिष सेवन गरेर, १२ जना पानीमा डुवेर या अन्य तरिकाले आत्महत्या गर्दछन् ।
मनोविश्लेषक, समाजशास्त्री, तथा मनोचिकित्सकहरुले आत्महत्याको प्रमुख कारण व्यक्तिको मनोविज्ञान भएको औँल्याएका छन् । अनावश्यक तनावमा बस्ने, आफ्नो कुरा खुलस्त नबताउने, कमजोर आत्मबल भएका व्यक्ति प्रायः आत्महत्याको बाटो रोज्ने गरेका उनीहरु बताउँछन् ।
व्यक्तिलाई आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्था भनेको अत्यधिक चिन्ता र तनाव नै हो । मानिसलाई जव पीडा बोध हुन थाल्दछ त्यती वेला जीवन नै भारी बनेर आउँदछ र जीवनका चौबाटाहरु ठप्पै भएको ठान्दछ अनि आत्महत्या जस्तो जघन्य अपराधपूर्ण बाटो समाउँन पुग्दछ । त्यती वेला उसलाई आवश्यक परामर्श उपलव्ध गराउने र जीवनका अप्ठ्यारा बाटाहरुमा निभर्यका साथ हिँड्न दृढ मनोवल प्रदान गर्न सक्ने हो भने आत्महत्या रोकिन सक्दछ ।
समाजमा बढ्दो भड्कीलो जीवनशैली, अत्याधिक पारिवारिक व्ययभार, कमजोर आम्दानीले गर्दा तथा आम्दानी खर्चको सन्तुलन कायम गर्न नसक्दा पनि मानिसहरु आत्महत्याको बाटो रोज्ने गर्दछन् ।
सहरी क्षेत्रमा अझै बढी
तिव्र सहरीकरण, अत्यधिक जनघनत्व र बढ्दो पारिवारिक व्ययभारका कारण मानिसहरुमा चरम असन्तुष्टी पैदा हुन थालेको छ । पछिल्लो समयमा बैदेशिक रोजगारीमा गएका पुरुषहरुका पत्नीहरुमा यो समस्या झनै विकराल देखिन थालेको छ । बैदेशिक रोजगारीमा गएकाहरुको श्रीमतीले परपुरषसँग राख्ने यौन सम्बन्धका कारण र घरपरिवारले थाहा पाएपछि सामाजिक प्रतिष्ठा गुम्ने भयले आत्महत्याको बाटो रोजेको उदाहरणहरु पनि छन् ।
पति बैदेशिक रोजगारीमा गएपछि पत्नीमा निराशा उत्पन्न हुने, भावनाहरु अभिव्यक्त गर्ने मानिसको अभाव हुने तथा घरपरिवारको बोझ आदीले उनीहरु परपुरुषसँग सम्बन्ध गाँस्न पुगेको पाइन्छ । बैदेशिक रोजगारीमा गएकाका श्रीमतीहरुलाई कतिपयले ललाई फर्काइ अनुचित सम्बन्ध समेत राखेको पाइन्छ जसका कारण पनि घरपरिवार विग्रिएको मात्र होइन त्यही घटनाहरु आत्महत्याको तह सम्म पुगेको पाइन्छ ।
त्यसको अलावा अव्यवस्थित खानपानका कारण पछिल्लो समय सहरी क्षेत्रमा आत्महत्या गर्नेहरुको संख्या बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।
कानूनमा कसरी उल्लेख गरिएको छ आत्महत्यालाई ?
नेपालमा आत्महत्यालाई प्रहरी प्रशासनले अपराध अन्तर्गत नै उल्लेख गरेको छ । आत्महत्यालाई हत्या या अन्य अपराध सरह कै श्रेणीमा राखिएको छ । अन्य देशहरुले पनि यसलाई हत्या सरह नै उल्लेख गरिएको छ र नेशनल हेल्थ रकेर्ड अन्तर्गत राखिएको छ । यस्ता समस्याहरुलाई राष्ट्रिय तहबाट नै उपचारको विशेष व्यवस्था पनि गरिएको छ तर नेपालको स्वास्थ्य मन्त्रालयले यो सम्वन्धमा कुनै तथ्यांक राखेको पार्इंदैन र स्वास्थ्य सम्बन्धि नीति निर्माताहरुलाई यस विषयले आजसम्म छुन सकेको छैन ।
आत्महत्या कसरी रोकथाम गर्न सकिन्छ ?
हामीले अन्य मृत्युका कारणहरु झैं आत्महत्यालाई निदान गर्न सक्दैनौं । जब मानिसले मर्ने नै निर्णय गरिसकेको हुन्छ, त्यसबेला उसलाई बचाउन हामी निकै ढिला भै सकेका हुन्छौँ । कहिलेकाहीँ आत्महत्या गर्ने मानिसले अरुका अगाडि खुसी र सन्तुष्ट पनि देखिने प्रयास गर्दछ तर आत्महत्या गर्ने निर्णयको तहमा पुगि सकेका मानिसहरु प्रायजसो अन्तिम समयसम्म पनि दोधारमै हुन्छन् । मर्ने या नमर्ने दुवै खालका विचार उनीहरुको दिमागमा एकपछि अर्को गर्दै सलवलाईरहेको हुन्छ । त्यसकारणले आत्महत्या रोकथामका लागि दुईवटा कुरामा ध्यान दिनुपर्छ ।
एउटा आत्महत्यासम्म पुर्याउन सक्ने रोग लागेको छ भने सो रोगको मनोपरामर्शको माध्यमबाट निदान गर्ने प्रयास गर्नुपर्छ । अर्को आत्महत्या मात्र समस्याको समाधान होइन, आत्महत्या वाहेक अरुपनि समस्याका निदान छन् । जीवनका बाटाहरु अनगिन्ती छन् भनेर जीवनसीप समेत सिकाउनु पर्दछ ।
विभिन्न मानसिक रोगहरुले नै आत्महत्याको सम्भावना बढाउने गर्दछन् । डिप्रेसन भएको छ भने डिप्रेसनको औषधी सेवन गर्नुपर्छ । यदि आत्महत्याको विचार कडा रुपमा नै उत्पन्न भैसेकेको छ भने उक्त व्यक्तिको सुरक्षाको लागि अस्पताल भर्ना गर्नुपर्ने पर्छ र मनोमरामर्श सेवा उपलव्ध गराउनु पर्दछ ।
उपचारले निदान तुरुन्त सम्भव हुन सक्दैन, केही समय लाग्न सक्दछ । प्रारम्भिक चरणमा डिप्रेसनको उपचारले भोक तथा निद्रामा सुधार ल्याउँछ, उदासिपनामा पनि सुधार आउँछ तर आत्महत्या गर्ने विचारमा परिवर्तन आइसकेको नहुन सक्छ । त्यसैले उपचार सुरु गरेको केही दिनदेखि दुई हप्तासम्म उक्त व्यक्तिलाई निगरानीमा राख्नुपर्दछ ।
साइकोसिन ९पागलपन० आत्महत्याको कारण बन्न सम्दछ तर आत्तिने रोग आत्महत्यासँग खासै सम्बन्धित नभएपनि आत्तिने समस्याको उपचार नगर्दा पनि डिप्रेसन पैदा हुन्छ । यसर्थ आत्तिने समस्याको समयोचित उपचारले पनि आत्महत्याको दर कम गर्न मद्दत पुग्छ । त्यस्तै लागूपदार्थ दुव्र्यसनले पनि आत्महत्याको दर बढाएको छ ।
डिप्रेसन भएको मानिसले लागूपदार्थ या रक्सीको सेवन गर्छ भने आत्महत्याको सम्भावना धेरै बढ्छ । यदि हामीले चिनेको व्यक्ति धेरै उदास छ, निराशावादी कुरा गर्छ र उसलाई रक्सी या लागूपदार्थको आदत छ भने उसलाई कसैको निरीक्षणमा रहने व्यवस्था गर्दै दुव्र्यसन र डिप्रेसन दुवैको उपचार गर्न सल्लाह दिनुपर्छ । कतिपय व्यक्तित्व सम्बन्धी समस्याहरु, जुन बाल्यकालमा भएको हेला र दुव्र्यवहारको कारणले वयस्क भएपछि पनि गाह्रो पर्यो की आत्महत्याको विचार आइहाल्ने हुन्छ, त्यस्तोमा व्यक्ति अनुसारको आत्महत्या रोक्ने योजना समेत बनाउनु पर्छ ।
Published on http://nepalpati.com/news/1697/sucide-prevention
No comments:
Post a Comment