मुस्कानमा ऊ
देखिन्छे लज्जावती
घितै मरेन
00
00
00
आँखामा उनी
छाउँछिन् सधैभरी
बिथोल्न मन
00
00
00
किन्छु भन्छे ऊ
एक छटाक प्रेम
उधारो पाए
00
00
00
मुस्कुराऊ त
दुनियाँ नै भुलेर
संसार हाँस्छ
देखिन्छे लज्जावती
घितै मरेन
00
रूपकी रानी
फूस्केला नी जवानी
सम्हाल ओठ
आँखाको प्यास
कति साह्रो बेमानी
छोड्नै मान्दैन
आँखामा उनी
छाउँछिन् सधैभरी
बिथोल्न मन
00
प्रितको फूल
मनभित्रै फूलेछ
बास्ना चलेन
सम्हाल मन
पैँचो माग्न आयो ऊ
फिर्ता नगर्ला
किन्छु भन्छे ऊ
एक छटाक प्रेम
उधारो पाए
00
लौ सुन मेरो
अमर प्रेम कहानी
लाउँन बाँकी
सम्झना मात्रै
आउँछ मन भित्र
यो कस्तो प्रेम
मुस्कुराऊ त
दुनियाँ नै भुलेर
संसार हाँस्छ
No comments:
Post a Comment