अक्षर काका
अझै मायाको धाम फेरिएको छैन
उस्तै छ रंग, घाम फेरिएको छैन
अचानक बदलिन्छ उनको मन पनि
चैत–वैशाखको याम फेरिएको छैन
रेटेर मुटु, दुख्यो ? भन्दै मुस्कुराउँछे
बेइमानी उनको काम फेरिको छैन
जति गरोस् न प्रहार देओस् न धोका
यो मनमा उनको नाम फेरिएको छैन
प्यास मेटाउन धाँउछ खोली सागर
प्रेम–मन्दिर धाउने लाम फेरिएको छैन
अझै मायाको धाम फेरिएको छैन
उस्तै छ रंग, घाम फेरिएको छैन
अचानक बदलिन्छ उनको मन पनि
चैत–वैशाखको याम फेरिएको छैन
रेटेर मुटु, दुख्यो ? भन्दै मुस्कुराउँछे
बेइमानी उनको काम फेरिको छैन
जति गरोस् न प्रहार देओस् न धोका
यो मनमा उनको नाम फेरिएको छैन
प्यास मेटाउन धाँउछ खोली सागर
प्रेम–मन्दिर धाउने लाम फेरिएको छैन
No comments:
Post a Comment