Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

गजल



By  Unknown     12:37 AM    Labels: 
सम्वन्धको पर्खाल नढलाई बस्न सिक
अनायसै दिलहरु नजलाई बस्न सिक

मृत्यु निश्चितै छ ईष्र्याहरु पाल्नु किन?
आँसुले आँखाको डिल नगलाई बस्न सिक

विहान उदाउने घाम पनि वेलुका अस्ताउँछ
मनमा विषको फूल नफूलाई बस्न सिक

सम्वन्धको पर्खाल नढलाई बस्न सिक
अनायसै दिलहरु नजलाई बस्न सिक

                    00

आँसुसँग आँखा छुटाउन पाए जाती हुन्थ्यो
वेदना छातीभित्रै फुटाउन पाए जाती हुन्थ्यो

अकारणै दुख्ने मुटुहरु शरिरबाट अलग गरी
मायासँग मन आफैँ टुटाउन पाए जाती हुन्थ्यो

झुटो संसारमा आफ्नै छायाँले तर्साइदिन्छ
दिन– रात सँगै जुटाउन पाए जाति हुन्थ्यो

आँसुसँग आँखा छुटाउन पाए जाती हुन्थ्यो
वेदना छातीभित्रै फुटाउन पाए जाती हुन्थ्यो
©रामनाथ खनाल

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment