- रामनाथ खनाल
दशैंको पूर्व सन्ध्यामा
बालुवाटारको आँगनमा
रंगिचंगी ध्वजा पताका टाँगियो
तामझाम र उत्साह/उत्सवले
राज्यप्रमुख भित्र्याइयो
ठीक त्यसैबेला
सुदूर गाउँको कन्दरामा
गरीबीको निर्मम घेरा तोड्न नसक्दै
जीवन देखि हारेर कसैले मृत्युको बाटो रोज्यो,
उसले नयाँ सरकार कुर्ने धैर्यता राखेन
त्यही समय आन्दोलनको राप र तापबाट
देशका दक्षिणी किनारा अझै आक्रान्त बन्यो
यता सत्ताको मालिकको स्वागतमा तोप पड्किरहने
उता सवाल्टर्नहरु गोलीको निशाना बनिरहने
तोप र गोलीको धुवाँमय आकाशमा
गणतन्त्रको अर्को ‘घाम’ उदायो
सँघारमा भित्रनै लागेको छ, दशैं
आमाले दूरगाउँबाट फोन गर्नुभयो
घर आइजो छोरा !
खण्डहर घर पन्छाएर दशैं मनाउनु पर्छ;
मलाई सोध्ने आँट आएन
कहाँ राख्नु भो जमरा ?
अनि पोहोरसालको
भीमकाय भूकम्पले पनि पूर्न नसकेको
निख्खर सेतो कमेरो कहाँ पोत्ने ?
अनि रातो माटो कहाँ लिप्ने ?
न दैलो, न मझेरी, न आँगन, न पिँढी
आमाले अधैर्य नहुँदै भन्नु भयो
घत् लाटा !
देशले नयाँ प्रधानमन्त्री पाएको छ,
हामीले दीपावलीका साथ
भत्किएको भग्नवाशेष पन्छाएर भएपनि
खुसी साट्दै दशैं त मान्नैपर्छ
धन्य मेरी आमा !
भीरको लालुपाते झैं
अभावमा पनि मुस्काउन सक्ने
उनको उत्साहमा सन्नटा छाउन नदिन
अनेक व्यवधान छिचोलेरै भएपनि म घर पुग्नै पर्छ
कोठाको सँघार ननाघ्दै स्यानी छोरीले प्रश्न गरी
बाबा यसपाली गाऊँमा पिङ कहाँ हाल्ने?
हाम्रो त आँगनै छैन
सुर्ता नगर छोरी !
देउरालीको बरको रुखमा
बाबियो बाटेर पिङ झुण्ड्याइदिउँला तँलाई
अनिँ तँ त्यहीँ मच्चेलिस चचहुई....
केही बेर रोकिँदै उसले पुनः भनि
त्यहाँ त ठूला मान्छेका छोराछोरी आउँछन्
अनि हामीलाई खेल्न देलान् र?
मैले फेरि सम्झाएँ,
यसपाला कम्युनिष्ट प्रधानमन्त्री बनेका छन्
अब त्यस्तो हुँदैन
चिसो चुल्हो मुन्तिर
फुको चिउरा र दालमोठको आडमा
नभरिएको आँतसँगै
छोरी अफ्ठेरो मानेर मुस्काई
सोचें, दशैं यिनीहरूको नै त हो नी
यसर्थ, जसरी पनि घर जानै पर्छ
तर, उपायको जुगाड भएकै थिएन
अनायस गोडा फतक्क गले
अनुहारमा निराशा र पसिना एकसाथ पोतियो
दृष्य धमिलो लाग्न थाल्यो
३० नकटेको ममा बुढ्यौ पो छाउन थाल्यो
थुइया..आमा जत्तिको आत्मविश्वास
जिवित रहेनछ ममा
विहानै बसपार्क गएँ,
टीकट मागेँ
काउन्टरवालाले टीकट नभएको प्रत्तिउत्तर दियो
मानिसहरूको उदेक लाग्दो लाइन थियो
अभाव र पीडाले निचोरीका तिनीहरूको व्यथा
सहजै पढ्न सकिन्थ्यो
तर उनीहरू किञ्चित दुःखी थिएनन्
न राज्यप्रति गुनासो नै थियो
नाकाबन्दी, अभाव र समस्याको चक्रव्यूहभित्र पनि
स्वाभिमानको शीर ओइलाएको थिएन
धन्य हाम्रो राष्ट्रियता !
ती धैर्यवान्हरूले अरू कष्ट सहन सक्ने बनाए
स्यानी छोरी काँधमा राखेर गन्तव्यकृत भएँ
श्रीमतीले पाइला पछ्याईरही
दशैं मानेर फर्कंदा
यहाँको व्यथा बदलिएको होला र?
दशैंको पूर्व सन्ध्यामा
बालुवाटारको आँगनमा
रंगिचंगी ध्वजा पताका टाँगियो
तामझाम र उत्साह/उत्सवले
राज्यप्रमुख भित्र्याइयो
ठीक त्यसैबेला
सुदूर गाउँको कन्दरामा
गरीबीको निर्मम घेरा तोड्न नसक्दै
जीवन देखि हारेर कसैले मृत्युको बाटो रोज्यो,
उसले नयाँ सरकार कुर्ने धैर्यता राखेन
त्यही समय आन्दोलनको राप र तापबाट
देशका दक्षिणी किनारा अझै आक्रान्त बन्यो
यता सत्ताको मालिकको स्वागतमा तोप पड्किरहने
उता सवाल्टर्नहरु गोलीको निशाना बनिरहने
तोप र गोलीको धुवाँमय आकाशमा
गणतन्त्रको अर्को ‘घाम’ उदायो
सँघारमा भित्रनै लागेको छ, दशैं
आमाले दूरगाउँबाट फोन गर्नुभयो
घर आइजो छोरा !
खण्डहर घर पन्छाएर दशैं मनाउनु पर्छ;
मलाई सोध्ने आँट आएन
कहाँ राख्नु भो जमरा ?
अनि पोहोरसालको
भीमकाय भूकम्पले पनि पूर्न नसकेको
निख्खर सेतो कमेरो कहाँ पोत्ने ?
अनि रातो माटो कहाँ लिप्ने ?
न दैलो, न मझेरी, न आँगन, न पिँढी
आमाले अधैर्य नहुँदै भन्नु भयो
घत् लाटा !
देशले नयाँ प्रधानमन्त्री पाएको छ,
हामीले दीपावलीका साथ
भत्किएको भग्नवाशेष पन्छाएर भएपनि
खुसी साट्दै दशैं त मान्नैपर्छ
धन्य मेरी आमा !
भीरको लालुपाते झैं
अभावमा पनि मुस्काउन सक्ने
उनको उत्साहमा सन्नटा छाउन नदिन
अनेक व्यवधान छिचोलेरै भएपनि म घर पुग्नै पर्छ
कोठाको सँघार ननाघ्दै स्यानी छोरीले प्रश्न गरी
बाबा यसपाली गाऊँमा पिङ कहाँ हाल्ने?
हाम्रो त आँगनै छैन
सुर्ता नगर छोरी !
देउरालीको बरको रुखमा
बाबियो बाटेर पिङ झुण्ड्याइदिउँला तँलाई
अनिँ तँ त्यहीँ मच्चेलिस चचहुई....
केही बेर रोकिँदै उसले पुनः भनि
त्यहाँ त ठूला मान्छेका छोराछोरी आउँछन्
अनि हामीलाई खेल्न देलान् र?
मैले फेरि सम्झाएँ,
यसपाला कम्युनिष्ट प्रधानमन्त्री बनेका छन्
अब त्यस्तो हुँदैन
चिसो चुल्हो मुन्तिर
फुको चिउरा र दालमोठको आडमा
नभरिएको आँतसँगै
छोरी अफ्ठेरो मानेर मुस्काई
सोचें, दशैं यिनीहरूको नै त हो नी
यसर्थ, जसरी पनि घर जानै पर्छ
तर, उपायको जुगाड भएकै थिएन
अनायस गोडा फतक्क गले
अनुहारमा निराशा र पसिना एकसाथ पोतियो
दृष्य धमिलो लाग्न थाल्यो
३० नकटेको ममा बुढ्यौ पो छाउन थाल्यो
थुइया..आमा जत्तिको आत्मविश्वास
जिवित रहेनछ ममा
विहानै बसपार्क गएँ,
टीकट मागेँ
काउन्टरवालाले टीकट नभएको प्रत्तिउत्तर दियो
मानिसहरूको उदेक लाग्दो लाइन थियो
अभाव र पीडाले निचोरीका तिनीहरूको व्यथा
सहजै पढ्न सकिन्थ्यो
तर उनीहरू किञ्चित दुःखी थिएनन्
न राज्यप्रति गुनासो नै थियो
नाकाबन्दी, अभाव र समस्याको चक्रव्यूहभित्र पनि
स्वाभिमानको शीर ओइलाएको थिएन
धन्य हाम्रो राष्ट्रियता !
ती धैर्यवान्हरूले अरू कष्ट सहन सक्ने बनाए
स्यानी छोरी काँधमा राखेर गन्तव्यकृत भएँ
श्रीमतीले पाइला पछ्याईरही
दशैं मानेर फर्कंदा
यहाँको व्यथा बदलिएको होला र?
No comments:
Post a Comment