Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

गर्मी ग्ल्यामर



By  Unknown     12:15 AM    Labels: 
-रामनाथ खनाल

उफ् ! कति साह्रो गर्मी, काठमाडौँको कृष्टिनाको अनुहार यति भनिरहँदा गर्मीले असिन पसिन देखिन्थ्यो । काठमाडौँमै जन्मे हुर्केकी रैथाने नेवार समूदायकी क्रिस्टिनालाई शुरुमा पौडी खेल्न आउँदैनथ्यो । अहिले उनलाई गर्मी गर्दा नियमित स्विमिङ पुल जाँदा जाँदै पौडी खेल्न अभ्यस्त भैसकेकी छिन् । कस्टम लगाएर पानीमा हाम फाल्नुको मजा अर्कै हुन्छ । उनी फुरुङ्ग पर्छिन् । प्रत्येक हप्ता गर्मी छल्न उनी आफ्ना सहपाठीहरुसँगै काठमाडौँ फन भ्याली साँगा पुग्छिन् । ग्रुपमा साथीभाईसँग स्विमिङ गर्नु जस्तो आनन्द अरु के मा पाइन्छ र ! उनी सुनाउँछिन्  । 


रामेछापबाट काठमाडौँ अध्ययनका लागि आएकी स्वीकृती पनि नियमित जसोे स्विमिङमा जान्छिन् रे । सुरु सुरुमा अड फिल भए पनि उनी अहिले प्रत्येक हप्ता स्विमिङ गर्ने बानी परिसकेको छ उनीलाई । कृष्टिना र स्वीकृती  प्रतिनिधि पात्र मात्र हुन् उनीहरु जस्तै थुप्रै युवा युवतीहरु गर्मी छल्न स्विमिङ पुल धाउन थालेका छन् । 



राजधानीका क्लव, पार्टी प्यालेस र फन पार्कहरु यतिवेला गर्मी छल्ने महत्वपूर्ण थलो बन्न थालेका छन् । अझ भनौँ स्विमिङ पुल नभएको पार्क, पार्टी प्यालेसहरु अव सञ्चालनमा आउन कठिन भैसकेको छ  ।



काठमाडौँ फन भ्यालीका सञ्चालक दिनेश गिरी भन्छन् हिजो आज स्विमिङ पुल नै युवा युवतीको पहिलो रोजाई पर्न गएको छ  । उनका अनुसार त्यहाँ स्विमिङ गर्न आउने मध्ये अधिकांश युवा युवति नै पर्ने गरेका छन् । उनको स्विमिङ पुलमा दैनिक दुई हजारको संख्यामा स्विमिङ गर्न आउँछन् । 



आज भोली त्यस्ता स्विमिङ स्थलहरुमा युवायुवतीको अलावा  वयष्कहरु समेत स्विमिङको मज्जा लिन आउन थालेका छन् । युवायुवती तथा बयष्कहरुलाई लक्षीत गरेर स्विमिङ पुल सञ्चालकहरुले  विभिन्न प्याकेजहरु पनि सञ्चालनमा ल्याएका छन् । त्यस्तो प्याकेजमा उनीहरुले कपल, फ्यामिली तथा एडल्ट र बालबच्चाहरुका लागि पनि छुट्टा छुट्टै प्याकेज उपलव्ध गराएका छन् । 



गिरीका अनुसार फन पार्कमा आउनेहरु पचहत्तर प्रतिशत राजधानी काठमाठौँकानै छन् । विशेष गरेर स्कूल कलेज पढ्ने युवायुवतीहरु स्विमिङ गर्न आउने उनी बताउँछन् । प्रायः समूहमा आउने गर्दछन् भने कतिपय कपलमा समेत आउने हुनाले उनीहरुलाई लक्षीत गरेर विभिन्न प्याकेज सञ्चालनमा ल्याएको उनी बताउँछन् ।  


स्विमिङ सेवा उपलव्ध गराउने त्यस्ता पार्क एवम् प्यालेसहरुले एक पटकको पाँच सय देखि सात सय सम्म लिने गर्दछन् भने परिवारै सहित आउनेलाई पनि विशेष प्याकेज उपलव्ध गराउने गर्दछन् । 


जति गर्मी बढ्दै त त्यती नै गर्मी छल्ने बहानमा स्विमिङ पुल धाउने युवायुवतीको संख्या अधिक बन्दैछ । र फस्टाउँदो छ स्विमिङ व्यापार ।








तस्विर: फेसबुक साभार

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment