नजरहरू झुकाएर बाँचेको छु आफ्नै जीवन
मुहारहरु फुकाएर हाँसेको छु आफ्नै जीवन
चाँहनाको सगरमाथा धिमा गतीमा चढ्दैछु म
पीडा व्यथा लुकाएर साँचेको छु आफ्नै जीवन
कथाको पात्र झैँ प्रत्येक अध्यायमा जीउँदै छु
अवसरहरू चुकाएर नाँचेको छु आफ्नै जीवन
नजरहरू झुकाएर बाँचेको छु आफ्नै जीवन
मुहारहरू फुकाएर हाँसेको छु आफ्नै जीवन
00
संविधानको आशमा देशै रित्तो भइरा’छ यहाँ
यौवनहरू उजाडिएर खाडितिर गइरा’छ यहाँ
बगेका रगतहरूले परिवर्तनको बाटो पाएनन्
सगरमाथा लाजले खुम्चिएर रोइरा’छ यहाँ
दुशासनले सुशासन दिन्छु भन्दै राज गरेपछि
महंगी र भ्रष्टाचारले आकाश छोइरा’छ यहाँ
नागरिकका पीडामाथि पीडा थप्छन् नेताहरू
विक्षिप्त मनहरु झनै आँसुले धोइरा’छ यहाँ
संविधानको आशमा देशै रित्तो भइरा’छ यहाँ
यौवनहरू उजाडिएर खाडितिर गइरा’छ यहाँ
©रामनाथ खनाल
मुहारहरु फुकाएर हाँसेको छु आफ्नै जीवन
चाँहनाको सगरमाथा धिमा गतीमा चढ्दैछु म
पीडा व्यथा लुकाएर साँचेको छु आफ्नै जीवन
कथाको पात्र झैँ प्रत्येक अध्यायमा जीउँदै छु
अवसरहरू चुकाएर नाँचेको छु आफ्नै जीवन
नजरहरू झुकाएर बाँचेको छु आफ्नै जीवन
मुहारहरू फुकाएर हाँसेको छु आफ्नै जीवन
00
संविधानको आशमा देशै रित्तो भइरा’छ यहाँ
यौवनहरू उजाडिएर खाडितिर गइरा’छ यहाँ
बगेका रगतहरूले परिवर्तनको बाटो पाएनन्
सगरमाथा लाजले खुम्चिएर रोइरा’छ यहाँ
दुशासनले सुशासन दिन्छु भन्दै राज गरेपछि
महंगी र भ्रष्टाचारले आकाश छोइरा’छ यहाँ
नागरिकका पीडामाथि पीडा थप्छन् नेताहरू
विक्षिप्त मनहरु झनै आँसुले धोइरा’छ यहाँ
संविधानको आशमा देशै रित्तो भइरा’छ यहाँ
यौवनहरू उजाडिएर खाडितिर गइरा’छ यहाँ
©रामनाथ खनाल
No comments:
Post a Comment