तस्विरै बनि मन भित्र बस्छ्यौ भने बस सानु
धड्कनै बनि मुटु भित्र पस्छ्यौ भने पस सानु
म त राखि दिन्छु दिल भित्र सजाएर तिमीलाई
सर्प पनि छाती भित्र डस्छ्यौ भने डस सानु
पीडा मेरो जीवन हो व्यथा मेरो जिन्दगानी
कलेजो मै छुरा तिमी धस्छ्यौ भने धस सानु
तस्विरै बनि मन भित्र बस्छ्यौ भने बस सानु
धड्कनै बनि मुटु भित्र पस्छ्यौ भने पस सानु
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
No comments:
Post a Comment