Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

मसँगै छ ज्वालामुखी !



By  Unknown     12:32 AM    Labels: 
स्वतन्त्रताको
मध्ययुगिन आकाशमा
उन्मुक्त पिञ्जराहरूभित्र
मानवता भन्दा अलि पर
हुन सक्छ दासयुगको
घुर्मैलो आवरणभित्र
बाँचिरहेकी जीइरहेकी
आधुनिक युग कि म नारी ।

घरका मझेरी भित्र
अभिभावकत्वको छाना मुन्तिर नै
चिथोरिएर, कोपरिएर
लुटिएर, खोसिएर
अनि रित्तिएर बाँचिरहेको
एउटा झिनो जीवन

तिम्रो एक मुठी दयामा
आफनै क्षमता कुल्चिएर
आरक्षणका भिनो डोरिमा
तिमीसँगै लतारिएर
भन्छौ नि तिमी
म त सत्तामा पनि छु रे !

तिमी दिन्छौ आरक्षणको
थोपा–थोपा पानी
तर, म भित्रै छ
सम्पन्नताको सूदूर बग्ने नदी
बरु तिमी उल्टै तेर्सिदिन्छौ
समस्याको विशाल पहाड
र भन्छौ कति कमजोर नारी ?

तिम्रा चिम्टी दयाहरू/अवसरहरूमा
रमाउने/खुसी हुने
होइन म तिम्रो शव्दको महिला मात्रै
म तिमीलाई जन्माउने आमा हुँ ।

महिलाले दमन सहेकै छे
उत्पीडनको आँधी तुफान व्यहोरेकै छे
यसको अर्थ यो होइन
उ कमजोर छे
ऊ त सवै सहने धर्तीमाता हो
र,
ऊ भित्र छ विशाल ज्वालामुखी पनि !!

©रामनाथ खनाल
गोकर्णेश्वर–१३ काठमाडौँ

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment