जरूर खस्ने छ एकदिन
आशाको सप्तरंगी किरण
उराठ, बैराग र मानविहीन्
खण्डहर र भग्नावशेष
चिहान घर बनेका बस्तीभित्र
मुर्झाउनेछन्, तंग्रिनेछन्
अभिशप्त सपनाहरू
सौम्य नभमा
फाट्नेछन् भयानक बादलका ढिक्काहरूभीमकाय अँध्यारो चिर्न
पिँधमा उज्यालो बोकेर
गन्तव्यकृत हुनेछन्
बथान जुनकिरीहरू
हिमगिरीहरू उन्मुक्त हाँस्नेछन्
हिमाली छाँगो र झरनाहरू भाका फेर्नेछन्
डाँडामा सुसेली हाल्दै
फगटाहरूमा बयली खेल्दै
साल, सल्लाका पातसँग मितेरी गाँस्दै
बतासिनेछन् हावाका झोंकाहरू
पृष्ठभूमीमा फक्रिएका सुनगाभा
पहाडी शीरमा मुस्कुराउने छन् मन्दमन्द
अधरको लालीझैँ सिंगारिएको लालुपाते
पाखैभरी छर्नेछ सौन्दर्य छटा
र, एकसाथ बैंस डाक्नेछन् चिमालहरूले
खर्क, चौँरीहरूमा
आमाहरूले उसैगरी फेरो मार्नेछन्
बन पाखाहरूमा
भाउजुबुहारी दिदीबहिनीहरूले
गाउनेछन् विरह भाका
भारोपर्म, मेलापात र एैँचोपैँचोसँगै
साटिनेछन् अ÷मुर्त सामिप्यताहरू
शेर्पा, गुरूङ, तामाङसेलो
रोइला, मैथली, थारू, देउडा भाकासँगै
रोदी घरको मारूनीमा मर्काइन्छन् कम्मरहरू
बख्खु, भोटो, कछाड, धोती, चोलो
हाकु पटासी र पटुकीको भेषसँगै
फेर्नेछन् एकसाथ झुपडी र महलहरूले रंग
तराईका फाँटहरूमा
पहाडे माटोले फस्टाउनेछन अनाज
हिमाली पीडामा आँसु झार्नेछ तराई
तराई त्रासमा जागै रहनेछ हिमाल पहाड
प्राकृत लयमा गुञ्जनेछन्
बाँसुरी, मादल र मुर्चुङ्गाहरू
बियानो, ढोलक र डम्फुहरू सँगै बज्नेछन्
बालन, टप्पा र खैँजडीको भाकामा
बिउँझने छ बस्ती,
शील्पमा सजिने छ सौन्दर्य
आमाको आङ ढाक्ने पछ्यौरी लिन
बाबाको झुत्रिएको शीरको टोपी फेर्न
श्रीमतीलाई एक झुम्रो सारी र
लालाबालाको हाँसो कमाउन
परदेशीएकाहरू
भीर पाखाको गीत गाउँदै फर्कनेछन्
समवेत आवाज, लय र भाकामा
गर्नेछन् प्रण,
बनाउनेछन् देश
बन्नेछ मुलक
यसकारण कि
निष्पट्ट रातपछि
झलमल्ल विहान
शास्वत् सत्य हो । अस्तु ।।
रामनाथ खनाल
गोकर्णेश्वर–१३, काठमाडौँ, नेपाल ।
(भविष्यवाणी शीर्षकको कविता प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल)
भिडियो
आशाको सप्तरंगी किरण
उराठ, बैराग र मानविहीन्
खण्डहर र भग्नावशेष
चिहान घर बनेका बस्तीभित्र
मुर्झाउनेछन्, तंग्रिनेछन्
अभिशप्त सपनाहरू
सौम्य नभमा
फाट्नेछन् भयानक बादलका ढिक्काहरूभीमकाय अँध्यारो चिर्न
पिँधमा उज्यालो बोकेर
गन्तव्यकृत हुनेछन्
बथान जुनकिरीहरू
हिमगिरीहरू उन्मुक्त हाँस्नेछन्
हिमाली छाँगो र झरनाहरू भाका फेर्नेछन्
डाँडामा सुसेली हाल्दै
फगटाहरूमा बयली खेल्दै
साल, सल्लाका पातसँग मितेरी गाँस्दै
बतासिनेछन् हावाका झोंकाहरू
पृष्ठभूमीमा फक्रिएका सुनगाभा
पहाडी शीरमा मुस्कुराउने छन् मन्दमन्द
अधरको लालीझैँ सिंगारिएको लालुपाते
पाखैभरी छर्नेछ सौन्दर्य छटा
र, एकसाथ बैंस डाक्नेछन् चिमालहरूले
खर्क, चौँरीहरूमा
आमाहरूले उसैगरी फेरो मार्नेछन्
बन पाखाहरूमा
भाउजुबुहारी दिदीबहिनीहरूले
गाउनेछन् विरह भाका
भारोपर्म, मेलापात र एैँचोपैँचोसँगै
साटिनेछन् अ÷मुर्त सामिप्यताहरू
शेर्पा, गुरूङ, तामाङसेलो
रोइला, मैथली, थारू, देउडा भाकासँगै
रोदी घरको मारूनीमा मर्काइन्छन् कम्मरहरू
बख्खु, भोटो, कछाड, धोती, चोलो
हाकु पटासी र पटुकीको भेषसँगै
फेर्नेछन् एकसाथ झुपडी र महलहरूले रंग
तराईका फाँटहरूमा
पहाडे माटोले फस्टाउनेछन अनाज
हिमाली पीडामा आँसु झार्नेछ तराई
तराई त्रासमा जागै रहनेछ हिमाल पहाड
प्राकृत लयमा गुञ्जनेछन्
बाँसुरी, मादल र मुर्चुङ्गाहरू
बियानो, ढोलक र डम्फुहरू सँगै बज्नेछन्
बालन, टप्पा र खैँजडीको भाकामा
बिउँझने छ बस्ती,
शील्पमा सजिने छ सौन्दर्य
आमाको आङ ढाक्ने पछ्यौरी लिन
बाबाको झुत्रिएको शीरको टोपी फेर्न
श्रीमतीलाई एक झुम्रो सारी र
लालाबालाको हाँसो कमाउन
परदेशीएकाहरू
भीर पाखाको गीत गाउँदै फर्कनेछन्
समवेत आवाज, लय र भाकामा
गर्नेछन् प्रण,
बनाउनेछन् देश
बन्नेछ मुलक
यसकारण कि
निष्पट्ट रातपछि
झलमल्ल विहान
शास्वत् सत्य हो । अस्तु ।।
रामनाथ खनाल
गोकर्णेश्वर–१३, काठमाडौँ, नेपाल ।
(भविष्यवाणी शीर्षकको कविता प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल)
भिडियो
No comments:
Post a Comment