मौनतामा ऊ
खोज्दैछ इतिहास
क्षितिजपारी
न्यायको चुल्हो
चिसै छ आजपनि
मेरो देशमा
तुइन तर्दै
केटाकेटी त्रिशुली
ज्ञान खोज्छन्
भोकै छ पेट
अनाज नपाएर
कर्णालीपारी
दूधको भाऊ
बढाउँदैछ राज्य
कृषक भोकै
तरकारीमा
विष मिसाइयो रे
मृत्यु सस्तियो
नेताजीहरू
गलफती गर्छन
देश डुव्दैछ
ए माझी दाइ
लौन उतारिदेऊ
मुलुक डुव्यो
नुन नहुँदा
अलिनो खान्छन् आमा
आँसु पिउँदै
मौन छ भीड
कंक्रिटको सहर
न्याय मरेछ
न्याय नौ सिंगे
निरापराधी फस्ने
दोषी उम्कने
हाम्रो कानून
बनाउनेले जानुन्
व्याख्या अनेक
कालो कोटमा
न्याय खरिद हुन्छ
न्यायालयमै
बोल्नेको
पिठो पनि बेचिन्छ
निमुखा मर्छन्
कानूनी राज
किन परौँ भरोसा
अल्पदृष्टिमा
No comments:
Post a Comment