मुक्तक परिचय र लेखन
भर्खर मुक्तक लेख्न प्रयासरत मित्रहरुलाई सजिलोको लागि तल केही जानकारी दिने प्रयास गरिएको छ | कृपया यसलाई बामे सर्न आवश्यक ज्ञानको रूपमा लिनुहोला | अन्य कुनैपनि कला वा सिप हासिल गर्नको लागि जस्तै राम्रो मुक्तक लेख्न पनि निरन्तर अभ्यास, अध्यन र साधना जरुरी हुन्छ |
मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो | मुक्तकमा पहिलो, दोस्रो र चैाथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ | हरफको पछिल्तिर हुने, उस्तै सुनिने शब्द/अंश लाई अनुप्रास भनिन्छ | मुक्तकका पहिलो हरफले बिषयको उठान गर्छ | दोश्रो हरफले उठानलाई थप समर्थन गर्छ | समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि (background) तयार पार्छ | तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा मार/झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ | चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ | मुक्तक पढ्दा सररर, बहाबसंगै पढ्न सकिने हुनुपर्छ |
मुक्तक लेख्दा सकेसम्म कम भन्दा कम शब्द प्रयोग हुनु राम्रो मानिन्छ | लेख्न सिक्दैगर्दा सकेसम्म प्रत्येक हरफमा २०/२२ भन्दा कम अक्षर भए राम्रो | कुनै हरफ लामो, कुनै छोटो पनि त्यति राम्रो मानिँदैन | सकेसम्म सबै हरफहरु एकै लम्बाइका होउन् , सिंगो मुक्तकलाई झट्ट हेर्दा चिटिक्क मिलेको आयतकार देखियोस् | (अभ्यस्त मुक्तकारहरूले धेरै स्वरवर्णको प्रयोग गरेर सजिलोसँग पढ्न मिल्नेगरी लामा हरफहरू पनि कोर्न सक्छन्, त्यतातिर अहिले नजाऔँ ।)
चार हरफको र अनुप्रास मिल्दैमा उक्त रचना मुक्तक हुन सक्दैन | मुक्तकले भाव र गहिराइको माग राख्दछ | एउटा मुक्तकले कुनै एक विषयमा बोलेको हुन्छ | मुक्तकका हरफहरु बीच एक-आपसमा अन्तरसम्बन्ध हुनुपर्छ |
——————
माथि भर्खरै पढ्नुभएको नियम र मुक्तक राम्रो बनाउने तत्वहरुलाई उदाहारणमा हेरौं:-
मुक्तकः १ ( लेखक: भूपि शेरचन )
प्रत्येक पहेंलो धातुलाई सुनको गजुर भन्न मनलाग्छ ( उठान)
प्रत्येक रंगिन चरालाई बनको मजुर भन्न मनलाग्छ ( समर्थन, पृष्ठभूमि तयार भयो अब )
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त (स्वतन्त्र हरफ , मार हान्न ठिक्क)
बाटामा कुनै गधा देखेपनि हजुर भन्न मनलाग्छ | ( मार हान्ने हरफ )
माथिको मुक्तकमा हरफ १, २ र ४ का पछिल्ला तीन शब्दहरु “अनुप्रास’ हुन् | यो मुक्तकले “चाकडी प्रवृति” को बारेमा बोलेको छ, व्यंग्यात्मक भाषामा |
मुक्तकः २ (लेखक: कृष्णप्रसाद पराजुली, नेपाली मुक्तक विधाका प्रणेता, ‘सय थुँगा फूल’ बाट)
आऊ घावै घाउ भएको छाती कुल्चेर आऊ तिमी (पृष्ठभूमि वा उठान)
म सब पीडा सहुँला आँखामा गुराँस फुलाऊ तिमी (पृष्ठभूमिको लागि थप समर्थन)
आऊ अझ मेरा झरेका सपनाका पातहरुमा टेकेर (स्वतन्त्र हरफ जसले लक्षभेदन गर्छ)
क्यै चाहिन्न मलाई आँशुका गीत भएर जाऊ तिमी । (लक्ष भेदनको परिणाम, प्रभाव दिन्छ ।)
हामीलाई लाग्छ, यी दुईवटा मुक्तकले चतुष्पदीय मुक्तक संरचना र मुक्तकको आधारभूत रूप, सार र सौन्दर्य पक्षबारे धेरथोर जानकारी दिन्छन् ।
(क) मुक्तक शब्द संक्कृत भाषा साहित्यबाट लिएको हो भने रुवाई फारसी उर्दु कविता परम्पराको देन हो ।
(ख) ‘मुक्तक’ बहर वा छन्दमै रचिएको हो भनी चिनाइएको पाइँदैन भने प्राचिन ‘रुबाइ’ बहर वा छन्दमै रचिएको पाइन्छ ।
(ग) मुक्तकका सबै पक्तिमा अक्षर र मात्रागत समानचा अनिवार्य देखिँदैन तर रुबाईका सबै पङक्तिमा अक्षरगत वा मात्रागत समानता देखिन्छ ।

सभार: नेपाली मुक्तक पेज
No comments:
Post a Comment