मुटु खाने माया प्रिती नलाएकै जाति हुन्थ्यो
झुठो तस्वीर आँखामा नछाएकै जाति हुन्थ्यो
अविश्वासको हुरीले उडाइदियो मायोको घर
निष्ठुरीका सम्झनाहरू नआएकै जाति हुन्थ्यो
तोडिजानु छ भने रूमानी प्रेमको उपहार किन ?
एक्लै बाँच्थें झिनो साथ नपाएकै जाति हुन्थ्यो
सपनाहरू मसानघाटमा खरानी भई जल्छ भने
विषको प्याला अमृत भनि नखाएकै जाती हुन्थ्यो
©अक्षर काका
No comments:
Post a Comment