Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

स्कूटीमै गुमाएँ कुमारित्व



By  Unknown     11:38 PM    Labels: 
राजधानीको सुविधा सम्पन्न परिवारमा जन्मे हुर्किएकी मैले कुनै कुराको अभाव व्यहोर्नु परेको त थिएन । माध्यामिक तहको पढाईसम्ममा म अव्वलनै विद्यार्थी थिएँ । ट्युसन, स्कूलको पढाईले अन्य कुरामा ध्यान जाने फुर्सदै हुँदैन थियो । माध्यामिक स्कूलसम्म मेरा कम मात्र मन मिल्ने साथी थिए । घर नजिकै विद्यालय भएकाले पढाईको चापका कारण अन्त मन डुलाउने, साथीसंगी बनाउने फुर्सद पनि भएन ।


मैले प्रवेशिका परीक्षा विशिष्ट श्रेणीमा उतीर्ण गरेँ । प्रवेशिका परीक्षा उतीर्णसँगै म थोरै फुकूवा पनि भएँ । साइन्स पढ्ने रहर हुँदा हुँदै पनि परिवारका दवावका कारण म व्यवस्थापन संकाय पढ्न बाध्य भएँ । स्कूलको फलामे अनुशासनबाट एकैचोटी बाहिर आएकी मलाई कलेजको अनुशासनको सीमा निकै फराकिलो लाग्दैथियो । स्कूलमा नजिकैको परिवेशका साथीहरूकोमात्र संगत पाएकी मैले कलेजमा भने टाढा–टाढाका साथीहरूको संगत गर्ने मौका पाएँ । त्यसमध्ये त अधिकांश राजधानी बाहिरकै थिए ।

राजधानी बाहिरका पनि हुने खानेका छोराछोरी पढ्ने कलेज भएका कारण अधिकांश होस्टलमा बसेर पढ्ने खाले थिए । उनीहरूको लवाई खवाई निकै भड्किलो प्रकृतिका थिए ।  राजधानीको स्थायी बासिन्दा भएपनि मेरो परिवारले मलाई उनीहरु जति खर्च नगरेको भान हुन्थ्यो मलाई ।  उनीहरू प्रत्येक शनिबार नयाँ नयाँ ठाउँ जाउँ भन्थे । विदा या अन्य छुट्टिका दिन पनि उनीहरू कुनै ठाउँ पुगेकै हुन्थे । व्वायफ्रेण्ड, गर्लफ्रेण्ड त प्रायः सवैका थिए ।

११ कक्षाको तीन/चार महिना नवित्दै मेरो पढाई डामाडोल हुन थाल्यो । फ्रस्र्ट टर्म एक्जाममै कमजोर नतीजा आएको थियो । तर हामीले समयमा फी बुझाउने भएका कारण कलेजले अनावश्यक कम्प्लेन गरेर दुःख दिँदैनथ्यो । त्यसकारण मेरो पढाई बिग्रिएको कुरा घरमा थाहा हुने कुरै भएन र कलेज सुरू भए देखि नै घरमा मैले आफूलाई स्कूटी चाहिएको कुरा बताएको थिएँ । तर, घरपरिवारले वेला भएको छैन  भन्दै मेरो कुरामा खासै ध्यान दिएका थिएनन् । मलाई भने आफूसँग स्कूटी नहुँदा साथीसंगीसँग घुम्न जान तथा कलेजै आवत जावत गर्न पनि अप्ठ्यारो भइरहेको थियो ।

मेरो एक जना मन मिल्ने साथी थिई मोनिका (नाम परिवर्तन) । उसको घर विराटनगर हो । उसका बुबा  व्रिटिस लाउरे भन्थी । कलेज गएकै दिनदेखि उसँग मेरो घनिष्टता बढेको थियो । उसँग मैले प्रायः सवै कुरा सेयर गर्दथेँ । मलाई स्कूटी आवश्यकता परेको पनि उसैलाई सुनाएकी थिएँ ।

ऊ अरु साथीभाइ भन्दा बढी नै तडक भडक गर्दथी  । बजारमा नयाँ नयाँ मोवाइलका ब्राण्ड आउने बित्तिकै उसलाई नयाँ मोवाइल चाहिहाल्थ्यो । होस्टलमा बस्ने भए पनि उसलाई पनि उसका परिवारले अड्कलेर मात्रै पैसा पठाउँथ्यो । तर पनि उसको हाऊ भाऊ र  भड्किलो व्यवहारले मलाई अचम्मित बनाएको थियो ।

हप्तैपिच्छे रेष्टुरेन्ट जाने, फेरि फेरि कपडा लगाउनु पर्ने उसको वानीलाई कहाँको स्रोतले पूर्ति गरिरहेको थियो त्यसबारे म अनभिज्ञ थिएँ । उसले कतिपल्ट मलाई पनि रेष्टुरेन्ट लगेकी थिई । यता ११ को फाइनल परीक्षा नजिँकिँदै थियो उता आफ्नो दिमाखमा स्कूटीको चाहना सवार भइरहेको थियो । आफूले भनेको माग पुरा नगरिदिएकोले घर परिवारलाई देखाउनकै लागि भएपनि मैले जसरी पनि स्कूटी किन्नै पर्ने भएको थियो ।

एक दिनको कुरा हो, मलाई कलेज छुट्टि भएपछि मोनिकाले बागबजार घुम्न जाउँ भनी । मैले पनि घर परिवारसँग कुरा मिलाएर उसँग घुम्न जानका लागि राजी भएँ । त्यस पछि हामी बागबजार पुग्यौँ । त्यहाँ दुई जना मानिसहरू थिए । हेर्दा अत्यन्त धनीमानी जस्ता देखिने ति मानिसहरूलाई देख्ने वित्तिकै मोनिकाले हात हल्लाई । तत्तकालै उनीहरूले हामीलाई आफ्नै कारमा राखेर ठमेलको एउटा होटलमा पुर्याए ।

होटलमा मलाई खानेकुरा अर्डर गरेर उनीहरू एकछिन् वेपत्ता भए । त्यहाँ उनीहरू करिव ३० मिनेट हराए । ३० मिनेट पछि मोनिका मात्र आई उनीहरू आएनन् । मोनिकाले मलाई यस्तो प्रस्ताव राखी त्यो सुन्दा म सुरूमा त छाँगोबाट खसेको जस्तै भएँ ।

पछि मलाई मोनिकाले सम्झाई र आफू पनि करिव तीन महिना अघि देखिनै त्यस्तो काममा लागिसकेको बताई । त्यो सुन्दा मलाई झन् विश्वास मान्न गाह्रो भयो । पछि उसले कसैले थाहा नपाउने र तिम्रो स्कूटी किन्ने चाहना पनि पुरा हुने बताएपछि म उसको कुरामा राजी भएँ ।

भोलि त्यही ठाउँमा भेट्ने भन्दै म उबाट छुट्टिएर आफ्नो घरमा आएँ । घरमा आउँदा पनि हलुका भएको थिएन । मथिङ्गलमा के–के कुरा आइ रहे । एक मनले सोच्थ्यो, धत् त्यस्तो काम पनि गर्छन्, अर्को मनले भन्थ्यो मोनिकालाई हेर ऊ अरू भन्दा कति भिन्न छे, उसको लवाई खवाई र भड्किलो खर्च गराईको कसले मात्र तारिफ गर्दैन ? अर्को मनले नै जित्यो ।

त्यसपछि मैले घरमा जागिर मिलेको र भोलिबाट काममा जानुपर्ने भनेर ढाँटे । परिवारले पनि कहाँ काम मिल्यो, काम कस्तो, खासै सोधिखोजि गरेनन् । त्यसपछि म झनै फुक्का भए ।

भोलिपल्ट हामी उनीहरूले भनेकै ठाउँमा पुग्यौँ । त्यहाँ हिजै भेटेका मानिसहरू थिए । यसरी ठमेलको एउटा होटलमा मैले स्कूटीकै चाहनामा पहिलो पटक शरीर परपुरूषलाई सुम्पिएँ । जवानी विसाएँ । कुमारित्व तोडेँ । उनीहरूले त्यस्तै २० हजार दिए । तर, मेरो हातमा १० हजार मात्र पर्यो आधा पैसा मोनिकाले नै लिई ।

अहिले सम्झँदा पनि निकै रुन लाग्छ । मन भक्कानिएर आउँछ । त्यो वाध्यता थियो या रहर मैले केही सोच्न सकेको छैन । त्यस दिन म राति अवेर घर पुगेको थिएँ, मन बेचैन बनाएर । परिवारले कामको पहिलो दिन भनेर खासै वास्ता गरेनन् ।

त्यसपछि मेरे दैनिकीमा एकाएक परिवर्तन आयो । घरमा ट्राभल अफिसमा काम गर्ने, ठमेलमा कार्यालय रहेको भनेर ढाँटेकी थिएँ । त्यसैले ठमेल तिर कसैले देख्दा मलाई आपत्ति हुँदैनथ्यो । बुबाको सरकारी जागिर, दाजु उपत्यका बाहिर र आमा घरमै व्यस्त हुने हुनाले ममाथि निगरानी राख्ने कोही थिएन  । म विहानै कलेज जान्थे र हप्तामा एक दिन त्यस्तो ग्राहककोमा जान्थेँ । साथी मोनिका नै थिई । ग्राहक खोज्ने काम मोनिकाकै थियो । केही पुराना केही नयाँ तर एकदम पैसापाल थिए हाम्रा ग्राहक । कति त रातै विताऔँ भन्दथे तर पनि घरपरिवारले थाहा पाउने भयले म रातै चाँही विताउन्न थिएँ । मोनिका भने धेरै जसो ग्राहकसँग रातै विताउँथी । म हप्ताको सात देखि १० हजार सम्म कमाउने थालिसकेको थिएँ ।  त्यस्तैमा ११ को बोर्ड एक्जाम पनि दिएँ । परीक्षा राम्रो हुने कुरै भएन । त्यसको दुई महिना पछि स्कूटी पनि किनेँ । जीवनको महत्वपूर्ण चाह त पुरा भयो तर म अर्कै दलदलमा फसिसकेको थिएँ ।

कक्षा ११को परीक्षामा राम्रो नतिजा आएन, तर फेलै पनि भइनँ । काम गर्न थालेकोले बिग्रियो होला भनेर परिवारले पनि खासै चिन्ता लिएनन् । र, म नचाँहदा नँचाहदै त्यस्तो दलदलमा फस्न पुगेँ ।

ग्राहक उच्च घरानाका
हामी प्रायः उच्च घरानाका व्यक्तिहरूकै सम्पर्कमा हुन्थ्यौँ र प्रायः एउटै होटल जान्थ्यौँ । त्यसमध्ये हाम्रो अधिकांश नियमित ग्राहक थिए । त्यसैले हामीलाई कसैले शंका गर्दैनथे । हामीसँग यौनकर्म गर्न आउने ग्राहकहरू व्यापारिक घरानाका थिए । उनीहरूले हामीलाई मनग्ये पैसा दिन्थे । सुरूमा मोनिकाले नै चिनजान गराएकी भएपनि पछि उनीहरूले सिधै मसँग सम्पर्क गर्न थाले ।

उनीहरू प्राय नयाँ नयाँ युवतीसँग सम्पर्क राख्न चाहने हुनाले ति युवती खोज्ने जिम्माचाँही मोनिकाले नै लिएकी थिई । उसले हाम्रै कलेज पढ्ने अरू दुई युवतीलाई पनि उनीहरूसँग भेट गराएकी थिई  । 
त्यो कामबाट बाहिर आउने चाहना
सुरूमा नचाँहदा नचाँहदै त्यस्तो काममा लागेता पनि अहिले घरपरिवार र समाजले थाहा पाउने चिन्ताले पेशाबाट बाहिर फर्कने मन छ, तर पनि त्यही अनुसारको खर्च गर्नेबानी परिसकेकाले त्यो पेशाबाट फर्किहाल्ने अवस्था बनेको छैन । अर्को तर्फ मनग्ये पैसा कमाइने र समाज परिवर्तनशील र यौनमा उदार बन्दै गएकाले यहि पेशा सहज हुन्छ जस्तो पनि लागेको छ । ग्राहकहरू आफ्नो यौनजीवन र स्वास्थ्यप्रति आफैँ सचेत हुनाले त्यस्तो सम्बन्ध सुरक्षितै पनि छ ।

थुप्रै युवती त्यस्तो कार्यमा
समाज बढी उपभोक्ताबादीबन्दै गएकाले आवश्यकता पूर्तिका लागि युप्रै प्लस टू व्याचलर पढ्दै गरेका युवतीहरू पनि यस्तो कार्यमा लागेका हामीले पाएका छौँ । नयाँ नयाँ मोवाइल, स्कूटी र भड्किलो जीवनशैलीको चाहको कारण उनीहरूलाई घर परिवारले दिएको पैसाले मात्रै धान्न सक्ने अवस्था छैन । परिवारको खर्चले नपुगे पछि उनीहरू हाम्रै जस्तो पेशामा आइपुगेका छन् ।

उनीहरूको ग्राहक पनि हाम्रा जस्तै पैसावालाहरू छन् । धेरै जसो  उपत्यका बाहिरका र कोठा भाडा लिएर बस्नेहरू छन् । केही होस्टलमा बसेर पढ्नेहरू पनि त्यस्तो कार्यमा लागेको मैले भेटेको छु ।  त्यस्ता थुप्रै युवती धुम्रपान मध्यपान गर्दछन् । तर म भने रक्सी, चुरोट केही खान्न । वाइन सम्म लिएकी छु । र मेरा ग्राहकहरू पनि त्यस्ता छैनन् । 
(समिक्षा केसी (नाम परिवर्तन)सँग कुराकानीमा आधारित)
प्रस्तुतिः रामनाथ खनाल



About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment