अक्षर काका
जीवन नदी हो । भीमकाय पाषाण र अजंगका पहराहरूमा ठोक्किएर नै उसले निर्मल बन्ने सौभाग्य पाउँछ । त्यतिमात्र होइन, खोलो धमिलिन्छ कहिलेकाहीँ तर आफूभित्रैकै गुणले फेरि सङ्लिएर सफा हुन्छ ।
बिहीबार ललितपुरको कुसुन्तीस्थित आफ्नै निवासमा भेटिएका र्यापर गिरीश खतिवडा जीवनको त्यही निहितार्थ सुनाइरहेका थिए । दन्त्यकथाजस्तो लाग्ने उनका जीवनका उतार–चढावहरू कुनै कहानी या किस्सा थिएनन् । त्यो त उनको जिन्दगीको हिस्सा र समय–सन्दर्भका निस्सा अथवा निसर्ग बन्न पुगेका थिए ।
बाल्यकालमा इन्जिनियर बन्ने सपना मथिंगलमा सजाएर हिँडेका गिरीश अन्ततः संगीत साधनामा ठोक्किन आइपुगे । जीवन सरल रेखा होइन, साधारण हेराइमै गन्तव्य तय होस् । यो त वक्र रेखा हो, जहाँ गन्तव्य चुम्न असाधारण दृष्टि लगाउनुपर्छ । यसलाई सृष्टिको कटु सत्य नै मान्छन् गिरीश ।
गिरीशको परिवारसँग संगीतको सामीप्यता खासै थिएन भन्दा हुन्छ । कहिलेकाहीँ रेडियोमा गीत बज्थ्यो । लोकभाका र भजनहरू सुन्ने त प्रायःको घरमा हुन्छ नै । उनको घरमा पनि त्योभन्दा फरक हुँदैनथ्यो । तर, एकाएक खतिवडा परिवारमा अचम्मको जाई फुल्यो, जसबाट घर, टोल, गाउँमात्र होइन, देशै बसायो ।
० ० ०
०३६ भदौ १४ गते मोरङको रंगेलीमा आमा सन्ध्या खतिवडा र बाबु उत्तर खतिवडाको जेठो सन्तानका रूपमा गिरीश जन्मिएका हुन् । बाबुआमा दुवै बैंकको जागिरे भएकाले घरमा नपुग्दो केही थिएन । त्यसो त उनी परिवारको एक्लो छोरा पनि हुन् । उनीभन्दा मुनि जुम्ल्याहा दुई बहिनीहरू थिए । राम्रो स्कुलमा पढाउने र सके इन्जिनियर नसके व्यापार–व्यवसायमा लगाउने बाबुआमाको धोको थियो । त्यसैले उनका पिता दुई वर्ष बेतलबी बिदा बसे र काठमाडौँ आएर छोराछोरीको सुन्दर भविष्य सपना रेखांकन गर्न थाले ।
काठमाडौं आएलगत्तै बाबुले कलंकी बासस्थान तय गरे र सपरिवार काठमाडौं लैजाने निधो गरे । तर, मावलीले ‘अहिले तिमीहरू मात्रै जाओ, भाञ्जा यतै पढ्छन्’ भनेपछि उनी विराटनगरमै छाडिए ।
दुई वर्ष उनी मामाघरमै बसेर पढे । बाबुआमाको मन न हो, छोरालाई विराटनगर छोडेर उनीहरू काठमाडौँमा कसरी अडिन सक्थे र ! त्यसपछि उनी पनि काठमाडौंमै ल्याइए र कलंकीकै एलआरआई विद्यालयमा कक्षा ५ मा भर्ना गरिए । एलआरआई काठमाडौँको प्रतिष्ठिन विद्यालय हो । दार्जिलिङका प्याट्रिक विलसन विद्यालयका प्रिन्सिपल थिए । समय–समयमा अतिरिक्त क्रियाकलाप गराइरहने र विद्यार्थीहरूका अन्तरनिहीत प्रतिभा मुखरित गराउन उनी माहिर थिए । आफैँ पनि गितार बजाउँथे र विद्यार्थीहरूलाई मन्त्रमुग्ध तुल्याउँथे ।
कहिलेकाहीँ जिस्क्याउँदै भन्थे, “ओई केटाकेटी हो ! तिमीहरू पनि बजाउँछौ ?” बालसुलभ मस्तिष्कले कति बुझ्थ्यो र ! तैपनि गिरीशलाई लागिरहन्थ्यो– त्यस्तै गितार बजाउन पाए, अनि प्रिन्सिपलजस्तै हुन पाए !
प्रिन्सिपल अद्वितीय थिए । बाल मनोविज्ञानलाई आत्मसात गर्न सक्ने र उनीहरूको रुची र चाहनालाई बुझेर सोहीअनुरूप सिकाइमा ढाल्न सक्ने खुबी उनमा थियो । र त, उनी बेलाबखत विभिन्न कविता प्रतियोगिता आयोजना गर्थे । भित्ते पत्रिका र विद्यालयको मुखपत्रसमेत प्रकाशन गर्थे र त्यसमा प्रतिभावान विद्यार्थीहरूलाई स्थान दिन्थे ।
सानैदेखि तीक्ष्ण बुद्धिका उनलाई काठमाडौँको वातावरणमा समायोजित हुन खासै समय लागेन । यहाँको रहनसहनमा उनी भिजिहाले ।
गिरीश कक्षामा सधैं प्रथम हुन्थे । अतिरिक्त क्रियाकलापहरूमा पनि उनी अब्बल नै थिए । कविता प्रतियोगितामा उनलाई कसैले उछिन्न सक्दैनथ्यो । मौलिक पारामा कविता भन्ने शैली देखेर विद्यालयका प्रधानाध्यापकले ‘एसेम्ब्ली लाइन’ बसेका बेला वाचनका लागि बोलाउँथे । यसले उनीभित्रको सिर्जनात्मक क्षमतालाई अझ तिखार्दै लग्यो ।
“कक्षामा म केही न केही सिर्जना गरिहेको हुन्थेँ, कविता प्रशस्त लेख्थेँ । आफ्नोमात्र कविता छाप्न नमिल्ने हुनाले मैले मेरो कविता साथीहरूको नाममा समेत छपाउथेँ,” उनले बाल्यकाल सम्झिए ।
उनमा कविताप्रतिको रस बस्नुको एउटा कारण रहेछ– उनका बाबु पनि कविता पढ्न अति रुचाउने । फुर्सद हुनेबित्तिकै कविताका पुस्तकमा आँखा डुलाइहाल्ने पिताको बानीबाट उनी ज्यादै प्रभावित भएका रहेछन् ।
“म जतिबेला बुबाको बेड रुममा पुग्थेँ, नजिकैको टेबलमा भूपि शेरचन र लक्ष्मीप्रसाद देवकोटाको कविताका पुस्तकहरू पल्टिरहेको पाउथेँ । त्यसले पनि मलाई कविताप्रति कौतुहलता जगायो,” उनी हाँसे ।
त्यसो त उनका बाबु बीपी कोइरालाका उपन्यास, विभिन्न कथा र जीवनीका पुस्तकहरू पनि पढ्थे तर गिरीशको दृष्टि कविताकै पुस्तकमा पुग्थ्यो ।
“बाल्यकालका ‘रोल मोडल’ विद्यालयका प्रधानाध्यापक, शिक्षक र बाबु नै हुन् । प्रअले अगाडि उभिएर सबै विद्यार्थीलाई ‘अटेन्सन’ गराएको, बाबुले घरको व्यवस्थापन मिलाएको देखेर उहाँहरू जस्तै बन्न पाए कस्तो हुन्थ्यो होला अहो ! भन्ने लाग्थ्यो र उहाँहरूकै सिको पनि गरिन्थ्यो,” उनले भने ।
८ कक्षामै गीत रेकर्ड
बाल्यकाल जिज्ञासाको सँगालो पनि हो । बाबुको अँगालोमा बस्दा पनि अरिमुट्ठे जुँगा देखेर कौतुहलता जाग्ने उनलाई नयाँ कुराले आकर्षित तुल्याइहाल्थ्यो । त्यस्तैमा एकदिन धरानबाट उनका दाइ पर्ने कुन्दन त्रिताल आएका थिए । उसै त पूर्वेलीको बोली मीठो, त्यसमाथि त्रिताल बेजोडको ‘ब्रेक डान्स’ गर्थे । आफैँ हिपअप गाउँदै बान्की पारेर जिउ हल्लाउँदै नाचेको देखर उनी असाध्यै प्रभावित भए ।
उतिबेला धरान ‘फेसनको सहर’ पनि भनिन्थ्यो । हङकङ, ब्रुनाई, सिंगापुर सेनामा गएका ‘लाहुरे’हरूको बस्ती र तिनै लाहुरेहरूले विदेशमा देखेका फेसनहरू भित्र्याउँदा धरान ‘हिपअप सहर’ भएको थियो । त्यसबेला अहिलेको जस्तो टिभी च्यानल र ई–मेल, इन्टरनेट थिएनन् । त्यसैले पनि काठमाडौँमा फेसन कमै भित्रिन्थ्यो । उनले त्रितालको अचम्मको गाउने शैली र नाच्ने शैलीको सिको गर्न थालिसकेका थिए ।
त्यसैले उनको मथिंगलमा सहरी प्रेम, रोमान्स, सुख र जीवनशैलीको बारेमा लेख्ने इच्छा गहिरो गरी बसेको थियो । उनले ‘हिपअप’ र ‘र्याप’लाई सहारा बनाए । टिभीमा केही विदेशी च्यानलहरू प्रसारण हुन्थे, उनका आँखाहरू त्यता पनि दौडिन थाले । फुर्सद हुँदामात्र होइन, किताब पढेको छु भनेको जस्तो पार्ने र बाबुआमाको आँखा छल्दै कितावको पत्रमा कापीको पाना लुकाएर त्यसमा गीत कोर्न पनि थाले ।
स्कुलबाट फर्कंदा होस् या शौच गर्न शौचालय पस्दा, उनी त्यही गुनगुनाउँथे ।
उनी कक्षा ८ मा पढ्थे । कलंकीमा डिङडङ कफी सप त्यतिबेला प्रख्यात थियो । दुई भागमा बाँडिएको क्याफेको बाहिरी भागमा बुज्रुकहरू आएर चिया पिउँथे र राजनीतिक गफ चुट्थे । पर्दा लगाइएको भित्री भागमा चाहिँ स्कुल/कलेज पढ्ने ठिटाहरू लुकेर चुरोट तान्दै बेग्लै ‘संसार’ बनाउँथे ।
उनी त्यहाँ टेबल ठोक्दै गाइरहेका थिए ।
नो मिनिङर् याप यो हो, मिनिङलेस र्याप
नो मिनिङ र्याप इज मिनिङलेस र्याप
गाउँदै गर्दा एकजना सिनियर दाइ उठेर भित्र आएर आश्चर्य व्यक्त गर्दै सोधे, “अरे भाइ ! तिमी त बडो मज्जाले र्याप गाउँदा रै’छौ । कस्तो राम्रो सुनिएको !”
उनी तीनछक परे । भित्रभित्रै लाग्यो– बल्ल र्याप बुझ्ने मान्छे फेला पारेँ । अबचाहिँ काठमाडौँमा र्याप सुन्ने मानिस पनि फेला पर्न थाले !
उनी ‘टिअर्स ब्यान्ड’का बालकृष्ण तामाङ रहेछन् । उनैले गिरीशलाई आग्रह गरे, “सुन्यौ भाइ ! हाम्रो ब्यान्ड छ, अभ्यास गर्न आऊ । यसलाई गज्जब बनाउनुपर्छ । तिमीले धेरै गर्न सक्छौ ।”
कलंकी चोकको घरको छतमा ठूलो गोरखकाली टायरको होर्डिङबोर्ड राखिएको थियो । नियोन लाइटसहितको होर्डिङबोर्डले रातिको समयमा टोलै झलमल्ल बनाउँथ्यो र बेग्लै प्रकाशमय तुल्याउँथ्यो । खै कसरी उनको आँखा त्यहाँ परेछ । ‘आयो गोरखकाली टायर...’ विज्ञापन पनि टिभीमा देख्थे र त्यसैलाई मिलाएर एक टुक्रा उनले ‘मिनिङलेस’मा घुसाएका थिए ।
होर्डिङ बोर्ड राखिएको घरको तल सुपिन्दर सिंह र सुदिन्दर सिंह भन्ने पञ्जाबी दाजुभाइले टायर पसल खोलेका थिए । भाइ ट्रक चालक पनि थिए र उनले गोरखकाली टायरको विज्ञापनमा अभिनय पनि गरेका थिए ।
एकदिन उनी त्यहाँ पुगेर सुनाए, “सुदिन्दर दाइ ! मैले मेरो मिनिङलेस र्यापमा तपार्इंको गीत पनि राखेको छु नि !”
उनले खुसी हुँदै कौतुहलता व्यक्त गरे, “खै सुनाऊ त कस्तो छ ! अनि के भनेर राख्यौ ?”
फ्याट्ट उनले एक अन्तरा सुनाइहाले ।
त्यसपछि पञ्जाबी खुसीले पुलकित हुँदै पसलमा आउनेजतिलाई चिया खुवाउँदै आफ्नै खर्चमा गीत रेकर्डिङ गरिदिने भने । तुरुन्तै १५ सयको चेक पनि काटिहाले ।
शुक्रबारको दिन दिनभर लाइनमा बसेर उनले चेक साटे र घरमा अन्तै जान्छु भनेर स्टुडियो पुगे । र, त्यो गीत रेकर्ड गराए ।
अल्फा साउन्डमा उनले त्यो गीत रेकर्ड गराएका थिए । एलआरआईमै पढ्ने उनको राजु भन्ने साथी थिए । ती साथी दुई जना अरु लिएर उनलाई खोज्दै उनको घरमा पुगेछन् र गिरीश नभेटेपछि फर्किएछन् । परिवारले सो कुरा बताएपछि राजु भेट्न गिरीश उनकै घर हानिए ।
राजुले सुनाए, “वहाँ तेरो गीत मन पराएर न्युरोडको क्यासेट कम्पनीको मान्छेले एल्बममा राख्दिन लागेको छ रे, जा भेट्न ।”
त्यो सुनेपछि उनी हान्निएर न्युरोड गएर हुडी टि–सर्ट किने र ‘पंक’ बन्दै रञ्जना गल्लीमा रहेको अनिल स्थापितको हारती क्यासेट सेन्टर गए ।
स्थापितले भने, “तिम्रो गीत राम्रो लाग्यो गिरीश । नवीन र पृथक शैलीको रहेछ, म यो कलेक्सन एल्बम ‘ट्यालेन्ट–३’ मा समावेश गरिदिन्छु ।”
‘नेपथ्य’ ब्यान्ड, नीमा रुम्बालगायत चर्चित गायकका गीत ‘ट्यालेन्ट–३’ मा राखिन लागेको थियो । अघिल्ला दुई क्यासेटले राम्रै चर्चा बटुलिसकेकाले तेस्रो सिरिजले पनि बजार पिट्नेमा ढुक्क थिए स्थापित ।
एल्बममा गीत समावेश गरेबापात स्थापितले हजार रुपैयाँ पनि दिने भए ।
उनको खुसीको सीमै भएन । ८ कक्षामा पढ्दै गरेको ‘फुच्चे’ केटो एल्बममा आउने, त्यसमाथि पैसा पनि पाइने ।
– गीत गाएर गृहस्थी चलाउने गन्धर्वहरूले मात्रै हो ।
– गायक बन्न राजा–महाराजाहरूको नजिक तथा उच्च घरानियाको हुनुपर्छ ।
– मध्यमवर्गीय परिवारले त अरु नै पेसा गरेर परिवारको भरणपोषण गर्नुपर्छ ।
यस्तै उनले सुनेका थिए । तर, उनको धारणा बदलियो ।
भेटिए प्रनिल एल तिमिल्सिना
‘मिनिङलेस’ले मार्केट पिट्यो । क्यासेट कभरमा उल्लिखित ठेगानामा खातका खात चिठी आउन थाले । उपहारको ओइरो लाग्यो । गीत मन पराउँछु मात्रै होइन, जीवन नै बिताउँछु भन्ने आशयसहितका पत्र र उपहार सामग्रीले उनी पुलकित भए । त्यसरी आएका पत्र अधिकांश किशोरी र युवती ‘फ्यान’हरूकै हुन्थे । उनी जम्माजम्मी १४–१५वर्षका थिए ।
कुन्दन त्रिताल मीनभवनमा पढ्थे । उनकै साथी रहेछन्, प्रनिल एल तिमिल्सिना ।
एकदिन त्रितालले भने, “मीनभवन क्याम्पसमा नेविसंघले नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम आयोजना गरेको छ, त्यहाँ गीत गाउन अफर छ । तिम्रो र्यापले विद्यार्थीहरूलाई आकर्षित गर्न सक्छ । तिमीले ठूलो ‘मास प्रिजेन्टेसन’ गर्न पाउँछौ ।”
त्यति भनेपछि उनी प्रस्तुति दिन गए । प्रनिललाई उनले त्यहीँ भेटे, त्यो उनको ‘कोसेढुंगा’ थियो । प्रनिल मेलोडी गाउन सक्थे । गिरीशको र्यापमा मानिसहरू झुम्मिइहाल्थे ।
प्रनिलसँगको भेटपछि उनलाई अनिल स्थापितले कलेक्सन एल्बम होइन, सोलो एल्बम नै निकाल्नुपर्छ भनेर हौस्याए । गिरीश भन्छन्, “गिरीश एन्ड प्रनिल (जीपी) जोडी तयार भएपछि स्थापितले १० वटा गीत सम्मिलत एल्बमकै अफर गरे र र्यापको मार्गमा शिखरित तुल्याइदिए ।”
एल्बमको नाम उनकै हिट गीत ‘मिनिङलेस’ राखे ।
‘निदाउन गाह्रो...’ युवा मनोभावदेखि बालमनोविज्ञान उतारिएको ‘हामी धेरै साना छौँ...’ सम्मका गीतले गिरीश एन्ड प्रनिललाई चर्चाको चुलीमा पुर्यायो । फ्यान फलोइङको ओइरोमात्र होइन, सहरका स्पिकरहरूमा उनीहरू नै गुञ्जिन थाले र कन्सर्टहरूमा अफरको ताँती लाग्यो । उनले नसोचेको प्रसिद्धि कमाए ।
यतिबेलासम्म घरमा चाइँचुइँ केही थिएन ।
प्रशिद्धि नै ‘ब्याडलक’ बन्यो
उनका भाञ्जादाइ हरि पोखरेल विराटनगरबाट बस चढेर काठमाडौँ आउँदै रहेछन् । बसमा अनौठो मेलोडीको गीत सुनेपछि उनले चालकसँग एल्बम मागेछन्, “खै दिनुस् त, खोल हेरौँ ।”
विद्यालयको पोसाक लगाएको आफ्नै भाइको फोटो देखेपछि उनी चित खाएछन् । त्यो अनौठो स्वर अरु कसैको थिएन, गिरीशकै थियो । कलंकीमा झर्नासाथ क्यासेट किनेर सरासर आएछन् र गिरीशको बाबुलाई देखाएछन् ।
एसएलसीको परीक्षा सकिएर फुर्सदको समय थियो त्यो । उनी साथीसँग घुम्न गएका थिए । बेलुका घर फर्किँदा बाबु र हरि दाइ त गिरीशकै कुरा पो गरिरहेका रहेछन्, “कतिखेर एल्बम निकालेछ, राम्रो पढ्ला भनेको मोरो त र्याप–झ्यापतिर पो हानिएछ त । बित्यासै पार्ने भयो !”
त्यसअघि कक्षामा उनको स्तर खस्किएको थियो । त्रैमासिक परीक्षामा उनी चौथो भएका थिए । सारा गोप्यको पर्दा उघ्रिएपछि उनका नौनाडी खिचिए । हातगोडा लल्याकलुलुुक भए । गीतकै कारणले पढाइ बिग्रिएको भने थिएन, बीचमा टाइफाइड भएर थलिएका थिए ।
तर,र्याप–पपमा छोराको आशक्ति देखेपछि बाबुआमाको मन कुँडिनु स्वाभाविकै थियो । किनभने, त्यसबेला हिपअप, र्याप लाई राम्रो मानिँदैथ्यो । त्यस्तो गाउनेलाई ‘आवारा, गँजडी’ भन्न पछि पर्दैनथे मानिसहरू ।
उनमा र्यापको लत बसिसकेको थियो । त्यो सबै उनले लुकेर गरेका थिए । ट्युसन जाने बहानामा बाबुको लुगा झोलामा हालेर र्यापमा निस्कने होस् या, कानमा लगाउने कुन्डल खल्तीमा लुकाएर कन्सर्टमा हानिने, यी सबको सुइँको कसैले पाएका थिएनन् । स्कुल, चोक, चौतारी सबैतिर उनले वाहवाही पाइरहेका थिए । तर, घरमा स्याबासी पाएनन् । यसकारण कि उनको बाबुको चाहना थिएन– छोरो र्याप गायक बनोस् ।
झन्डै कुलतमा फसिएन
एसएलसी उनले प्रथम श्रेणीमा पास गरे । त्यसपछि मोडर्न इन्डियन स्कुलबाट प्लस टु सके । तर, उनको जीवनमा नसोचेको उतारचढाव आयो । उनमा र्यापको भोक थियो तर परिवारबाट बन्देज लाग्यो । उनी नदीजस्तै आफ्नै बाटोमा बगिरहेका थिए । तर, छेकबार बेहोरेपछि उनी गलत बाटोतिर मोडिए । निराशा र कुण्ठाको मनोरोगले च्याप्दै लग्यो । त्यसलाई दूर गर्न उनले अरु नै चिजको सहारा लिन थाले । यद्यपि, उनलाई थाहा थियो– म हिँडिरहेको बाटो सही छैन ।
पहाडै खसेर बहाव रोकिए पनि नदी सधैं रोकिरहँदैन । गिरीश पनि रोकिएनन् । उनको धैर्य टुटेन । निराशाले साँघुरो बनाउन खोज्थ्यो तर पनि उनी सम्हालिन्थे ।
उनी कुलतबाट सम्पूर्ण रूपमा बाहिर आए । तर, समाजले पत्याइदिएन ।
“ए ! ब्रो ट्रिपमै हो ? क्या ‘कुल’ देखिएको ! मान्छे पनि र्याप, झ्याप नै सुहाउने रहेछ !”
यस्ता कुराले उनी वाक्क दिक्क भए ।
त्यस्ता प्रश्नले उनी भित्रभित्र कोपरिन्थे, चिथोरिन्थे, “छोडिसकेँ मैले कुलत । म सही बाटोमा छु । बरु समाज गलत बाटोमा छ । कुलतमा फसेकालाई उद्धार गर्नु त परै जाओस्, झन् धकेलेर दलदलमा फसाउने समाज चाहिँदैन मलाई, सुन्यौ तिमीहरूले ?”
त्यसपछि उनलाई समाजदेखि टाढिन मन लाग्यो ।
उनी पिपल्स क्याम्पस पकनाजोलमा बीबीएसमा भर्ना भएका थिए । कलेज जान्छु भनेर घरबाट हिँड्थे तर दिनभरि चिया पसमा बरालिन्थे । परीक्षा भोलिबाट थियो, अघिल्लो दिनसम्म केही पढेका थिएनन् । उनले बाबुलाई भनेका थिए, “यहाँ सबैले मलाई गिज्याए । पढ्ने वातावरण भएन । मलाई बैंग्लोर पढ्न पठाइदिनुस् ।”
उनको आशाविपरीत बाबुले भने, “पर्दैन अहिले । तँ मेरो आँखा अगाडि त यसरी बिग्रिसकिस्, त्यहाँ गइस् भने त माटो बन्छस् ?”
उनले निधो गरे– बाउले मानेनन्, भागेर विराटनगर जान्छु र उतै पढ्छु । यहाँ जाँच दिए त फेल हुने निश्चित छ ।
गीतबाट उनले १० हजार रुपैयाँ कमाएका थिए । त्यही पैसा लिएर उनी त्यही रात नाइट बस चढेर विराटनगर लागे ।
विराटनगरमा सदय हमाल थिए ।
उनी सुरुदेखि नै सिनियर दाइहरूसँग संगत गर्थे ।
“मैले जे काम गरेँ, त्यो समयभन्दा अघि नै थियो । र्याप भनेको के हो कसैलाई थाहा नभएको बेलामा हिपअप सुरु गरेँ । त्यसैले मलाई आफूसरहका साथीको संगत गरे केही सिकिँदैन लाग्थ्यो र सधैँ आफूभन्दा ठूला दाइहरूको समूहमा घुलमिल हुन्थेँ,” उनले प्रष्टीकरण दिए ।
उनले सुनेका थिए– सदय दाइ पूर्वाञ्चल युनिभर्सिटीमा लेक्चरर छन् ।
उनले तिनैलाई भेटेर बेलीविस्तार लगाए । उनले पनि खुसी हुँदै भने, “तिमी यहीँ बीबीए पढ । म सहयोग गरूँला । बरु अहिले नै घरमा फोन गरेर भनिहाल, मम्मीबुबा आत्तिनुभएको होला ।”
उनले तत्कालै घरमा फोन गरे, “बाबा, म यतै पढ्छु । त्यहाँ पढ्ने वातावरण भएन । यहाँ मामाहरू पनि हुनुहुन्छ । बिग्रिन लागेँ भने उहाँहरूले भाटा हानि हाल्नुहुन्छ नि, क्यै चिन्ता नलिनू !”
धेरै अनुरोध गरेपछि मात्रै बाबु मञ्जुर भए ।
जब घाम अस्तायो
विराटनगरमै गीत गुनगुनाउँदै थिए, मामा आत्तिँदै आए । “भाञ्जा, बुबा बिरामी हुनुहुन्छ रे, छिटो काठमाडौँ जानुपर्यो । मैले प्लेनको टिकट लिइसकेको छु, हिँडिहालौँ ।”
उनले केही सोच्नै सकेनन्, दिमागले कामै गरेन । जिउँदो बाघ समाउनेजस्तो बाबु घरमा छोडेर आएको बिरामी हुनुभयो भनेर कसरी पत्याउनू ? उनले कल्पनासम्म पनि गर्न सकेनन् ।
उनी हतार–हतार तयार भएर मामाको पछि लागे । विराटनगरबाट काठमाडौँ आएको पनि पत्तो पाएनन् ।
विमानबाट ओर्लिनेबित्तिकै ट्याक्सी चढेर अस्पताल जान लागेका बेला विमानस्थलको गेटबाट दायाँ मोडिनुपर्ने गाडी दायाँतर्फ मोडियो । उनको मनमा चिसो पस्यो । मनले भन्यो– यताबाट छिटो पुगिन्छ होला, तँ पनि अनेक सोच्छस् ।
गौशाला नपुग्दै ट्याक्सी दायाँ मोडिएर ओरालो झर्यो । उनको मुटुको धड्कन एक्कासि बढ्न थाल्यो ।
उनलाई पक्कापक्की भयो– बुबा गइसक्नु भएछ ।
आँखामा कालो बादल लाग्यो । दृश्य धमिलो भएर आयो । आँखाबाट बलिन्द्र धारा आँसु खस्न थाले ।
कसरी दागबत्ती दिए, बाबुको अन्तिम संस्कार सके, आज सम्झँदा सपनाजस्तै लाग्छन् । उनको दिमागमा केही आउँदैन । उनलाई यत्ति थाहा छ– जीवनको पारिलो घाम अस्ताएको त्यही दिन हो ।
“माछा, मासुको अम्मली हुनुहुन्थ्यो, साथै पार्टीमा गइरहनुपर्ने । उच्च रक्तचाप, मधुमेह आदिको रोगी पनि । कलंकीस्थित घरमा क्रिकेट म्याच हेर्दाहेर्दै अचानक हृदयघात भएछ । अस्पताल पुर्याउँदा नपुर्याउँदै उहाँको प्राणपखेरु उडेछ,” यति भन्दा नभन्दै उनका आँखा भरिए, गला अवरुद्ध भयो ।
० ० ०
गीतमा ५ वर्ष ग्याप भइसकेको थियो । बीचबीचमा कलेक्सन एल्बम त निक्लिएको थियो । तर, त्यतिले मात्रै उनी सन्तुष्ट हुने कुरा थिएन । विराटनगरमा राजेश वंशलको ठूलो क्यासेट पसल थियो । उनी पूरै पूर्वाञ्चलमा क्यासेट सप्लाइ पनि गर्थे । उनी बेलाबखत भन्थे, “सुन्नुभो गिरीशजी ! मैले तपार्इँको ‘मिनिङलेस’ एल्बम १० हजार प्रति बेचेँ होला, खुब चल्यो । काठमाडौँ गएपछि म क्यासेट कम्पनी खोल्छु, तपाईंले यस्तै हिट गीत दिनुपर्छ है ।”
उनी बीबीए सकेर काठमाडौँ फर्किए । नभन्दै राजेश वंशलले खै कसरी अनिल स्थापितसँग मिलेर म्युजिक डटकम खोलिसकेछन् । स्थापितसँगै नम्बर मागेर गिरीशलाई तत्कालै फोन गरे, “गिरीशजी आउनुस् म्युजिक डटकममा, तपाईंको नयाँ गीत रेकर्ड गरौँ ।” ब्याचलर सकिइसकेको थियो । पुराना साथी छँदै थिए । काठमाडौँ फर्किएपछि वंशलकै आग्रहमा प्रनिलसँग मिलेर उनी ‘ब्याक एगेन’ एल्बम निकाले र सांगीतिक बजारमा आए । ‘म यस्तो छु...’ त्यही एल्बमको हिट गीत युवाहरूले आज पनि उत्तिकै गाउँछन् । त्यसपछि सुदिन, एड्रिनलगायतसँग मिलेर गिरीश एन्ड युनिटी ब्यान्ड खडा गरे र र्यापलाई धर्मराउन दिएनन् ।
उनी रातभरि कस्टुमर केयर सेन्टरमा ‘डिल’ गर्थे र दिनभर र्याप साधनामा तल्लीन हुन्थे । त्यसबीचमा केही गीत रेकर्ड गराए, एल्बममा पनि काम गरे ।
परिवारले बीबीएमा मात्रै चित्त बुझाएनन् । अमेरिका पुगेर मास्टर्स सक्नैपर्ने भयो । परिवारका सदस्यले ‘यस्तो र्याप–स्याप गाएर यसले गरी खाँदैन, यसलाई अमेरिका पठाउनुपर्छ’ भन्न थालेपछि उनी अमेरिका हान्निए । अमेरिकाको मिजोरीस्थित युनिभर्सिटी अफ फोनिक्सबाट एमबीए पूरा गरे । अमेरिका बस्दा पनि उनको र्यापले थकाइ मारेन । युट्युब च्यानलमार्फत उनले र्याप पारखीलाई आफ्नो कला पस्किनै रहे । त्यसो त उनले अमेरिकामा डीजे पनि नगरेका होइनन् ।
उनी नेपाली र्यापका जन्मदाता थिए । आफैं हिपअपका प्रणेता भएकाले विभिन्न टिभी च्यानल र सीडीमार्फत जिज्ञासा पूरा गर्नुपथ्र्यो । र्याप भित्र्याउने आफैँ भएपछि कोसँग सिक्नू ? अमेरिका पुगेपछि उनले हिपअपबारे अझै विस्तृतमा जान्ने मौका पनि पाए ।
दोस्रो इनिङ
उनी ५ वर्षअघि अमेरिकाबाट फर्किए र र्याप पिचमा पुनः प्रवेश गरे । यो उनको दोस्रो इनिङ थियो । त्यसपछि उनले लगातार छक्का मारिरहेका छन् ।
उनी एकसाथ तीनवटा पेसामा आबद्ध छन् । गायक, संगीतकार तथा गीतकारका अतिरिक्त उनी रेडियो जक्की (आरजे) र डिस्क जक्की (डीजे) पनि हुन् । त्यस्तै उनी गीतको एडिटिङ र मिक्सिङ पनि आफैँ गर्छन् ।
त्यसबाहेक म्युजिक भिडियो आफैं खिच्न मन पराउँछन् । भिडियोको सम्पादनसमेत गर्छन् भन्दा धेरैले पत्याउँदैनन् । ‘म यस्तो छु’, ‘सी इज द बम’ ‘मलाई भोट दे’, ‘जित्नेको इतिहास’लगायत दर्जनौं हिट गीत पस्किसकेका गिरीश हाल युट्युबमार्फत महिनामा दुई–तीनवटा गीत पस्किनै रहेका हुन्छन् । पछिल्लो समय नेपाली र्यापमा उल्लेख्य युवाहरूको प्रवेश भएको छ । तथापि उनी नेपाली र्यापका ‘गडफादर’ र ‘रोलमोडल’ नै हुन् ।
ट्याटु मोह
हातभरि ट्याटु खोपेका छन् । त्यो उनको सोख हो । उनका ट्याटुमा कुनै विदेशी कलाकार या चलनचल्तीका चित्र अंकित छैनन् । शरीरका विभिन्न भागमा खोपिएका ट्याटुमा उनले नेपाली कला–संस्कृतिमात्र होइन, नेपालीत्व झल्किने विभिन्न प्रतीकहरू प्रतिविम्बित गरेका छन् ।
बजिरहेका मादल, नेपालको नक्साभित्र आँसु चुहाइरहेका बुद्ध, क्रस खुकुरी, नेपालका झन्डाहरू बिम्बको रूपमा देख्न पाइन्छ ।
त्यसका अतिरिक्त दायाँ हातमा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको चित्र र त्यसको ठीक मुनि भूपि शेरचन लेखेका छन् ।
किन ?
उनले मुस्कुराउँदै भने, “यी दुई त नेपाली साहित्यका ‘भीष्म पितामह’ हुन् । भूपि शेरचनको ‘चोक’ कविता त फुर्सद भयो भने दिनको एकपटक पढ्छु ।”
उनी फेरि हाँसे ।
उनी जनावरप्रेमी पनि हुन् । उनले घरमा दुइटा बिरालो पालेका छन् र तिनलाई परिवारकै सदस्यसरह हुर्काइरहेका छन् । भन्छन्, “बिरालो धैर्य र साहसको विम्ब हो, यसबाट मैले धेरै कुरा सिकेको छु ।”
कुराकानीको अवधिभर उनीसँग बिरालो छुट्टिएन ।
फेसबुकले जुराइदियो जोडी
१५ वर्षे भर्भराउँदो किशोरावस्थामै लाखौँ फ्यान फलोइङ कमाउने गिरीशको जोडी भने फेसबुकले जुराइदिएको हो । “म अमेरिकामा पढ्दैथिएँ । उनी (ज्योति रानाभाट) बंगलादेशको इन्टरनेसनल मेडिकल कलेज एन्ड हस्पिटलमा एमबीबीएस गर्दै थिइन् । मेरो फ्यान रहिछन्, थाहै नपाई माया चर्किएछ,” उनले प्रेम प्रसंग उप्काए ।
फेसबुकको च्याट बक्सबाट सुरु भएको मायाप्रीतिलाई दुवै परिवारको सल्लाहमा लाइफ बक्समै सेटल गराए । हाल उनीहरूको ४ महिने छोरा छन् । त्यही छोरा काखमा लिँदै उनले अन्तिममा सुनाए, “लाइफ इज एन् इन्सिडेन्ट ब्रदर !”

कविताको पुस्तक पल्टायो, फगत लहरा, पहरा, छहरा, कुना कन्दरा र गरिब–दुःखीको टहरा र खेतका गह्राका कथामात्र लाग्ने । सहरका कविता त कसैले लेखेकै छैनन् कि क्या हो जस्तो लाग्थ्यो उनलाई । सानैदेखि अंग्रेजी वातावरणमा हुर्किए । कविता पनि अंग्रेजीमै लेख्थे । नेपाली सर्जकहरूले लेखेका अंग्रेजी कविताका पुस्तक पढ्नै नपाइने भएकाले उनलाई खिन्न लागिरहन्थ्यो ।

No comments:
Post a Comment