प्रत्येक दिन
म सपनाबाट विउँतिदा
कोलाहल र चित्कार
देख्दछु/सुन्दछु
बामे सर्दै गरेका लालाबालाहरू
अँश्रुधारा बगाउँदै
रित्तो पँधेरामा
ग्राग्रीको लाम भरीरहेका
भाउजु बुहारीहरू
केही आमाहरू पनि
पाटीमा आस्रय लिइरहेका बयोबृद्धाहरू
मन्दिर र सडक पेटीमा भविष्य प्रति बेखवर
प्रेमालापमा मस्त युगल जोडी
गाथा च्यातिएको
महेन्द्रमाला च्यापेका
छाना उडेका शिक्षालय भित्र
फाटेका जुत्ता माथि
आधुनिक टाई पहिरिएका
केही शिक्षार्थीहरू
चक विर्सिएर किताव रटाइरहेका
आधुनिक गुरूहरू
म देख्दछु
अभिसप्त सपना च्यापेर
विदेशिन भयातुर हजारौँ युवाहरू
मझत्रोको सप्कोले आँसु पुछ्दै
विदाईको अंकमाल गरिरहेका
नवा विवाहिता अर्धाङ्गिनीहरू
अधुरो सुहागरातको
तन्द्राबाट नविउँझिदै
विदेशीन बाध्य
नवयौवनाहरूको कारूणिक अनुहारले
मन अनायसै विथोल्निछ
भोक रोक र शोकले
निचोरिएर फिक्का हाँसो
हाँसिरहेका बस्तीहरू
रित्तिँदै गरेको गाउँहरू
नियाल्छु र आफैसँग सोध्छु
देश यिनीहरूको पनि होइन
फेरि देख्दछु कुरूप बन्दै गरेको बालुवाटार
कलेवर फेरिएको सिंहदरवार
मत मन नमिलेको संविधानसभा भवन
र धमिरा पसेका न्यायालयहरू
इमान्दारिता पस्न बर्जित गरिएको
प्रशासनिक मुख्यालयहरू
के कोर्लान् हाम्रो भविष्य ?
के देख्लान् सूदुर गन्तव्य ?
अनायसै आँखाबाट तप्प
दुई थोपा आँसु खस्छ
क्षितिज नियाल्छु घाम डाँडा बस्नै लागेको छ ।
भोली पनि यस्तै दिन त आउने होलानी हैन ??
म सपनाबाट विउँतिदा
कोलाहल र चित्कार
देख्दछु/सुन्दछु
बामे सर्दै गरेका लालाबालाहरू
अँश्रुधारा बगाउँदै
रित्तो पँधेरामा
ग्राग्रीको लाम भरीरहेका
भाउजु बुहारीहरू
केही आमाहरू पनि
पाटीमा आस्रय लिइरहेका बयोबृद्धाहरू
मन्दिर र सडक पेटीमा भविष्य प्रति बेखवर
प्रेमालापमा मस्त युगल जोडी
गाथा च्यातिएको
महेन्द्रमाला च्यापेका
छाना उडेका शिक्षालय भित्र
फाटेका जुत्ता माथि
आधुनिक टाई पहिरिएका
केही शिक्षार्थीहरू
चक विर्सिएर किताव रटाइरहेका
आधुनिक गुरूहरू
म देख्दछु
अभिसप्त सपना च्यापेर
विदेशिन भयातुर हजारौँ युवाहरू
मझत्रोको सप्कोले आँसु पुछ्दै
विदाईको अंकमाल गरिरहेका
नवा विवाहिता अर्धाङ्गिनीहरू
अधुरो सुहागरातको
तन्द्राबाट नविउँझिदै
विदेशीन बाध्य
नवयौवनाहरूको कारूणिक अनुहारले
मन अनायसै विथोल्निछ
भोक रोक र शोकले
निचोरिएर फिक्का हाँसो
हाँसिरहेका बस्तीहरू
रित्तिँदै गरेको गाउँहरू
नियाल्छु र आफैसँग सोध्छु
देश यिनीहरूको पनि होइन
फेरि देख्दछु कुरूप बन्दै गरेको बालुवाटार
कलेवर फेरिएको सिंहदरवार
मत मन नमिलेको संविधानसभा भवन
र धमिरा पसेका न्यायालयहरू
इमान्दारिता पस्न बर्जित गरिएको
प्रशासनिक मुख्यालयहरू
के कोर्लान् हाम्रो भविष्य ?
के देख्लान् सूदुर गन्तव्य ?
अनायसै आँखाबाट तप्प
दुई थोपा आँसु खस्छ
क्षितिज नियाल्छु घाम डाँडा बस्नै लागेको छ ।
भोली पनि यस्तै दिन त आउने होलानी हैन ??
No comments:
Post a Comment