भित्रै भित्रै कुहिएर अत्तर लगाउनुको के अर्थ
सपनाहरु चुहिएर जिन्दगी पाउनुको के अर्थ
भन्छन् नि जीवनछाया अनमोल छ सब्ले
पाषणझैँ भएर आँखामा छाउनुको के अर्थ
धमिलिएको मन सङ्ग्लिएला अव कहिले ?
यादहरुमा छरिएर निदमा आउनुको के अर्थ
नदीको किनारा झैँ भेट कहिले होला हाम्रो ?
खोला सरी तर्किएर दिलमा धाउनुको के अर्थ
प्रणय याममा शिशिरसरी अनायसै नांगिएँ म
मौसमझैँ बदलिएर क्षितिजमा हराउनुको के अर्थ
©रामनाथ खनाल
सपनाहरु चुहिएर जिन्दगी पाउनुको के अर्थ
भन्छन् नि जीवनछाया अनमोल छ सब्ले
पाषणझैँ भएर आँखामा छाउनुको के अर्थ
धमिलिएको मन सङ्ग्लिएला अव कहिले ?
यादहरुमा छरिएर निदमा आउनुको के अर्थ
नदीको किनारा झैँ भेट कहिले होला हाम्रो ?
खोला सरी तर्किएर दिलमा धाउनुको के अर्थ
प्रणय याममा शिशिरसरी अनायसै नांगिएँ म
मौसमझैँ बदलिएर क्षितिजमा हराउनुको के अर्थ
©रामनाथ खनाल
No comments:
Post a Comment