-रामनाथ खनाल
नियत र नियती एकै हुँदैन । र त, यी एकअर्कामा जहिल्यै विपर्याय बनिरहन्छन । यदी त्यसो हुँदैन थियो भने किन सूर्योदयो सँगै पुलकित हुने पुष्प सूर्यास्त नहुँदै ओइलिएर झर्छ ? सुन्दर फूल किन अल्पायूको हुन्छ ? निष्पट्ट अँध्यारो चिर्दै धरामा उज्यालाको धर्सा फ्याँक्ने जुन किन बेदाग रहँदैन ?
सूर्यको प्रकाश जति चहकवान् हुन्छ त्यती नै पराबैजनी मिश्रित किन हुन्छ ? पानीसँग जति कोमलता हुन्छ त्यती उभित्र कठोरता पनि हुन्छ । त्यसो त तप्प तप्प चुहिने पानीको थोपाहरूले विशाल पहरा खियाउँछ । र त जत्रै अवरोध पनि पन्छाएर पारहुने सामर्थ्य उ भित्रै छ । यो पनि नियतीको खेल हो । मेरो यस्तै बुझाई छ । र मलाई यो पनि थाहा छ, बुझाईमा विविधता हुन्छ । ईश्वरले प्रत्येकलाई छुट्टै आँखा दिएका छन् । यो सँगै आफ्नै बुझाई पनि । यसकारण नै जन्मन्छन् फरक मान्यता, विचार र दृष्टिकोणहरू ।
पाठकलाई लाग्यो होला शीर्षक निरपेक्ष यी भूमिका किन आए?
कथा यसरी सुरू हुन्छ,
म मान्छु जिन्दगी सम्झौता कै आयाम हो । वर्षौं अघि कक्षाकोठामा पढाउँदा शिक्षकले भन्नु भएको एउटा भनाई यहाँ सान्दर्भिक हुन्छ, शिक्षकको एकजना साथीको एकदमै कुरूप (चलन चल्तीको भाषाको) केटीसँग प्रेम विवाह भयो । उनीहरूको विवाहलाई वर्षौंसम्म पनि परिवारले मान्यता दिएन । उसो त पढेलेखेको र राम्रो युवकले त्यस्तो कुरूप युवतीसँग विवाह गरेको साथीभाइलाई पनि मन परेको त होइन, र पनि उसलाई नराम्रो नलागोस् भनेर केही भन्दैन थिए । यस्तैमा एकदिन प्रशंग उप्कियो । कुरै कुरामा साथीहरूले कोट्ट्याए;
‘तैले किन त्यस्ती केटीसँग विवाह गरीस् ?’
अर्कोले थप्यो, ‘यो भन्दा राम्री अर्को पाउँदैन थिइस् ?’
सवैका कुरा सुनेपछि हतोत्साही नहुँदै शिक्षकको साथीले जवाफ फर्काए, ‘हरेक चिजको सुन्दरता दृष्टिमा निहीत् हुन्छ । तिमीहरूलाई नराम्रो लागेको बस्तु अर्कोको नजरमा सुन्दर देखिन सक्छ । यो त एउटा पाटो भयो । अर्को प्रेम दृष्टि मात्र होइन यो अनुभुती पनि हो । मैले ऊ भन्दा सुन्दरी अर्की सन्सारमा देखिनँ । फेरि उ कुरूप भई भन्दैमा प्रेम गर्नै बर्जित छे र? के उसले कुरूपता कै कारण आफ्ना चाहनाहरू कुण्ठ्याई रहोस्? उसले पनि त दुनियाँमा बिक्नु पर्यो नि। यसर्थ मैले उसैसँग फगत प्रेममात्र गरिन जीवननै समर्पित गरेँ ।’
साथीहरू बाक्य विहीन् भए । केही समय पछि परिवारले पनि विवाह स्वीकार गर्यो । थाहा पाउँदा सम्म उनीहरूबीच सम्बन्धमा केही खटपट भएको गाईंगुई सुनिएन ।
00
व्याचरल भर्खर सकिएको थियो ।
बुबाले गाऊँबाट बोलाउनु भयो, ‘जरूरी काम छ, भोली विहानै घर आइजो ।’
भोलिपल्ट विहानै बसपार्क पुगेँ । टिकट सकिएको रहेछ । उभिएरै तीन घण्टाको यात्रा रोज्ने अठोटका साथ गाडी चढेँ।यात्रुले बस खचाखच थियो । मानिसको भीड । अप्ठ्यारो बाटो । मथिङ्गलमा खासै कुरा खेल्न पाएन ।
तीन होइन चार घण्टामा घर पुगेँ ।
घरमा खाना तयार थियो । खाना खाएर हात नचुठ्थै आमाले भन्नु भयो, ‘छोरा मलाई साह्रै गाह्रो भयो, बहिनीको पनि विवाह भइहाल्यो, पोहोर पनि बिहे गर्न मानिनस् । यसपाली भनेको मान् । राम्रो ठाउँबाट कुरा आएको छ । मेरो अवस्था पनि राम्रो छैन ।’
आमाको कुरा भुईंमा खस्न नपाउँदै बुबाले पनि जोड दिएरै भन्नु भयो, ‘यसपाली चाहिँ उम्कन नदे ।’
हुन्छ या हुँदैन बढो असमञ्जसमा परेँ । लुगा फेर्न नपाउँदै बुबाआमाको आग्रहबाट घेरिएको म उम्कने अवस्थामै थिइनँ । करिव १० मिनेटको सोचमग्न अवस्थाबाट निस्किएर आवाजविहीन् भावमा हुन्छ भनेँ ।
आमाबुबा दुवैको अनुहारमा कान्ति छायो । म पढ्न सक्थेँ, उत्साह र उत्वेग मिस्रित त्यो उज्यालो क्षितिजको घाम भन्दा निक्कै पारिलो थियो ।
कुरा धरै अघि बढिसकेको रहेछ । चार गाउँ परबाट विवाहको प्रस्ताव आएको र आजै केटी हेर्न जाने तयारीका साथ मलाई बोलाइएको रहेछ ।
मनभित्र केही अप्ठ्यारो र कौतुहलता अनी खुल्दुलीको तुफानी एकैसाथ चल्न थाल्यो ।
करिव आधा घण्टा पछि हामीले यात्रा तय गर्यौं । लमीको घर केही परेछ । बुबाले बाटैबाट बोलाउनु भयो ।
उनी अघि नै तयार रहेछन् । एकै बोलाईमा बाहिर निस्किए । मैले नमस्कार गर्न नपाउँदै, उनले भनिहाले, ‘बाबु र उसको जोडा एकदम मिल्छ । शिलस्वभावकी र पढेकी पनि छे उम्काउनु हुन्न है।’
मैले केवल हुन्छ भनेँ ।
बाटाभरी मनभित्र विभिन्न भावका रसायनहरू चलायमान हुन थाल्यो । मानौं, म विवाहका लागि होइन, म पहिलो पटक कोही युवतीको प्रेमाग्रह स्वीकार्न गन्तव्यकृत भइरहेको छु । र यो पहिलो भेट हो ।
उकालो, ओरालो र घुमाउरो बाटो भएपनि यात्राको पत्तो भएन । केटीको घर आइपुग्यो ।
उनीहरूले राम्रै स्वागत र आतिथ्य सत्कार गरे । मानौं, म विवाह गर्न केटी हेर्न होइन विवाह गरेर पहिलो पटक ससुराली गएको छु । त्यो क्षण मेरा लागि जीवन सम्झन लायक थियो ।
लमी अगाडी बढे । आजै फर्कनु पर्ने र विलम्ब गर्नु नहुने भन्दै हतार प्रकट गरे । केटी पक्ष पनि तम्तयारै थियो ।
युवतीलाई चिया पकाएर ल्याउन परिवारका सदस्यलाई भने । त्यो विवाह पूर्व केटाकेटी देखभेट गर्न जाँदाको औपचारिकता थियो या आतिथ्य सत्कार म के जानूँ र?!
केही समयपछि केटी चिया बोकेर आई । अरू सवैलाई उनीहरूका अघिल्तिर राखिदिई । तर, मेरो भने हातमै थमाउन खोजी । उसले सोची होली, अरू त पाहुना हुन् यो त मेरो जीवन विताउने सहयात्री पो हो ।
जो सँग जिम्मा लगाएर पठाएपनि लुरूलुरू उसकै पछि लाग्नु पर्ने निर्मम बाध्यतालाई कति छिट्टो युवतीहरूले सामान्यीकरण गरिसक्छन् । मेरो मनभित्र यस्तै केही खेल्न थाल्यो । चियाको चुस्की भन्दा मनभित्र त्यो पो अन्तरघुलित हुन थाल्यो । सोचें यो पनि नियतीको खेल !
चियाको अन्तिम घुट्को बाँकी थियो होला लमीले भने, ‘अब तिमीहरू दुई जना माथि कोठामा जाओ । हाम्रा पालमा त जग्गेमा मात्र केटीको अनुहार देख्न पाइन्थ्यो । अहिलेको चलन के क हो’ उनले के– के भनिरहे । तर, म सुरूका दुई बाक्य नसकिँदै आग्रह टेरेर चोटामा उक्लिइसकेको थिएँ ।
मुस्किलले टाउको सिधा गर्न मिल्ने चोटाको भित्र पट्टी एउटा कोठा रहेछ । उ पहिल्यै त्यहाँ थिइ । म पुगेँ ।
पुग्न त पुगेँ । तर, के कुरा गर्ने ?कसरी सुरू गर्ने?रनभुल्लमा पो परें म ।
उद्घोषण कलामा सिकाउथेँ । यदी आफूलाई बोल्न असहज भयो भने लामो सास फेर्नु पर्छ । झट्ट त्यतीबेला पनि दिमाखमा त्यही आयो । तर उसले थाहा पाउली कि भन्न डर पनि दिमाखमा नभएको होइन । ऊ घोसे मुन्टो लगाएर बसिरहेकी थिई । त्यही मौकामा लामो स्वास फेरें ।
बोल्ने आँट त थिएन तर साहस बटुलेर सोधेँ ।
‘नाम के हो?’
‘पार्वती’
‘राम्रो रहेछ।’
‘कति मा पढ्छ्यौ?’
‘व्याचरल थर्ड इयरको जाँच सकियो।’
लमीले बाटामा बताएको भन्दा भिन्न थिएन ।
अगाडीको दाँत थोरै नमिलेका र केटी औसतै रहिछे । त्यसकुरामा चाहिँ लमीले ढाँटेछन् । मनमनै सोँचे ।
‘त चाहिँ के राम्रो छस् र?’
अर्को मनले भन्यो
‘अनि हजुर के गर्नु हुन्छ?’
उसले पनि थरथराएको ओठले सोध्ने साहस गरी ।
‘व्याचरल सकियो । सानो कन्सल्टेन्सी खोलेर बसेको छु ।’
यति भन्दा बढी बोल्न आएन । भेटमा यस्तै कुरा गर्ने हो या अरू पनि तर हाम्रो पाँच मिनेटको बार्तामा यो भन्दा बढी कुरा भएन । यसकारण कि पाँच मिनेट नबित्दै उसकी आमा आइपगिन्। र भनिन्,
‘कुरा सकिएन?’
खासै सुरू भएकै थिएन ।कसरी सकिन्थ्यो ?
‘अन्तिममा उसले सोधी म कस्तो लाग्यो?’
प्रश्न जटिलै थियो ।
केही बेर भुईतर्फ हेरेर मैले यत्ति भनेँ, ‘राम्री ।’
‘त्यसो भए मन पर्यो त?’
यो झन् अघिको भन्दा जटिल प्रश्न थियो, र पनि भनेँ, ‘सवै कुरा मन परेर हुँदैन । हेरौं के हुन्छ?’
ढोकामा उभिरहेकी आमाले भनिन् ‘हजुरले भनेपछि हुन्छ, मन पर्यो कि परेन भन्नुहोस् नँ ?’
मैले यसको जवाफ लमी मार्फत दिने र कुरा सकिएको भन्दै उम्किने प्रयास गरेँ ।
उनीहरू सहमत भए ।
तल नआइपुग्दै लमिले खोर्याए, ‘मन पर्यो हैन त?’
के भन्ने के नभन्ने सोच्नै सकिनँ ।
अन्तिममा बुबालाई भन्छु भनेर त्यहाँबाट पनि उम्किएँ । र बुबालाई यहाँबाट निस्कौं भन्ने आसय व्यक्त गरेँ ।
हामी निस्कनै लागेको थियौं । केटीले फेरि भेट्ने मनसाय गरेको कुरा आमाले बताइन् ।
हुन्छ भनेर अघिकै कोठामा पुगें ।
जानासाथ उसले भनि, ‘तपाईंसँग कुराकानी पनि भइसक्यो, हामी टाढाका होइनौं, एक अर्कामा बुझ्न बाँकी छन् भने अझै कुरा गरौं। तर हजुरहरूले निर्णय आजै दिनु पर्छ ।’
यो अतिसयोक्तिपूर्ण आग्रह थियो या बाध्यता?उसको हतारोले केही न केही त प्रतिविम्बित गरिरहेकै थियो ।
यस पटक पनि मैले भनेँ, ‘मलाई सोच्न दिनुहोस्।’
उसले हुन्छ हुँदैन केही भनिन, फेरि भनि, ‘हामी केटी मान्छेहरूलाई निकै गाह्रो हुन्छ । मान्छे आउने, हेर्ने, जाने तर विहेको कुरा नछिन्ने हुँदा केटीमा खोट देखिन्छ । समाजले कुरा काट्छन् ।’
यस पटकको आग्रहमा अर्मुतता दूर भयो । कुरा छिट्टै छिन्न खोज्नुको रहस्योद्घाटन पनि भयो तर मसँग निर्णय गरिहाल्ने साहस अझै गुप्त नै थियो । अझै पन्छाउन खोजेँ, ‘तपाईंहरूको कुरा बुझेको छु, म पछि भन्छु नि है ।’
अन्तिममा भनि, ‘मलाई तपाईं जत्तिको केटा भयो भने जीवन राम्रैसँग वित्छ जस्तो लागेको छ । हामी दूवै जनाको योग्यता, उमेर र घर परिवार उस्तै भएकाले समायोजित हुन समस्या हुन्छ जस्तो लाग्दैन । आशा छ, तपाईंले हुँदैन भन्नु हुन्न ।’
अन्तिममा उसले सवै भरोसा विसाई ।
‘तिम्रो फोन नं. देऊ, म निर्णय तिमीलाई नै भन्ने छु ।’
उसले पनि मेरो फोन नं. माग्न छुटाइन ।
बाटोमा बुबाले भन्नुभयो, ‘तैँले हुन्छ नभनेर ठीक गरिस् । मलाई हुन्छ भन्लास् भन्ने डर लागेको थियो । केटी त्यती राम्री रहिनछे। म लमीलाई त्यही भन्छु ।’
बुबाले लमीलाई त्यही भन्नु भयो । लमीले अर्को खोज्ने आश्वासन पनि दियो ।
000
म काठमाडौं आइसकेको थिएँ ।
एक हप्ता पछि हुनुपर्छ, मेरो मोबाइलमा फोनको घण्टी बज्यो । फोन उही पार्वतीको थियो ।
उसले उताबाट बोली, ‘म काठमाडौंमै छु, तपाईंलाई भेट्न सक्छु ?’
‘किन र?’ मैले आसय बुझ्न खोजें ।
उसले भेट्न मन लागेको भन्दै एक पटक जसरी पनि भेटौं भनि।
नकार्न सकिनँ । चावहिल गणेशस्थान आउन भन्दै म पनि त्यतै लागेँ ।
उ निर्धारित समयमै त्यहाँ आइ । र भन्न थाली,
मेरो अपेक्षा विना तपाईंहरूको निर्णय आयो, तर मैले धेरै सोची सकेको थिएँ । हुन सक्छ, तपाईंले यसमा पुनर्विचार गर्नुहुन्छ । किनकी तपाईंले परिस्थितिालाई राम्रैसँग बुझ्नुहुन्छ जस्तो लाग्छ ।’
मैले बुबा तयार नभएको र परिवारको कुरा काटेर अघि बढन् नसक्ने बताएँ । यसबीचमा मैले पृष्ठभूमिका पंक्ति पनि नसम्झिएको होइन । उसको बाध्यता र विवशतालाई कुल्चनु हुन्न र त्यतीको केटी भए गृहस्थी चल्छ भन्ने नसोचेको पनि होइन तर, सप्पै आफैंले सोचेको हुन्थ्यो र?!
नियत होइन नियतीले नै मलाई त्यस्तो बनायो ।
‘मेरो अन्तै कुरा छिनिसकेको छ । कुरा धेरै अघि बढिसक्यो ।’
मैले यति भन्दा नभन्दै उ सुँक्सुँकाउन थाली । उसको असिमित पीडा र आग्रहको करूण आवाज म केवल अनुभुत मात्रै गर्न सक्थेँ ।
उसले अन्तिममा भनि, ‘देखेर हुँदो रहेनछ, जोडी लेखेरै ल्याउनुपर्छ ।’
अचानक मेरो आँखाबाट पनि दुई थोपा आँसु छुटे । त्यही उसँगको विछोडको अन्तिम पर्याय थियो । अस्तु।

No comments:
Post a Comment