Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

पद्धति नसुधारेर पात्र परिवर्तनले मात्र देश विकास हुँदैनः सापकोटा



By  Unknown     5:48 PM    Labels: 

नेपालको पत्रकारिता क्षेत्रमा लामो समय देखि  योगदान दिँदै आएका भएका तथा अष्ट्रेलियामा रहेर पनि नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन विभिन्न अभियान सञ्चालन गर्दै आएका भीमसेन सापकोटासँग नेपालपाटी डटकमका लागि रामनाथ खनालले गरेको कुराकानीः

अन्तरवार्ताको क्षण ,श्री भीमसेन सापकोटा मिति: २०७१/०७/२०





सात वर्ष पछि नेपाल आउनु भएको छ यस अवधिमा नेपालको अवस्था कस्तो पाउनु भयो?
राजधानीलाई केन्द्र विन्दुमा राखेर हेर्ने हो भने धैरै भौतिक रुपमा धेरै फेरवदल देखिन्छ । ठूला–ठूला भवनहरु बनेका छन् । तर सात वर्ष अगाडि जस्तो प्रदुषण थियो त्यो अहिले पनि कायम छ । सात वर्षको लामोे अवधिमा जुन किसिमको लामो राजनीतिक अन्यौलता थियो त्यो यथावत न छ । तथापी मैले मानिसहरु आशावादी भएको पाएँ । उनीहरुमा संविधानसभा मार्फत मुलुकमा नयाँ संविधान निर्माण हुन्छ भन्ने अभिलासा पलाएको पाएँ ।

पछिल्लो सयम मुलुक छाडेर विदेश जानेहरुको क्रम बढेको यो संख्या बढ्नुको पछाडी प्रमुख कारण के हो रु
हाम्रो मात्र समस्या होइन यो  । यो अल्पविकसित देशहरुकै समस्या हो । विकास र प्रगतिको खोजिमा आफ्नो जन्म थलो छोडेर देश विदेश जाने अथवा संसारका विकसित देशहरुमा पुग्ने क्रम सदियौँ देखि नै थियो ।  हामीले सुन्न गरेकै हो, लाहोरमा रोजगारीको खोजिमा जाने गरेका कारण लाहुरे भएको । बर्मा, भारत, मलेसिया लगायतका मुलुकमा काम गर्न जाने चलन पहिला देखिनै थियो । पहुँच बढ्दै जाँदा अहिले नेपालीहरु संसारभर फैलन पुगेका छन् । यो स्वभाविक प्रकृया हो । यसलाई हामीले अनौठो रुपमा लिनु हुँदैन ।

विदेश गए पछि नेपालीहरुको मुलुकप्रति दृष्टिकोण कस्तो हुन्छ?
‘जति टाढा उती माया’ गाढा भने जस्तै बाहिर जानेहरुले मुलुकलाई असाध्यै माया गरेको, श्रद्धा प्रकटक गरेको पाएको छु । उनीहरुलाई जे काम गर्दा पनि देशलाई सम्झन मन लाग्दो रहेछ, आफू जन्मे हुर्के बढेको, पढेको आदी ठाउँलाई कुनै न कुनै रुपमा सहयोग गर्न मन लाग्ने हुँदो रहेछ । एक जना नेपाली भेट्ने वित्तिकै के छ नेपालको खवर भनेर सोध्न मन लाग्ने हुँदो रहेछ । विदेशीएका नेपालीहरुले मुलुकलाई विर्सने होइन राष्ट्रियता भनेको के हो झनै बुझ्ने र  राष्ट्रियताको भावलाई अझै उजागर हुँदो रहेछ ।

अष्ट्रेलियामा रहँदा तपाईले नेपालको झण्डा लिएर स्काइ ड्राइभिङ गर्नु भयो, कहिले नेपालको झण्डा समुद्रको पिँधमा पुर्याउनु भयो त्यसको उद्देश्य के थियो ?
नेपाललाई अष्ट्रेलियामा चिनाउने मेरो अभियान थियो । नेपाललाई अष्ट्रेलियामा मात्र नभई संसार भरनै चिनाउनका लागि म विगत चाररपाँच वर्ष देखि नै विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छु । हाम्रो सानो प्रयासले नेपालप्रति विदेशीहरुको आकर्षण बढ्छ भने किन नगर्ने त भनेर मैले यो प्रयास थालेको हुँ । मैले सगरमाथा आरोहण दिवसको अवसर पारेर विदेशी मात्र होइन विदेशमा रहेका नेपालीहरु पनि एडभेञ्चर गर्न सक्छन्, एडभेञ्चरका साथसाथै नेपालको प्रमोट पनि गर्न सक्छन् भन्ने अभिप्रायले आज भन्दा तीन वर्ष अघि अष्ट्रेलियाको सवैभन्दा उचाईको आकाशबाट नेपाली झण्डा, दौरा सुरुवाल र नेपाली टोपी सहित ‘स्काइ ड्राइभिङ’ गरेको थिए । जसको सन्देश नेपाल जाऔँ, शान्ति प्रवद्र्धन गरौँ भन्ने थियो । त्यसको लागि हामीलाई त्यहाँको राजदुतावास र महावाणिज्य दुतावासले पनि विशेष सहयोग गरेको थियो ।

त्यस्तै मैले अष्ट्रेलियाको समुद्रको पिँधमा झण्डा  पनि पुर्याए । त्यसो मुख्य सन्देश भनेको हामी हिमाल देखि समुद्रको गहिराई सम्मै सम्बन्ध विस्तार गर्न सक्छौँ भन्ने थियो । नेपालमा समुद्र छैन, अष्ट्रेलियामा उच्च हिमाल छैन । त्यसकारण हिमाल र समुद्रको जुन सम्बन्ध छ त्यो सम्बन्धलाई निरन्तरता दिनको लागि तथा कुटनीतिक र दुईदेशका नागरिकहरुको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन खोजिएको हो ।

पछिल्लो समय बिदेशिहरुमा नेपालप्रति हेर्ने दृष्टिकोण कस्तो पाउनु भयो ?
पछिल्लो समय मुलुक जसरी द्वन्द्वमा फसेको थियो, त्यसबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्किसकेपछि धेरै देशहरुले नेपाललाई राम्रो नजरले हेरेका छन् । उनीहरुले आफ्ना नागरिक नेपालमा पठाउँदा सावधानीका सूचनाहरु जुन ढंगले प्रयोग गर्थे थिए त्यो हटाएका छन् । विदेशीहरु नेपाल आउँदा विशेष रुपमा उनीहरुको राजदुतावाससँग अनुमति लिएर आउनु पर्दथ्यो त्यो पनि अहिले छैन । व्यक्तिगत रुपमा र सामाजिक रुपमै नेपालीहरु जहाँ पुगेपनि मेहनत गर्दछन्, इमान्दार छन् भनेर अत्यन्तै श्रद्धाले हेरेको पनि पाएको छु । अरु देशको नागरिकको तुलनामा विदेशमा नेपालीहरुको छवी उच्च छ ।

त्यो सँगै मुलुकमा भएको राजनीतिक परिवर्तन, शान्तिपूर्ण राजनीतिक संक्रमणले उनीहरु पनि अत्यन्तै आशावादी भएको र नेपाल जुन ढंगले राजनीति परिवर्तनको दिशामा अघि बढ्यो यसले उनीहरु झन् उत्साहित भएको पाएँ । खास गरी अष्ट्रेलियामा मैले त्यहाँको सत्तामा रहेको र अपोजिसनमा रहेको पार्टीसँग कुरा गर्दा नेपालको शान्ति प्रकृयालाई लिएर आशावादी त भएको पाएको छु । तथापी अघिल्लो संविधानसभा विघटन भएको र अहिले पनि राजनीतिक दलबीचमा सहमति नजुटिसकेको कारणले उनीहरुमा शंका रहेको छ । तथापी फिजी जस्तो मुलुक जहाँ सैनिक शासन थियो त्यो पनि प्रजातान्त्रिक प्रणालीमा जान सक्यो, थाइल्याण्ड लगायतका मुलुकमा भएको परिवर्तनले गर्दा नेपाल पनि प्रकृयामा छ छिट्नै राजनीतक स्थायीत्व सँगै फड्को मार्न सक्छ भन्नेमा उनीहरु पनि आशावादी पक्कै छन् ।

विदेशी भुमीमा सस्तो मूल्यमा श्रम वेचिरहेका नेपालीहरुलाई स्वदेशमै रोकेर मुलुकको विकासमा कसरी लगाउन सकिन्छ ?
विश्वको मानव सभ्यताका इतिहास केलाउने हो भने मानिस अवसरको खोजिमा एक ठाउँबाट अर्को ठाउँसम्म पुगेका छन् । हाम्रो पुर्खाहरु पनि एक ठाउँबाट अर्को ठाउमा सरेर नै यो संसार यतिधेरै फराकिलो बनेको हो । यसलाई हामीले त्यती नराम्रो दृष्टिकोणले पनि हेर्नुहुँदैन । नेपालबाट मात्र मानिसहरु विदेशीएका छैनन् । चीन, भारत लगायतका मुलुकहरुबाट पनि मानिसहरु विदेशीएका छन् ।

अहिले एक देशबाट अर्को देशमा गएर अध्ययन गर्ने, काम गर्ने यो ट्रेनकै रुपमा विकास भएको पनि छ । तथापी हामी मुलुक निर्माणको क्रममा लागिरहेको हुनाले मुलुकमै केही गर्नु पर्छ भन्ने कुरा त महत्वपूर्ण हो तर हामीसँग प्रविधि र अवसरहरु नभएको अवस्थामा प्रतिभावान् जनशक्तिलाई रोक्न गाह्रो हुन्छ ।

उदाहरणको लागि भर्खरै मात्र अष्ट्रेलियामै मृत मानिसको मुटु प्रत्यारोपण गरेर नेपाली चिकित्सक कुमुद धितालले विश्वमै आश्चर्य फैलाए । उहाँ नेपालमै भैदिएको भए यहाँको प्रविधिले साथ दिन्थ्यो की दिँदैन थ्यो । त्यस्ता अरु पनि प्रतिभाहरु छन्, यहाँ स्कूल पढाएर बसेको शिक्षकहरु अष्ट्रेलियामा पुगेर पढेर यूनिभर्सिटीको लेक्चरर पनि बनेका छन् । यसको अर्थ विदेश जानै हुँदैन भन्ने होइन । सिमित समयको लागि जाने, सिक्ने र सिकेका कुराहरुलाई मुलुकको हितमा उपयोग गर्ने तथा देशका लागि केही गर्ने त्यो महत्वपूर्ण कुरा हो ।

अर्को कुरा खाडी मुलुकमा जाने युवाहरुको अवस्था चाँही दयनीय पक्कै छ । हुन त तथ्यांक अनुसार ३० लाख भन्दा बढी युवाहरु विदशेमा छन् । बढी नेपाली भएका कारण दैनिक जसो विदेशमा नेपालीहरुको मृत्यु पनि भैरहेको छ । त्यसकारण खाडी क्षेत्रका जाने नेपाली कामदारहरुको सुरक्षाको बारेमा राज्य सम्वेदनशिल चाँही हुनुपर्दछ । तर विकसित देशमा गएका नेपालीहरुको अवस्था दयनीय नै छैन ।

खाडी मुलुकको तुलनामा विकसित मुलुकबाट आउने रेमिट्यान्स कम देखिन्छ । कारण के होला ?
विकसित देशहरुले सीपयुक्त र दक्षतायुक्त मानिसहरुलाई त्यहीँ स्थापित गर्नका लागि विभिन्न योजना बनाएका छन् । उनीहरुले स्थायी बसोबासका विभिन्न प्रावधानहरु प्नि बनाएका छन् । त्यसकारण यहाँबाट गएका मानिसहरुले निश्चित समय सम्म मात्र नेपालमा पैसा पठाउने गर्दछन् । स्थायी बसोबास प्रकृया अघि बढाउँदा कर व्यवस्थामा हुने कडाइका कारणले गर्दा उनीहरुले नेपालमा पैसा पठाउन समस्या भएको छ । पैसा कमाए पनि पठाउँदाखेरी कमाएको स्रोत खुलाउनु पर्ने लगायतका प्राविधिक कठिनाइहरुले गर्दा विकसित मुलुकबाट रेमिट्यान्स पठाउन सजिलो छैन ।

तथापी पछिल्लो समय विदशेमा बस्ने नेपालीहरुले सेवा र परोपकारका विभिन्न क्षेत्रमा हात बढाइरहेको छन् । विदेशमा रहेका नेपालीहरुको आफ्नो देशको विकासमा कुनै न कुनै तरिकाले लागेको नै देखिन्छ । उनीहरुले देउसीभैलो खेलेर एम्वुलेन्स खरिद गर्ने, विद्यालयलाई कम्प्यूटर प्रदान गर्ने काम पनि गरिहेका छन् ।

गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरण कत्तिको बनेको पाउनु भयो ?

गैह्र आवासीय नेपालीहरुलाई नेपालमा सहज तरिकाले लगानि गर्ने र त्यसको रिटर्न लिने उपयुक्त वातावरण वनेको छैन । मुलुकको सम्वेदना र भावना एकातर्फ छ  भने अर्को तर्फ लगानी गरिसेकपछि व्यवसायीहरुले रिटर्न खोज्छन् । तर रिटर्न लान सक्ने अवस्था बनिनसकेकाले एनआरएनहरुले अझै खुलेर लगानी गर्न सकेका छैनन् । जहाँ सम्म लाग्छ, सरकारले पछिल्लो समय विदेशी लगानी भित्र्याउनका लागि जुन वातावरण तयार पार्ने योजना बनाएका छ त्यसले आगामि दिनमा एनआरएन लगायत विदेशीहरुले लगानी गर्ने राम्रो वतावरण बन्छ । साथै नेपाल सरकारले गैर अवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको सुविधा दिनुपर्छ । 


अष्ट्रेलियाको विकासबाट नेपालले आफ्नो उन्नतीका लागि के सिक्नुपर्छ ?
मुलुक विकास हुने भनेको पद्धतीले नै हो ।  हामीकहाँ पद्धतीको अभाव छ । पात्र परिवर्तन भएर हुँदैन । पद्धती परिवर्तन गर्न नसक्दा समेत पात्र परिवर्तनले मात्र मुलुक विकास सम्भव हुँदो रहेनछ । अष्ट्रेलियाको इतिहास नेपालको जस्तो लामो छैन । अष्ट्रेलिया तीन/चारसय वर्षको इतिहास भएको देश भए पनि विश्वमै बलियो राष्ट्रको रुपमा अगाडि आइरहेको छ । अष्ट्रेलिया मजदुरलाई उच्च पारिश्रमिक दिने, न्याय र समानताको कर प्रणाली लागू गर्ने देशको रुपमा परिचित छ । अर्को कुरा हामीकहाँ योजनावद्ध विकासको अभाव भयो । अहिले सार्क सम्मेलन हुन लागेको छ । त्यसका लागि हामी रातारात भवन, बाटो बनाउँदै छौँ । भने रंगरोगन पनि गरिरहेका छनैँ । सार्क सम्मेलन हुने कुरा त हामीलाई धेरै अघि नै थाहा थियो तर पनि योजनाको अभावका कारण यो काम वेलैमा थाल्न सकिएन । 

तपाई त लामो समय पत्रकारिता गरेको व्यक्ति । विदेश र नेपालको पत्रकारितालाई तुलना गर्दा के पाउनु हुन्छ ?
पत्रकारिता क्षेत्रको कुरा गर्दा हामी फगत राजनीतिक विषय वस्तुमा बढी केन्द्रीत भयौँ । आज कहाँ बैठक बस्यो, के विषयमा छलफल भयो भन्नेमा हाम्रो बढी ध्यान गयो । जति पत्रिका पढे पनि त्यही सय दुईसय जनाको नाम दोहोरिरहने हुन्छ । जुन सञ्चारमाध्यममा पनि राजनीतिलेनै प्रमुख विषय पाएको अनुभुती हुन्छ । विदेशको पत्रकारिताको अनुभव सङ्गाल्दा त्यहाँ राजनीति मात्र समाचारको प्रमुख विषय बन्दैन । मानवरुचीका, सकरात्मक सन्देश प्रवाह गर्ने प्रकृतिका विषयवस्तुले पनि उत्तिकै स्थान पाउँछन् । यहाँ पत्रिका पल्टाउँदा अघिल्लो पृष्ठमा राखिने नकरात्मक समाचारहरु, हत्या बलात्कार, चोरीका घटनालाई त्यहाँ त्यती प्राथमिकता दिएको पाइँदैन । त्यसको सट्टामा उनीहरुले परोपकार, सफलताका कथाहरु आदीलाई महत्व दिएको पाइन्छ ।

देश विकासका लागि आवश्यक दक्षजन शक्ति उत्पादन गर्न शिक्षाको महत्पूर्ण भूमिका हुन्छ, विदेशको शिक्षा पद्धति कस्तो छ ?
हामीकहाँ बालबालिकालाई तीन चारवर्ष देखि नै स्कूल पठाउने चलन छ । तर अष्ट्रेलियामा सात वर्षको भएपछि मात्र स्कूल जान्छ । त्यो भन्दा अघि उसालई डेकेयर आादीमा राखिन्छ । जसले गर्दा होमवर्क, असाइन्मेन्ट आदीको बोझ उसालाई हुँदैन । हामीकहाँ अलिबढी घोकन्ते विद्या भयो । त्यसलाई व्यवहारमा प्रयोग गर्ने समयमा विर्सिसक्ने अथवा प्रयोग नै गर्न नसकिने किसिमको हुन्छ । हामीकहाँ अझ परीक्षा पास गर्नका लागि मात्र पढ्ने जस्तो देखिन्छ । विदेशमा शिक्षालाई मानव रुची सँग जोड्ने गरिन्छ । त्यहाँको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुन्छ ।

त्यसकारणले नै नेपाली विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलियामा जाने क्रम बढेको हो ?

पछिल्लो समय अष्ट्रेलियामा विद्यार्थीहरु पढेर ज्ञान सीप आर्जन गर्ने भन्दा पनि कुन विषय पढ्दा त्यहाँ पीआर पाइन्छ भन्ने सोचका कारण जाने गरेको देखिन्छ ।  जसले गर्दाउनीहरु त्यहाँ गएर पनि अध्ययनलाई भन्दा पीआर लाई प्राथमिकता दिने गरेको पाइन्छ । यसले गर्दा नेपाली विद्यार्थीहरुले दुःख पनि पाइरहेका छन् ।

अष्ट्रेलिया जाने विद्यार्थीहरुले पीआरको टार्गेट गरेर भन्दा पनि ज्ञान बटुल्ने र आफूमा दक्षता अभिवृद्धि गर्ने लक्ष्य बोकेर जाँदा राम्रो हुन्थ्यो ।
अन्तरवार्ताको क्षण ,श्री भीमसेन सापकोटा मिति: २०७१/०७/२०


प्रशंग बदलौँ । तपाई अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज(अनेसास)को अध्यक्ष हुनुहुन्छ । प्रवासी साहित्यिक अभियान कस्तो चल्दैछ ?
संसारमा जहाँ रहेपनि लेखन, पत्रकारीता र साहित्यको विधामा कलम चलाउनेहरुको कलम थाक्न सक्दैन । यसकारणले गर्दा प्रवासमा पनि साहित्य अभियानहरु, पत्रकारीता आदी अघि बढेकै छन् । अष्ट्रेलियामा रहेर हामीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मार्फत प्रवासी साहित्यकारहरुलाई समेट्ने जुन प्रयत्न गर्यौँ त्यो प्रयत्नबाट नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न निकै मद्यत पुगेको छ । साथै उदयीमान तथा नवोदित साहित्यकारहरुलाई आफ्नो अन्तर्निहित भावना र क्षमता मुखरित गर्ने, प्रष्फुटन गर्ने महत्वपूर्ण प्लेटफर्म पनि बनेको छ । विदेशी लेखकहरुको  पुस्तक पढ्ने अनुवाद गर्ने र नेपाली सिर्जनाहरुलाई त्यहाँसम्म पुर्याउने सेतुको भूमिका पनि निर्वाह गरेको छ ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment