कार्यालय छिरेको केही समयमात्र भएको थियो । वैशाख महिना भए पनि घाम उति साह्रो चर्को थिएन । आकाशमा बादल पनि बाक्लो थिएन । वातावरण धुम्मिएको बिहानैदेखि हो ।
मसिनो हावा चलेजस्तो भयो । कार्यालय अघिल्तिरका सिसाहरू अचानक बेग्लै आवाजमा बज्न थाले । त्यस्तो आवाज आएको केही सेकेन्ड पनि भएको थिएन आठतल्लाको कम्प्लेक्स बाँसको लिंगो झैं मच्चिन थाल्यो ।
मानिस साँच्चै स्वार्थी हुँदो रहेछ । सँगै रहेकी सहकर्मीलाई न्युजडेक्समै छाडेर भर्याङ छेउमा पुगिसेको छु । पछि थकथक लाग्यो, बोलाउन पाएको भए पनि हुन्थ्यो । भर्याङ छेउ पुग्दासम्म त भूकम्पको झट्का झनै बढ्यो ।
घर हल्लँदा सिलिङका छडहरू चलमलाएको प्रष्टै देखिन्थ्यो । सोचेँ, जिन्दगी यत्ति रहेछ, थाहै नपाई फुत्तै ढलान् झरेर किचे हुन्थ्यो ! अंगभंग मात्रै भयो भने के गरेर बाँच्ने होला ? मनमा अनेक तर्कना आए । मनमा डर र भयको आँधी मडारिइरहेको थियो, मृत्युको पर्खनु सिवाय अरू के विकल्प थियो र ?
घर हल्लन थालेको ३० सेकेन्ड भइसकेको थियो । तर, रोकिने कुनै छाँट छैन । बरू झनै बेस्करी पो हल्लन थाल्यो । घर उत्तर दक्षिण हल्लिरहेको थियो । हठात् मनमा प्रश्न आयो, घर अगाडि ढल्छ म पछाडिबाट ओर्लन्छु । तल झर्दा मरिए पनि मरियोस् ।
पछाडिपटिट्बाट शौचालय के पसेको थिएँ, सहकर्मीहरू पनि गुरुरु त्यतै आइपुगे । त्यतिबेला मात्र सम्झना भयो, साँच्चि त उनीहरू पनि यहीँ छन् नि ।
त्यसमध्ये थिइन् एक मोडल । सहकर्मीले भूकम्पको झड्का आउनुपूर्व उनीसँग अन्तरवार्ता लिँदै थिए ।
भूकम्पको त्रास भन्दा तिनको रुवाइले हामीलाई अप्ठ्यारोमा पार्यो । हात गोडा फालेर तिनी शौचालयमै लम्पसार परेकी थिइन् । भित्ताका मार्वल झरेर तिनको गोडा रगतपच्छे भइसकेको थियो । बल्ल भूकम्पको धक्का कम भयो । सबैले लामो सास फेर्यौँ । बाँचियो ।
बिस्तारै तल झर्यौं । सडकमा पुगेपछि पो गोडा काप्न थाले । सिँढीबाट ओर्लिएर सडकमा पुगुञ्जेल ती मोडलको खुट्टाबाट रगत चुहिन कम भएको थिएन ।
आफू त बाँचियो । चिन्ता थियो घर परिवारको । सबैभन्दा पहिला सिन्धुपाल्चोकमा बुबालाई फोन गरेँ । संयोगले एकैपटकमा सम्पर्क भयो ।
बुबाले अताल्लिएको स्वरमा भन्नु भयो, “बाबु ! म जिउँदै छु, घर गोठ सबै भत्कियो । आमा कहाँ छे थाहा छैन । भैंसी, गाई, बाख्रा बाँधेकै ठाउँमा पुरिएका छन्, सिन्धुपाल्चोक सबै सकियो, कुहिरीमण्डल धुलोले वरिपरि केही देखिँदैन ।”
त्यसपछि बुबासँग थप सम्पर्क हुन सकेन । उता जोरपाटीमा रहेका भाइ, पत्नी र छोरीको अवस्था अज्ञात थियो । लाख कोसिस गर्दा पनि सम्पर्क हुन सकेन । आमाको चिन्ता त छँदै थियो । सयौं पटक फोन गर्दा पनि नलागे पछि निधो गरेँ – अब सिन्धुपाल्चोक हानिन्छु ।
बुबाले अताल्लिएको स्वरमा भन्नु भयो, “बाबु ! म जिउँदै छु, घर गोठ सबै भत्कियो । आमा कहाँ छे थाहा छैन । भैंसी, गाई, बाख्रा बाँधेकै ठाउँमा पुरिएका छन्, सिन्धुपाल्चोक सबै सकियो, कुहिरीमण्डल धुलोले वरिपरि केही देखिँदैन ।”
त्यसपछि बुबासँग थप सम्पर्क हुन सकेन । उता जोरपाटीमा रहेका भाइ, पत्नी र छोरीको अवस्था अज्ञात थियो । लाख कोसिस गर्दा पनि सम्पर्क हुन सकेन । आमाको चिन्ता त छँदै थियो । सयौं पटक फोन गर्दा पनि नलागे पछि निधो गरेँ – अब सिन्धुपाल्चोक हानिन्छु ।
० ० ०
टेलिभिजनका पर्दाहरूमा ब्रेकिङ फ्ल्यास सुरु भइसकेका थिए । नेपाल टेलिभिजनका पत्रकारहरू ओठ काँपेको स्वरमा समाचार वाचन गरिरहेका थिए । एनटीभीले भत्किएको सिंहदरबारको दृश्य देखाउँदै सर्वसाधारणलाई घरबाहिर सुरक्षित ठाउँमा जान आग्रह गरिरहेको थियो ।
सञ्चारकर्मीको जिम्मेवारी जस्तोसुकै अवस्थामा पनि समाचार सम्प्रेषित गर्नु नै हो । तर, घर भत्किएको, आमाको अवस्था खुल्न नसकेको, भाइ, पत्नी र छोरीको चिन्ताबीच सञ्चारकर्मी समाचार सम्प्रेषणमा कसरी प्रस्तुत हुन सक्थ्यो र ? झोला बोकेर झरें सडकमा ।
सडकमा एक जना हवल्दार थिए । सिंहदरबार प्रभाग तिरको हुनुपर्छ । उनले बोकेको सञ्चार सेटमा आवाज सुनियोे, “धरहरा भत्कियो, ८० जना बढीले टिकट काटेका थिए, बटुवासमेत गरी सय बढी पुरिएको आशंका छ, उता शान्तिनगरको गेट भत्किएकाले केही मानिसको मृत्यु भएको खबर आएको छ । बसन्तपुर, हनुमानढोका ध्वस्त भएको छ ।”
ती प्रहरी पनि आत्तिएको स्वरमा रिपोर्ट गर्दै थिए, “रोजर, अनामनगरमा कुनै हताहती छैन । घर भत्किएको पनि हामीले पाएका छैनौ । भित्री सडकमा सबै मानिस बाटामा आएका छन् ।”
० ० ०
माथि समाचार कक्षमा सोही सूचनामुताबिकको ब्रेकिङ तयार पारेर पुनः सडकमै ओर्लिएँ । साथीहरूसँग बिदा भएँ । र, जोरपाटी प्रस्थान गरेँ ।
कोलाहल र रुवाबासीले बाटो हिँडी साध्य थिएन । सवारीसाधन ठप्प थियो । पैदलै पुरानो बानेश्वर आइपुगेँ । चोक नपुग्दै दर्दनाक दृश्य आँखामा पर्यो । रत्ताम्य घाइतेलाई प्रहरीले उठाएर भ्यानमा हाल्दै थिए ।
प्रहरीसँगैको ले भन्यो, “धेरै घाइते छ बाँच्दैन होला, भित्र अरू दुई जना पुरिएका छन् ।”
चावहिल, बौद्ध हुँदै जोरपाटी आइपुगेँ । बाटामा धक्का जान कम भएको थिएन ।
बानेश्वरदेखि जोरपाटीसम्म पुग्दा सडकमा मान्छेबाहेक केही देखिएन । साँच्चै मानिसलाई मृत्युको ठूलो डर हुँदो रहेछ । कोही रोइरहेका, कोही बालक,
बानेश्वरदेखि जोरपाटीसम्म पुग्दा सडकमा मान्छेबाहेक केही देखिएन । साँच्चै मानिसलाई मृत्युको ठूलो डर हुँदो रहेछ । कोही रोइरहेका, कोही बालक,
आफन्तजनलाई फुल्याइरहेका, कोही डरले थरथराइरहेका, सिंगो सहर भूकम्पले त्राहीमाम् थियो ।
जोरपाटी पुगेपछि एक किसिमको ढुक्क भयो, सबै ठीकै रहेछन् । तर, आमाको अवस्था भने भाइले पनि पत्ता लगाउन सकेको रहेनछ । बारीकै पाटामा छोरा र पत्नी छाडेर भाइ र म सिन्धुपाल्चोक जाने निधो गर्यौं । आमा फेला नपरेको, घर भत्किएर बस्तुभाऊ पुरिँदा बाँचेकालाई छाडेर पुरिएकालाई निकाल्नु कर्तव्य ठानेँ ।
हिँड्न के आँटेको थिएँ, छोरीले भनी, “बाबा ! तपाईं गएपछि भुईंचालोले हामीलाई मार्यो भने ।”
हिँड्न के आँटेको थिएँ, छोरीले भनी, “बाबा ! तपाईं गएपछि भुईंचालोले हामीलाई मार्यो भने ।”
छोरी बरबरी आँसु झारेर रोई । “भूकम्प आउँदैछ तपाईं नजानुस्”, श्रीमतीले आग्रह गरी तर मेरो अटेरका अगाडि उसको केही सीप चलेन । “म घर पुगेर आउँछु, आमासँग सम्पर्क हुनसकेको छैन, तिमीहरू बस्दै गर”, यत्ति भनेर म निस्किएँ ।
जोरपाटीचोकमा पार्किङ गरिराखेको एउटा ट्याक्सीलाई काउलेदोभानसम्म पुर्याइदिन अनुरोध गर्यौँ । बाटो भत्किएको छ भन्दै उसले आनाकानी गर्यो । जहाँसम्म जान्छ त्यही पुर्याइदिनु भनेर अनुनय विनय गरेपछि अन्ततः ऊ राजी भयो ।
जोरपाटीचोकमा पार्किङ गरिराखेको एउटा ट्याक्सीलाई काउलेदोभानसम्म पुर्याइदिन अनुरोध गर्यौँ । बाटो भत्किएको छ भन्दै उसले आनाकानी गर्यो । जहाँसम्म जान्छ त्यही पुर्याइदिनु भनेर अनुनय विनय गरेपछि अन्ततः ऊ राजी भयो ।
० ० ०
थली पार गरेपछि बल्ल देखियो भूकम्पको विनाश लीला । पुराना घरहरूको नामोनिसान थिएन । रोइरहेका र आत्तिइहेका मानिसबाहेक बाटामा हामीले अरू भेटेनौँ । साँखुको अवस्था त वर्णनै गर्न नसकिने थियो । सलम्बुटारदेखि चिहानपाटीसम्म पूरै शब छिचोलेर हिँड्नुपर्ने, निकै कारुणिक अवस्था थियो त्यहाँ । क्षतविक्षत शव र मानिसको रुवाबासीले ट्याक्सी ड्राइभर अघि बढ्न डराए । पुनः अनुरोध गरेपछि उनले ट्याक्सी हुईंक्याए । लफ्सेफेदी, जहरसिंहपौवा, चौकीभञ्ज्याङ, भोटेचौर हुँदै ज्योतिषगाउँ पुग्न झन्डै चार घन्टा लाग्यो । माटोको ढिस्को पन्छाउँदै अघि बढ्दा साबिकको भन्दा दुई घन्टा बढी लाग्नु स्वाभाविकै थियो ।
ज्योतिष गाउँ पुग्दा झमक्क रात परिसकेकाले ट्याक्सी चालक अघि बढ्न मानेनन् । हामीले पनि थप कर गरेनौं । त्यहीँ उत्रिएर पैदलै अघि बढ्यौँ ।
बाटामा मानिसलाई सोध्यौँ, “पारी गाउँमा कति मान्छे मरे ?”
बाटामा मानिसलाई सोध्यौँ, “पारी गाउँमा कति मान्छे मरे ?”
एक अधबैँसे महिलाले भनिन्, “कहाँ पुग्ने हो बाबुहरू ?, तीन चार जना परेका छन् भन्ने सुनेका छौँ, बाटाको छेऊमा पसल थाप्नेको आमा पनि परेकी छन् भन्ने हल्ला छ ।”
कतै आमा नै त पर्नु भएन? हाम्रो हंशले ठाउँ छोड्न लाग्यो ।
म त सम्हालिएर हिँड्दै थिए, भाइका खुट्टा लरखराउन थाले ।
“आ केही हुँदैन, गावैभरी मानिस मरेका छन्, आत्तिनु हुँदैन । छिटो जाउँ, भैँसी निकाल्न सकिन्छ कि ?”, भाइलाई सम्झाएँ ।
धुलो उड्न कम्ती भएको रहेनछ । धुलोले साबिकको समय भन्दा अगावै साँझ परे झैं भयो । रात पर्नै आटेको थियो, घर पुग्यौँ ।
बाआमा दुवैजना बाटामै हुनुहुँदो रहेछ । खुसीले भुईंमा खुट्टै भएन । तर, त्यो खुसी कहाँ धेरैबेर टिक्न पायो र ? एक महिना अगाडिमात्र आधा लाख रुपैयाँ ऋणमा ल्याएको भैंसी किलाको किलै मरेछ । निदालले थिचिएको गाई मुस्किले निकालेको रहेछ । तर, त्यो मर्छ कि बाँँच्छ कुनै ठेगान थिएन ।
वर्षौं लगाएर बनाएका दुई वटा घर एकै झड्कामा स्वाहा भएका थिए । मान्छे बाँचे पनि अन्न बाँचेको थिएन । हिड्दा लखतरान भइएको थियो । भुक्लुक्क सुतुँ झैं भएको थियो, कहाँ पल्टने ? के खाने ? कुनै टुंगो थिएन ।
० ० ०
बाले भन्नु भयो, “छोरा हो, मेरो जीवनभरको कमाइ एकै झड्कामा सकियो, अब के गरेर खान्छौ ?” घर भत्किएको भन्दा ज्यादा चिन्ता बालाई छोराहरूको भविष्य अन्धकार भयो कि भन्ने थियो ।
“मुलाले डोब आफैं खन्छ, तपाईं पनि व्यर्थै चिन्ता लिनुहुन्छ ! बाँचिएको छ, फेरि बनाइहालिन्छ नि यस्ता घर”, आमाले बालाई सम्झाउनु भयो । त्यत्रो भीमकाय भूईँचालोले तहसनहस पार्दा पनि आमाको धैर्य टुटेको रहेनछ । धन्य धरा ! धन्य आमा !
आफन्तको घरमा पुग्नु भएकी आमा भुईंचालो जाँदा भागेर मुस्किलले बाँच्नु भएछ । घर भत्किएको प्रकृति हेर्दा घरभित्र भएको भए बाँच्ने कल्पना पनि गर्न सकिँदैन थियो । घरको धुरी मझेरीमा बसेको थियो ।
भीषण गोलाबारी पछिबाट खण्डहर भए झैं भूकम्पले ध्वस्त बनाएको थियो सिन्धुपाल्चोक । मन अडिने ठाउँ नै थिएन । सग्लो घर देख्न मुस्किल प्रायः थियो । तैपनि मानिसहरू निराश थिएनन् । को धनी, को गरिब सबैलाई एकै ठाउँमा ल्याइदिएको थियो ।
घर त पुर्खाको सम्पत्ति हो । मानिसले वर्षौं लगाएर जोडेको जायजेथा एकै झड्कामा माटोमा मिलोको थियो । भूकम्पको पहिलो चार सेकेन्डमै धुलिसात् भएका थिए सिन्धुपाल्चोकका अधिकांश बस्ती ।
“यत्रो भूकम्पले त लगेन, मर्न गाह्रै हुँदो रहेछ”, आमाले भन्नुभयो, “हिँड् छोरा बाँचियो भने संसार देखिन्छ, चामल फेला पर्छ कि खोतलौँ ।”
आमा र म चामल खोतल्न भत्किएको घरको ढोकाभित्र के पसेथ्यौं, धक्का आइहाल्यो । झन्डै आमाछोरा एकैठाउँ पुरिएनौं । बालबाल बाँचियो ।
छिमेकी दाइको आमा बित्नु भएको थियो भने भाउजुको बालाई पनि भूकम्पले बाँकी राखेको थिएन । श्राद्ध गर्दा गर्दा मझेरीमा पुरिएका ससुरा छोडेर आएकाले छिमेकी दाइ निकै पीडामा हुनुहुन्थ्यो । यता आमा पनि बित्नु भएको छ, उहाँलाई सम्झाउने तागत मसँग थिएन । तथापि उहाँ गल्नु भएको थिएन र भने
“मलाईमात्र परेको होइन लास नपरेको घर देख्न मुस्किल छ बाबु ।”
भूकम्पको त्यो रात बारीको पाटामा दुई परिवार एकै ठाउँमा गँडुल्कियौं । घरमा मान्छे मरेकाले खाने कुरा भएन । भोकै कसरी रात काट्न सकिन्थ्यो ? रात जाग्राम बसेरै बित्यो ।
० ० ०
भोलिपल्ट बिहान छर्लङ्ग देखियो । यसअघि कहिल्यै नदेखिएको प्राकृतिक विनाश लीलाको ठीक अघिल्तिर थिएँ म । आँखाले पचाउन नसकिने दर्दनाक दृश्यलाई शब्दमा उतार्न सम्भवै छैन । गाउँमा तीन जनाको लास परेकाले पहिलो काम त्यो उत्खनन गर्नु थियो ।
हाम्रो गाउँमा ९७ वर्षकी वयोबृद्धा आमै, माथ्लो टोल कि आमै र छिमेकी दाइको आमासमेत गरी भूकम्पले तीन जनालाई निल्न भ्याएछ ।
गाउँका केही युवा मिलेर ती शव खोतल्न तिर लाग्यौं । त्यसमध्ये पहिलो छिमेकी दाइकी आमाको शव निकाल्यौं । नातिनीलाई सँगै लिएर सुतेकी आमैलाई बार्दलीको दलिनले ठक्कर दिने बित्तिकै प्राण पखेरु उडेछ । र, नातिनी संयोगले बाँचेकी थिइन् । तथापि बच्चीको खुट्टामा चोट लागेको हुनाले उनी राम्रोसँग हिँड्न सकिराखेकी थिइनन् ।
माथ्लो टोलकी आमैको शव निकाल्न पनि हामीलाई दुई घन्टाभन्दा बढी लाग्यो । भीमकाय घर भत्किएकाले पन्छाउनै मुस्किल थियो । प्रायः एक्लै घरमा बस्ने आमै भूकम्प जाँदा कहाँ बस्थिन भन्ने एकिन गर्नै गाह्रो । दस जनाको अविछिन्न प्रयास पछि पत्ता लगायौं र उधिन्यौं ।
सबैभन्दा गाह्रो पर्यो, ९७ वर्षकी हजुर आमाको लास खोज्न । दुई वटा घर भत्किएर एकै ठाउँमा थुप्रिएकाले पन्छाउने मेलोबाटो थिएन । आँखा पनि नदेख्ने र हिँडडुल पनि नगर्ने हुनाले मझेरीमै पुरिएको हुनसक्ने हाम्रो अनुमान थियो । तर अनुमान फेल खायो । उनी पिँढीमै फेला परिन् ।
सबैभन्दा पीडाजनक मृत्युवरण थियो त्यो । लास निकाल्दै गर्दा उनले भनेको सम्झिएँ, “नाती बेला बेला नबिर्सी आएस् है, अनि छोरी कत्री भई मुख हेर्न मन छ त्यसको ।” अब ती सम्झनाका लागि बाँकी रहे । ९० सालको भूकम्पका बाँचेकी आमै ७२ सालको भूकम्पमा सदाको लागि बिदा भएकी थिइन् ।
० ० ०
उत्खनन पछि तीन जनाको लास अन्तिम कर्मका लागि घाट लगियो । बिहानैबाट एकोहोरो शंखको कर्कश आवाज सुरु भइसकेको थियो । पिताम्बर ओढाइएका शवहरू डाँडै ढाक्नेगरी खोलातर्फ लगिँदै थियो । त्यसमा हाम्रो गाउँको पनि शव थियो ।
पहिलोपल्ट छालाको जुत्ता लगाएर लास बोकियो । हिन्दू धर्म परम्पराअनुसार खाली खुट्टा लास बोक्नु पर्ने हो तर भग्नावशेष खोतल्दा हात गोडा रगताम्य भएकाले जुत्ता नलगाई हिँड्न कसरी सकिन्थ्यो र ?
सिन्धु खोलाको शिरदेखि इन्द्रावतीको तिरसम्म पाइला राख्ने ठाउँ थिएन । मलामी भन्दा ज्यादा पहेंलो पिताम्बर ओढाइएका लास देखिन्थ्यो । त्यस्तो कारुणाजनक दृश्य सायदै देखिएको थियो ।
सासु बुहारीको एउटै चिता
लास जलाउन दाउराको समस्या भएकाले कतिले त एउटै चितामा तीन वटासम्म शव जलाए । त्यस्तैमा थिए, एउटै घरका सासुबुहारी । बाँचुञ्जेल कहिल्यै नमिलेका अन्ततः एउटै चितामा खरानी भए भनेर खासखुस गरेको पनि सुनियो । सायद त्यो भोटेचौर तिरको परिवार हुनुपर्छ ।
लास जलाउन दाउराको समस्या भएकाले कतिले त एउटै चितामा तीन वटासम्म शव जलाए । त्यस्तैमा थिए, एउटै घरका सासुबुहारी । बाँचुञ्जेल कहिल्यै नमिलेका अन्ततः एउटै चितामा खरानी भए भनेर खासखुस गरेको पनि सुनियो । सायद त्यो भोटेचौर तिरको परिवार हुनुपर्छ ।
मर्नेमा अधिकांश वृद्धवृद्धा र केटाकेटी थिए र प्रायः घरभित्रै पुरिएका । बेलुकासम्म खोलामा लास ओसार्ने क्रम रित्तिएन । हुर्किएका छोराहरू घर बाहिर रहेकाले गाउँमा मलामी नै थिएनन् । एकैपटक विपत्ति आइलागेकाले जेनतेन शव ओसारी रहेका थिए ।
१३ गते मध्याह्न पुनः धक्का गयो । बलिरहेको चिता भत्काउने गरी गएको धक्काले पुनः मानिसहरू डराएर भाग्न थाले । भत्कन बाँकी घरहरू पूरै भत्किए । हेर्दाहेर्दै गाउँ कुहिरिमण्डल भयो ।
शव जलाएर घर फर्कंदा बेलुका चार बजिसकेको थियो । दुई दिनदेखिको भोको बेलुका के खाने कुनै टुंगो थिएन ।
० ० ०
छरिएका प्लास्टिक र मान्द्रो बटुलेर सामान्य टहरा बनाएँ । बाआमालाई त्यहीँ राखेर काठमाडौं पुगेर फर्कने निधो गरेँ । गाडी नचलेकाले हिँडेरै काठमाडौं लागेँ । भत्किएका दृश्य, मानिसको रुवाबासी अब आँखाले पचाउन सक्ने भइसकेछ । काठमाडौं आइपुगेपछि आफैंँलाई सोध्न मन लाग्यो, “भूकम्प काठमाडौंमा पनि गएको हो र?”
सिन्धुपाल्चोक हेरीकन काठमाडौंमा भूकम्पले खासै असर गरेको थिएन । सरकार अन्योलमा थियो । सिन्धुपाल्चोकको क्षतिप्रति सामाजिक सञ्जाल पनि बेखबरजस्तै थियो । त्यतिबेलासम्म राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा भूकम्पको चर्चा सुरू भइसकेको थियो । तर, सिन्धुपाल्चोकको पीडा कतै बोध भएको देखिएन । सरकार त खुलामञ्चमा भार बाँडेर बसिरहेको थियो ।
त्यसपछि ट्विट गरें, “सिन्धुपाल्चोकममा मात्रै पाँच हजार मान्छे मरेका छन् । त्यहाँका पीडितहरूले पानी पनि खान पाएका छैनन् । लौ न गुहार !”
व्यापक रिट्विट भयो । ट्विटर, फेसबुका साथीहरूले सहयोगको हात बढाउन थाले । जोरपाटीमा उपलब्ध केही साथीसहित हामी सहायता वितरणमा हान्नियौं ।
तत्कालै सहायता जुट्ने सम्भावना थिएन । विमानस्थलमा बाहिरबाट सहयोग आएर थुप्रिएको भन्ने खबर पाएपछि त्यतै लाग्यौं । तर, सेनाले सहजै सहायता उपलब्ध गराउन आनाकानी गर्यो । लभभग झगडै गर्नु पर्यो । उता भूकम्पपीडित भोकै, यता सहायता सामग्री थुप्रिने । कम्ती रिस उठेको होइन, आग्रह गरेर थोरै सहयोग सामग्री उम्काइयो र भोटेचौरदेखि थकनीसम्मका केही गाउँमा पहिलो सहायता बाँडियो ।
तत्कालै सहायता जुट्ने सम्भावना थिएन । विमानस्थलमा बाहिरबाट सहयोग आएर थुप्रिएको भन्ने खबर पाएपछि त्यतै लाग्यौं । तर, सेनाले सहजै सहायता उपलब्ध गराउन आनाकानी गर्यो । लभभग झगडै गर्नु पर्यो । उता भूकम्पपीडित भोकै, यता सहायता सामग्री थुप्रिने । कम्ती रिस उठेको होइन, आग्रह गरेर थोरै सहयोग सामग्री उम्काइयो र भोटेचौरदेखि थकनीसम्मका केही गाउँमा पहिलो सहायता बाँडियो ।
देशबाहिर र भित्र रहेका ट्विटर फेसबुकका साथीहरूले सहयोग जुटाइदिन थाले ।
उनीहरूको सहयोगमा झन्डै दुई महिना सहयोग वितरण गरियो । भोटेचौरदेखि भोटसिपासम्म ५० बढी गाउँमा झन्डै १५ सय बोरा चामल, ३० हजार केजी दाल, नुन, चाउचाउ बिस्कुट र एक हजार थान त्रिपाल पुर्याउन सम्भव भयो ।
उनीहरूको सहयोगमा झन्डै दुई महिना सहयोग वितरण गरियो । भोटेचौरदेखि भोटसिपासम्म ५० बढी गाउँमा झन्डै १५ सय बोरा चामल, ३० हजार केजी दाल, नुन, चाउचाउ बिस्कुट र एक हजार थान त्रिपाल पुर्याउन सम्भव भयो ।
० ० ०
भोटसिपामा सहायता वितरण गर्न जाँदै थियौं । भीमटार पुग्न केही बाँकी हुँदो हो बाटामा एकहुल केटाकेटी खेल्दै थिए । हाम्रो गाडी देखेपछि एक्कासी उनीहरू भोक लाग्यो, खाना पाएनौं भनेर रुन चिच्याउन पो थाले । त्यसदिन हामीसँग चामलमात्र भएकाले उनीहरूलाई दिने केही थिएन । भोकमरीग्रस्त अफ्रिकी देशका बालबालिकाले यूएनको गाडी अगाडि गुहार मागे झैं लाग्ने त्यस दृश्यले मन कुँडियो र सोच्यौँ, “कतै सहायता बाँडेर हामीले परनिर्भर त बनाउँदै छैनौं ।”
यता सामाजिक सञ्जालमा पनि एक पाकेट चाउचाऊ बाँडेर दसवटा फोटो खिचेको, एकै ठाउँमा दोहोर्याएर तेहेर्याएर सहायता बाँडेको अनेकौँ टिप्पणी सुरु भइसकेको थियो ।
दूरदराजका पीडितहरूले सहायता एक पटक पनि नपाउने तर सडकछेउमा घर नभत्किएका मानिस पनि हातै थापेर सहयोग माग्ने, कतिपय ठाउँमा दिक्क लाग्दो दृश्य पनि देखियो ।
यहाँसम्म कि फाँटमा गहुँ पाकेर कालो भइसक्यो, त्यो काट्न चुट्न कोही गएका छैनन् । तर, सडकमा एक किलो चामलका लागि हारालुछ गर्दैछन् । यस्ता दृश्यले मन भरङ्ग हुन पो थाल्यो ।
सडकछेउमा मानिसहरूले दस पटकसम्म सहायता सामग्री बटुलेको थाहा पायौं । बाटामा केटाकेटी मिनरल वाटर बेच्न बस्ने, पसलमा सहायताका चाउचाउ बिस्कुट बेच्न राखिनेमात्र होइन, सिपाघाट बजारमा सहायताकै कोकाकोला किनेरसमेत खायौं हामीले ।
० ० ०
सिन्धुपाल्चोककोे भत्कन र निख्रन बाँकी केही पनि थिएन । सदरमुकाम चौतारामा झन्डै एक महिनासम्म गाडी छिर्न सकेनन् । गाउँ, बस्ती र विद्यालयको भग्नावशेष दृश्यले मन बेतमासको बनाउँथ्यो ।
साथी सुमनले भन्यो, “भूकम्प शनिबारबाहेक अन्य बारमात्रै गएको थियो भने स्कुले केटाकेटी कोही बाँच्दैनथे, राति गएको भए को मर्यो होइन को बाँच्यो भनेर खोज्नु पर्थ्यो । सहायताको कुनै आवश्यकता नै पर्दैनथ्यो ।”
सिन्धुपाल्चोकमा मात्रै भूकम्पबाट करिब ३६ सयको मृत्यु भएको तथ्यांक छ ।
अधिकांश डाँडामा पहिरो गयो । कतिपय ठाउँमा त धेरै पछिसम्म सुख्खा पहिरो खसिरह्यो । भोटसिपामा जमिन चिरचिरा परे खेती कमाइ न गर्न नसकिने समेत भयो ।
अधिकांश डाँडामा पहिरो गयो । कतिपय ठाउँमा त धेरै पछिसम्म सुख्खा पहिरो खसिरह्यो । भोटसिपामा जमिन चिरचिरा परे खेती कमाइ न गर्न नसकिने समेत भयो ।
० ० ०
जेठको पहिलो साता साथी सुमन भट्टराई, म र प्रतीक प्रधानबीच नागरिक पत्रिकाको प्राङ्गणमा सल्लाह भयो, “अब हामी कम्तीमा भत्किएका दुई वटा स्कूल पुनिर्माण गरौँ ।”
केही सहयोग जुटाएर त्यसको दस दिनमै हामीले भोटसिपाको जनता माध्यमिक विद्यालयमा चार वटा कोठा तयार गर्यौँ । जेठ १७ गतेदेखि विद्यालय खोल्ने भनेर राज्यले निर्देशन दिएका त थियो तर भूकम्पले ढलेका जिल्लाका अधिकांश विद्यालयको अवस्था उस्तै थियो ।
सिन्धुपाल्चोकमा पुनर्निर्माण भएको पहिलो विद्यालय थियो त्यो । दुईवटा विद्यालय बनाउने भनेर कम्मर कसेका हामीले, जागेश्वरी निमावि, तालामाराङ, बागदेवी प्रावि थकनी, भूमिस्थान प्रावि, थाङपालधाप, चिप्लिङ प्रावि, थकनी, थानाभञ्ज्याङ निमावि पुनर्निर्माण गर्यौँ । त्यस्तै श्रीकृष्ण उच्च मावि थकनी, जाल्पादेवी उमावी भोटेचौरलगायत दर्जनबढी विद्यालयमा विद्यालय पोशाक, शैक्षिक सामग्री, झोला आदि वितरण गरियो ।
० ० ०
भूकम्पले घर भत्कायो, संरचनाहरू ध्वस्त बनायो तर मानिसहरूको मनलाई जोडिदियो । साँध, पानी पँधेरोमा पानी बाराबार गर्न पछि नपर्ने मानिसहरू एउटै पालमुनि ओत लागे । सँगै भातभान्छा गरे । अभूतपूर्व मिलन गरायो भूकम्पले । पैसा कमाउने र ठूलो घर बनाउने होडमा लागेकाहरूको मनभित्रैदेखि मरेर आयो । र, सामाजिक सञ्जालमा कटाक्ष समेत भयो, “अब त छोरीको विवाह पनि एक तला घर भएको केटासँग मात्रै हुन्छ होला हगी !”
बाँडीचुँडी खाने, मिलेर बस्ने र परेको बखत सहयोगको हात बढाउने हाम्रो संस्कारलाई थप मलजल गरिदियो वैशाख १२ को भूकम्पले ।
० ० ०
सहायता वितरणका लागि सिन्धुपाल्चोक जान जोरपाटी चोकमा चामल लोड गर्दै थियौँ, एक भारतीय न्यूज च्यानलका पत्रकारले सोध्यो, “भाइ यो चामल कहाँ लाँदै छौं ?” मैले जवाफ दिएँ, “सिन्धुपाल्चोक ।”
उसले फेरि सोध्यो, “त्यता त चाइनाले हेलिकप्टरबाट चामल झार्दै छ रे त ?”
“सञ्चारकर्मी होइनौ ? आफैं गएर स्थलगत रिपोर्टीङ गर”, भन्ने जवाफ दिएर हामी सिन्धुपाल्चोक हिँड्यौं।
“सञ्चारकर्मी होइनौ ? आफैं गएर स्थलगत रिपोर्टीङ गर”, भन्ने जवाफ दिएर हामी सिन्धुपाल्चोक हिँड्यौं।
त्यसअघि नै भारतीय सेनाले एअरपोर्टमा खानतलासी लिएको रिस पनि मरेको थिएन ।
फर्केर आउँदा ‘गो होम इन्डियन मिडिया’को ह्यासट्यागले कमालै गरिसकेको रहेछ ।
प्रस्तुति : अक्षर काका
No comments:
Post a Comment